Techie IT
×
गृहपृष्ठबिचारकोभिड–१९ पछिको विश्व

कोभिड–१९ पछिको विश्व


विश्व आर्थिक मञ्च वा भनौ डब्लु इकोनोमिक फोरम (डब्लुईएफ) जेनेभास्थित एक गैरसरकारी संस्था हो । अन्तर्राष्ट्रिय मुद्रा कोष –आईएमएफ) संयुक्त राष्ट्रसंघको बडापत्र अनुसार गठित एक अन्तर्राष्ट्रिय वित्तीय संगठन हो । ब्रिटन उड्स अन्तर्गतका दुईमध्ये एक प्रतिष्ठान आईएफ हो भने अर्को द वल्र्ड बैंक हो ।

आईएमएफ र वल्र्ड बैंक दुबै अमेरिकाको ट्रेजरीको विशेषाधिकारबाट नियन्त्रित हुने अन्तर्राष्ट्रिय वित्तीय प्रतिष्ठानहरू हुन । डब्लुईएफ र आईएमएफ दुबैको बाटो भनेको कोभिड–१९को महाविनासबाट दुःखी विश्वका लागि राम्रो भन्दा राम्रो बाटोको खोजी गर्नु हो ।

तर दुवैमध्ये कसैले पनि संसारका लागि विशेषगरी विकासशील देशहरूका लागि दिगो बाटोको बारेमा उल्लेख नगरेको भए पनि डब्लुईएफका संस्थापक कार्यकारी अध्यक्ष क्लाउस स्वाबले ३ जुन २०२० मा विश्वलाई आह्वान गरे “शिक्षादेखि सामाजिक सम्झौता तथा काम गर्ने शर्तजस्ता हाम्रा समाज र अर्थतन्त्रहरूको सबै अवधारणाहरूलाई संयुक्तरूपमा द्रुतगतिले सुधार कार्य गर्नुपर्छ ।”

अमेरिकादेखि चीनसम्मका सबै देश र तेलदेखि ग्याँससम्मका सबै उद्योगलाई रूपान्तरण गर्न सहभागी हुनै पर्छ । समग्रमा हामीले पुँजीवादलाई बृहत रूपमा पुनः मिलाएर राख्नुपर्छ वा ‘ग्रेट रिसेट’ गर्नुपर्ने आवश्यकता छ, उनले भने । डब्लुईएफ विश्वका पुँजीवादी शक्ति राष्ट्रहरूको कमान्डमा चल्ने संस्था भएकाले तिनका संस्थापकले यसो भन्नु स्वाभाविक हुन्छ । ग्रेट रिसेट भनेको पुँजीवादलाई जोगाइ राख्नु हो । तर, स्वाब र उनको घरानियाँ निर्देशकहरूले यो कसरी गर्ने कसैले बताएको देखिदैन । यो भनेको दिगो हरियो (सस्टनेबल ग्रिन) भरपर्दो नाराले जनताको आँखामा छारो हाल्न र दिमाग भ्रमित पार्न सक्ने देखिन्छ । हरियो भन्ने वित्तिकै राम्रो अनुभव दिने गर्छ । नेपालको सन्दर्भमा हरियो वन नेपालको धनको नारामा लट्ठिएको नेपाली जस्तै ।

डब्लुईएफले समृद्धि सबै शैतानहरूको शैतान हो भन्छ । समृद्धि त कोरोना भाइरस भन्दा पनि खराब हुन्छ । हाम्रो संसारका लागि समृद्धि सबैभन्दा ठूलो खतरा हो । यो एक वैज्ञानिक प्रतिवेदनमा उल्लेख गरेको छ ।

डब्लुईएफले सही समातेको छ । कोभिड–१९ निसन्देह समृद्धि भन्दा धेरै खराब छैन । समृद्धिका नाममा धनसम्पत्ति सोहोर्ने काम शताब्दियौंदेखि भई आएको छ । यसले विश्वलाई झन्झन् असन्तुलित बनाउँदै गयो । गरिबी, दुःख र कोभिड–१९ जस्ता महामारीले समात्ने भयावहतालाई बढाउँदै लग्यो ।

डब्लुईएफ र यसलाई सहयोग गर्ने खेलाडीहरू जसलाई समृद्धिको रूपमा बुझ्न सकिन्छ । उनीहरू समेत मिलेर कोभिड–१९को प्रयोग पूर्णरूपमा गरिरहेका छन् । विश्व अर्थतन्त्रलाई लकडाउनले प्रभावित भएको छ । विश्वका करिब एक सय ९३ देशमा लकडाउनको अवस्था रहेको छ ।

स्विडन र बेलारूस जस्ता अपवाद पनि रहेका छन् । संयुक्त राष्ट्रसंघको विश्व स्वास्थ्य संगठन डब्लुएचओले गरेको गतिविधिका कारण छ महिना नपुग्दै विश्व अर्थतन्त्र धरासायी हुन पुगेको छ । रूपान्तरणका लागि नयाँ रंग हरियो हो । यो भाइरसको भयले यस्तो अवस्था सिर्जना गरेको छ ।

भय, चिन्ता र दिक्दारी अधिकांश रोगको मूल कारण हुन्छ । झूट र भयको प्रचारवाजीले रोगलाई अझ भयावह बनाउँछ ।

१ अगस्ट २०२० का दिन जर्मनीको राजधानी बर्लिनमा १३ मानिस सडकमा ओर्ले । उनीहरूले निषेधाज्ञा तोडेर सडकमा आए । अमेरिकामा ब्ल्याक लाइभ्स म्याटर अन्तर्गत सडकमा प्रदर्शन गरिरहेका छन । फोर्ड, गेट, सोरास, रकफेलर जस्ता धनीहरूका प्रतिष्ठानले कोरोना भयलाई प्रसार गरिरहेका छन् ।

ग्लोबल ग्रेट रिसेट

डब्लुईएफले द ग्लोबल ग्रेट रिसेटको एजेन्डाका लागि गतिविधि गरिरहेको छ । उसले समृद्धिलाई समस्या बनाइरहेको छ । क्लाउस स्वाबले केही विवरण जारी गरेका छन । धर्ति आमालाई सबैले सुरक्षित गर्नुपर्छ र फेरि राम्ररी बस्न लायक बनाउनुपर्छ । मानवताका लागि यो धर्तिलाई अझ बढी सन्तुलित बनाउनुपर्ने आवश्यकता रहेको छ । स्मरणीय विषय भनेको पुँजीवादी अर्थतन्त्रले हरियो जीवनको अवधारणालाई अगाडि बढाइरहन्छ । अझ बढी विवरण सन् २०२१ को डाभोस सम्मेलनमा खुलासा गरिने अपेक्षा रहेको छ ।

सुन्दा त राम्रै लाग्छ । समृद्धिबाट टाढा रहेर अझ बढी समानता प्रवद्र्धन गरिन्छ । यस्ता अवधारणाहरू सजिलै बिक्री गरिन्छ तर डब्लुईएफ र आईएमएफ दुबैले यसमा विश्वास गर्दैनन् । यो दुबै खुला बजारको सिद्धान्त प्रतिपादनका आधारभूत पुँजीवादीका पक्षपाती हुन ।

हरित पुँजीवाद

आईएमएफ पुँजीवादको समानान्तर दिगो पुँजीवादको वकालत गर्छ । ग्रिन क्यापिटलिज्म वा हरित पुँजीवाद सन् १९३० मा तत्कालीन अमेरिकी राष्ट्रपति फ्रान्किलन डी रूजवेल्टको न्यू डिलपछि अमेरिकामा हरित आन्दोलनको गतिविधि फेसनको रूपमा बढेको पाइन्छ । यो त्यतिखेरको महामन्दीबाट बच्न सुधार कार्यक्रम अन्तर्गत यो हरित कार्यक्रमलाई अगाडि बढाइएको थियो ।

आईएमएफकी प्रवन्ध निर्देशक क्रिस्टिना जर्जिएभाले राम्रोका लागि परिवर्तनलाई रोक्न नहुने बताइन । आधारभूत रूपमा बजार आधारभूतवादीहरूले ग्रेट रिसेटका लागि बाटो खोज्ने छन् । समृद्धिको पुँजीवादबाट हरित पुँजीवादमा परिवर्तन गरिने काम गर्न खोजिएको छ । तर, यो भनेको केही होइन ।

कोरोनाबाट सिकिएको पहिलो विषय बन्धकी ध्वस्त भएको जर्जिएभाले बताएकी छिन । सन् २०२० को अन्त्यसम्म हामी भाइरससँग लडिरहने छौं । न्यू ग्रिन डिल पाइँदैन । ९० प्रतिशत देशमा प्रतिव्यक्ति आयको अवस्था समाप्त हुने छ ।

आईएमएफका अनुसार वित्तीय मापदण्डका अनुसार ९० खर्ब अमेरिकी डलर बराबरको सहयोग अर्थतन्त्रमा भइसकेको छ ।

महान रूपान्तरण

पुनर्जागरणको प्रक्रिया विश्वमा अब शुरू भइरहेको छ । ७५ प्रतिशत देशहरूमा यो प्रक्रियाको शुरूवात भइरहेको छ । आइएमएफले अब के हुने त्यसबारे सोच्नुपर्ने भन्छ । हामी यो असाधारण संकटबाट पार पाउन एक महान रूपान्तरणको विषयमा ध्यान दिनुपर्ने आईएमएफको सुझाव छ । जर्जिएभाले यसलाई व्याख्या गरेकी छैनन् ।

आईएमएफले यो संकटबाट पार पाउन डिजिटल रूपान्तरणलाई एक उपायको रूपमा प्रस्तुत गरेको पाइन्छ । तर, यसको बारेमा आईएमएफ धेरै खुलाएको छैन । तर यसले मानिसको समग्र गतिविधिहरूलाई यसले नियन्त्रण गर्छ । स्वास्थ्य, नगद प्रवाह, बैंक खाता र अन्य धेरै गतिविधिहरूमा यसको नियन्त्रण हुन्छ ।

यति भनिरहदा डब्लुईएफ र आईएमएफ दुबैले यो संकटले धेरै ऋण ल्याउने छ । घाटा धेरै भन्दा धेरै हुन्छ । बेरोजगार धेरै हुन्छन । गरिबी उच्च तहमा पुग्छ । दुबै संस्थाले यसमा समायोजनहरू हुनुपर्ने बताउँछन । समायोजन कम आय समूहका लागि सामान्य अवस्थामा हुने गर्छ । आईएमएफ र वल्र्ड बैंकका लागि समायोजनका लागि सार्वजनिक प्रशासनमा सुधार गरिरहनु हुने गरेको छ । यसका लागि राज्यका कर्मचारी कटौती गर्नुपर्ने हुन्छ । यसबाट बेरोजगार हुने बढ्छन । यसको उपाय दुबैका लागि ऋण हुनेछ । विश्वभर जहाँ पनि ऋणै ऋण हुनेछ ।

अर्को विषय भनेको न्यायपूर्ण समाजको निर्माण गर्नु हो । यसका लागि हरियो बाटो जाने प्रस्ताव गरिन्छ । यसका लागि आईएमएफले जलवायु परिवर्तनको विषयलाई उठाउने अवसरबाट चुक्ने छैन ।

ठोस र संक्षेपमा भन्नु पर्दा डब्लुईएफले पनि नयाँ हरित एजेन्डा वा न्यू ग्रिन डिललाई उठाउने छ । यसका लागि धेरै धन खर्च हुनेछ । प्रदुषित क्षेत्रलाई रूपान्तरण गरी हरियो र सफा क्षेत्रको रूपमा विकास गर्न विद्युतीय कारको उपयोग गर्नुपर्ने हुन्छ । विद्युतीय कारलाई चार्ज गर्न पाउने ठाउँको निर्माण गर्नुपर्छ ।

यो सबैका लागि धनको प्रचुर खर्च हुन्छ । त्यो ऋणको व्यवस्थापन कसरी गरिने हो । त्यो महत्वपूर्ण विषय हो । अन्तर्राष्ट्रिय क्षेत्रमा क्रियाशील पुँजीवाद विचारहरूलाई यो वा त्यो रूपमा प्रवद्र्धन गर्ने यी प्रतिष्ठानहरूले पुरानै घेरामा रहेर उपचार खोज्ने हुन वा नयाँ बाटो अवलम्बन गर्ने हुन त्यसका लागि कम्तीमा केही वर्ष पर्खिनु पर्ने देखिन्छ ।

कोरोनाले निसन्देह विश्वको विद्यमान प्रणालीलाई ठूलो धक्का दिएको हो । नयाँ खोजीलाई अन्यथा भन्न सकिदैंन । (एजेन्सीको सहयोगमा)
समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस