Techie IT
×
गृहपृष्ठबिचारनेपालका समाजवादी ‘निरो’हरु

नेपालका समाजवादी ‘निरो’हरु


नेपाली राजनीतिमा यतिबेला महासंग्राम भइरहेको छ । बालुवाटार र सानेपालाई कुरुक्षेत्र बनाएर भइरहेको महसमरमा कसलाई हस्तिनापुरको राज मिल्छ, कसको बास चपरीमुनि हुन्छ ? त्यो त समयले बताउला । तथापी नेपालको राजनीतिमा उदाएका हिरोहरु कौरव र पाण्डवको नियतीमा हुनुपर्ने तापनि आज रोमका शासक निरोको नियतिमा पुगेका छन् ।

निरङ्कुश शासक निरोले आफ्नो अन्तिम अवस्थामा रोमलाई खरानीमा परिणत गर्ने योजना बनाए र रोमको आलिशान महलमा आगो लगाएर जनता भुल्याउन दरबारमा हाजिर हुन आदेश दिए । जनतालाई दरबारको माया थियो । तथापि दरबारमा लागेको आगो निभाउन आदेश नदिई बुर्जामा बसेर बाँसुरी बजाउँदै मनोरञ्जन लिन विवश बनाइएका थिए । कारण, रोमको त्यो दरबार बनाउन उनको कुनै लगानी थिएन । उनी विशेष अवस्था सिर्जना गरेर रोमका शासक भएका थिए, जुन शासक हुने उनको हैसियत र क्षमता थिएन ।

जनताको पसिनाले बनेको आस्थाको धरोहर दरबार जलेको दृष्यले जनता आजित थिए । तापनि राजाको आज्ञा नहुनाले आगो नियन्त्रण गर्न सक्दैनथे । यदि कसैले आज्ञाविना आगो नियन्त्रण गरे निरङ्कुशताको कोपभाजनको सिकार हुनुपर्दथ्यो । यही नियति आज नेपाली जनताले भोग्नु परेको छ । देश बाढी, पहिरो र कोरोनाको आतङ्कले अजित छ, जनता छाना, नाना र खानाको अभावमा चिच्याइरहेको हृदयविदारक दृष्यपान गर्दै दरबारको बुर्जामा टलकदार सोफामा बसेर सत्ता संघर्षको बेमौसमी बाँसुरी बजाइरहेका छन् भने निरिह जनता बेसोमतको दन्तबझानलाई बार्ता हो भन्न विवश छन् । हरेक दिन सुन्नुपर्छ “आज सहमति भेटिएन एक हप्तापछि दुबै निरोहरुको बैठक बसी सहमति खोज्ने सहमति भएको छ ।”

देश बाढी, पहिरो र कोरोनाको आतङ्कले अजित छ, जनता छाना, नाना र खानाको अभावमा चिच्याइरहेको हृदयविदारक दृष्यपान गर्दै दरबारको बुर्जामा टलकदार सोफामा बसेर सत्ता संघर्षको बेमौसमी बाँसुरी बजाइरहेका छन् भने निरिह जनता बेसोमतको दन्तबझानलाई बार्ता हो भन्न विवश छन् ।

रोमझैं दरबारमात्र जलेको छैन नेपालमा । समग्र देश जलेको छ, नेपाली जनताको भाग्य, भविष्य, त्याग, समर्पण र लगानी जलिरहेछ तर निरोहरु बाँसुरीमा मस्त छन् । विगतका राजामहाराजाझैं ढोके, छाते बैठके, हुक्के, नानी, सुसारे आदि माकुरे झुण्डले सुसज्जित छन् । समयले कोल्टे फेर्दा पनि जनताको जीवनस्तरले कोल्टे फेर्न सकेको छैन । बिसङ्गति, अन्याय, अत्याचार र भ्रष्टचार जस्ता बेथितिको दुहाई दिँदै सारा नेपालीको भाग्य रेखा कोर्न उभिएकाहरु नै बेथितिको जालोमा लटपटिएको पाइन्छ । जनताले प्राकृतिक प्रकोपको सामना गरिरहेको बेला जनताको दुःख मोचन गर्नमा भन्दा बालुवाटार र सानेपाको कुरुक्षेत्रमा रातो टेबुल र महानायकको पौठेजोरी खेलिरहेका छन् । यो दृष्य रोमेली जनताले निरोको चर्तिकला हेरे झैं नेपाली जनताले हेरिरहेका छन् ।

कोभिड १९ को महामारीले देश थलिएको छ । यसको कोपभाजनमा परेर लाखौँ नेपाली स्वदेश तथा विदेशमा अलपत्र छन् । कैयौंले अकालमा ज्यान गुमाएका छन् । क्वारिन्टिनको नाममा गाईगोठ र स्कुलहरुमा पशुवत् जीवन गुजारेका छन् । उपचारको अभावमा अकाल मृत्यु वरण गर्न विवश छन् । आरडीटी समेत नगरी क्वारिन्टिन नामको कालकोठारीमा कोचिनु पर्दा स्वस्थ मानिससमेत संक्रमित हुनुपर्छ । घर फर्कन सिमानामा आएकाहरुले देश भित्रन पाएनन् । यसविषम परिस्थितिमा उनीहरुरका लागि राष्ट्र जिम्मेवार बनेको देखिएन ।

औषधि खरिदको बहाना करोडौंको अपचलन गर्ने योजना बनेका खबर बाहिरिए । कोभिडको कोलाहल भएकै बेला बाढी पहिरोबाट सैयौँको ज्यान गएको छ । करोडौँको सम्पत्तीको क्षती भएको छ । जनता पिउने पानी समेत नपाएर छटपएिका छन् । औषधि उपचार नभएर बिलखबन्दमा परेको देखिन्छ । कतिको लास लापत्ता छ भने कतिको शव व्यवस्थापन गर्न सकिएको छैन । जनता खुला आकासमुनि बसेका छन् । २०५२ मा बाढीले सुकुम्बासी बनाएका कञ्चनपुरको शुक्ला फाँटाका जनता पुलमुनि बसेको दृष्य स्थानीय निरोहरु मजाले हेर्दैछन । यो एक प्रतिनिधि घटना हो ।

शिक्षामा भएको क्षतिप्रति कुनै चासो देखाइएको छैन । स्कुलहरु आपत्कालीन आश्रय स्थल जस्तै भएका छन् । हिजोसम्म कोभिडका बिरामी राख्ने अस्पतालका वार्ड बनाइए भने आज बाढी पहिरो पीडितहरुको आश्रय स्थल बनाइएका छन् । लाखौँ विद्यार्थीहरु औपचारिक शिक्षा प्राप्तिबाट टाढा हुँदासमेत सरकारका सरोकारवाला मन्त्री निजी स्कुलका सञ्चालकहरुसँग शुल्कको माथापच्चिसीमा रुमलिएको देखिन्छ । यस दुःखद अवस्थामा सुरक्षा सावधानी अपनाएर बालबालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न प्रोत्साहन् गर्ने समयमा सरकारले अनेक बाहनाबाजी बनाएर पठनपाठनमा प्रतिबन्ध लगाएको छ ।

कक्षा १२ को अन्त्यमा गरिने परीक्षा आजसम्म अन्योलमा छ यसको विषयमा कुनै चासो छैन । सरकार दश बजे निर्णय गर्छ र बाह्र बजे परिवर्तन गर्छ ।

माध्यमिक शिक्षा परीक्षा (एस.ई.ई) र कक्षा ११ मा करोडौँ खर्च गरेर महामेला चलाउने चलनलाई आपत्कालीन् अवस्थाको मौका छोपेर तजबिजीमा लगियो । यसले कैयौँ परिश्रमी नानी बाबुहरुलाई मानसिक असर पारेको तथ्यमा ध्यान दिइएको छैन । कक्षा १२ को अन्त्यमा गरिने परीक्षा आजसम्म अन्योलमा छ यसको विषयमा कुनै चासो छैन । सरकार दश बजे निर्णय गर्छ र बाह्र बजे परिवर्तन गर्छ ।

प्राचीन समयदेखि अर्वाचिन अवस्थासम्म शासक र तिनका मतियारले चुस्ने, लुट्ने संस्कारले निरन्तरता पाएको छ । अन्धा शासकलाई स्वार्थी चम्चा, लठेत र महामूर्खहरुले मुसार्ने र गर्धनमा तरवार हान्ने प्रचलन कायमै रहेको छ । समय आधुनिक, प्रवृत्ति पौराणिक, शब्दमा स्वतन्त्रता व्यवहारमा निरङ्कुशता, बोलीमा समानता कार्यमा भाइचारा आदि नागपासमा नेपाली जनता बााधिएको समयमा जिविकोपार्जनका लागि लाखौँ नेपाली विदेशी भूमिमा कुल्ली, दरवान, कान्छा, बहादुर भई प्राण धानीरहेको बेला आइ लागेको यो प्राकृतिक विपत्तिले लाखौंलाई बेरोजगारको भासमा भसाएको छ । कैयौंको चुलो बल्न सकेको छैन । प्राकृतिक प्रकोपले दुनियाँ बेचैन छ तर यतातिर सरकार र छायाँ सरकारहरुको दिलचस्पी देखिएको छैन । यदि सरकारको दिलचस्पी हुने हो भने भौतिक दुरी कायम गरेर विद्यालय चलाउन सहयोग गर्न सक्थ्यो ।

विद्यार्थीको भविष्यसँग जोडिएको परीक्षा सञ्चालन गरेर उनीहरुको क्षमताको उचित मूल्याङ्कन गर्न सक्थ्यो जसरी वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा जनताको कर बाँड्न, सानेपा र बालुवाटारको भूतबंगलामा पदको लागि दन्तबझान गर्न सांसद अपहरण काण्डमा पक्षविपक्षमा हुलहुज्जत गर्न पछि परेनन् । त्यही विधि मार्फत् यी नानी बाबुहरुको पठनपाठन र परीक्षा सञ्चालन गरेर न्याय दिन तथा कोरोनाले आतिएका जनताको उपचार गर्न सकिन्थ्यो ।
मुलुक शिक्षा, स्वास्थ्य, बेरोजगारी तथा अत्यास लाग्दो प्राकृतिक विपत्तीमा फँसेको बेला देशभित्र जनताको मतबाट राज्यको मुलद्वारबाट ढुकुटीमा छिरेका र छिर्नका लागि भगिरथ प्रयास गरिरहेका सरकार इतरका दलहरुको पनि यस विपत्तिमा कुनै ध्यान गउको देखिंदैन । अछाम, सिन्धुपाल्चोक, संखुवासभा,अदि जिल्लामा बाढी पहिरोको चपेटामा परेर सैयौँ बेपत्ता हुँदा र हजारौँको थातबास उखाड हुँदा, सरकार र छायाँ सरकारका भलाद्मीहरु को भन्दा को ठुलो, कसको गुट ठुलो, कसले कसलाई धुलो चटाउने र कसको शक्ति कति भन्ने जोडगठको खेलमा अहोरात्र खटेको देखियो ।

आफ्नै तुइन कतिबेला छिनेर भङ्गालोमा खसिएला भनेर वासुकी नागले जन्मजयको सर्प यज्ञमा पुरोडसा हुने भयले ईन्द्रको सिंहसानमा बेरिए जस्तै कोही सत्ताको कुर्सीमा, कोही पार्टी अध्यक्षको कुर्सीमा कोही विभाग र दलको हुल समातेर बसेको देखिन्छ । यदि यो तुईन छिन्यो भने उनीहरु नै वेपत्ता हुन बेर छैन । त्यसैले कोरोनाले मान्छे कति मरे भनेर गन्ने, बाढी पहिरोमा कति परे औंला भाँच्ने तुइन छिनेर कति मरे ती मर्ने र घरबास उखाड हुनेहरु कुन दलका कार्यकर्ता होलान् ? यो विपत्तीले कुन दलको भोट कति घटायो र कसको कति बढायो भनेर हिसाब किताब राखेको होकि भन्न सकिन्छ । यति ठुलो महाविपत्तिमा जनता तड्पिरहेको बेला बालुवाटार, सानेपा, सिंहदरबार आदि जनताका मलिक बस्ने महलभित्र राहत, उद्धार र सहयोगको आवाज उठेको देखिएन । पत्रिकाका पाना, टेलिभिजनका भित्ता, ट्वीटर र मुहार किताबका भित्तामा सरकारको राजीनामा संस्थागत रुपमा नमागेको, आज सहमति नभएको भन्ने वाक्यांश हरिभजन नै भएको थियो ।

जनताको रगत पसिनामाथि निर्लज्ज किसिमले भण्डारा गर्ने स्थानीय, प्रदेश र संघमा बसेर जनभजन गर्ने नक्कली साधुहरुकै कारण लाखौं जनताको रगतले पोतिएको लोकतन्त्रमाथि नै प्रश्न जन्मिन थालेको देखिन्छ ।

विश्वका नेताहरुको ध्यान यस प्राकृतिक विपत्तिमा खिचिएको छ । तर हाम्रा नेताहरुको ध्यान भत्ता, सत्ता र परिवारतर्फ मोडिएको छ । यदि यो कुरा सत्य होइन भने भ्रष्ट्राचारीको मुख नहेर्ने, देशबाट तुइन विस्थापन गर्ने, समृद्ध नेपाल र सुखी नेपाली बनाउने, शिक्षा र स्वास्थ्यमा समान हक कायम गर्ने अदि भजन गाउँदै जनता नामी बर्को ओढेर गएपछि उपद्रो गर्न लाज नमानेको पाइन्छ । विगतमा भ्रष्टाचार कहाँ हुन्छ भनेर सूक्ष्म अध्ययन गर्दै खोज्नपर्ने अवस्था थियो भने आज भ्रष्ट्राचार कहाँ छैन ? भनेर खोज्नु परेको छ । पत्रकारहरुले स्वच्छन्दताको पदापर्ण गरेका हुन वा टोले राजाहरुले आफ्नै कानुन बनाएका हुन् विवेच्य विषय हाम्रा सामु उभिएको छ । पत्रकारहरुले सरकारको मामनमर्दन गर्न गलत लेखेका हुन् वा सरकारले मुख हेर्न नसकेका हुन् खुट्याउन पत्याउन मुस्किल पेको छ ।

प्रदेश २, को सिराहा नगरपालिकाले कोभिडका बिरामीलाई ५ करोड ९० लाख २५ हजार खर्च गर्दा विछ्याउने बेडकभर (तन्ना) प्रतिगोटा ८०७१ (आठहजार एकहत्तर) रुपैंया, तकिया (सिरानी) को खोल प्रतिगोटा करिब ३००० (तीनहजार)मा खरिद गरेको प्रतिवेदन बुझाएको खबर बाहिरियो । यसैगरी राजबिराजमा कृषि ज्ञानकेन्द्रको योजनामा भएको बेथिति सार्वजनिक गर्दा कर्मचारीले पत्रकारमाथि गरेको हातपात र पत्रकार महासंघ सप्तरीका पत्रकारहरु ठेकेदार भएर गरेको बेथितिले सरकार र लोकतन्त्रको तेजोवध गरेको देखिन्छ । लमजुङमा तुईन छिनेर साउन २१ मा मानिस नदीमा बेपत्ता भएको दुःखद घटनाले सरकार र दलहरुको भजन मण्डली भुलभुलैयामा लागेको अड्कल गर्न सकिन्छ । यी प्रतिनिधि घटनाले देशमा भएको बेथिति र छाडावादको सङ्केत गर्दछ भने सरकारको बोली केवल स्यालको हुईंया हो भन्न सकिने देखिन्छ ।

आफ्नो कोटमा टाँस्ने स्वर्णं लोगो भद्दा देख्ने र यसको विषमा बोल्नेहरुले सिराहमा ८००० (आठहजार) को तन्ना किनेको नदेख्नु, वागलुङको तुइन नदेख्नु, सप्तरीको ज्ञानकेन्द्रको भण्डारा नदेख्नु, अछाम, बझाङ, सिन्धुपाल्चोक, संखुवासभाको मानव विपत्ति नदेख्नु र यस विषयमा नबोल्नुले जनताप्रतिको समर्पण भाव स्पष्ट भएको देखिन्छ ।

जनताको रगत पसिनामाथि निर्लज्ज किसिमले भण्डारा गर्ने स्थानीय, प्रदेश र संघमा बसेर जनभजन गर्ने नक्कली साधुहरुकै कारण लाखौं जनताको रगतले पोतिएको लोकतन्त्रमाथि नै प्रश्न जन्मिन थालेको देखिन्छ । वुहानमा विद्यार्थी रोइरहेको बेला मादल र सारङ्गीमा सरकार मस्त देखियो । दुबइको हवाइ मैदानमा पुगेको नपाली ध्वजावाहक विमान रित्तै फर्कनु परेको घटनाले हाम्रो व्यक्तिवादी चरित्र हावी भएको प्रमाणित गर्दन र ? यदि आफ्ना जनता क्वारिन्टिनमा राख्ने हैसियत् थिएन भने त्यत्रो खर्च गरेर विमान दुबई कसले पठायो र किन पठायो ? यसमा सरकार र छायाँ सरकार चुपचाप देखिन्छ भने बुच्चे नेपालको मानचित्र भएको स्वर्णं लोगोलाई चुचे बनाएर सिंहदरबारियाको कोटको कलरमा टाँस्न खोज्दा भद्दा देखियो भनेर फिर्ता गरियो रे ।

आफ्नो कोटमा टाँस्ने स्वर्णं लोगो भद्दा देख्ने र यसको विषमा बोल्नेहरुले सिराहमा ८००० (आठहजार) को तन्ना किनेको नदेख्नु, वागलुङको तुइन नदेख्नु, सप्तरीको ज्ञानकेन्द्रको भण्डारा नदेख्नु, अछाम, बझाङ, सिन्धुपाल्चोक, संखुवासभाको मानव विपत्ति नदेख्नु र यस विषयमा नबोल्नुले जनताप्रतिको समर्पण भाव स्पष्ट भएको देखिन्छ ।

संसारमा सत्ताको उदय त्याग र समर्पण भएका मानिसहरुको बाहुबलबाट भएका पाइन्छ भने भाट र चारणहरुको चाप्लुसी र स्तुतिबाट अस्त भएको देखिन्छ । शासकको फेटा गुथ्नेहरुका कान सदैव स्तुति र तारिफ सुन्न आतुर हुन्छन् । यो प्रचलन प्राचीन कालबाट आजसम्म निरन्तर चलेको छ । नेपाली राजनीतिमा पनि यो संकार भएको देखिन्छ । आफ्नो रोजीरोटीको लालसाले गलत कार्यलाई सत्य भनिदिने भाटहरुको झोले प्रवृत्तिबाट समयमै चनाखो भई विशाल दर्पणको सामुन्ने उभिएर आफ्नो अनुहार हेर्न विलम्ब गर्न हुदैन ।

यसर्थ अहिलेको नेपाली जनताको अवस्था रोमेली जनता र नेपाली नेताहरुको प्रवृत्ति निरोेसँग मेल खान गएको देखिन्छ । यो नियोजित नभएर संयोग हुनसक्छ । किनकि कोभिड, बाढी, पहिरो, बेथिति र भ्रष्ट्रचारले देश र जनता आक्रान्त भएको बेला एक हुल नेताहरु बालुवाटारमा बसेर सत्ता शक्तिको बाासुरी बजाउँदैछन् भने अर्को हुल नेताहरु सानेपामा बसेर को ठुलो हुने भनेर शक्तिको बाँसुरी बजाउँदैछन् । विचरा जनता भने खुला आकासमुनि बसेर राहतको प्रतिक्षा गर्दैछन् । यस बेला तमाम कार्यकर्ता परिचालन गरेर जनताको पिडामा मल्हम लगाउन राहत र सहयोगको वातावरण बनाउन लाग्नुपर्ने भएपनि वागलुङमा चँुडिएको तुइनको भन्दा आफ्नै तुइन छिन्ला भनेर निरोले झैं अनेक बहानाको बाँसुरी बजाएर जनता अल्मल्याउन लागेको देखिन्छ । अस्तु ।। खोटाङ

 


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस