Techie IT
×
गृहपृष्ठबिचारकोरोनाले कोरलेका कर्णधार

कोरोनाले कोरलेका कर्णधार


इम्तिहान दे ने क्युँ नही आए
फिर भी सिकिण्ड डिभिजन मे पास हुए हो
पैसा ले के तुरत आना सर्टिफिकेट ले जाना ।

(परिक्षा दिन किन आएनौ ?
तैपनि सेकेण्ड डिभिजनमा पास भयौ
पैसा लिएर तुरुन्त आउ सर्टिफिकेट लैजाउ ।)

मेट्रिकदेखि एसईईसम्म :
कुनै समय थियो । एसएलसी अहिलेको परिवर्तित नाम एसईई पास गर्नुलाई फलामे ढोका पार गर्नु जस्तो कठिन कामकारुपमा लिइन्थ्यो । त्यसबखत नेपालको एसएलसी बोर्डबाट परीक्षा पास गर्नेहरु सम्मानित हुन्थे । जोरीपारीका लागि एसएलसी पास गरेको सन्तान अविभावकको गौरवको विषय बन्थ्यो । परिवारका कुनै सदस्यले एसएलसी उतिर्ण गर्दा ठूलै हर्ष बढाइ हुन्थ्यो । केटीहरुले पास गर्दा त उनीहरुको विवाह गर्ने योग्यताको प्रमाण–पत्र प्राप्त गरेझैं बढाइ हुने भैहाल्यो । त्यो जमानामा दर्जनौं पटक एसएलसी परिक्षा दिएर नथाक्नेहरुको किस्सा पनि त्यत्तिकै रोचक छ ।

परीक्षानैं नदिइ परीक्षा उतिर्ण गरेको सायद यो पहिलो घटना हो । यसले मेधावी छात्रछात्रालाई डिप्रेसनमा त पारेकै छ । अर्को, यसको परिणामले नेपालको शैक्षिक जगत नै अन्योलमा पुगेको छ ।

त्यसबखत सरकारी एसएलसी बोर्डबाट पास नगर्नेहरुका लागि पनि अर्को उपाय थियो । साहित्यकार गोपाल पाण्डे असिमले प्रवेशिका बोर्ड चलाउने अनुमति हुकुम प्रमाङ्गीमार्फत सरकारबाट पाएका थिए । दर्जनौ पटक एसएलसी परीक्षा दिँदा पनि उतिर्ण नहुने वा लद्धु विद्यार्थीकालागि उनको बोर्डले सजिलै पार लगाइदिन्थ्यो । उनले नाम बेगरका थुप्रै रोल नम्बर पास गरेको अभिलेख शिक्षा मन्त्रालयमा बुझाउँथे र त्यस्ता विग्रल लद्धुहरुलाई तिनै रोल नम्बरबाट पास भएको सर्टिफिकेट दिन्थे ।

नेपालको न्याय तथा अन्य सेवामा यस्ता अंक नपुगेका अनेकौँ प्रमाणपत्रधारी अझै होलान् । यही विद्यापीठवाला बोर्डबाट निवर्तमान प्रधान न्यायधिसद्वय गोपाल पराजुली र दीपकराज जोशी यस्तै ‘फेक’ प्रमाणपत्रको फन्दामा परेर जागिरबाटै हात धोएको घटना धेरै भएको छैन । माध्यमिक शिक्षा परिषद् वा (विद्यापीठ) यस्तै कुनै नामले उनले एसएलसी सरहको मान्यता प्राप्त बोर्डबाट परीक्षा सञ्चालन गर्ने गरेका थिए । उसबखत यो बोर्डले धनी बाबुका विग्रेका सन्तानहरुले केही सिप नलाग्दा नैया पार गरिदिन्थ्यो । वि.सं २०२८ सालमा नयाँ शिक्षा लागेसंगै यो बोर्ड खारेज भयो । तर पछिसम्म पनि यो बोर्डको प्रमाणपत्र बजारमा शुक्रिविक्रि भैरहन्थ्यो । यही शुक्रिविक्रि हतारमा लिँदा पराजुली र जोशीको जन्मकुण्डली मिलेन र कुरो बाहिर चुहिएर दुबैको हुर्मत भयो ।

यो बोर्डको खारेजीसंगै नेपाल–भारत सिमानामा लद्धु नेपाली विद्यार्थीको मार्का बुझेर भारततिर अनेकौं बोर्डहरु खुले । खासगरी विहार र उत्तरप्रदेशमा ‘स्योर पास’ गराइदिने विद्यालय, महाविद्यालयको बन्दोवस्त हुन थाल्यो । त्यसैबखत भारतको त्यस्तै एक विद्यालयका प्रिन्सिपलले नेपालमा रहेका विद्यार्थीलाई लेखेको माथिको तीन हरफको पद्यात्मक पत्र हो । परीक्षा नै नदिए पनि तिमीलाई मैले सेकेण्ड डिभिजनमा पास गर्देको छु । पैसा बुझाएर सर्टिफिकेट लिएर जाउ । पत्रमा भनेका छन् । यदि ती विद्यार्थीले जाँचै दिएको भए त उनले प्रथम श्रेणी वा त्यो भन्दामाथि बोर्डमै पनि आउन सक्ने सन्देश पत्रमा दिएका छन् ।

विहारी सर्टिफिकेटको नामले चिनिने यस्ता प्रमाणपत्रधारीहरु नेपाली सेनामा विशेष र स्वायत्त संस्थाहरुमा भरमार भेटिन्छन् । तर जसै नेपालमा प्रजातान्त्रिक व्यवस्थाको स्थापनाले संस्थागत रुप लिन थाल्यो नेपालको एसएलसी बोर्ड पनि तानाशाहीकरणबाट प्रजातान्त्रिकरणतर्फ डोरियो ।

विहारी सर्टिफिकेटको नामले चिनिने यस्ता प्रमाणपत्रधारीहरु नेपाली सेनामा विशेष र स्वायत्त संस्थाहरुमा भरमार भेटिन्छन् । तर जसै नेपालमा प्रजातान्त्रिक व्यवस्थाको स्थापनाले संस्थागत रुप लिन थाल्यो नेपालको एसएलसी बोर्ड पनि तानाशाहीकरणबाट प्रजातान्त्रिकरणतर्फ डोरियो । नेपालमा एसएलसी पास गर्न कुनै कठिनाइ हुन छाड्यो ।

प्रथम श्रेणीमा सबैभन्दा धेरै उतिर्ण हुन थाले । दोस्रो श्रेणीमा उतिर्ण हुनेको त लर्को नै लाग्थ्यो । तेस्रो श्रेणीमा उतिर्ण हुनेको त लेखा जोखा नै हुन छाडेको थियो । तानाशाहीकालमा कुन स्कूलको कुन विद्यार्थी वा को को उतिर्ण भए भन्ने समाचार बन्दथ्यो । तर, मेट्रिक, एसएलसी हुँदै एसईईमा आइपुग्दा को फेल भए त्यो समाचार हुन थाल्यो । अर्थात मेट्रिक (एसएलसी) तानाशाही, प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्रमा आइपुग्दा पुरै फुक्काफाल भयो । एसएलसी उतिर्ण गर्न नेपाल आफै आत्मनिर्भर भयो । भारतीय बोर्डको निर्भरता खत्तम भयो । उता भारतका शैक्षिक उद्योगहरु पनि धारासायी बने । नेपालको एसएलसी, एसईई फलामे ढोका हैन सण्ठीको बारसम्म भएन ।

एसएलसीका किस्सा :

यो पङ्तिकारसंग पनि एसएलसीका केही किस्सा छन् । नयाँ शिक्षा लागु भैसकेको थिएन । त्यसबखत एसएलसी परिक्षामा विज्ञान विषयमा थुप्रै बस्तुगत प्रश्नहरु आउँथे । त्यसमध्ये छानेर केहीको उत्तर दिनु पर्दथ्यो । कोठामा पुगेपछि साथीहरुको बीचमा परीक्षाको समिक्षा गरियो ।
‘जाडो महिनामा पानीको पाइप किन फुट्छ ?’ भन्ने एउटा प्रश्न थियो । एकजना सहपाठीले उक्त प्रश्नको उत्तर दिएको रैछ । मैले पनि सोधेँ के उत्तर दिइस भनेर । उसले ‘जाडो महिनामा हात खुट्टा त फुट्छ भने नाथे पाइप फुट्छ नी’ भनेर लेखेको बताए । पछि उनी विज्ञान विषय लिएर उच्च शिक्षा हासिल गर्दै सरकारको प्राविधिक इन्जिनियर बने । म भने राजनीति हुँदै पत्रकारितामा लागेँ ।

‘जाडो महिनामा पानीको पाइप किन फुट्छ ?’ भन्ने एउटा प्रश्न थियो । एकजना सहपाठीले उक्त प्रश्नको उत्तर दिएको रैछ । मैले पनि सोधेँ के उत्तर दिइस भनेर । उसले ‘जाडो महिनामा हात खुट्टा त फुट्छ भने नाथे पाइप फुट्छ नी’ भनेर लेखेको बताए ।

पञ्चायतको उत्तरार्धदेखि शिक्षामा नीजिकरण भित्रिसकेको थियो । च्याउसरी बोर्डिङ स्कूलहरु खोल्ने क्रम तिब्र हुँदै गयो । प्रजातन्त्र र लोकतन्त्रमा त यो व्यवसायले राष्ट्रिय रुप लिइसकेको थियो । बोर्डिङवालाहरुले बोर्ड नै कब्जा गर्न थाले । ‘होम सेण्टर’ बनाउन बाध्य बनाएर आफ्ना स्कूलका विद्यार्थीलाई खुलेआम चिट चोराउन थाले । यस्तै एउटा परीक्षामा चिट बनाउँदा चिटको पुछारमा सबैले चिट पाउन भन्नका लागि ‘सारीसकेपछि साथीलाई दिनु’ भन्ने वाक्य लेखिएको रहेछ । तर विद्यार्थीले भने त्यो वाक्य पनि उत्तरै होला भनिकन उत्तर पुस्तिकामा लेखेछन । यता सामुदायिक स्कूल त त्यसबखत हरिविजोकमा थिए । निजी स्कूलले बोइलर जनशक्ति मात्र उत्पादन गरे ।

रहलपहल :

यसपटक कोरोनाको कहरको निहुँमा सबै स्कूलले आफै योग्यता निर्धारण गरेर सबकासब उतिर्ण भएको घोषणा गर्न सफल भए । यो जनशक्ति उच्च शिक्षामा पुगेर कस्तो योग्यता पाउला ? त्यो भविष्यले देखाउला । तर मेधावी छात्रछात्राहरु भने अवश्यनै अप्ठ्यारोमा परेको हुनुपर्छ । यी कोरोनाले कोरलेको कर्णधारले भोलीका दिनको सम्बोधन कसरी गर्छन ? त्यसैले यिनको र समाजको भविश्य निर्धारण गर्दछ । कोरोना ब्याजको यो जनशक्ति उपर अहिले नै प्रश्न उडिसकेको छ ।

विद्यापीठवाला बोर्डबाट निवर्तमान प्रधान न्यायधिसद्वय गोपाल पराजुली र दीपकराज जोशी यस्तै ‘फेक’ प्रमाणपत्रको फन्दामा परेर जागिरबाटै हात धोएको घटना धेरै भएको छैन ।

मेट्रिकुलेसन, एसएलसी हुँदै एसईईमा आइपुगेको माध्यमिक शिक्षा परीक्षण कोरोनाको कहरमा आइ अटोमेटीक दीक्षान्तमा पुगेर सुर्केको छ । नेपालमा माध्यमिक शिक्षाको परीक्षण प्रारम्भ भएको सय वर्ष कटिसकेको छ । विसं १९६८ बाट मेट्रिकुलेसन नामबाट सुरुभएको माध्यमिक शिक्षा वि.सं १९९० मा एसएलसी बोर्डमा रुपान्तरण भयो । केही वर्ष अगाडि एसएलसी एसईई बोर्डमा रुपान्तरण भैसकेको छ । तर, परीक्षानैं नदिइ परीक्षा उतिर्ण गरेको सायद यो पहिलो घटना हो । यसले मेधावी छात्रछात्रालाई डिप्रेसनमा त पारेकै छ । अर्को, यसको परिणामले नेपालको शैक्षिक जगत नै अन्योलमा पुगेको छ ।


क्याटेगोरी : बिचार, साहित्य
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस