Techie IT
×
गृहपृष्ठबिचारप्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जुम्रो बिम्ब कसलाई दिएका हुन ?

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जुम्रो बिम्ब कसलाई दिएका हुन ?


प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी ओलीले नेकपामा बस्न मन नलागे जुम्रोको सहारा लिएर बस्नु नपर्ने बताएका छन् ।

उनले यसबारेमा स्पष्ट पार्दै भनेका छन्, ‘प्रचण्ड कमरेडको लेभलको मान्छे केपी लेभलको मान्छेले अहिलेको पार्टीमा आफ्नो मन खुलेन, यसमा मैले मेरो भविष्य देखिनँ । पार्टी छोडेर जानलाई यहाँ मेरो भावना र सैद्धान्तिक पक्ष कुनै पनि मिलेन भन्नलाई कुनै जुम्रोको सहारा लिइरहनुपर्छ र ?’, उनले थप अगाडि भने, ‘नम्बर वान नेताले पार्टी छोड्नुपर्यो अथवा नयाँ पार्टी बनाउनुपर्यो भने कुनै जुम्रो लिइरहनुपर्छ र ? कुनै लौरोको सहारा लिइरहनुपर्छ ?’

पटकपटक वार्ता गर्दा पनि कुरा नमिलेपछि प्रधानमन्त्री केपी ओलीसँग अध्यक्ष प्रचण्डले माधवकुमार नेपालहरुसँग पनि छलफल गरेर जाऔं न त भन्दा केपी ओलीले भैसी ल्याउँदा जुम्रा सँगै आउँछ, यसका लागि अलग्गै व्यवस्था गर्न नपर्ने बताएको भनी केही दिन पहिला मिडियामा आएको थियो ।
विस्णु रिमालले जुम्राको प्रसंग हालै एक टीभी अन्तर्वार्तामा बताएका छन् ।

राप्रपाका नेता कमल थापालाई उनकै पार्टीका नेताले मुसा प्रवृत्ति भन्ने गर्थे । ५० को दशकमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दले कमल थापाकै मन्त्रीमा रहेर प्रधानमन्त्री विरूद्ध अविश्वास प्रस्ताव राख्ने प्रवृतिलाइ मुसा प्रवृत्तिको संज्ञा दिएका थिए । जुन डुंगामा चढेको हो त्यसैमा प्वाल पार्ने अर्थमा उनलाई यसो भनिएको थियो । प्रम केपी र उनका सल्लाहकारले जुम्रा शब्द राजनीतिमा किन प्रयोग गरेका हुन यसबारेमा कतै व्याख्या भएको छैन । परजीवीको अर्थमा भनिएको हो कि ?

जुम्राको विम्वले सत्तारूढ नेकपाभित्रको हाल चलिरहेको रडाको नेताहरूको सैद्धान्तिक लडाईं नभई व्यक्तित्वको लडाइ रहेको र नेताहरूले पदको गरिमा नै भुलेर एकअर्कामा हिलो छ्याप्न सक्रिय रहेको देखाएको छ । जुम्रा प्रवृत्ति भनेको के हो ? कसका लागि यो शव्द उपमा दिने रहर र जाँगर प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार नेता रिमाललाई जरूरत परेको हो ? प्रधानमन्त्री पद र त्यसका मुख्य राजनीतिक सल्लाहकार कसैलाई गाली वर्षाउन वा मुख छाड्नका लागि हो कि राजकीय गरिमा बचाउनका लागि हो भन्ने प्रश्नहरू पनि बहसमा उठेका छन् । घर झगडामा रमाएर जग हसाइ गर्न अरू त लागे लागे, प्रधानमन्त्री संस्थाका मुख्य सल्लाहकार, प्रेस सल्लाहकार जस्ता संस्थाले समय र व्याट्री खर्च नगरे नेकपामा दन्किरहेको विवादको अग्निमा पानीको काम गर्दथ्यो कि ?

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई पदको लाज जोगाउन सल्लाह दिदै ट्वीट गरेका प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार रिमालले प्रधानमन्त्री पद र संस्थाको गरिमामाथि नै प्रश्न उठने गरी जुम्रा विम्वको प्रयोग गरी विरोध जनाएर कसको धोती खुस्किएको हो भन्नेसम्म विचार गर्न स्वयंका लागि हितकर हुन्थ्यो कि ? कतै अरूको जिउमा जुम्रा देख्दै गर्दा अफ्नो जिउका भैंसी नदेख्ने दृष्टिदोषबाट त प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार अभिसप्त भएका त होइनन् भन्नेतिर पनि ख्याल गर्नु पर्ने हो कि ?


क्याटेगोरी : बिचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस