Techie IT
×
गृहपृष्ठबिचारसरिता गिरी तपाईँ साच्चिकै मुर्खता देखाउँदै हुनुहुन्छ

सरिता गिरी तपाईँ साच्चिकै मुर्खता देखाउँदै हुनुहुन्छ


माननीय सरिता गिरी अब तपाई साच्चिकै मुर्खता देखाउदै हुनुहुन्छ । तपाई नेपालको सांसद हो भारतको प्रतिनिधि होइन । लिम्पियाधुरा सहितको नक्सा समेटिएको निशान छाप सम्बन्धि संबिधान संशोधन विधेयक खारेज हुनु पर्ने माग राखेर संशोधन दर्ता गराउनु एक पटक नेपालमा बसेर नेपालीहरुले तिरेको करबाट खाएको तलब नपच्ने गरि संशोधन दर्ता गराउनु आफैमा अपराधी खेल हो भन्न सकिन्छ ।

भारतकी छोरी, नेपालकी बुहारी सरिता गिरी यस्तै तरिकाले भारतको पक्षपोषण गर्दै जाने र संसदमा भारतको आडमा दादागिरी गर्न दिने हो भने यी भारतीय दलालहरुले एकदिन पुरै नेपाल भारतको उपनिवेश हो भन्न बेर लाउने छैनन् । त्यसैले सरिता गिरीलाई ठिक ठाँउ ल्याउन सरकारले सकारात्मक भुमिका निर्वाह गर्न पछाडि पर्न हुदैनन् ।

नेपालको जति पनि भु-भाग भारतले मिचेको छ, नेपाल सरकारले फिर्ता ल्याउन गरेको प्रयास आफैमा स्वागतयोग्य छ । आफ्नो सिमाना आफ्नो हो भन्न आफ्नो जमिन आफ्नो हो भनेर चारकुना छुट्टाउन नेपालले भारत सोधपुछ गर्नु पर्दैन । किनकि नेपालको भुमी माननीय सरिता गिरीले विवाहमा ल्याएको दाइजो होइन ताकि तपाईंको भन्ने बितिकै फिर्ता गर्नपरोस् । सिमाना छुट्टाउन भारतलाई सोधपुछ गर्न परोस् ।

भारतकी छोरी, नेपालकी बुहारी सरिता गिरी यस्तै तरिकाले भारतको पक्षपोषण गर्दै जाने र संसदमा भारतको आडमा दादागिरी गर्न दिने हो भने यी भारतीय दलालहरुले एकदिन पुरै नेपाल भारतको उपनिवेश हो भन्न बेर लाउने छैनन् । त्यसैले सरिता गिरीलाई ठिक ठाँउ ल्याउन सरकारले सकारात्मक भुमिका निर्वाह गर्न पछाडि पर्न हुदैनन् ।

सरिता गिरी भौतिक रुपले मात्रै नेपाल छिन । मानसिक हिसाबले सधैं भारतको पक्षपोषण गर्छिन किनकी उनको दानापानी, भरणपोषणको जिम्मेवारी भारतले लिएको छ । आखिर भारतको चेली न परिन ! त्यसैले दानापानी जहाँबाट चल्छ उसलाई म्याउ म्याउ गर्नु स्वभाविक हो । तर संसदमा अनावश्यक भारतको पक्ष लिएर कुर्लिनु गलत हो । यस्ता ब्यक्तिलाई कार्बाही नगरी सरकार के टुलुटुलु हेर्दै छ ? नागरिक छक्क पर्नु बाहेक कुनै विकल्प छैन ।

(यो सामाग्री सुब्बाको फेसबुकबाट साभार गरिएको हो ।)


क्याटेगोरी : बिचार


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार