Techie IT
×
गृहपृष्ठबिचारध्वंस हुँदै अमेरिका र चीन सम्बन्ध : नयाँ विश्व प्रणालीको सम्भावना

ध्वंस हुँदै अमेरिका र चीन सम्बन्ध : नयाँ विश्व प्रणालीको सम्भावना


एक पछि अर्को गरी हरेक पल अमेरिका र चीनबीच दशकौं पुरानो राजनीतिक , आर्थिक र सामाजिक सम्बन्ध धुजा धुजा भइरहेको देखिन्छ ।

दुबै पक्षका बलिया व्यक्तिहरूको दृष्टिकोणहरूले भिडन्तको आकार नयाँ युगमा गइरहेको दर्शाउँछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता निर्वाचनसम्बन्धी मत सर्वेक्षणमा नराम्ररी पछारिएको देखिन्छ । तर पनि ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारहरूले हालका सातामा चिनियाँ अधिकारी, कुटनीतिज्ञ र कार्यकारी विरूद्ध गरी चीन विरूद्धको आक्रमण सघन बनाएका छन् । केही अमेरिकी अधिकारीहरूले ट्रम्पले चुनाव हार्ने हुन कि चिन्ता व्यक्त गर्न थालेका छन् । तर ट्रम्प निकटकाले उनलाई बाटोबाट फर्किन नदिने देखिएको जनाउने गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाउन थालेका छन् ।

कतिपय चिनियाँ आलोचकहरू अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले सिनजियान देखि हङकङसम्म आधारभूत स्वतन्त्रता हरण गरी सत्तामा आफू जमिरहन अन्तर्राष्ट्रिय चासोलाई बेवास्ता गरी स्थितिलाई चर्काइ दिएका छन् ।
यसो गरी राष्ट्रपति सीले अमेरिका विरूद्ध आफ्नो कठोर अडान दर्शाएका छन् जसले चीनको हितलाई खतरा हुन सक्ने उनीहरूको कथन रहेको छ ।

यी सबै विषयले ट्रम्पको सर्वाधिक महत्वपूर्ण विदेश नीतिको विरासतलाई असर पर्न सक्छ । दुई ठूला अर्थतन्त्र भएका देशहरूबीच आधारभूत रणनीति र वैचारिक भिडन्तको अवस्था सिर्जना भएको छ । ट्रम्पका बलिया सल्लाहकाररूको लक्ष्य समाप्त हुन लागेको छ । अर्को वर्ष अमेरिकालाई कसले नेतृत्व गर्ने त्यसको कुनै अर्थ छैन चिनियाँ कम्युनिस्ट पार्टी विरूद्ध भिडन्त, बलजफ्ती, आक्रमण र शत्रुता छोड्न नहुने ट्रम्पका बलिया सल्लाहकारहरूको दृष्टिकोण छ । त्यसलाई उनीहरूले पारस्परिकता भन्छन् । पछिल्ला साताका घटनाहरूले यी दुई देशका सम्बन्ध द्रुतगतिमा बिग्रिदै गएको छ ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बिहीबार चीन र अमेरिकाबीचको सम्बन्धमाथि अविश्वास उत्पन्न गराउने अभिव्यक्ति सार्वजनिक गरे ।उनले करिब आधा शताब्दी अघि पूर्व अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनले स्थापना गरेको चीन अमेरिका सम्बन्धले अमेरिकी हितहरूको अवमूल्यन गरेको बताए ।

उनले भने “ हामीले यो एक कठोर सत्य स्वीकार गर्नै पर्छ र आउँदा वर्ष र दशकहरुका लागि आफूलाई निर्देशित गर्नुपर्छ ः हामीले २१ शताब्दी एक स्वतन्त्र शताब्दी बनाउन चाहन्छौ , चिनियाँ राष्ट्रपति सी चिनफिङले देखेको सपना जस्ता चिनियाँ शताब्दी बनाउन चाहँदैनौ भने चीनसँगको अन्धो पुरानो युगीन सम्बन्धलाई अगाडि बढाउन छैनौ ।हामी यसलाई निरन्तरता दिनै पर्दैन र हामी यसमा फर्किनै पर्दैन । ”

गत मंगलबार अमेरिकाको विदेश विभागले हउस्टनस्थित चिनियाँ महावाणिज्यदूतको कार्यालय बन्द गराउने आदेश दिएको थियो । त्यसको जवाफमा शुक्रबार चीनले छेङ्दुस्थित अमेरिकी महावाणिज्यदूत बन्द गर्न आदेश दियो ।
अमेरिकी व्यवहार प्रति आपत्ति जनाउँदै चिनियाँ विदेश मन्त्रालयले जस्ताको त्यस्तै नीति अन्तर्गत छेङ्दुस्थित अमेरिकी महावाणिज्यदूतको कार्यालय बन्द गराउन भनेको थियो ।

यी सबैको बीचमा अमेरिकाको न्याय विभागले चार जना चिनियाँ विरूद्ध चिनियाँ सेनाका लागि जासुसी गरेको आरोपमा फौजदारी अभियोग लगाउने घोषणा ग¥यो । चारै जना पक्राउ परेका छन् ।

यो सबै अमेरिकी प्रशासनले सत्ताधारी पोलिटब्युरो सदस्यसहित चीनका बरिष्ठ अधिकारीहरू विरूद्ध नाकाबन्दी लगाउने घोषणा गरेको एक महिना भित्र भएको छ । अमेरिकी प्रशासनले चिनियाँ विद्यार्थीहरू र चिनियाँ सेनासँग सम्बन्ध भएका चिनियाँहरूलाई अमेरिकी प्रवेशमा रोक लगाएको छ । अमेरिकी अधिकारीहरूले चिनियाँ कम्युनिस्ट पार्टीका सदस्य र तिनका परिवारहरूमाथि पनि यस्तै प्रतिबन्ध लगाउने योजना बनाइरहेका छन् । यसको अर्थ २७ करोड चिनियाँलाई अमेरिकी प्रवेशमा रोक लगाउने योजना अमेरिकी प्रशासनको रहेको छ ।

राष्ट्रपति मुनिका विदेशमन्त्री र अन्य ट्रम्प प्रशासकहरूले यो बृहत लक्ष्य पाउने प्रयास गरिरहेको पूर्व राष्ट्रपति बाराक ओबामाका बेला एक चिनियाँ निर्देशक रेयन हासको बुझाइ रहेको छ । आगामी अमेरिकी निर्वाचनको परिणाम नआएसम्म ट्रम्प प्रशासनको शत्रुतापूर्ण व्यवहारमा परिवर्तन आउन सक्नेको उनको विश्वास छैन् ।

शुरू देखि नै ट्रम्पले चीनसँगको सम्बन्धमा परिवर्तन ल्याउन प्रतिबद्धता जनाएका छन् । तर विशेषगरी उनले व्यापार सम्बन्धका बारेमा भनेका थिए । दुई देशबीचको व्यापार युद्ध चर्किदै गयो । चीनका अतिरिक्त ट्रम्प प्रशानको विदेश नीतिको लक्ष्यहरुमा खासै प्राप्ति भएको छैन् ।

उत्तर कोरियाली नेता किम जोङ उनसँगको व्यक्तिगत भेटघाटबाट पनि परमाणु हातहतियार बनाउने कार्यक्रमसम्बन्धी विषयमा ट्रम्पलाई कुनै सफलता प्राप्त हुन नसकेको हो । इरानसँग भएको बहुपक्षीय परमाणु सम्झौताबाट अमेरिकालाई हटाएर पनि ट्रम्पलाई फाइदा पुगेको छैन् । भेनेजुएलामा सत्ता कब्जा गर्न खोजेको र त्यहाँका निर्वाचित राष्ट्रपति मदुरोलाई सत्ताच्युत गर्न खोजेको प्रयास असफल भएको छ । अफगानिस्तानबाट सबै अमेरिकी सेना फिर्ता गर्ने वाचा पनि ट्रम्पले पूरा गरेका छैनन् ।

ठीक यही बेला चिनियाँ अधिकारी र विश्लेषकहरूले ट्रम्पका यी गतिविधिलाई चुनाव जित्ने हतकण्डाको रूपमा विश्लेषण गरिरहेका छन् ।

रेन्मिन युनिभर्सिटीमा स्कूल अफ इन्टरनेशनलका सहप्राध्यापक चेङ सिओहेले यसलाई मात्र निर्वाचनसँग जोडेर हेर्न चाहेका छैनन् । उनका अनुसार चीन र अमेरिकाबीचको सम्बन्धमा रहँदै आएका अन्तरविरोधको परिणाम स्वाभाविकरूपले चर्किन पुगेको हो ।

कोर्नेल युनिभर्सिटीमा राजनीतिक विज्ञानी जेसिका चेन वेइसले जनाए अनुसार चीन विरोधी भावना गएका दशकमा विश्वभर बढेर गएको र चिनियाँ अधिकारीहरूले अमेरिका चीन सम्बन्ध मृत्यु चक्रतर्फ बढिरहेको संकेत गरेका छन् ।

चीनको राष्ट्रवादी समाचार पत्र ग्लोबल टाइम्सका सम्पादक हु सिजिनले भनेका छन् “ म अमेरिकी जनतालाई सशक्त आग्रह गर्छु कि उनीहरूले ट्रम्पलाई फेरि जिताउन किनकि पोम्पेओ जस्ता पागल उनको टोलीमा धेरै छन् । यसले चीनको ऐक्यबद्धतालाई बलियो बनाउन र नयाँ ढंगले एकजुट हुन मदत गर्छ ।”

यी विषयहरू कोरोना भाइरस महामारी विश्वभर फैलिएर वैश्विक महामारीको रूप लिएपछि अगाडि आएका हुन् । विश्वको अर्थतन्त्र ध्वंस भएको अवस्थामा चीन र अमेरिकाबीचको सम्बन्ध खरानी हुन लागेको देखिन्छ । अहिलेको सवाल भनेको चीन अमेरिकासम्बन्धको खरानीबाट नयाँ विश्वको निर्माण शुरू हुने दशकको रूपमा सन् २०२०ले इतिहासमा रेकर्ड हुने हो भन्ने छ

।(एजेन्सीको सहयोगमा झिल्को डेस्क)


क्याटेगोरी : बिचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार