Techie IT
×
गृहपृष्ठबिचारराष्ट्रपतिको ‘अफ दि रेकर्ड’ !

राष्ट्रपतिको ‘अफ दि रेकर्ड’ !


पत्रकारितामा ‘अफ दि रेकर्ड’ शव्दको जति चर्चा हुन्छ तर प्रयोग भने एकदमै कम मात्रामा भएको पाइन्छ । गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो सरकारी भबन शीतल निवासमा ३० जना सम्पादकहरुलाई डाकिन् । सरकारले गरिरहेका कामका बारेमा खुलेर कुरा गरिन् । राष्ट्रपति भण्डारीले सरकारले गरिरहेको काम र तौर तरिकाबाट आफू सन्तुष्ट भएको भन्नेसम्मका कुरा गरेको सो भेटमा गएका केही पत्रकारहरुले सामाजिक सञ्जालमा लेखिसकेका छन् । ती पत्रकारहरुले आफ्नो मिडियामा भेटका बारेमा के के भएको थियो भनेर समाचार नलेखेपनि तातो चिया र ‘चिसो चिया’ खाने क्रममा भने दौँतरीहरुसँग ‘सेयर’ गर्न थालिसकेका छन् ।

करिव दुई घण्टा बातचित भैसकेपछि पत्रकारहरुलाई भनियो यी कुराहरु ‘अफ दि रेकर्ड’ हुन् । पत्रकारहरुलाई गफगाफको सुरुमै ‘अफ दि रेकर्ड’ का बारेमा जानकारी नै दिइएको थिएन । पत्रकारिताको सिद्धान्तले के भन्छ भने यदि कसैले कुनै कुरा मिडियामा ल्याउन चाहेको छैन तर पत्रकारहरुबीच छलफल नगरी बस्न पनि सकेको छैन भने ‘अफ दि रेकर्ड’का बारेमा सुरुमै जानकारी गराएर मात्र कुराकानी सुरु गर्नु पर्छ ।

समाचार कसरी लेख्ने भनेर दिमागमा सरसर्ती माइन्ड मेकअप, प्लानिङ, प्राइमिङ, फ्रेमिङ र लिड सेमत उतारिसकेका थिए । तर जव गफगाफ सकियो तव मात्र उनीहरुले राष्ट्रपतिबाट ‘अफ दि रेकर्ड’ को जनाउ पाए । रेकर्डरमा रेकर्ड भएको फाइल त ‘डिलिट’ गर्दा होला तर दिमागमा रेकर्ड भएको फइल कसरी मेटाउने परेनत फसाद ? यदि कुनै पनि सम्वादलाई ‘अफ दि रेकर्ड’ गर्ने हो भने त्यो सुरुमै बताउनुपर्छ, बोलिसकेपछि त ‘अन दि रेकर्ड’ भइहाल्छ ।

तर छलफलमा सहभागी पत्रकारहरुका अनुसार राष्ट्रपति भण्डारीले पत्रकारहरुलाई दुई घण्टा छलफलकाबीच धेरै राजनीतिक कुराहरु गरिन् । उनीहरुले समाचार बनाउनका लागि केही महत्वपूर्ण भनाईहरु आफ्नो मोवाइलमा रेकर्ड समेत गरे । समाचार कसरी लेख्ने भनेर दिमागमा सरसर्ती माइन्ड मेकअप, प्लानिङ, प्राइमिङ, फ्रेमिङ र लिड सेमत उतारिसकेका थिए । तर जव गफगाफ सकियो तव मात्र उनीहरुले राष्ट्रपतिबाट ‘अफ दि रेकर्ड’ को जनाउ पाए । रेकर्डरमा रेकर्ड भएको फाइल त ‘डिलिट’ गर्दा होला तर दिमागमा रेकर्ड भएको फइल कसरी मेटाउने परेनत फसाद ? यदि कुनै पनि सम्वादलाई ‘अफ दि रेकर्ड’ गर्ने हो भने त्यो सुरुमै बताउनुपर्छ, बोलिसकेपछि त ‘अन दि रेकर्ड’ भइहाल्छ ।

फेरि राष्ट्रपतिबाट ‘अफ दि रेकर्ड’ भनिएका बिषयबस्तु कतिन्जेलसम्मका लागि ‘अफ’ हुने र कति समयपछि त्यसलाई ‘अन’ गर्न मिल्ने ? यसका बारेमा पनि कुनै जानकरी गराइएको छैन । ‘अफ दि रेकर्ड’ गर्न लगाउने ब्यक्तिले नै लक्ष्मणरेखा पार गर्दै आफ्नो अनुकूलतामा त्यो ‘गोप्य सम्वाद’ कुनै दिन प्रचारमा ल्याए भने पत्रकारितामा ‘अफ दि रेकर्ड’ को भ्यालु के हुन्छ ?

के सम्पादकहरुले लुकाएर राखेको त्यो विषय आमजनचासो र जनसरोकारको विषय होइन ? के यदि कुने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, वा राज्यको कुनै पनि सार्वजनिक सरोकारको पदमा बसेको ब्यक्तिले देश र जनतालाई नै आघात र हानी पार्ने गरी केही त्यस्तो गलत योजना बुन्दै गरेको भए पत्रकार र पत्रकारिताले आम जनचासोको यस्तो विषयलाई जनतासामू पस्किने कि ऊ ‘अफ दि रेकर्ड’को जालोमै जेलिएर बस्ने कि जालोको पर्दाफास गर्ने ?

अमेरिकामा दुई वर्ष अघि भएछ यस्तै । जुलाई, २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यू योर्क टाइम्स का प्रकाशक एजी सोल्जबर्गरलाई बोलाए । र उनीसँग लामो ‘अफ दि रेकर्ड’ कुराकानी गरे । संसारलाई यो कुरा तब थाहा भयो जब ट्रम्प आफैंले सोल्जबर्गरसँग ‘न्यू योर्क टाइम्स का फेकन्यूज’ बारे उनीसँग छलफल भएको सार्वजनिक गरे । पत्रिकाले पालना गरेको ‘अफ दि रेकर्ड’को लक्ष्मणरेखा ट्रम्प स्वयंले आफ्नो अनुकूलताका लागि प्रचारमा ल्याए ।

‘अफ दि रेकर्ड’ भनेको पत्रकार र समाचार श्रोतबीचको अलिखित सम्झौता हो । तर यसलाई कति हदसम्म मान्ने भन्ने विषयमा घण्टौँसम्म व्यापक रुपमा बहस र बिमर्श गर्न सकिन्छ । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र समाजवादउन्मूख नेपाल जस्तो मुलुकमा देशको राष्ट्रपतिले के त्यस्तो बिषय छ जो जनताका बिचमा लुकाउनु पर्ने ? यदि राष्ट्र प्रमुखले जनतालाई लुकाउनै पर्ने विषय थियो भने किन पत्रकारहरुले राष्ट्रपतिलाई भेटेको कुरा मात्र मिडियामा आयो ? बरु भेट भएको भनेर बाहिर कसैलाई थाहा दिन नपाइने भनेर कडा निर्देशन नै दिएको भए हुन्थ्यो नि ! अधकल्चो, काँचो, अपरिपक्व र आधा सूचनाले त मानिसलाई झन बेचैन र दिग्भ्रमित बनाउँछ ।

राष्ट्रपतिले सम्पादकहरुसँग छलफल गरेको विषयले दिग्भ्रमित पारेको छ र यी यस्ता कहियौँ प्रश्नहरु उब्जाएको छ । के यो जहानीया राणा शासन हो ? के यो निरंकुश पञ्चायती व्यवस्था हो ? के राष्ट्रपति जनताप्रति उत्तरदायी छैनन् ? सम्पादकहरुसँग राष्ट्रपतिले गरेको कुराकानी जनताले थाहा पाउने संवैधानिक अधिकार नै छैन त ?

राष्ट्रपतिले सम्पादकहरुसँग छलफल गरेको विषयले दिग्भ्रमित पारेको छ र यी यस्ता कहियौँ प्रश्नहरु उब्जाएको छ । के यो जहानीया राणा शासन हो ? के यो निरंकुश पञ्चायती व्यवस्था हो ? के राष्ट्रपति जनताप्रति उत्तरदायी छैनन् ? सम्पादकहरुसँग राष्ट्रपतिले गरेको कुराकानी जनताले थाहा पाउने संवैधानिक अधिकार नै छैन त ? जसरी आजकल नेपाली पत्रकारितामा आफ्नो मनमा लागेको कुराजति लेख्ने, सत्तो सराप र मनलाग्दी गालि गलौज गर्नै र अन्तिममा ‘श्रोतको दाबि छ’, ‘बिश्वस्त श्रोतले बतायो’ आदि उल्लेख गर्ने गलत प्रथाले स्थान ओगट्दै आएको छ । त्यसैगरी देशको एउटा शिर्षस्थ ब्यक्तित्वले ‘अफ दि रेकर्ड’को बहानामा जनतालाई सही र सत्य सूचना नदिन ‘गेट किपिङ’ र ‘सिण्डिकेट’को भूमिका खेलिरहेका भान हुन्छ ।

सम्पादकहरुले पनि अहिले आफ्नो विवेक प्रयोग गर्ने बेला आएको छ । के सम्पादकहरुले लुकाएर राखेको त्यो विषय आमजनचासो र जनसरोकारको विषय होइन ? के यदि कुने राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, वा राज्यको कुनै पनि सार्वजनिक सरोकारको पदमा बसेको ब्यक्तिले देश र जनतालाई नै आघात र हानी पार्ने गरी केही त्यस्तो गलत योजना बुन्दै गरेको भए पत्रकार र पत्रकारिताले आम जनचासोको यस्तो विषयलाई जनतासामू पस्किने कि ऊ ‘अफ दि रेकर्ड’को जालोमै जेलिएर बस्ने कि जालोको पर्दाफास गर्ने ? पत्रकारहरु यही कुराबाट बिमुख भए र आफ्नो विवेक प्रयोग गर्नमा चुक्दै जाने हो र कसैको ‘एस म्यान’ र क्यारिमबोटको गोटी जस्तै बन्दै जाने हो भने भोलिको पत्रकारिताले कस्तो बाटो अबलम्बन गर्ला त्यो यही ‘केश’ बाट पनि आङ्कन गर्न सकिन्छ ।

पत्रकारितामा पनि गलत नजिरहरु स्थापित हुनुहुन्न र कहिँ कतैबाट यस्तो काइते चलखेल हुन दिनु हुन्न । नत्र ‘राज्यको चौथो’ अंग भनी जनताले चुपचाप स्वीकार गरिदिएको पदावली भोलिका दिनमा जनताबाटै लत्तिन र खोसिन पनि नसक्ला भन्न सकिन्न । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #hot


तपाईको प्रतिक्रिया दिनुहोस