Techie IT
×
गृहपृष्ठबिचारसरकार किन कोरोना कहरको मूल खुट्याउन असफल छ ?

सरकार किन कोरोना कहरको मूल खुट्याउन असफल छ ?


झिल्को टिप्पणी

अहिले देश कोरोना महामारीले आक्रान्त छ । मुलतः तराई/मधेश र राजधानी काठमाडौं उपत्यकामा कोरोनाको कहर दिनदिनै बढिरहेको छ । यसका हजार कारण होलान तर मुख्य निर्णायक कारणमा एक, छिमेकी भारतसँगको खुल्ला सीमा, अर्को भारतबाट अत्यावश्यकीय सामान भित्र्याउने नाममा भइरहेको भारतीय मालवस्तु र त्योसँगै आउने जनको वेपर्वाह आगमन ।

एक सरकारी तथ्याङ्क अनुसार दैनिक कम्तिमा पाँच सय ट्रक भारतबाट काठमाडौं उपत्यका भित्रिन्छन । यो क्रम पहिलो लकडाउन गत चैत्र ११ देखि अहिलेसम्म रोकिएको, छेकिएको छैन । एउटा मालवाहक ट्रक नेपाल आउनु भनेको त्यो ट्रकमा कम्तिमा एक जना चालक र दुई जना सहयोगी न्यूनतम रुपमा नेपाल आउनु हो । त्यसबाहेक त्यस्ता सवारी साधनमा लुकिछिपी, अवैध रुपमा मान्छे आउजाउ गर्ने क्रम पनि रोकिएको छैन ।

यसरी हेर्दा सरदर एक हजार पाँच सय भारतीयहरुले लकडाउनका बीचमा या अहिलेको कडा भनिएको निषेधाज्ञाका बीच विना रोकतोक काठमाडौं उपत्यकामा प्रवेश पाइरहेका छन् । जबकि भारत नै अहिले कोरोना संक्रमणको सर्वाधिक तेस्रो ठूलो असर देखिएको मुलुक हो । नेपालसँगका खुल्ला सीमा या त उचित रुपमा बन्द गरिएनन् वा बन्द गरिएका सीमाहरुका वावजुद पनि तारबार नभएका कारण मानिसहरु सुरुमा चोर बाटोबाट नेपाल आए । यो क्रम एकातिर रोकिएन भने अर्कोतिर नेपालमा अत्यावश्यकीय बस्तुको ढुवानीका नाममा वैध बाटोबाट अनुमति दिएरै दैनिक डेढ हजार जति भारतीयहरु काठमाडौं उपत्यका प्रवेश अुनमति दिइएको छ । दोहो¥याइरहनु परेन, त्यसरी आउने भारतीयहरु नै नेपालमा कोरोनाका मुहान बनेका थिए, बनिरहेका छन् ।

हो, यहीनेर छ, नेपालमा कोरोनाको संक्रमण रोक्न गरिएको गम्भीर भुल, गल्ती सरकारी स्तरबाट । जुन देश कोरोनाको उच्च जोखिममा छ, त्यहीबाट नेपालमा किन निर्वाध आगमनमा रोक लगाइदैन ? के नेपाल केही समयका लागि भारतबाट दैनिक उपभोग्यदेखि अन्य जुनसुकै मालसामान नल्याउँदैमा भोक र गरीवीबाट मरिहाल्छ ? यो तथ्याङ्कमा खोई अनुसन्धनकर्ता, विद्वान र सरकारी अधिकारीहरुको यथार्थ अध्ययन र तदनुरुपको वैकल्पिक व्यवस्था ? भारतबाट शतप्रतिशत सामान ढुवानीमा प्रतिवन्ध र चरोमुसो पनि निश्चित कालखण्डका लागि आउन पूर्ण प्रतिवन्ध लगाउनु नै अब नेपालमा कोरोना रोक्ने वा कोरोनाको मूल सुकाउने एक मात्रै विकल्प हो । यसमा सरकारको ध्यान जानु पर्दछ ।

अहिले राजधानी उपत्यका लगायत देशका मुख्य शहर र बस्तीहरुमा निषेधाज्ञाका नाममा दोहो¥याएर गरिएको लकडाउन जति नै कडा पारे पनि भारतबाट जुनसुकै बहानामा पनि मान्छे आउने क्रम नरोक्ने हो भने नेपालमा कोरोनाको कहर अरु थप आक्रामक, भयावह र क्षतिपूर्ण हुने तथ्य दिनको घाम जत्तिकै छर्लङ्ग छ । अहिलेसम्म नेपालले पाएको कोरोना कहरको सम्पूर्ण मूल जड, स्रोत, कारक र कारण भारत नै हो, भारतबाटै नेपालमा कोरोना भित्रियो, भित्रिइरहेको छ र यो क्रम जारी छ । जब समस्याको मूल नै रोकिन्न र नेपाल त्यसको मार, भार र पीडाबाट गुज्रिनुको विकल्प छैन, हुने छैन ।

नेपालमा नै उत्पादन हुने खाद्यान्न, तरकारी तथा अन्य उपभोग्य बस्तुको उत्पादनमा सरकारले जोड दिन नसकेकै कारण यो स्तरको क्षति त देशले व्यहोरी सक्यो । अब थप क्षति रोक्ने वा कम गर्ने हो भने सरकारले कुनै पनि बहानामा भारतीय सामान र बस्तुको आयातमा सीमित समयका लागि कडा प्रतिवन्ध लागू गर्नुको विकल्प छैन् । यो निर्णय अरुले गरेर हँुदैन, प्रधानमन्त्री केपी ओलीको क्याबिनेटबाटै भोलि होइन, आज, आज होइन, अहिल्यै नै गर्नु निर्विकल्प र अपरीहार्य छ ।

देशमा निर्वाचित स्थानीय सरकारहरु टोल टोलमा छन् । हरेक वडाहरुले स्थानीय उत्पादनको संकलन, भण्डारण र समुचित वैज्ञानिक वितरण चाँजोपाँजो मिलाउने हो भने यसरी भारतबाट रोगको आयात गरिरहनु पर्ने जरुरत नै पर्दैन, तर त्यतातिर किन सरकारको ध्यान गइरहेको छैन ? सरकार किन कोरोना कहरको मूल खुट्याउन असफल भइरहेको हो ? जनजनको घरघरबाट सरकारलाई यक्ष प्रश्न यही हो ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस