Techie IT
×
गृहपृष्ठबिचारकोभिड कहर : सामाजिक दुरी, छिन्नभिन्न समाज र इटाली पथमा नेपाल

कोभिड कहर : सामाजिक दुरी, छिन्नभिन्न समाज र इटाली पथमा नेपाल


हाम्रो समाजले समाजिक दुरी शब्दको अर्थ नै गलत बुझ्यो । मैले त सुरुदेखि नैं समाजिक दुरी (social distance) भन्ने शब्दको बिरोध जनाएको थिएँ । सामाजिक दुरी शब्दले समाजलाई छिन्नभिन्न बनाउँछ भन्ने मेरो बुझाई हो । सामाजिक दुरीको साटो ब्यक्तिगत दुरी हुनु पर्दथ्यो ।

काठमाडौंको बानेश्वर, पर्सा, चितवन लगायतका ठाउँहरुमा स्वास्थ्यकर्मीहरु माथि भएका ज्यादतीहरु जतिसुकै भत्सर्ना गरे पनि कम हुने जघन्य खालका छन् । जतिसुकै कागजी सम्झौतामा हस्ताक्षर भए पनि त्यस्ता घटना घटाउनेलाई जनप्रतिनिधि र प्रशासले एउटा कागजको भरमा छुट दिए पनि आमनागरिक भने छुट दिने पक्षमा छैनन् । ती घटना सामाजिक हिसाबले घोर आपराधिक कार्य हुन् । र जङ्गली ब्यवहार हुन् । ती पात्रहरु समाजका कलङ्क हुन् । साथै त्यस्ता कूकार्य नेपाली समाजले कल्पना नगरेका घटना हुन् ।

इटाली पथमा नेपाल :

केही दिन अघि सञ्चारकर्मी मित्र सञ्जय के.सीले मलाई फोन गर्दै कोटेश्वरमा बस्ने दोलखाकी बैहिनी कोभिड १९ पोजेटिभ भएको खबर सुनाउनु भयो । बहिनीहरुसँगै सञ्जय पनि कोटेश्वर डेरामा सँग बस्नुहुन्थ्यो । मेरो मनमा चिसो पसिसकेको थियो । हिजो सञ्जयलाई डराई–डराई फोन गरेँ । भावुक हुँदै उहाँले भन्नुभयो, ‘बहिनीलाई बचाउन सकिएन सर !’

बहिनीको उमेर मात्रै ३० बर्षको थियो । सञ्जयले भन्नुभयो, ‘म पनि स्वाव दिएर आएको हेरौँ के हुन्छ !’ सञ्जयको अर्की बहिनी पनि कोभिड पोजेटिभ हुनुहुन्छ र घरमै आइसोलेसनमा हुनुहुन्छ । उहाँहरुको स्थायी घर दोलखा हो । कोभिड प्रभावित क्षेत्रमा उहाँहरुको केही साइनो सम्बन्ध थिएन । कसरी सर्याे ? पत्तो भएन ।

यसको मतलब केहो भने कोरोनाले उमेर समूह हेरेन । र अर्काे कुरा, कोरोना घरघरमा छिरिसकेको छ । अर्थात , समुदाय स्तरमै फैलिइसकेको छ ।

सञ्जयले भन्नुभयो, ‘म पनि स्वाव दिएर आएको हेरौँ के हुन्छ !’ सञ्जयको अर्की बहिनी पनि कोभिड पोजेटिभ हुनुहुन्छ र घरमै आइसोलेसनमा हुनुहुन्छ । उहाँहरुको स्थायी घर दोलखा हो । कोभिड प्रभावित क्षेत्रमा उहाँहरुको केही साइनो, सम्बन्ध थिएन । कसरी सर्याे ? पत्तो भएन । भावुक हुँदै उहाँले भन्नुभयो, ‘बहिनीलाई बचाउन सकिएन सर !’

हिजो मध्यरातमा एक जना मेडिकल डाक्टरसँग लामो कुरा भयो । जो चार महिनादेखि कोभिड उपचारमा प्रत्यक्ष सम्लग्न हुनुहुन्छ । उहाँको कुरा सुन्दा हाम्रो मुलुक कोभिडका हिसाबले इटालीको बाटोमा अघि बढिसकेको छ । मेडिकल हिसाबले बाहिर जे देखाइएको छ, त्यो बिल्कुल सत्य होइन । भित्री हिसाबमा राज्यलाई शव व्यवस्थापन गर्न हम्मे हम्मे परिसकेका छ । स्वास्थ्य उपकरण र स्वास्थ्यकर्मी व्यवस्थापनका हिसाबले राज्य करिब शुन्य अबस्थामा छ। । अबका केही दिनमा मानिसहरु उपचार नपाएर घरघरमै मर्नु पर्ने हुन सक्छ

इटालीले एउटा बिन्दुमा आएर कोभिडलाई नियन्त्रणमा ल्यायो । इटाली स्वास्थ्य सेबा सुविधाका हिसाबले युरोपमै अब्बल मानिएको देश हो । यसका कारण पनि इटालीले कोभिड माथि नियन्त्रण पायो । तर हाम्रो यस्तो फितलो स्वास्थ्य व्यवस्थापनले कोभिड माथि नियन्त्रणमा पाउन मुस्किल छ । अझ डरलाग्दो पक्ष के हो भने, कोरोना नियन्त्रणमा अख्तियारी पाएकाहरुबाटै कोरोना नियन्त्रणका लागि आएको पैसा कसरी दोहन गर्ने भन्ने मात्रै योजना संयन्त्रमा बस्नेहरुले योजना बनाएको देख्दा दिक्क लाग्न थालेको उनको भनाई थियो ।
अबका तीस दिन पछि महामारी उच्च हुने गोप्य रिपोर्ट

एक जना गणितीय बिश्लेषण गर्ने बैज्ञानिक आर.के मल्लिकले दुई फरक फरक गणितीय बिधिबाट अध्ययन गरि गोप्य रुपमा सीसीएमसीलाई बुझाएको रिपोर्ट हेर्ने हो भने नेपालको अबस्था एकदमै डरलाग्दो छ । कोरोना महामारीको पाँच महिनामा ३० हजार पुगेको संक्रमितको संख्या अवको केही दिनमा तिब्र गतिमा बढेर ६० हजार पुग्ने अनुमान छ ।

अगस्ट २० लाई पहिलो दिन मानेर गरिएको यो विश्लेषण सेक्टेम्वर १८ सम्म पुग्दा नेपालमा कोरोनाले भयावह रुप लिन सक्छ । यो रिपोर्टमा मृत्युदर नदिइए पनि संक्रमित हुनेको अनुपात हेर्दा कोरोनाको कारण मृत्यु हुनेको संख्या निक्कै धेरै हुनेछ ।

हेर्नुहास् सनसनीपुर्ण रिपोर्ट,

कोरोना उपचार, गलत पद्धतिमा राज्य र मेडिकल संघ :

नेपाल सरकारले कोरोना उपचार पद्धति र व्यवस्थापन गलत तरिकाबाट गरिरहे तथ्य फेला परेको छ । नेपाल सरकारलाई गलत बाटोमा लाने नेपाल मेडिकल एसोसिएसन हो । नेपाल सरकारले नेपाल मेडिकल एसोशिएसनको सुझावका हिसाबले बिदेशमा भाइरल भएको एउटा नन्मेडिकल ब्यक्तिले लेखेको प्वाइन्टलाई समातेर सम्पूर्ण कोरोना उपचार पद्धति चलाई रहेको छ । जो स्वास्थ्यका हिसाबले कही पनि पुष्टि भएको छैन । इटालीको लमबर्डी भन्ने ठाउँको हबला दिँदै एक जना कार्लाे बोरघेट्टी भन्ने ब्यक्तिले कोरोना उपचारमा लमबर्डी कसरी चुक्यो र उपचार कसरी हुनुपर्दथ्यो भन्ने बारेमा लेखेका थिए ।

वोरघेट्टीको हवला दिँदै भाइरल भएको त्यो प्वाइन्ट भनेको के हो भने लमबर्डीमा कोरोना महामारी फैलनुमा कोभिड र नन्कोभिड अस्पताल नछुट्याई कोभिड पोजेटिभको उपचार गरेकाले महामारी फैलिएको हो । तर यो कुराको स्वास्थ्य क्षेत्रबाट स्वतन्त्र पुष्टि भने आजसम्म हुन सकेको छैन । नेपाल सरकार भने यस्ता हचुवा कुराको पछि लागेर महामारीको उपचार पद्धति वनाई रहेको छ ।

अझ उदेकलाग्दो कुरा त के छ भने, त्यही इटालीमा महामारीसँग जुध्ने डाक्टरहरुले तयार पारेको मेडिकल रिपोर्टलाई पुरै ब्यवास्ता गरि उक्त रिपोर्ट लुकाएर राखिरहेको छ ।

राज्यले लुकाएको इटालीको सहि मेडिकल तथ्य :

यो रिपोर्टमा इटालीले कसरी उपचार गर्नुपर्छ र सफलता हासिल हुन्छ भन्ने चार तथ्याङ्कमा बताएको छ।
यसमा सर्वप्रथम कोभिड र ननकोभिड अस्पताल नचाहिने बताउँछ । कोभिड अस्पताल छुट्टै बनाउँदा राज्यको सम्पत्तिको दोहन त हुन्छ नै त्यति मात्रै नभएर कोभिड उपचारमा जनशक्ति ब्यबस्थापनमा निक्कै समस्या हुन्छ।
कोभिडको उपचार एउटा ठुलो अस्पताल परिसमा गर्न सकिन्छ वा ठुलो अस्पताल नजिकै भएको अर्को अस्पतालमा गर्न सकिन्छ ।

आज नेपालमा जुन अस्पताललाई कोभिड उपचारमा ढालिएको छ त्यस्ता अस्पतालमा हुने संक्रमणको दर निक्कै कम छ भने जसलाई नन्कोभिड अस्पताल भनिएको छ त्यस्ता अस्पतालबाट संक्रमण फैलिने अनुपात अत्यन्तै धेरै छ। त्यस्तै ब्यक्तिगत स्वास्थ सुरक्षा सामाग्री पनि स्वास्थ्यकर्मी बाहेक जोखिमयुक्त ठाउँका आममानिसले पनि प्रयोग गर्नु राम्रो मानिन्छ । अझ स्वास्थ केन्द्रहरुवाट आम मानिसलाई कोभिडबाट जोगिने लगायतका सचेतना मुलक कार्यहरु गर्नु जरुरी देखिन्छ । साथै भैरहेको अस्पतालहरुमा नै डिपार्टमेन्ट छुट्याइएर कोभिडको उपचार गर्ने हो भने १५ देखि २० प्रतिशत आइसियु बेडहरु थप गर्ने हो भने जस्तोसुकै महामारीको पनि फेस गर्न सकिन्छ ।

नेपालमा कति छन् आइसियू र भेण्टिलेटर ?

कोरोनाको जटिल बिरामीको उपचारलाई आइसियू र भेण्टिलेटर अत्यावश्यक हुन्छ। पछिल्लो तथ्यांक अनुसार नेपाल भर जम्मा ९ सय ४६ आइसियु बेड छन् भने ४ सय ९६ भेण्टिलेटर बेड छन्। अझ यसलाई प्रादेशिक हिसाबले हेर्दा १ नम्बर प्रदेशमा १ सय ४४ आइसियु बेड छन् भने १९ वटा भेण्टिलेटर छन्। प्रेदेश नम्बर २ मा ४८ आइसियु र १७ भेण्टिलेटर छन् । त्यस्तै वाग्मती प्रदेशमा ६३० आइसियु बेड छन् भने ३६१ भेण्टिलेटर छन् । त्यसैगरि गण्डकी प्रदेश मा १३७ आइसियु बेड र ५९ भेण्टिलेटर बेड देखिन्छ ।

पाँच नम्बर प्रदेशमा २९ आइसियु र १३ भेण्टिलेटर बेड भएको पाइन्छ । कर्णालीमा ४०/१७ र सुदुरपश्चिममा १८/१० को स्थिति छ। यो सङ्ख्या भनेको अत्यन्तै न्यून सङ्ख्या हो। अझ पाँच नम्बर, दुई नम्बर, कर्णाली र सुदुरपश्चिमको तथ्यांक त नगन्य मान्दा पनि हुन्छ। यसमा पनि निजी अस्पतालले कोभिड बिरामी राख्नै मान्दैनन् ।

शक्तिको भरमा कोभिड र नन्कोभिड अस्पताल :

नेपाल यस्तो मुलक हो जहाँ कोभिड र नन्कोभिड अस्पताल छुट्याउँदा पनि पावरले काम गर्दछ। सरकारी नियुक्ति पाएर जाने हरुले सकेसम्म आफ्नो अस्पताललाई कोभिड अस्पताल बनाउँन दिदैनन्। यसको मारमा बिभागीय अस्पताल हरु परेका छन्। आर्मी, जनपद र सशस्त्र गरि तीन बिभागीय अस्पताल छन् । साधन श्रोतका हिसाबले पनि आर्मी अस्पताल सम्पन्न छ । त्यसपछि पुलिस अस्पताल छ भने अन्तिममा सशस्त्रको अस्पताल छ।

कोभिड उपचारका हिसाबले सशस्त्र अस्पताल निक्कै पेलिएको छ। आर्मीको भेट्रान अस्पताल पुरै खाली छ। जाइका बल्क र ट्रमा सेन्टरलाई पनि कोभिड उपचार केन्द्र बनाउन सकिन्छ । टिचिङको एउटा बल्कलाई कोभिड उपचार गर्ने ठाउँ बनाउन सकिन्छ तर त्याहाँ केले रोकिएको छ ? कुरा सहजै बुझ्न सकिन्छ । समयबद्ध  साप्ताहिकबाट

 


क्याटेगोरी : बिचार, स्वास्थ्य
ट्याग : #breaking, #Corona

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार