Techie IT
×
गृहपृष्ठबिचारजनार्दनको स्पष्टीकरण किन प्रचण्ड सचिवालयबाट ?

जनार्दनको स्पष्टीकरण किन प्रचण्ड सचिवालयबाट ?


नारान कुमार उपाध्याय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समितिका सदस्य जनार्दन शर्माको मिडियामा आएका अनेकौ टिप्पणीहरुका बारेमा अध्यक्ष प्रचण्डको सचिवालयले स्पष्टीकरण दिएपछि जिज्ञासाहरु उत्पन्न भएका छन् ।

पहिलो जिज्ञासा, जनार्दन शर्माले जारी स्थायी समितिको वैठक छलेर दुई अध्यक्ष मिलाउने नाममा जेजस्ता अहिले गतिविधि गरिरहेका छन् र अभिव्यक्ति दिएका छन् अध्यक्ष प्रचण्डकै निर्देशन र योजनामा गरेका/दिएका हुन त ?

दोस्रो जिज्ञासा, जनार्दन शर्माहरुको पहलमा राष्ट्रपति विद्या भण्डारीकोमा पु¥याएर जनताको वहुदलीय जनवादसम्मको प्रस्ताव अध्यक्ष प्रचण्डलाई राख्ने कुरामा पनि अध्यक्ष प्रचण्डको कतै न कतै सहमति हो ?

तेस्रो जिज्ञासा, मिडियामा जनार्दन शर्माका बारेमा मात्र होइन अन्य स्थायी समितिका सदस्य र सचिवालय सदस्यका बारेमा समेत विभिन्न टिप्पणीहरु आइरहेका छन् । किन अरुहरुको बारेमा प्रचण्डको सचिवालय मौन ?

यो स्पष्ट छ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड नेकपामा एक/एक वटा गुटका पनि नेता हुन । यसैले आफ्ना गुटका वर्षमान पुन र जनार्दन शर्मालाई प्रचण्डले र केपी शर्मा ओलीले विष्णु पौडेल र शंकर पोखरेललाई बढी प्राथमिकता दिइरहेका छन् । जनार्दन शर्माको सफाइ यसै कारण प्रचण्डले दिएका हुन । नत्र भने यो भन्दा बढी अरुहरु नेताका मिडियामा आएका टिप्पणीका बारेमा प्रचण्ड सचिवालय किन बोल्दैन त ?

दुवै अध्यक्षले आआफ्नो गुटको सुदृढीकरणमा लागेर अरुहरु गुटलाई निषेध गरेको, कमजोर गरेको भन्ने आरोप लागिरहेकै हो । केपी ओलीले बढी गरेको भन्नेमा विवाद नहोला । तर, दुई अध्यक्ष मिल्दा पार्टीभित्रका विभिन्न प्रवृत्तिलाई निषेध/कमजोर गर्न प्रचण्ड पनि केपीसँग मिलेर गरेकै हो । यसैले विधिमा बाँधिदा केपीलाई जुन अप्ठ्यारो छ, प्रचण्डलाई पनि त्यस्तै अप्ठ्यारो छ ।

मोहन बिक्रम सिंहका सन्दर्भमा सानो र ठूलो सुंगुरको कथा हाले जस्तो मात्र हो । सानो सुंगुर छुँदा जात नजाने र ठूलो सुंगुर छुँदा मात्र जात जाने प्रवृत्ति राम्रो होइन । विधिमा बाँधिदा गुटको सुदृढीकरण गर्न पाइदैंन, गुटलाई प्रोत्साहन गर्न मिल्दैन ।

यो पनि पढ्नुहोस,

नेकपाको बहस : गुटको सुदृढीकरण कि पार्टी निर्माण र समाजवाद गन्तव्य ?

प्रचण्डलाई के त्यस्तो बाध्यता छ, वर्षमान पुनलाई सधैं काखमा राख्नैपर्ने ?

दुई अध्यक्षलाई उक्साउने, जुधाउने र लडाउने को हो ?


क्याटेगोरी : बिचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस