Techie IT
×
गृहपृष्ठबिचारपुँजीवादको बाटोले कोभिड–१९ को संकट समाधान गर्ला ?

पुँजीवादको बाटोले कोभिड–१९ को संकट समाधान गर्ला ?


कोभिड–१९ले उत्पन्न विश्वको विद्यमान सकट यो शताब्दीमा पुँजीवाद ध्वंसका लागि तेस्रो धक्का हो । अनि सरकारहरुको असक्षमताले पुँजीवादलाई निकृष्टतम अवस्थामा पु¥याउन यो संकटलाई गहिरो पारिरहने गैरपुँजीवादी समाधानहरुमा ध्यान दिन खतरा उत्पन्न गराउँछ ।

पहिलो धक्का सन् २००० को सुरूमा थियो । किनकि यो डटकम स्टक्सको उच्च मूल्यले निम्तिएको थियो । यो संकटलाई ‘डटकम क्राइसिस’ नाम दिइयो । सन् २००८ मा ऋण चुक्ता गर्न नसकिने बन्धकीका भाका पूरा नभएपछि उत्पन्न समस्याले संकट अमेरिकाभर फैलियो र धक्का झन् गम्भीर भयो । यो पुँजीवादी इतिहासको सबैभन्दा खराब धक्का थियो । सन् १९३० को दशक यताको यो दोस्रो त्यस्तो धक्का थियो । अनि अहिले सन् २०२०मा भाइरस महामारीले निम्तिएको धक्का हो र यो सन् २००८को भन्दा गहिरो असर गर्ने धक्का हो ।

किनकि पुँजीवादको आवधिक पतनको अवस्था हुन्छन्, जसमा (क्रयासेज, रिसेसन्स, डिप्रेसन्स, क्राइसिस, बिजनेस साइकल्स, बुस्टस) धक्काहरु, महामन्दी, मन्दी, संकट, व्यावसायिक चक्र जस्ता अवस्था उत्पन्न हुन्छन् । औसत रूपमा यस्तो अवस्था चार देखि सात वर्षमा पुँजीवादी आवधिक पतनको अवस्था आउने गर्छन् । यस्ता अवस्था विभिन्न कारणको प्रभावले उत्पन्न हुने गर्छ । यो प्रणालीगत अस्थिरताबाट फरक ढंगले हुने गर्छ । यो अन्य आधारभूत समस्याहरुबाट फरक हुन्छ, जसलाई वैश्विक पुँजीवादले कहिल्यै समाधान गरेको छैन । तिनीहरु साथ साथ विस्फोटन भएका छन् । पुँजीवादी आवधिक पतनका सूचीमा ती मिलएर आएका छन् । यसले उग्र बनाउँछ ।

पाँच संकटहरु

यहाँ पाँच संकटहरु मिलिरहेका छन् । हरेक देशले तीमध्ये सबै वा केही आफ्नै प्रकारले दर्शाउनेछ । अमेरिका ती सबै संकटबाट पीडित छ । त्यसैले अमेरिकाको आर्थिक क्रयास र कोरोनाभाइरस महामारी सबै उग्र बनेका छन् ।
पहिलो जलवायु परिवतन हो । हावा पानीको बढ्दो तापक्रम, बाढी, खडेरी, आगो जस्ता विषय जलवायु परिवर्तन हो । यसले विश्व अर्थतन्त्रलाई धेरै किसिमले समस्या उत्पन्न गराउँछ ।

दोस्रो असमानता हो । फ्रान्सेली अर्थशास्त्री थम पिकेटी र अन्य धेरैले दर्शाए झैं पुँजीवादले सम्पत्ति र आम्दानीको असमानतालाई निरन्तर खराब बनाउँछ जबसम्म आमगरिबले उनीहरु विरूद्ध विद्रोह गर्दैनन वा खतरा उत्पन्न गर्दैनन ।
तेस्रो नश्लवाद हो । धेरै पुँजीवादी समाजहरुले आफ्ना जनतालाई सापेक्षिक रुपमा पुँजीवादमा आइरहने समस्याबाट सुरक्षित समूह बनाउँछन् । यस्ता समूहरुले गर्ने शोषणबाट गरिबी, बेरोजगारी, झुग्गी झुपडी, कमजोर शिक्षा, अपर्याप्त चिकित्सा जस्तो समस्याको गम्भीर परिणामहरु उत्पन्न गराउँछ ।

यो सामान्य रूपमा पुँजीवादी उत्पादनका लागि खतरा उत्पन्न गराउँछ । समग्र मजदुर वर्गलाई गरिबीमा धकेल्नेछ । उनीहरूलाई रोजगार गुमाउनुपर्ने छ । अमेरिकामा अफ्रिकन अमेरिकीहरूले देशको इतिहासमा संकटको धक्का शोषण गर्ने भूमिका निर्वाह गरेको छ । अन्य देशहरूमा धार्मिक वा अल्पसंख्यक जाति वा आप्रवासीहरूले त्यो भूमिका निर्वाह गर्छ । चौथो अस्थिरता हो । आवधिक क्र्यासेजले असमानतालाई बढाउँछ र नश्लवादलाई बलियो पार्छ ।

अनि पाँचौ यो भाइरल वैश्विक महामारी हो । निजी मुनाफाको हिसाबले निजी प्रतिष्ठानहरूलाई उत्पादन र भण्डारण नगर्ने अवस्थामा पु¥याउँछ । कारण सरकारहरूले निजी मुनाफा अधिक बनाउने पुँजीवादीहरू हुन्छन भन्ने विचारलाई प्रोत्साहन गर्छन् । अधिकांश अवस्थामा पुँजीवादी असफलताका लागि क्षतिपूर्ति दिइँदैन । त्यसैले महामारीको तयारी गरेको पाइँदैन । अझ यस्तोमा सरकारले अहस्तक्षेपकारी नीति लिन्छन । यसको उदाहरण अमेरिका लगायतका देशमा महामारीको अवस्थालाई नियाल्दा देखिन्छ ।

तार्किक प्रतिक्रिया

पाँच संकटहरूले आजको वैश्विक संकटलाई अझ गहिरो र अहिले अनुमान गरे भन्दा लामो समयसम्म रहने देखिन्छ । तार्किक प्रतिक्रिया २०२०को संकटका लागि सबै मजदुरलाई रोजगारमा लगाउनुपर्ने हुनेछ । यसले महामारीलाई एक्ल्याउन मद्दत गर्छ । यसको अर्थ उदाहारणका लागि सरकारले निजी क्षेत्रबाट निकालिएका मजदुरलाई काममा फिर्ता ल्याउनु हो । धेरै भन्दा धेरै मानिसलाई मानिसको परीक्षण गर्नसक्ने तालिम दिनु पर्छ । उनीहरूले बिरामीको हेरचाह गर्छन र अन्य अवस्थामा समाजका लागि चाहिने आवश्यक पूर्वाधार क्षेत्र शिक्षा आवास जस्ता क्षेत्रको निर्माण गर्छन । यो काम महामारीले तय गरेको सामाजिक दुरी, मास्क र पञ्जासहितको अवस्थामा गर्नुपर्ने हुन्छ ।

यो नीति अमेरिकाले अंगीकार गर्दैन । यसको साटो करोडौं मानिसलाई अमेरिकामा बेरोजगार बनायो । श्रमशक्तिको एक चौथाइलाई आर्थिक समस्या उत्पन्न भएको छ । उनीहरूलाई पुरानो अवस्थाको काम नभए उनीहरूमा आक्रोश उत्पन्न हुनेछ । आम बेरोजगारले रोजगादार दातालाई ज्याला कटौती गर्न रोजगारबाट नहटाउने दबाब दिने अवस्था निम्त्याउँछ । अमेरिकामा यो अवस्था द्रुतगतिमा बढिरहेको छ । असमानता र नश्लवादी प्रवृति समाजिकरूपमा बिस्फोटको अवस्थामा पुग्छ ।

धेरै देशहरूमा गरिबी लामो समयदेखि रहेको छ । स्वास्थ्य, पोषण, आवास, शिक्षा र यस्ता समस्याहरू ठूलो जनसमुदायमा रही आएको छ । यो औसत समस्यालाई भाइरल महामारीले झन चर्काइ दिन्छ र आर्थिक ध्वंस निम्त्याउँछ । यस्तो अवस्थामा ठूलो आकस्मिक प्रोत्साहन प्याकेजले ऐतिहासिक रूपमा जरा गाडेर रहेका सामाजिक विभेद र बहिष्करणका समस्यालाई समाधान गर्न सक्दैन । यसका लागि धेरैभन्दा धेरै धन र प्रमुख संरचनागत सुधार गर्नुपर्ने चाहनाको आवश्यकता हुन्छ । आजको संकटबाट समाजहरूलाई राम्ररी सुरक्षित गर्न यस्ता समस्या भविष्यमा आउन नदिने खालको प्रतिक्रिया जनाउने हो भने यस्तो आवश्यकता हुनेछ ।

अधिकांश पुँजीवादी समाजहरूमा ठूला उद्योग र ठूला स्रोत साधनको उत्पादन राजनीतिक मित्रहरूका लागि गरिन्छ । विद्यमान संकटले साना मझ्यौला व्यवसायलाई झन खराब अवस्थामा पु¥याएको देखिन्छ । वल्र्ड इकोनोमिक फोरम र धेरै सरकारहरूले साना तथा मझ्यौला उद्यम व्यवसायलाई सहयोग र समर्थन गर्न अभिव्यक्ति दिए । प्रोत्साहन कार्यक्रम बढाइए । तर, पनि प्रणालीगत रूपमा रहेको असमान प्रतिस्पर्धाको अवस्थाले वर्चस्व कायम गर्ने छ । सबैतर्फ प्रोत्साहन कार्यक्रम अगाडि बढाइएको छ । पुँजीको संकेन्द्रण र केन्द्रीकरण बढिरहेको छ । साना र मझ्यौला व्यवसायको बढ्दो असफलताले बेरोजगार र असमानतालाई झन खराब अवस्थामा पु¥याउँछ । यसरी एक आपसमा मिलिरहेका संकट एक अर्कामा मिल्ने क्रमलाई बढाइरहने छ ।

प्रमुख सरकारी उपकरण मौद्रिक प्रोत्साहनमा बढाइएको छ । रोजगार र उत्पादनको शर्तमा अर्थतन्त्रहरूलाई पुनजीर्वित गराउन असफल हुन्छ । यसले स्टक मार्केर्टमा समस्या उत्पन्न गराएको छ । यसले चरम असमानता बढाएको छ । लामो समयसम्म यो समस्याको समाधान प्राप्त हुनेमा शंका छ ।

ठूलो गल्ती

हाम्रा अगाडि एक ठोस समाजिक छनौटको अवस्था उपस्थित छ । पुँजीवादले महामारीको आगमनमा हुनुपर्ने तयारी कमजोर भएको दर्शाइ दिएको छ । यसले व्यवसायको ध्वंसकारी अवस्थाबाट जोगाउन नसकेको प्रस्ट भएको छ । यसले सही ढंगबाट व्यवस्थापन गर्न नसकेको प्रमाणित गरी पुँजीवादको वैश्विक पतनलाई दर्शाउँछ । निजी र सरकारी दुबै प्रतिक्रियाहरूले स्थिति सामान्य गर्न प्रयास गरिरहेका छन् । सन् २०२०को फेब्रुअरी मार्चअघिको शर्तमा पुँजीवादलाई फर्काउन खोजेको अर्थ लाग्छ । अझ यो एक ठूलो गल्ती हुन्छ । वैश्विक महामारीपछिको संसारका लागि एक फरक रोडम्यापले वैश्विक महामारी पूर्वको अवस्थामा लान होइन । यसको साटो प्रमुख संरचनागत परिवर्तनका लागि गर्नुपर्ने आवश्यकता छ । राष्ट्रिय अर्थतन्त्र, विश्व व्यापार, वित्तमा त्यस्तो सुधारलाई निर्णय गर्नुपर्ने र कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ ।

तीमध्ये सबै महत्वपूर्ण विषय भनेको वैश्विक सम्पत्ति र आम्दानीको धेरै कम असमान वितरणको अवस्था हो । पुँजीवादी दृष्टिकोणबाट सम्पत्ति र आम्दानीको वितरण प्रणालीको निर्णय गर्न नदिनु हो । यस्तो दृष्टिकोणप्रति सबै मिलेर अघि बढनुपर्ने हुन्छ । यस्तो नभए पाँच संकटले राष्ट्रिय संकट अमेरिकामा शुरूवात हुनेछ र यसले विश्वको भविष्यको निर्माण गर्नेछ । धेरै सरकारहरूले अब यसको समाधान गैरपुँजीवादी बाटोबाट खोज्न थालेको देखिन्छ । उनीहरूले रोजगार तथा आम्दानी र सार्वजनिक स्वास्थ्य जस्ता बिना मुनाफाको नीतिको कल्पना गर्न सकिरहेका छैनन् । यस्तो असक्षमताले पुँजीवादको संकटलाई अझ गहिरो पार्छ । यस्तोमा आधारभूत सवाल पैदा हुन्छ । यो संकटमा पुँजीवाद जोगिन सक्दैन ।

(रिचार्ड डी उल्फ युनिभर्सिटी अफ म्यासाचुसेट्समा अर्थशास्त्रका प्रोफेसर हुन । उनले लेखेको आलेखको अनौपचारिक अनुवाद सान्दर्भिक लागेर यहाँ प्रस्तुत गरिएको छ ।)
समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking, #Corona, #covid

तपाईको प्रतिक्रिया दिनुहोस