Techie IT
×
गृहपृष्ठबिचारगरिबी, नश्लबाद, लिङ्गवाद र सैन्यबाट मुक्तिसँगै भूमिअधिकारका लागि मारिएलेको लडाइँ

गरिबी, नश्लबाद, लिङ्गवाद र सैन्यबाट मुक्तिसँगै भूमिअधिकारका लागि मारिएलेको लडाइँ


दारा सान्टा अन्ना

रिओ दे जनेरिओको सर्वाधिक मत पाउने पाँचौ काउन्सिलर मरिएले फ्रान्को हत्या भएको चार वर्ष बितेको छ । मारिएलेको पहिलो पदावधिको बेला १४ मार्च २०१८मा रिओ दे जनेरिया निकट एक कारभित्र हत्या भयो । उनको हत्यामा संलग्न एक सेवा निवृत राष्ट्रपति जैर बोल्सेनारोका निकटका छिमेकी प्रहरी अधिकारी रोनी लेसालाई सन् २०१९मा अभियुक्त ठहर गरियो ।

उनको हत्याको उद्देश्य र अन्य संलग्नहरूको पहिचान अझसम्म गरिएको छैन् ।

जवाफ खोज्न समाज परिचालित छ । रिओ दे जनेरिओ र ब्राजिलका अन्य भाग तथा विश्वभरि ठूला प्रदर्शनहरू संगठित भएका छन् । मारिएले फ्रान्को सैनिकीकरण विरुद्ध र सामाजिक न्यायका लागि लड्ने एक प्रतीक बनेर आएकी छिन ।

फाभेलाकी अश्वेत महिला काउन्सिलर फ्रान्को सत्ता पलट गर्ने मिचेल टेमरद्वारा सिर्जित सैनिक हस्तक्षेपको अनुगमन गरिरहेकी थिइन् ।

ब्राजिल भर हिंसा

सन् २०१८ देखि राज्यद्वारा सो अपराधबारे अनुत्तरित जबाफका अतिरिक्त हामीले बोल्सोनारोेको निर्वाचन हे¥यौँ, जुन निर्वाचन युद्ध र विनासद्वारा सञ्चालित दुई राज्य अमेरिका र इजरायको हातमा गयो ।

धेरै देशहरूभन्दा फरक ब्राजिल सैनिक तानाशाहीमा गयो । तानाशाही पूर्णरूपमा समाप्त भएन किनकि त्यसबेला भएका यातना तथा हत्याबारे कुनै मुद्दा नचलाई सेनालाई समग्र माफी दिइयो, यसले घाउलाई आलै राख्यो । हाम्रो देशको इतिहासमा सैनिक तानशाहको विरासतलाई तोड्ने प्रबन्ध मिलाएको छैन । यो देश यी अधिनायकवादी मूल्यमान्यताहरूको सुधार गर्दै मेलमिलापको इतिहास बोकेको देश हो । अनि बोल्सोनारिज्म यसको परिणाम हो ।

राष्ट्रपति डिल्मा रउसेफलाई सत्ता च्युत गरेको छ वर्षपछि, मारिएले फ्रान्कोको हत्याको चार वर्षपछि, बोल्सानारो सरकारको तीन वर्षपछि र वैश्विक महामारीको दुई वर्षपछि ब्राजिलले स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा जस्ता जनहितकारी सार्वजनिक नीतिहरूलाई समाप्त पारिरहेको छ । यद्यपि यसले सुरक्षा क्षेत्रमा भारी लगानी गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ र निशस्त्रीकरणको नीतिबाट परिचालित देशलाई हतियार बोक्न पाउने कानुनलाई अझ बढी लचिलो बनाइरहेको छ ।

अब कुनै बन्दुक होइन , कुनै मृत्यु होइन

गोली हानाहानको संख्या देशमा बढ्दै गइरहेको छ र रिओ दे जनेरिओको क्लाउडिओ क्यास्ट्रोको सरकारले नयाँ अभिप्रेरणा प्रस्तुत गरिरहेको छ । उदाहरणका लागि जकारेजिनो फभेला हो जहाँ रिओ दे जनेरियोमा ६ मे २०२१मा सबैभन्दा ठूलो गोली काण्ड भयो । फभेलाका लागि एकीकृत शहर कार्यक्रमद्वारा प्रहरीलाई निस्क्रिय पारिरहने एक विस्थापन गर्ने धेरै प्रस्तावहरू प्रस्तुत गरिए । अभ्यासमा गोली प्रहारका बेला हत्याका संदिग्ध प्रहरी अधिकारीका लागि एक नयाँ कार्यक्रमको विकास गरियो ।

वर्षौदेखि रिओ दे जनेरियाले देशको नश्लवादी सार्वजनिक सुरक्षा नीतिका लागि एक प्रयोगशालाको रूपमा कार्य गरेको छ । यी कार्यक्रमहरू सदैव विभिन्न स्वरूप ग्रहण गर्छन् र मृत्युहरूमा टुङ्गिन्छन् ।

सन् २०२०, द आग्रुमेन्ट अफ ननकम्प्लाइन्स विथ फन्डामेन्टल परसेप्ट (एडीपीएफ ६३५)ले वैश्विक महामारीका बेला प्रहरी अपरेसन बन्द गर्नुपर्ने निर्धारण ग¥यो । नन कम्प्लाइन्स विथ एडीपीएफ निरन्तर छ । लडाकू र लागू औषध ओसार पसार बीचका भूमि विवादहरूले रिओका फभेलामा बस्ने मानिसहरूलाई उच्च सशस्त्रहरूका आगाडि भयावह अवस्थामा बस्न लगाएको छ । समस्याको जरोमा आक्रमण नगरी गुप्तचर अपरेसनहरूले सतहमा मात्र असर गर्छ ।

सामाजिक रूपान्तरणको विषयको बहसलाई स्मरण गर्न सार्वजनिक सुरक्षाका विकल्पहरूको निर्माण गर्नु आवश्यक भएको छ । त्यसैले हाम्रा सोचाइलाई असैनिकीकरण गर्न यो अपरिहार्य छ ।

अर्को सुरक्षा मोडेल

सार्वजनिक सुरक्षा प्रहरी शक्ति, अपरेसन वा हातहतियारको विषय होइन् । सुरक्षा त्यो अवस्था हो जहाँ कुनै पनि व्यक्ति वा वस्तु खतरा, अनिश्चितताहरूबाट मुक्तको गुणस्तर वा शर्त भएको अवस्था हो, ध्वस्त वा घटनाक्रममा हुने जोखिमबाट मुक्त हुने सुनिश्चिता हो । यो त्यो अवस्था जहाँ कुनै भय हुँदैन र यो सबै भूभागका हरेक व्यक्ति र बिना हतियारको अवस्था छ भने त्यहाँ सार्वजनिक सुरक्षा हुन्छ । यस शर्तहरूका बारेमा बोल्नुपर्दा जीवन बाँच्ने र भूमिको अधिकारको पूर्ण अधिकारलाई सम्बोधन गर्नु हो ।

यो समय सैनिककृत सोचाइलाई भङ्ग गर्नु हो र सुरक्षाका साधनहरू भनेको गलीमा उज्यालो बनाइरहन र रोजगारको रिक्तता तथा निजी पुँजीका स्थानहरूको परित्याग र सार्वजनिक शक्तिबारे सोच्नु पर्ने समय हो । यसको अर्थ आवास कार्यक्रमहरू त्यो भूमि भन्दा टाढा जान्छ, जब गलीका फेरिवालाहरूलाई अवसर उपलब्ध गराइरहेको छ र स्थानीय व्यापारले जहाँको गलीहरूमा मानिसको उपस्थित बढाउँछ ।

मारिएलेले फभेलाबाट आएकी महिलाको रूपमा परिचित थिइन् । फभेलाहरू रिओ दे जनेरिओमा बस्ने मानिसहरूका लागि सर्वाधिक असुरक्षित ठाउँहरू छन् । ती फभेलाहरूलाई पूर्णरूपमा सुरक्षित बनाउनुपर्ने आवश्यकता छ । यद्यपि हामी सैनिक प्रहरीसँग टाँसिएका छौँ जुन सन् १९६९को सैनिक तानाशाहबाट संस्थागत गरिएको थियो । जसको मुख्य उद्देश्य पैत्रिक सत्ता र व्यवस्थाको संरक्षण गर्नु रहेको छ ।

प्रहरीको असैनिकीकरणको यो संघर्ष हो तर जुन समस्या धेरै धेरै गहिरिएर रहेको छ त्यससँग व्यवहार गर्नै पर्छ । हामीले असैनिकीकरण जीवन र निकायका लागि लड्नुपर्ने आवश्यकता छ ।

भूमिमाथिको अधिकारलाई बहसको केन्द्रमा राख्दै यो लडाइँ लड्नु पर्छ । त्यसपछि मात्रै हामीले सही रूपमा आमूल परिवर्तन तथा सामाजिक रूपान्तरणका कुराहरू गर्न सक्छौँ ।

सामाजिकरूपमा भयावह स्थिति भएका स्थानहरूमा सार्वजनिक शिक्षामा, आधारभूत आम्दानीका कार्यक्रम, आम्दानी वितरण कार्यक्रम, न्याय पुनर्बहाली कार्यान्वयन र सार्वजनिक सुरक्षाका मापदण्डहरू देखिने गरिब क्षेत्र तथा शहरहरूमा गरिब भन्दा गरिबहरूको जीवनमा गुणस्तरीय सुधार ल्याउने बस्ती सुधारका परियोजनाहरूमा वास्तविक लगानी गर्नै पर्छ ।

मरिएलेको विरासत

मारिएले फ्रान्कोले यो प्रणालीका बारेमा सबाल उठाएकी थिइन, मनोमानी रूपमा गरिने प्रहरी अपरेसन र फभेला तथा कथित लागू औषध विरुद्धको युद्ध केन्द्रित पटक पटक गरिएका कारबाहीहरूको विरोध गरिन् । जसलाई आजसम्म सार्वजनिक सुरक्षाको रूपमा बुझिएको छ, वास्तवमा त्यो अश्वेत र गरिब जनताको आमसंहार हो ।

मारिएलेको मृत्युको चार वर्षपछि हामी गृहयुद्धका धेरै पीडित देखेका छौँ र यो क्रुरता सम्बन्धी धेरै सवालहरू खडा भएको देखेका छौँ । बाँचिरहेका हामी अगाडि परिवर्तनको क्षितिज उपस्थित छ । जसमा फभेला,अश्वेत पुरुष तथा महिला शक्तिमा आउने स्थानहरू छन् जसले अन्ततः हामी सबैका लागि सार्वजनिक सुरक्षाको ग्यारन्टी गर्न सक्छ ।

 


क्याटेगोरी : बिचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस