Techie IT
  • २३ जेठ २०८०, मंगलबार
Jhilko

नेकपाको राजनीतिक ढ्वाङमा छिर्लात बामदेव कार्ड ?


काठमाडौं, १३ साउन ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिावलयका नेताहरु भ्यागुतो झैँ उफ्रिएर छलाङ मार्न निकै माहिर छन् । सचिवालयका नौ जना नेताहरु त्यस्तै परे नौतिर फर्किन बेर लगाउने खालका छन् । जसरी एउटै पार्टीमा दुई अध्यक्ष हुने कुरा नेकपामा सम्भव भयो, त्यसैगरी सचिवालयका सदस्यहरु पनि नौ तिर फर्किएर नौ गूट नचलाउलान् भन्ने सम्भावना नभएको पनि कहाँ होर ?

अहिले पार्टी मूल रुपमा एक भएको जस्तो देखिए पनि प्रस्ट रुपमा यो ‘जेट प्लेन’ उडाउने तीन गुट छन् । तीन गुट हाँक्ने ‘पाइलट’हरुमा अध्यक्षद्वय प्रचण्ड, केपी ओली र अर्का प्रभावशाली नेता माधवकुमार नेपाल छन् । अहिले यीनै तीन जनाको वरीपरीमा सचिवालय मात्र घुमेको छैन, स्थायी समिती र केन्द्रीय समिती पनि घुमिरहेको छ ।

बिधि र पद्धतीका बारेमा अहिले पार्टीभित्र बहस चल्नु भन्दा पनि को कुन पदमा बस्ने, कसले देश र पार्टीको सत्ता हाँक्ने, कसलाई कहाँको नियुक्ति दिने र कुन नेताको भागमा कति संस्थान, कति देशका राजदूत, कति नियोग, आयोग र प्रतिष्ठानहरु पर्ने भन्नेमै नेकपाका नेताहरु सिमित छन् । त्यसैका कारण नेकपा सचिवालयका नेताहरुको कित्ता पनि एकै हप्तामा दुई पटकसमेत फेरिने गर्छ ।
पछिल्लो पटक केपी ओलीको स्वेच्छाचारी शैलीको बिरोध गर्दैै प्रचण्ड खेमामा रहेका र ओलीले प्रधानमन्त्रीबाट तत्काल राजीनामा दिनुपर्छ भनेर अडान राख्दै आएका बामदेव गौतम फेरि केपी ओली कित्तामा सरुवा भएका छन् ।

उनले मंगलबार छ बुँदे प्रश्ताव समेत सार्वजनिक गरेका छन् । उनले आघि सारेको प्रस्तामा केपी ओली प्रतिनिधिसभाको बाँकी कार्यकाल पनि प्रधानमन्त्री र पार्टी अध्यक्षमै रहनु पर्ने तर्क प्रस्ताव गरेका छन् । पार्टी बिग्रहबाट जोगाउन भन्दै गौतमले प्रचण्ड भने महाधिवेशन अघिसम्म सम्पूर्ण अधिकारसहित कार्यकारी अध्यक्षका रुपमा रहनु पर्ने, पार्टीको दैनदिनका कार्यमा प्रधानमन्त्रीले हस्तक्षप गर्न नहुने, सहमतिका आधारमा पार्टीको महाधिवेशन गर्नुपर्ने, पार्टीको सम्पूर्ण बैठक पार्टी कार्यालयमै बस्नुपर्ने, मन्त्रिमण्डलको हेरफेर पार्टीको सचिवालयको निर्णय बमोजिम हुनुपर्ने जस्ता पुरानै तर्क दोहोर्याएका छन् ।
यस्तो छ बामदेव गौतमले अघि सारेका छ बुँदा :


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking, #nekapa, #नेकपा

प्रतिक्रिया


ताजा अपडेट