Techie IT
×
गृहपृष्ठबिचारपीएम मोदीको निराशपूर्ण दोश्रो कार्यकाल

पीएम मोदीको निराशपूर्ण दोश्रो कार्यकाल


कोराना महामारीबीच वेग्लै किसिमले मनाउन लागिएको भारतको स्वतन्त्रता दिवस २०२० को उपलक्ष्यमा सम्मानीय प्रम मोदी,मोदी सरकार, मोदी प्रशासन र विश्वभरि छरिएर रहेका भारतीय जनतालाई हार्दिक शुभकामना !!!

मे २३ मा नतिजा घोषणा गरिसक्ने गरि ५४३ सांसद पदको लागि ११ अप्रिल देखी १९ मे सम्म सात चरणमा सम्पन्न गर्न आदर्श आचार संहिता सहित निर्वाचन आयोगले ई.सं. २०१९ मार्च १० मा सत्रौं लोक सभा चुनावको घोषणा गरेपछि साँझमा केन्द्रीय कार्यालयमा जम्मा भएका कार्यकर्ताहरुलाई अमित शाह,नीतिन गडकरी लगायतका नेताहरुको झोक्राएको अँध्यारो अनुहारले उत्साहित बनाउन सकेन ।

आफूलाई ‘चौकिदार’ भन्दै विहार र यूपीका विरोधी गठबन्धन‘सराव’ भएको भनेर चुनावि सभाको भिडलाई मोदीले हँसाए पनि सतहमा देखिएको जन असंन्तुष्टिले जनतान्त्रिक गठबन्धनको बहुमत आउने कुरामा दोश्रो चरणको चुनाव हुञ्जेलसम्म एकिन थिएन । ‘प्रगतिशिल गठबन्धनले सरकार बनाएमा राहुल नै प्रधानमन्त्री हुन्छन’ भनेर कांग्रेसका नेताले भनेपनि क्षेत्रीय नेताहरु एन।चन्दबावु नायडु ,अशोक गहलौत,कमलनाथ, एम के स्टालिन भेटघाटको दौडधुपमा लागे,उता सिताराम यचुरी प्रणव मुखर्जी को नाम लिन थालि सकेका थिए । यता अमित साह यदी भाजपाको बहुमत नआए आफ्नो गठबन्धन भित्रैबाट कोही प्रम हुन्छन भन्दै गर्दा ‘आफुलाई प्रम बन्ने सपना छैन’भनेर नीतिन गडकरीले जिज्ञासुहरुलाई स्पष्ट पारिसकेका थिए ।

शिव सेना र आरएसएसको भिडतन्त्रले मात्र चुनाव जित्न सकिन्न भन्ने भाजपा नेताहरुको मनमा लागिरहेकोमा आफ्नो चाणक्य संस्था विवेकानन्द इन्टरनेशनल फाउन्डेशनबाट लिइएको सल्लाहले नयाँ तरङ्ग र लहर सिर्जना गराउन सहयोग पुर्यायो ।

राष्ट्रबाद,सुरक्षा,बंशबादको विरोध,हिन्दु पहिलो ,सर्जिकल स्ट्राइक,राजिव नं.१ भ्रष्टचारि ,ममता वनर्जी स्पीड ब्रेकर दिदि, ८४ को सिख दङ्गालाई कांग्रेसका सैम पित्रोदाले ‘हुवातो हुवा’ भनेको कुरालाई मज्जासँग उडाउँदै,मध्य प्रदेशको खरगौनामा मोदीले अवकी बार तीन सय पार हुने दावा गर्दै,कामरु देखी कन्या कुमारीसम्म भाजपाको विजय सुनिश्चत,फेरि एक पटक मोदी सरकार,अलि हैन बजरङ्गबली ,मोदी भए मात्र सम्भव हुन्छ जस्ता ‘अर्थमेटिक’ आवद्ध चुनावि भाषण र नारा सँगै काशीका छोरीहरको स्कूटर रैली –केदारनाथको गुप्तबास–अक्षयकुमारसँगको साक्षात्कार र बादल लागेको बेलाको राडार जस्ता ‘केमेष्टी’प्रति मतदाताको आकर्षण बढेर आएको लहरको झोक्काले विपक्षको ‘चौकीदार चोर है’ अभियानलाई बगाउँदै ३७.३६ प्रतिशत मतदाताले भाजपाको पक्षमा ३०३ को सुनामी बहुमत हासिल गराए ।

भाजपाका समर्थकले फागु पूर्णिमा,२०१९को अवसरमा ‘अलिकति अविर जोगाउनु है २३ मे मा अर्को होली मनाउनु पर्छ ’ भन्दै सामाजिक सञ्जालमा गरेको पोष्टले २५ मे मा राष्ट्रपति रामनाथ कोविदले नरेन्द्र दामोदर दाश मोदीलाई ‘पदनामी प्रधानमन्त्री’नियुक्त गरेपछि १६ औ भारतीय प्रमको रुपमा ३० मे मा सपथ ग्रहण गराएर ३१ मे मा हरदीप पुरी,जयशंकरर आरकेसिंह जस्ता पूर्व कर्मचारीहरु र प्रताप चन्द्र सारङ्गी जस्ता निम्न बर्गका सांसद समेत समेटेर गठन गरेका ५७ सदस्सीय मन्त्रीमण्डलको पहिलो बैठकबाट शहीदका सन्ततीलाई छात्रबृति बृद्धि–किसानलाई बार्षिक भारु ६ हजार र साना व्यापारिलाई मासिक भारु ३ हजार पेन्सन दिने मन्त्रिपरिषदको निर्णय सँगै शुरुभएको मोदी र उहाँको सरकारको को दोश्रो कार्यकाल २।० को एक बर्ष पुरा भै यस बर्षको स्वतन्त्रता दिवस मनाउने तयारिमा लागेको छ ।


प्रतिपक्ष र सत्तापक्षहरुको सरकारको कार्यसञ्चालन प्रतिको मूल्याङ्कनमा आ आफ्नै दृष्ठिकोणले काम गर्छ । जुन देशका भएपनि लेखकहरु वैश्विक हुन्छन । यसै सन्दर्भमा रोटी र बेटीको सम्बन्ध भएको छिमेकी मुलुक‘इण्डीया’का प्रम मोदीको दोश्रो कार्यकालका हारसम्मका केही रोचक र घोचक पक्षहरु यस्ता छन्ः

(१) विकासको चिनीया मोडल ,कोराना विरुद्धको संकल्पः
मोदीको नयाँ सरकारको आव २०१८।०१९को आर्थिक सर्वेक्षणमा चीनीया नेता देङ्ग सियाओ पिङ्गको भनाई राखेर चिनीया विकाश मोडल लागु गर्ने ऐतिहासिक शुरुवात गरेको एक बर्ष पुरा नहुँदै कोरोना सङ्कटको निँहूमा चीनको लगानीलाई नै रोक्ने मनसाय लक्षित प्रत्यक्ष विदेशी लगानी नीतिको संशोधनले पनि उनलाई विवादमा ल्याएको छ । दोश्रो कायकालको दोश्रो बजेट कोभिड–१९ सम्बद्ध भएकाले अरवौको राहत प्याकेज ल्याएपनि सरकार प्रवासी मजदुरको बेहाल,मृत्यु,हजार किमिको पैदलयात्रा जस्ता दुर्दशाप्रति समबेदनशिल नभएको–राहत प्याकेज भाजपा मतदाता र क्षेत्रमा मात्र पहुँच हुने जस्ता टिप्पणी पनि गरिएको छ ।

मोदीको प्रथम कार्यकालमा देखिएको बेरोजगारको दरले इतिहासकै रेकर्ड तोडेको थियो । निजीकरण गर्ने हल्लासँगै रेलवे लगायत अरु सार्वजनिक संस्थानका ५१ हजार भन्दा बढी कर्मचारिको नोकरी जोखिममा थियो । १.१४८ लाख करोड विगत १ बर्षमा बैंक घोटाला भएको र धेरै सार्वजनिक सम्पत्ति निजीकरण गरेर वेरोजगारी बढाउन मोदी सरकार जिम्मेबार रहेको आरोप लागि सकेको छ । पूर्व प्रम मानमोहन कोरोनासङ्कटसँग जुध्न मोदी सरकारलाई आजिविका–पूँजी उपल्बधता–साँस्थानिक स्वायत्तता लगायतका ३ सुत्रीय सुभाव पनि दिनु धएको छ । प्रम मोदीले अहिलेको स्वतन्त्रता दिवस अगाडी स्वराजको सम्मानको लागि भारतसे गरिवी छोडो भन्ने अभियान चलाउन जनतालाई आह्वान गरेका छन् ।

मोदी सरकारका देशभित्र औधोगिक लगानीमा बृद्धि गरि रोजगार सिर्जना गर्न मेक इन –मेड इन –स्कील इण्डीया,आत्मनिर्भर भारत अभियान जस्ता बजेटमा समाबेश नाराहरु अहिले हावादारी भएको निस्कर्ष निकाल्न थालिएको छ । देशको आर्थिक अवस्था राम्रो नभएको बर्तमान अवस्थामा उल्टै भीआइपीको लागि भनेर महङ्गा विमानहरु खरिद गर्ने र संसद भवन लगायतका अनुत्पादक क्षेत्रमा खर्च गर्ने योजना अघि सार्ने र विदेशीको बाहबाह र तालीमा भारतको विदेशमा छवि माथी उठेको जस्ता चर्चा चलाउँदै जनतालाई रनभूल्लमा पारेर भारतको बर्तमान आर्थिक सङ्कटको लक्षण ओझलमा पार्ने प्रयत्न मोदीले गरेका छन् भनेर भारतमा गुनासो गरिएका छन् ।

देशमा चरम गरिवी भएको बेला रक्षा सामगीमा आत्म निर्भर हुने बहानामा मोदी सरकारले हतियार उतपादन कारखाना खोल्ने शुभारम्भ गरेको प्रति भारतमा नै विरोध गरिएको छ । चीनसँग सिमा विवाद देखाएर मोटो कमिशनको लागि हतियारको व्यापारमा मोदी प्रशासन लागेको आरोप जनस्तरमा लाग्न थालेको छ ।


(२) सूचना अधिकार कानूनको संशोधनः
गत बर्षको जुलाई २५ मा मोदीको राष्ट्रिय जनतान्त्रिक गठबन्धन संसदले सूचना अधिकार विधयक(संशोधन) पारित गरेर सूचना आयोगको स्वायत्ततामा हस्तक्षेप गरेको आरोप लगाइएको छ । देश भित्र छलफल र अन्तरक्रियाहरु नगरि हतारमा संशोधन गर्नुले जनताको सूचित हुन पाउने संवैधानिक अधिकारमाथी प्रहार गरेको आरोप पहिलो गाँसमै लागेको थियो । चुनावी अभियानमा राहुललाई पप्पु र मोदीलाई गप्पु भनेर भाजपा र कांग्रेसले एक आपसमा सम्बोधन गर्ने गरेकोमा केहीदिन अघि मध्यप्रदेशमा गप्पु भनेको आधारमा एक जना नागरिकलाई गिरफ्तार गरिएको थियो ।

(३) संविधान संशोधनः
५० खरव डलरको अर्थव्यवस्था बनाउने जस्ता आकर्षक आ.व २०१९/०२० को बजेट कार्यक्रम तर्फ जनता तथा बेरोजगारहरु रनभूल्ल परेका मौकामा भेलोर क्षेत्रको बाँकी रहेको निर्वाचनको मतदान हुने अगस्ट ५ को दिनमा लामो समयदेखी निर्णय गर्न नसकेर अल्झिरहेको संविधानको धारा ३७० र ३५(ए) खारेज गरेर मोदी सरकारले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा अर्को हलचल ल्यायो । भारतले आफ्नो आन्तरिक मामाला भनेर दावि गरेको त्यो घटनाको कारण अधिकांशमा राजनीतिक परिवर्तनको खुशि भएपनि सो घटनाको कारण त्यस बेलादेखीको अघोषित र घोषित कर्फयू र हालैको कोरोना लकडाउनले कस्मिरका जनताले गुजारी रहेका कष्टकर आर्थिक जिवनको सम्बन्धमा भनें अन्तराष्ट्रिय समुदायको चासो अहिलेसम्म पनि जारी छ । कस्मिरी नेता सैफुद्धिन सौजलाई नजरबन्द गरेकोमा मोदी सरकार निरकुंश भएको आरोप लागेको छ । एक बर्ष पछि कस्मिरबारे सुरक्षापरिषदमा पूनःपाकिस्तानले मुद्धा उठाएकोमा पाक भारत दुइपक्षीय मामला भएको उही पुरानु कुरा दोहोराई कारबाही टुङ्गियो । टर्की,मलेशीया र पाकीस्तानले यसको विरोध अधापी जारी राखेका छन् ।

(४) नयाँ राष्ट्रिय शिक्षा नीतिः
५ कक्षासम्म मातृभाषमा शिक्षा आर्जन गर्न सकिने, ६ कक्षा देखी केश स्टडी इनटर्नसीप लागु गर्ने जस्ता व्यवस्थाहरु सहितको भारतलाई विश्वकै शैक्षिक केन्द्र बनाउने उदेश्य लिएको नयाँ राष्ट्रिय शिक्षा नीतिलाई जुलाई २९ बुधबारका दिन मोदी सरकारलेसार्वजनिक बहसको लागि प्रस्तुत गरेकोमा त्यहाँका केही बुद्धिजिविले ‘अव न्यून बर्गीय समुदायको उच्च शिक्षामा पहूँच कठिनाई हुने’भन्ने टिप्पणी गर्न चालेकोमा आरएसएसको एजेन्डा लादिएको लगायत विचारधाराको केन्द्रको रुपमा रहेको नेहरु विश्वविधालयलाई ध्वस्त बनाउने डिजाइन भन्नेसम्मको बहसको शुरुवात भएको छ ।

(५) स्वागत र सम्मानका लागि तीन कार्यक्रमः
मोदीले आफु र आफ्नो दलको लागि मात्रै होईन आफनो सेटिङ्ग मिल्ने बिदेशका अरु सरकार प्रमुखको व्यक्तिगत हितको लागि समेत स्वागत ,सम्मान जस्ता कार्यक्रम मार्फत काम गर्नु भएको छ ।

राष्ट्रसंघको ७४ औं महासभामा भाग लिन मोदी अमेरिका जाने भएपछि टेक्सासका भारतीय मूलका समुदायको संगठन टेक्सास इन्डिया फोरमले हयूस्टनको एनआरजी रंगशालामा सेप्टेम्बर २२ मा दक्षिण अमेरिका देखी क्यानडा सम्मका झण्डैं ५९ हजार भारतीय मूलका निबासीहरु जम्मा भएर “हाउडी मोदी” नाम दिइएको ९० मिनेट लामो डोनाल्ड ट्रम्प र मोदीले संयुक्त रुपमा सम्बोधन गरेको भव्य कार्यक्रमको आयोजना ग¥यो ।

रङ्गशाला बाहिर व्यानर सहित हाफ्नो विरोधमा उत्रिएका प्रदर्शनकारिलाई छाँयामा पार्दै मोदीले कार्यक्रममा भारतमा सवै परिस्थिति ठीक भएको प्रगति विवरण प्रवाह मात्र गरेनन ‘अवकी बार ट्रम्प सरकार’ भन्दै भारतीय मुलका अमेरिकी मतदातालाई ट्रम्पको पक्षमा मतदिने आग्रह समेत गर्न भ्याए । मोदीको कस्मिर गुहारलाई अलिकति भएपनि सुमसुम्याउँदै ट्रम्पले प्रतिनिधि सभामा डेमोक्रेट्सहरुले आफुविरुद्ध लगाएका महाअभियोगको सुनुवाई चलिरहेको समयमा तामझामी कार्यक्रममा सहभागी भै सम्बोधन समेत गरेर आफू अमेरिका बाहिर पनि लोकप्रिय भएको सन्देश दिन भ्याए । ट्रम्पमोदी राम्रो मित्रता हुँदा ट्रम्पको आप्रबासी विरोधी कार्यक्रमको सिकार हुनु नपर्ने र र्दुब्यवहार नहुने कुराप्रति भारतीय मूलका अमेरिकीहरु आशाबादी भएपनि यो कार्यक्रम विवादरहित चाहिं हुन सकेन ।

अन्तराष्ट्रिय कुटनीतिक सिमा नाघेको स आफनो देशको परम्परिक कुटनीतिको विचलनताको ख्याल गर्नसम्म नभ्याएको’स प्रधानमन्त्रि नभएर भाजपाको ट्रम्पबादी नेतामात्र भएकोसअमेरिकी चुनावका स्टार प्रचारकस मोदीको मानसिक उन्मादबाट गरिएको कस्मिरको बोली बन्द गर्ने निर्णयलाई पुष्टिको लागि जताततै प्रचारको अभियान चलाएकोसहोपलेश शो जस्ता आलोचनाहरु कार्यक्रमको विरोधमा सुन्नमा आएसँगै डेमोक्रेट्स नेताबर्नी स्यानडर्सको असहमति समेत प्रकट भयो ।

आशियान इन्डो समिटमा भागलीन आएको अवसर पारेर थाईल्याण्डमा बस्ने भारतीयहरुले उनको स्वागतमा बैंककको निमिबुत्र स्टेडियममा २ नोभेम्बरमा ‘स्वाडी मोदी’ कार्यक्रमको आयोजना गरे । थाई भाषामा ‘स्वाडी’को प्रयोग अभिबादनको लागि गरिन्छ । स्वाडी मोदी कार्यक्रममा पनि उनको भव्य स्वागत भयो । ‘स्वाडी मोदी’ कार्यक्रम मार्फत मोदीले धारा ३७० को खारेजीको औचित्यसथाइल्याण्डसँगको आर्थिक र संस्कृतिक सम्बन्ध मजबुतस भारत व्यापारमा घाटा नसहेर सन्तुलन गुमाउन नचाहने चिनलाई संकेत गर्दै एकसाथ तिनवटा कुराहरु पुरा गरे । ‘स्वाडी मोदी’ हाउडी मोदीको जस्तो विवादस्पद चाहिं भएन ।

डव्लुएचओले कोभिड–१९ को विरुद्ध स्वास्थ आपतकालको घोषणा गरिसकेपछि मोदीले फरवरी २४ २०२० मा ट्रम्प र उनकी पत्नी मिलानीया समेतलाई भारतमा एतिहासिक भव्य स्वागत गर्न विश्वको सवभन्दा ठूलो गुजरातको अहमदाबादस्थित मोटेरा स्टेडियममा ‘नमस्ते ट्रम्प’ नामको एक अरव भन्दा बढी भारु खर्च गरेर एउटा भव्य कार्यक्रमको आयोजना गरे । ‘हामी एसिया प्रशान्त क्षेत्रमा मात्र हौइन बल्की पुरै संसारमा शान्ति प्रगति र सुरक्षामा एक प्रभावकारी योगदान दिन सक्छौंस भारतलाई सवभन्दा राम्रो सैन्य उपकरण दिन्छौं,अमेरिकी सेना विश्वको सवभन्दा दामी भएको देखि लिएर भारतमा सवै धर्म मान्नेहरु मिलेर बसेका छन्’ भन्दै ट्रम्पले शौचालय विजुलीको चर्चा गर्दै गर्भरनेन्सको गुजरात मोडल देखी दिल्ली सम्मको ‘मोदी नोमिक्स’को पनि चर्चा गरिदिए ।

भारतीय मूलका अमेरिकीहरुको भोट बटुल्ने योजना लिएर भारत आएका डोनाल्ड ट्रम्पको नीति महिला,किसान,मजदुर,मानवता विरोधी भएको टिप्पणी पनि भारतमा गरियो । ट्रम्प भारतमा आउनु अघि देखि नै मोदी सरकारले ल्याएको सीएए र एनआरसीको विरोध शुरु भै सकेको थियो । उत्तरपूर्वि दिल्लीमा फरवरी २३ बाट छिटपुट हिंसा हुन चालेको थियो । उनी हिंडेपछि तोडफोड ,हत्या र आगजनी सहित हिन्दु मुस्लीम सरकारी कर्मचारी सहित ५३ जनाको ज्यान जानेगरि ठूलो दङ्गा भयो । ट्रम्पले भव्य नमस्ते कार्यक्रमको भावनामा बहकीएर ‘सवै धर्म र समुदायलाई मोदीले मिलाएर राखेका छन््’ भनिरहँदा हिंसात्मक दङ्गा भडकियो । किसान दुध पोख्दै,ट्रम्पको पुतला जलाउँदै,प्रतिपक्षलाई कार्यक्रमबाट बाहिरै राखेर सम्पन्न यो नमस्ते मोदी ट्रम्प कार्यक्रम पनि विवाद रहित हुन नसकि सफल नभएको दावि गरिएको छ ।

(६) आन,वान र सानः
“ इन्डो–पेसिफिक अहिले रणनीतिक प्रतिस्पर्धाको केन्द्रविन्दु (इपिसेन्टर) भएको छ ”
– स्कट मोरिशन,प्रम,अष्ट्रेलीया ।

जनताको नाममा लेखेको पत्रमा मोदीले विश्वमा भारतको ‘आन बान शान’ बढेको कुरामा गर्व गरेका छन् । विगत एक बर्षको हाउडी कार्यक्रम देखी जी सेभेनमा भारतलाई सहभागिताको निम्ता सम्मको चहल पहल र हाइफाइ हेर्दा विश्व शक्तिको रुपमा भारतको सार्थकताको पहिचान स्थापित गरेर चिन पाकिस्तान मित्रताप्रति खवरदारी समेत गर्दै एसिया प्रशान्तक्षेत्रमा चिनको महत्वकांक्षा रोकन भारतको दवदवा कायम गराएर हिन्द प्रशान्त क्षेत्रमा भारतको संप्रभुता स्थापन गराउन पच्छिमा शक्तिहरुले भारतलाई साथमा लिएकोे छर्लङ्ग नै छ । २०२१ को लागि इन्डो–पैसेफिक क्षेत्रको ट्रम्प प्रशासनको प्रस्तावित बजेटमा भारतको रक्षा विभागलाई सवलिकरण गर्ने र चिनको खराव प्रचारलाई रोक्ने भन्दै चिन विरुद्ध प्रयोग गरिएका शव्द पढदा भारत अमेरिका अव रक्षा मित्रमात्र नरही हिन्द प्रशान्त क्षेत्रमा ‘टीएएमए (ट्रम्प एण्ड मोदी एडमिनिसट्रेसन)’ नामको नयाँ आर्थिक सामरिक गठबन्धन पनि स्थापित भएको भनेर रमाइलो टिप्पणी गर्न पनि शुरु भएको छ ।

एक सय तीस करोडको भारतीय बजारलाई कसैले पनि चिढाउन चाहदैनन् भन्ने मोदीले राम्रोसँग बुझेकाले विश्व बजारको प्रतिस्पर्धामा भारतको मान बढेको छ । अमेरिका,अष्ट्रेलीया,बेलायत,जापान सवै भारतमा उधोग स्थापना गर्न लागि परेका छन् । उदार श्रम कानून र लगानी नीतिलाई खुकुलो बनेकाले कोरोना महामारीको निहूँमा चिन छाड्न लागेका विदेशी उधोगलाई भारत प्रवेशगर्न सहज भएको छ । कोरोना महामारी विरुद्धको अभियानको सन्दर्भमा मोदीले जनता कर्फयू ,ताली,थाली र दिपावलीको लागि गरेको अनुरोध ,जनताले त्यसको पक्षमा देखाएको एकताले विश्वमा भारतको प्रशंसा र आनचाहिं पक्कै बढेको छ ।

(७) सामाजिक एकता र लोकतान्त्रिक घटकहरुः
मे २५ मा संसदीय दलको नेतामा चयन भएपछि मोदीले ‘समता पनि–ममता पनि–समभाव पनि–ममभाव पनिको वाताबरण बनाउनु पर्छ ,अल्प संख्यकहरुलाई अरुले अहिलेसम्म छल गरे अव उनीहरुको विश्वास जित्छौं भन्दै सांसदहरुलाई अहंकारको भावना नपाल्न निर्देशित गर्दै यो चुनाव सामाजिक एकताको आन्दोलन भएको भावनात्मक कुरा गरेपनि व्यवहारमा त्यस्तो नदेखिएको विश्लेषण भारतमा गर्न थालिएको छ ।

सवै शक्तिहरु प्रधानमन्त्रीमा केन्द्रीकरण गरिएकोसलोकतान्त्रिक संस्थाहरुमा हसतक्षेप गर्दैआज्ञा पालकको हैसियतमा राखेर तीनको संवैधानिक स्वायत्तता एवं स्वतन्त्रता नाम मात्रको पारिएकोसलोकतान्त्रिक मूल्य मान्यता तथा नैतिकतालाई तिलाञ्जली दिएर पार्टी फुटाउने,अरुदलका सांसद खरिद गर्ने,अन्य दलको सरकार विघटन गराउने जस्ता चलखेलहरु कर्नाटक,महाराष्ट्र र मध्य प्रदेशमा गरेकोसनेहरु विश्वविधालयको नाम र त्यहाँका पदाधिकारीहरु लाई हटाएर आफ्ना अनुकुलका फेर्न तोडफोड गराइएको,उक्त विश्वविधालय बामपन्थीहरुको अखडा भएको अफवाह फैलाउदै विधार्थीहरुलाई आरोप लगाउनेस जस्ता गुनासाहरु मोदी सरकार प्रति लक्षित छन् । हाउडी मोदी कार्यक्रममा मोदीले विभिन्न भाषामा ‘भारतमा सवै ठीक छ ’भनेको कुरालाई भारतका उधमी राहुल बजाजले टिप्पणी गरेको कुरालाई लिएर उनको गिरफतारी भएको घटनाले निकै चर्चा पाएको थियो ।

त्यसैगरि,संविधानको भावना विपरित सीएए र एनआरसी जस्ता कानूनी व्यवस्था गरिएकोससाहनबाग घटनाको विरोधमा समाजमा विषाक्त अफवाह फैलाइएको र केही छात्रहरुलाई गिरफ्तार गरिएकोस उत्तरपूर्वि दिल्लीमा धनजनको क्षति हुनेगरि भडकीएको हिंसाप्रति उदासिनता देखाइएको मात्र नभएर उल्टै लकडाउनको मौका छोपेर उक्त हिंसाको आरोपमा पिंजरा तोड नामक सामाजिक संस्थासँग आवद्ध दुई जना कार्यकर्तालाई ‘गैर कानूनी गतिविधि रोकथाम कानून–यूएपीए’ को दफाहरु प्रयोग गरि गरिएको गिरफ्तारलाई सन २०१६ को उल्टै पिडित दलितलाई आरोप लगाएर गिरफतार गरिएको घटना जसलाई ‘भिम कोरेगाँऊ मोडल’भनिन्छ को पुनराबृति भएको भन्ने राजनीतिक बृतमा चर्चा चलेको छ ।

यसैगरि मव लिन्चिङ्गमा भाजपाका समर्थक र कार्यकताहरुको बढी सहभागितासकस्मिरमा निरङ्गकुशता लादिएकोसअटल विहारी बाजपेयीले महत्वपूर्ण राष्ट्रीय मुद्धाहरुमा विपक्षीहरुसँग पनि छलफल गर्ने गरेकोमा मोदी सरकारले त्यो परम्परा तोड्दै आफ्नोमात्र विचार लादने गरेकोससत्तामा बसेका र सत्ताधारी गठबन्धनका कार्यकर्ता जे गर्न पनि स्वतन्त्र भएकास जस्ता सामाजिक एकता एवं लोकतन्त्र विरोधी आरोपहरु पनि दोश्रो कार्यकालको भारतीय मोदी सरकारमाथी लाग्ने गरेको छ ।
अगस्ट ५ को विबादित मितिको दिन अयोध्या राम मन्दीर शिलन्यासको भूमिपूजन गरेपछि विदेशमा समेत त्यसको विरोधमा प्रदर्शन भयो । बुद्धको मुर्ति भएको स्थलमा राम मन्दिर स्थापना गर्न नमिल्ने भन्दै आरएसएस बादी हिन्दुहरु बाहेक अरु बाँकी हिन्दु र अन्य सवै धर्मालम्बिहरु राममन्दीरको विरुद्ध एकै मोर्चामा सहमत भए । विश्वमा केही खाडिमुलुक तथा अरव,बङ्गलादेश,पाकिस्तान लगायतका देशले उसको विरोध गर, हिन्दुत्वको विस्तारबादको आरोप समेत लागेको छ । मोदीले आफ्नो शिलन्यास भाषणमा विभिन्न भाषामा रामायण लेखिएको भन्ने सन्दर्भमा दशम गूरु गोविन्द सिंहले पनि ‘गोविन्द रामायण ’लेख्नु भएको भनेर भनेको कुरालाई शिख काउन्सिल युकेले गूरुले कुनै रामायण लेख्नु नभएको भनेर खारेज गरिदियो भने भाजपाको सहयात्री शिरोमणी अकाली दलले यस विषयलाई लिएर भाजपासँग असहमत जाहेर गरेको छ ।

अमेरिकाले प्रत्यक्ष प्रशारण गर्न मानेन । पुराना प्रशिद्ध वरिष्ठ अधिबक्ता रविन्दर कुमारले ‘जनता खान नपाएर छटपटाईरहेका तथा देश कोराना महामारीले आक्रान्त भएको बेला जाडोमा छाता ओडने र गर्मिमा कोट लाउनेको दिमाग ठीक छ भन्न नसकिएझैं यो भूमिपूजन पनि बेमौसमको मुद्धा भएको’ टिप्पणी गरे । पश्चिम बङ्गाल राज्यका मुख्य मनत्री ममता बनर्जीले ‘ हिन्दु मुस्लिम भाई भाई ’ भनिरहँदा उनकै सरकारका एक मन्त्री सिद्धिकुला चौधरीले त ‘भाजपा र आरएसएसले मुसलमानहरु किन सडकमा निस्केनन् भनेर सोचीरहेका होलान,मुसलमानहरु कानून(सर्वोच्चको आदेश) को पालना गरिरहेका छन्’ भनेर प्रतिक्रिया दिए ।

आरएसएस मोहन भागबतले कर्नाटकमा गोप्य बैठक गरि मध्यपूर्वमा मुस्लिम विरोधी तथा हिन्दत्वको विस्तार गर्ने अभियानका लागि मध्यपूर्वका भारतीय कर्पोरेट वी आर सेठ्ठी ,एन बालाकृष्णनन् लगायतकालाई निर्देशन दिएको भनी कर्नाटक मंगलरुको एक पत्रिका क्रिष्टल डाइजेष्टले २०१६ रिर्पोट प्रकाशित गरेको थियो । त्यसैगरि २०१८ मा मोदीले अवुधाविमा हिन्दु मन्दीरको सशलन्यास समेत गरेको सन्दर्भमा हालै खाडी मूलुककमा सोही अनुरुपको मुस्लीम विरोधी गतिविधि शूरु भएकोमा सो को विरोध हुन गयो । ठगी काण्डमा समेत मुछिएका सेठ्ठी त्यहाँबाट भागेर भारत पसे । यसरी स्वदेशमामात्र नभएर विदेश मध्यपूर्वमा समेत सामाजिक र धार्मीक सहिष्णुता खलबल्याउने कुचेष्टा गर्ने आरएसएसलाई मोदी सरकारले आफ्नो दलको राजनीतिक विस्तारबादको लागि प्रयोग र पुलपुलाएको आरोप लागेको छ ।
बेगुसरायका युवा बाम नेता कन्हैया कुमारले मोदी संविधान मिचेरै भएपनि धार्मिक तथा सामाजिक सदभावमा खलल पुर्याउन उधत रहेको खुलासा गरेका छन् ।

कहिले नागरिकको गोडा धोएर,कहिले योगी आदित्यनाथलाई दलितको घरमा खाना खुवाएर मोदी सरकारले सामाजिक एकताको सन्देश दिन खोजेपनि अल्पसंख्यक,पिछडिएका,निम्न र निम्नमध्यम बर्गलाई कहिल्यै माथी उठ्न नदिनेगरि दलाल पूँजीबादी तथा दलाल नोकरशाही कार्यक्रम लागु गरेर भारतीय समाजको एकताको विस्फोटनको तयारी गराउन थालेको भन्ने बहश पनि शुरु भै सकेको छ ।

(८) बिद्राहीसँग बार्ता–कल्याणकारी कार्यहरु तथा कोभिड–१९ विरुद्धको संकल्पः
बोडो विद्राहीसँग बार्तागरि आन्दोलन समाप्त पारेकोसकोरतार कोरिडोरको निर्माण गरेकोसकरोडौं जनता समक्ष स्वास्थ्य विमा, मुफ्त विजुली एवं ग्यास जडान,आवास,बैंक खातासशौचालय लगायतका कार्यक्रमहरुको पहूँच पुर्याएर गरिवको गरिमा बढाएको जस्ता उपलब्धीहरु मोदीको दोश्रो एक बर्षे कायकालको उपलब्धी भनेर प्रचार गरिएपनि निवेदनमा कारबाही नभएका तथ्याङ्क पनि जोडेर कर्मचारितन्त्रले बढाइ चढाई गरेर प्रगति प्रतिबेदन बनाएको आरोप समेत लगाइएको छ ।

(९) छिमेकी र अन्तराष्ट्रिय सम्बन्धः
संविधानको धारा ३७० हटाएपछि पुरै लदाख सहितको जम्मू कस्मिर गाभेर बनाएको भारतको एतिहासिक भनि जारी गरिएको आन्तरिक राजनीतिक नक्शामा नेपालको कालापानी ,लिपुलेख र लिम्पियाधुरा लाई पनि भारतको भूमि कायम गरिएपछि चिनको चासो मात्र बढेन पाकीस्तान र नेपालमा भारतको व्यापक विरोध भएको थियो ।

नेपालले पनि जेठ ७ गते भारतले आफनो नक्शामा गाभेको नेपालको भूमीलाई समेटेर नयाँ नक्शा जारी गरेपछि र नेपालका प्रम ओलीले राम जन्म भूमि अयोध्या नभएर नेपालको ठोरीमा भएकाले भारतले साँस्कृतिक अतिक्रमण गरेको मन्तव्य व्यक्त गरेपछि अहिले सम्बन्ध चिसिएको छ । अहिले ‘गोवी(गो ब्याक) मोदी’को नारा जताततै लागेको छ ,‘गोबी मोदी’ ले अहिले हल्लाखल्ला मच्चाएको छ । नेपालजस्तो घनिष्ट देशसँग पनि सम्बन्ध विगारेको आरोप मोदी सरकारलाई भारतमा नै लगाउने गरिएको छ । दादागिरी देखाउँदै छिमेकीलाई पेलेर लैजाने मोदी सरकारको रवैया छर्लङ्ग भएपछि सार्क विघटन गरी म्यानमार एवं चिन सहितको नयाँ ‘ दक्षिण एसिया यूनियन’ स्थापना गर्न आवश्यक भएको बहस पनि भारतमा शुरु भै सकेको छ ।

रोहिंग्या प्रकरणमा म्यानमारलाई साथ दिएपनि चिनसँग लद्धाख सिमामा विवादसताइबानलाई विश्व स्वास्थय सङ्गठनको पर्यवेक्षकमा समर्थन गर्नु अनि ताइवानको राष्ट्रपतिको सपथग्रहण कार्यक्रममा साँसद मिनाक्षी लेखी सहितकोे टोलीलाई प्रनिनिधी पठाउनु,हंगकंगको मामालामा स्पष्ट धारणा नदिनु,फ्रि तिव्वत अभियानमा सहयोग पुर्याँउदै मोदी सरकार भारतको ऐतिहासिक ‘एक चिन नीति’को विरुद्ध हिंडेकोसअमेरिकी राष्ट्रपति ट्रम्पसँग आवश्यकता भन्दा बढी हिमचिम बढाएको,चिन अमेरिकी विवादमा भारतले आफ्नो अनाबश्यक स्वार्थमा लागेर अमेरिकासँग घुसघुसे रवैया अपनाउँदा अघोषित मध्यस्थ्ताको भूमिका निभाउन पाउने अवसर गुमाएको जस्ता आरोप लगाउँदै मोदीको विदेश नीति असफल भएको ठहर भारतभित्र गरिएको छ ।

अगस्ट ५ मा पाकिस्तानले पनि पुरानो जुनारगढ सहित भारतसँगको विवादित सिमा सम्बन्धी अन्य भूमिहरुलाई समेटेर प्रकाशित गरेको राजनीतिक नक्शाले विश्वमा अर्को तरङ्ग थपेको छ । श्रीलङ्का,बङ्गलादेशसँग पनि स्वच्छ ,स्वस्थय सम्बन्ध कायम हुन सकेको छैन । इरानसँग इन्धन कम खरिद गर्ने निर्णयसँगै साउदी अमेरिकी र भित्रीरुपमा इजरायली साँठगाँठमा अघोषित रुपमा सामेल भएर मोदी सरकारले इरानसँगको सम्बन्धमा आफू भरपर्दो र विश्वासिलो मित्र नभएको स्वतः आशङ्कित प्रमाणित गरेको छ ।

कुवेतले कोरोना सङ्कटबाट जुझन १५ प्रतिशत विदेशी कामदारको कटौती नीति तय गरेबमोजिम करिव ८ लाख भारतीयले रोजगारी गुमाउने भएपछि भाजपाका राज्यसभा सांसद सुब्रम्यहण स्वामीले १९९१ मा चन्दशेखर प्रम हुँदा कुवेतलाई परेको सङ्कटमा गरेको सहयोगलाई विर्सिने ‘नमक हराम’ कुवेत आशयको ट्विीट गरेपछि कुवेतमा व्यापक विरोध भयो । सन १९८० मा दक्षिण लेवनानमा इजरायलले कव्जा गरेपछि खडा भएको हिजबुल्ला विद्रोही सङ्गठन र इजरालको टसल लेवनानमा जारी रहेको अवस्थामा आधा बेरुत नष्ट हुनेगरि हालै भएको विष्फोटको निहूँमा त्यँहाको सरकारलाई हटाउने इजरायली योजनामा भारतको मोदी सरकारको पनि मौन समर्थन भएको आरोप लगाइएको छ । इजरायलसँग मोदीको बढी हिमचिमले गर्दा भारतको मध्यपूर्वसम्बन्धी ऐतिहासिक तटस्थ र परम्परागत अन्तराष्ट्रिय सम्बन्धमा विचलन आएको टिप्प्णी गरिएका छन् ।

(१०) सञ्चार टाइकुनः
अधिकांश सोसल र मूलधारका भारतीय मेडीया अफवाह फैलाउन र पित्त पत्रकारिताको लागि विश्व मै बदनाम छन् । नेपालका लागि चिनीया राजदुत र प्रम ओलीलाई मुछेर गरिएको टिप्पणी होस वा ‘र’ का पूर्व पदाधिकारी एन।के। सूदले प्रम ओलीलाई ‘चिनको टट्टु….. नाकाबन्दीमा तस्करसँग मिलेर दिनको करोडौं अशुलगरेको….उसलाई देखाइदिन्छु…..उपेन्द्र यादव बाह्य एजेन्ट भएको ’ जस्ता सोसल मेडीयामा गरिएको टिप्प्णी लगायत नेपाल,चिन तथा विश्वका चिन समर्थक राष्ट्रहरु र आफ्नै देशका इतरपक्ष दलहरुको विरोधमा विवेक हिन,स्तर हिन,अराजक र गैर जिम्मेबार समाचार र रिर्पोट प्रशार गर्न उधत विश्वको सवभन्दा ठूलो प्रजातान्त्रिक देशका केही मेडीयाको अराजकतामा लगाम लाउन मोदी सरकारको असमर्थता प्रति भारत मै व्यापक विरोध भएको छ ।
भारतीय बुद्धिजिविहरु ‘ कोरोना महामारीले अरु मेडीयाको हाल बेहाल भएको अवस्थामा गोदी मेडीयाका तामझामको लागि कहाँबाट आर्थिक व्यवस्थापन हुन्छ ? ’ भनेर जिज्ञासा र चासो राख्दै मोदी सरकारले आरएसएसको इसारामा कथित विरोधीहरुको विरोधको नाममा सञ्चार टाइकन चलाएको आरोप पनि लगाउन थालेका छन् ।

(११) राज्यसत्तामा पकडः
दोश्रो कार्यकालको पहिलो क्याविनेटमा अव ‘पावरफूल व्यूरोक्रेसी’हुने विषयमा पनि छलफल भएको थियो । मोदी सरकारको पालामा विदेश नीतिमा मन्त्रीहरु भन्दा कर्मचारीतन्त्र बढी हावी भएकोस चुनावि अभियानमा सेनालाई पनि चर्चाको विषय बनाएको,छिमेकी मुलुकसँगको सिमा विवादमा सेनामार्फत टिप्पणी गराएकोले सेनाहरुले अन्तराष्ट्रिय कुटनीतिमा आफ्नो कर्तव्य र अधिकारको अहिले सिमा नाध्न थालेकोस जस्ता पक्षहरुतर्फ विचार हुँदा राज्यसत्तामा अहिले मोदीको पकड कमजोर हुँदै गएको हो की भन्ने आशङ्का गरिन थाल्नु नागरिक सरकारको लागि राम्रो सङ्केत होइन ।

(१२) अन्त्यमा :
दोश्रो कार्यकालको एक बर्ष पुगेको उपलक्ष्यमा मोदीले टीभी,रेडियोमा देश बासीलाई सन्देश दिनुको अलावा पत्र लेखेर जारी पनि गरे । कोभिड–१९ को महामारीले विश्व आक्रन्दित भै रहेको बेला उनले लेखेका पत्रमा‘म मा कमी हुन सक्ला देशमा कुनै कमी हुन नसक्ने भएकाले मलाई म भन्दा बढी तपाईहरुकै शक्ति र सामथ्र्य माथी विश्वास छ,….लडाइं लामो छ तर हामी विजय यात्रामा हिंडिंसक्यौं , ….कृतम मे दक्षिणे हस्ते,जयो मे सत्य अहित अर्थात एक हातमा कर्म र कर्तव्य छ भने अर्को हातमा सफलता सुनिच्छित हुन्छ ’ जस्ता शव्द र भाषा प्रयोग गरि जनताको मन जित्न खोजिएको थियो । हजारौं भर्चुअल कन्फ्रेन्स र प्रदर्शनको व्यवस्था गरियो । पत्र पत्रिकामा भाजपाका नेता मन्त्री र कार्यकर्ता बाहेकले एक बर्षे कार्यकालको देवत्वगरिएको स्तुती लेख अरु कसैले लेखेनन् ।

मोदीको दाश्रो कार्यकालको हालसम्मको मूल्याङ्कनको सम्बन्धमा सरकार आफैले पेश गरेको उपलब्धी र यस अवधिभित्र भएका घटना र त्यसको सरकार बाहिरका अयोध्याको वावरी मस्जिद र राम मन्दिरको विवाद सुल्झिएकोसतीन तलाक विरोधी कानूनले अल्पसंख्यक मुस्लिम महिलाको अधिकार सुनिश्चित गरिएको भनिएता पनि यस्ता भावनात्मक लहरले निम्न बर्गलाई अलमलाईमात्र राख्ने, धनीको पक्षमामात्र देखिएको आर्थिक उदारबादमा जङ्गल खानी जल सवैतिर हुने खाने कै बोलबाला भएको,जातपात सम्प्रदायिक्ता बढेको र कमजोर माथी हमला जारि नै रहेकोले सामाजिक सम्बन्ध भताभुङ्ग भएर लोकतन्त्रमा सामन्तबादको गन्ध आएको मात्र होइन दुस्मन र दोस्त छुट्याउन असमर्थ भएको– पर्दा अगाडीमात्र हेरेर पछाडी हेर्न नसक्दा अमेरिकी गठबन्धनको बहकावमा ऐतिहासिक मित्र तथा छिमेकी विरुद्ध मोर्चा खोलेको आरोप समेत खेप्नु परेको छ ।

ट्रम्पबादी प्रम मोदीले बर्तमान स्वतन्त्रता दिवसको उपलक्ष्यमा रक्षा मन्त्रालय र पदाधिकारीको बहादुरीको वाह वाह गरेर आफ्नो सरकार एवं ट्रम्प प्रशासन विरोधी विश्व समुदायलाई भाषणले थर्कमान पारे पनि मोदी र उनको सरकारको हालसम्मको कार्यकाल उत्सव र जस्न मनाउन नै पर्ने गरि सफल भएको मान्न सकिदैन ।
(लेखक नेपाल सरकारका पूर्व महानिर्देशक हुन् )


क्याटेगोरी : बिचार


तपाईको प्रतिक्रिया दिनुहोस