Techie IT
×
गृहपृष्ठबिचारप्रेस सेन्टरको बढ्दो आकर्षण

प्रेस सेन्टरको बढ्दो आकर्षण


यतिखेर सबै राजनीतिक दलहरु केन्द्रीय अधिवेशनको तयारीमा जुटिरहेका छन् । निश्चित समयसिमा भित्र अधिवेशन गर्नु पर्ने बाध्यताले अलि धेरै चटारो छ । त्यसैको पूर्वसन्ध्यामा ठूला दलका भातृ संगठनहरु पनि अधिवेशनको तयारी गरिरहेका छन् । यसमध्ये जनयुद्ध, जनान्दोलनको विरासत बोकेको प्रेस सेण्टर यतिखेर उत्साहपूर्वक पूर्व अवस्थामा फर्किने लय टिप्दैछ ।

यही दौडमा नेकपा (माओवादी केन्द्र) लाई आफ्नो मुल नेतृत्व मान्ने प्रेस सेन्टर नेपाल अग्रभागमा देखिएको छ । खासगरी नेकपा एमालेसँग पार्टी एकता पछि बनेको प्रेस संगठनले वैचारिक तथा विविधकारण राम्रो गति लिन सकिरहेको थिएन । सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई पूर्व अवस्थामा फर्काइ दिएपछि प्रेस सगठनबाट पूर्व प्रेस सेन्टर हुनासाथ गति लिन थाल्यो । सगठनले आफ्नो विधान संशोधन गरि प्रेस सेन्टरलाई पालिकास्तरसम्म पु¥याएको छ । जिल्ला कमिटीहरुलाई समन्वय समितिको रुपमा लैजादै छ । र, यही मसिर १८, १९ गते केन्द्रीय सम्मेलन गर्ने निर्णय लिए पछि यो सगठनको गतिमा तिब्रता आएको हो । सेण्टरले सम्मेलनमार्फत वैचारिक संश्लेषण गर्न सक्ता यसको संस्थागत विकास पनि स्थापित हुने देखिन्छ । सूचना प्रविधिको विकासले ल्याएको परिवर्तनमा पनि अब्बल हुन यसले विचारलाई प्रविधिमैत्री बनाउन सक्नु पर्छ ।

अझ अन्य पत्रकार संगठनबाट प्रेस सेन्टर प्रवेशको लर्को लागे पछि उनीहरु नअत्तालिने कुरै भएन । प्रेस चौतारी र प्रेस युनियन भन्दा निक्कै पछि जन्मिएको हो । तर, यो संगठन अहिले नेपाल पत्रकार महासंघमा आफूलाइ देशव्यापी बनाउन भगिरथ प्रयत्नमा छ । अहिले नै अन्यसंगठनको तुलनामा दोस्रो ठूलो संगठनका हिसाबमा पुगिसकेको छ । अहिले जुन रफ्तारमा प्रेस सेन्टर बिस्तार भैरहेको छ यही रफ्तार कायम भयो भने प्रेस सेन्टर नेपालको सबैभन्दा ठूलो पत्रकारको संगठन हुनेछ । र, पत्रकार महासंघमा पनि पहिलो हुने कुरालाई कसैले रोक्न सक्ने आँट गर्ने हिम्मत राख्ने छैन ।

प्रेस सेन्टरको मूल नेतृत्वले पालिकास्तरसम्म नै प्रेस सेन्टर गठन गर्ने अन्तरिम विधानलाई कार्यान्वयनको तहमा पु¥उाउँदै लगेको छ । त्यहीकारण आज प्रेस सेन्टरको देशब्यापी चर्चा र प्रेस सेन्टरप्रति आकर्षण बढेको बुझ्न कठिन छैन । पालिकास्तरमा प्रेस सेन्टर गठन गर्ने विधान बनाउँदा खिसिट्युरी गर्ने अन्य संगठनका मानिसहरु प्रेस सेन्टर पालिकास्तरमा भव्य गठन हुन थालेपछि अत्तालिन थालेको देखिन्छ । अझ अन्य पत्रकार संगठनबाट प्रेस सेन्टर प्रवेशको लर्को लागे पछि उनीहरु नअत्तालिने कुरै भएन । प्रेस चौतारी र प्रेस युनियन भन्दा निक्कै पछि जन्मिएको हो । तर, यो संगठन अहिले नेपाल पत्रकार महासंघमा आफूलाइ देशव्यापी बनाउन भगिरथ प्रयत्नमा छ । अहिले नै अन्यसंगठनको तुलनामा दोस्रो ठूलो संगठनका हिसाबमा पुगिसकेको छ । अहिले जुन रफ्तारमा प्रेस सेन्टर बिस्तार भैरहेको छ यही रफ्तार कायम भयो भने प्रेस सेन्टर नेपालको सबैभन्दा ठूलो पत्रकारको संगठन हुनेछ । र, पत्रकार महासंघमा पनि पहिलो हुने कुरालाई कसैले रोक्न सक्ने आँट गर्ने हिम्मत राख्ने छैन ।

प्रेस सेन्टर नै यस्तो अब्वल संगठन हो जसले श्रमजीवि पत्रकारको पक्षमा, प्रेस स्वतन्त्रताको पक्षमा उभ्याउँदै आएको छ । जनताको बलिदान र संघर्षबाट उपलब्ध भएका धर्मनिरेपक्षता, समावेशी, संघीयता र जनताका जनजीविकाको पक्षमा आवाज बुलन्द पार्दै आएको छ । धमिलो पानीमा माछा मार्न खोज्ने केही राजनीतिक दलहरुको अभिष्ट पुरा हुन नदिन हरक्षण जनता सजग र सचेत बनाउँदै आएको छ । समाजवादको यही यात्रामा यो संगठन जुटिरहेको छ । अग्रगामी एजेन्डा उठान गर्दै गलत प्रबृत्तिका विरुद्ध सतिशाल झैँ उभिन थप बल र प्रेरणा बटुल्दै छ । यसरी कलमजीविहरुको गौरवशाली संगठन प्रेस सेन्टर महाधिवेशनका लागि हेलिएको हो । प्रेस सेन्टरले उठान गरेका मुद्दाले गर्दा नै आज यो संगठन सम्पूर्ण पत्रकारहरुबीच लोकप्रिय बनेको हो । त्यसैले प्रेस सेन्टरप्रति पत्रकारहरुको आकर्षण र संगठित हुने कार्य दिनानुदिन बढोत्तरी हुँदै गएको छ । समयबद्ध साप्ताहिकबाट

 


क्याटेगोरी : बिचार
ट्याग : #breaking, #press center


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार