Techie IT
×
गृहपृष्ठबिचारनिहारिका राजपुतलाई न्याय देऊ

निहारिका राजपुतलाई न्याय देऊ


फणीन्द्र फुयाल ज्वाला

न्याय माग्दै पटक पटकको अनशन र आमरण अनशनमा पछि निहारिका राजपुत (कुमारी आमा) ले केही दिन अघि आत्मदाह प्रयास गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर उनले आत्मदाह प्रयास गरेकी हुन् । आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडिको सडकमा पुगेर शरीरमा पेट्रोल खन्याइ अत्मदाह प्रयास गरेकी उनलाई प्रहरीले जोगाएको छ । उनी यतिबेला त्रिवि शिक्षण अस्पतालमा उपचाररत छिन् ।

को हुन् निहारिका ? के छ उनको माग ?

१७ वर्षको उमेरमा बलात्कृत भएर दुई वर्षको बच्चाकी ‘कुमारी आमा’ हुन् निहारिका । आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्मुक्ति दिएको भन्दै उनी यसअघि चरणबद्ध अनिश्चितकालीन अनसनमा बसेकी थिइन् ।

२०७८ साल माघ २४ गते जिल्ला अदालत धनुषाले दोषि आरोपित शिवराज श्रेष्ठको पक्षमा फैसला गरेपछि ०७८ फागुन १२ गते राजपुतले उच्च अदालत धनुषा जिल्ला अदालतको फैसला उपर मुद्दा दायर गरेकी थिइन् ।

अनसनमा उनले पाँच बुँदे माग राखेकी थिइन् । उनले मागमा आफ्नो बच्चाको डिएनए टेस्ट गरिनुपर्ने, आफू र काखमा रहेको बच्चालाई मतलबै नगरी अपराधीको पक्षमा अदालतले गरेको फैसलामाथि छानबिन हुनुपर्ने माग राखेकी थिइन् । उनले प्रहरी प्रशासनले घटनाको सुरुवातदेखि नै मुद्दालाई कमजोर पारिदिएकाले पुनः अनुसन्धान गरिनुपर्ने माग गर्दै आएकी थिइन् ।
आफूले न्यायको प्रत्याभूति नगरेसम्म अनसन निरन्तर जारी राख्ने उनको भनाई थियो ।

तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आजभन्दा तीन दशक अघि दासढुंगामा भएको दुर्घटनाका कारण र रहस्य आज उनकै पत्नी स्वयं मुलुककै सर्वोच्च संस्था राष्ट्रपतिको पदमा बस्दै गर्दा पनि उक्त घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन । प्रकारान्तरले राष्ट्रपतिउपर पनि मुलुकले न्याय गरेको छैन । आफ्ना पतिको दुर्घटना हो वा सुनियोजित हत्या हो ? यसको जवाफ पाउने अधिकार मदन भण्डारीकी धर्मपत्नी हुनुका नाताले वर्तमान राष्ट्रपतिलाई पुरापुर छ । तर, राज्यले उनको हकसमेत हनन गरेको अवस्थामा निहारिका र निर्मलाहरुले कसरी न्याय पाउलान् ? मोफसलकी निम्न परिवारकी एउटी बालिका, उनको सुनवाइ कसले गर्ने ? किन गर्ने ? राज्य यस सम्बन्धमा अनुत्तरदायी नै देखिँदै छ । आफैँ त महादेव उत्तानो पर कसले देला बर ? भनेझैँ राष्ट्रपति स्वयम्ले त न्याय नपाएको देशमा अन्य नागरिकले के न्यायको आश गर्ने ?

राष्ट्रपति भण्डारीद्वारा चासो व्यक्त :

आत्मदाहको प्रयास गरेपछि निहारिकाको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो व्यक्त गरेकी छिन्। कानुनमन्त्री गोविन्द प्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्बबहादुर खातीलाई बोलाएर राष्ट्रपति भण्डारीले निहारिकाको विषयमा ध्यानाकर्षण गराएकी हुन् । राष्ट्रपति भण्डारीले निहारिकाको सन्दर्भमा गम्भीरतापूर्वक चासो व्यक्त गरेको राष्ट्रपतिका सञ्चार विज्ञ टिका ढकालले जनाएका छन् । राष्ट्रपति भण्डारीको चासोपछि कानुनमन्त्री कोइरालाले निहारिकाको विषयलाई सरकारले गम्भीरताका साथ लिएको भन्दै थप पहल गर्ने पनि बताएका छन् ।

मन्त्री कोइरालाले निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशविरुद्ध कारबाही प्रक्रिया अघि बढिसकेको पनि जानकारी गराएका छन् । नौ दिनदेखि बसन्तपुरमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयासले यतिबेला नेपालको व्यास्थापिका र न्यायपालिकाले गरिरहेको कामबारे गम्भीर प्रश्न खडा गरेको छ ।

आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको बताउँदै आएकी निहारिकाले घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः जाँच गरिनुपर्ने माग गरेकी छिन् । उनको मागप्रति बिभिन्न अधिकारकर्मी र आइएनजीओहरुले पनि आवाज बुलन्द पार्न र उनलाई न्याय दिन माग गरिरहेका छन् ।

मेयर बालेन साहको भेट :

यो घटना सार्वजनिक भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले निहारिका राजपूतसँग भेट गरेका छन् । साहले गत शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर निहारिकालाई भेट गरेका थिए । निहारिकासँगको भेटपछि बालेनले निहारिकासँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनीमाथि राज्यले अत्याचार गरेको उल्लेख गरेका छन् ।

‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन’, फोटोसँगै बालेनले लेखेका छन् ।

हजारौँ निहारिकाहरु न्यायविहीन :

निहारिका राजपुत मात्र होइन, यो समाजमा न्यायविहीन भएर हजारौँ निहारिकाहरु मरेतुल्य भएर बाँचिरहनु परेको छ । निर्मला पन्तलाई बलात्कारपछि हत्या गर्ने अपराधिहरु यही समाजमा खुलेआम हिँडिरहेका छन् । प्रशासन र सरकारले उहीहरुलाई अझै पहिचान गरेर न्यायको कठघरमा उभ्याउन सकेको छैन । दिनदानुदिन छोरी–चेलीहरु बलात्कृत भइरहेका छन् । कतिपय त्यस्ता अपराधिहरु राजनीतिक संरक्षणमा उम्किइरहेका छन् ।

तत्कालीन नेकपा एमालेका महासचिव मदनकुमार भण्डारीको आजभन्दा तीन दशक अघि दासढुंगामा भएको दुर्घटनाका कारण र रहस्य आज उनकै पत्नी स्वयं मुलुककै सर्वोच्च संस्था राष्ट्रपतिको पदमा बस्दै गर्दा पनि उक्त घटनाको सत्यतथ्य बाहिर आउन सकेको छैन । प्रकारान्तरले राष्ट्रपतिउपर पनि मुलुकले न्याय गरेको छैन । आफ्ना पतिको दुर्घटना हो वा सुनियोजित हत्या हो ? यसको जवाफ पाउने अधिकार मदन भण्डारीकी धर्मपत्नी हुनुका नाताले वर्तमान राष्ट्रपतिलाई पुरापुर छ । तर, राज्यले उनको हकसमेत हनन गरेको अवस्थामा निहारिका र निर्मलाहरुले कसरी न्याय पाउलान् ? मोफसलकी निम्न परिवारकी एउटी बालिका, उनको सुनवाइ कसले गर्ने ? किन गर्ने ? राज्य यस सम्बन्धमा अनुत्तरदायी नै देखिँदै छ । आफैँ त महादेव उत्तानो पर कसले देला बर ? भनेझैँ राष्ट्रपति स्वयम्ले त न्याय नपाएको देशमा अन्य नागरिकले के न्यायको आश गर्ने ?

आफ्नो स्वार्थका लागि देश र जनताको नाम दिँदै रातारात दौडधुप गरेर कोठे बैठक बस्ने र आन्दोलनको धम्की दिने दलका नेताहरु निहारिका काखे बालकलाई सडकमा सुताएर शरिरमा पेट्रोल छर्किएर आत्मदाह गर्न खोज्दासमेत किन मौन छन् ? दलका नेताहरु यी र यस्ता अनेकौँ सामाजिक विषयलाई किन आफ्नो तात्कालिन अजेण्डा बनाएर अन्यायमा परेकालाई न्याय दिलाउन सङ्घर्ष गर्दैनन् ? यो गम्भीर र पेचिलो प्रश्न दलहरुतर्फ पनि सोझिएको छ ।

यहीँनेर आएर एउटा प्रश्न खडा हुन्छ, के न्याय पाउनका लागि नेता तथा उच्च पदस्थ कर्मचारीको छोरा/छोरी भएर मात्रै जन्मिनु पर्ने हो ? के समयमै न्याय पाउन ‘ठाउँमा’ आफ्नो नातेदार मात्र हुनुपर्ने हो ?

 


क्याटेगोरी : बिचार
ट्याग : #hot, #nikharika rajput


तपाईको प्रतिक्रिया दिनुहोस