Techie IT
×
गृहपृष्ठबिचारआत्मकेन्द्रित अवसरवादको चक्रब्युह

आत्मकेन्द्रित अवसरवादको चक्रब्युह


१ आमुख :

एकपटक दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलालाई सोधिएछ ‘तपाई यति महान् सफल नेता हुनको पछाडिको प्रेरणाको स्रोत को हो ?’ उनले जवाफ दिए, ‘मेरो बुबा’ । मेरो बुबा एउटा गाउँको मुखिया हुनुहुन्थ्यो र म उहाँसँगै गाउँ भेलामा जान्थेँ। म बुवाको दुई गुण सधैँ ध्यान दिएर हेर्थेँ। पहिलो, बुवा सधैँ गोलो बनाएर बस्नुहुन्थ्यो, सबैलाई समान रूपमा व्यवहार गर्नुहुन्थ्यो र सहभागी गराउनुहुन्थ्यो । दोस्रो, बुबा पहिला सबैको कुरा सुन्नुहुन्थ्यो अनि अन्तिममा मात्रै आफू बोल्नुहुन्थ्यो। मैले पनि त्यही सिकेँ।

मण्डेलाले जसरी आफ्ना बाबुबाट सुशासनका आधार मन्त्र सिके र अफ्रिकाको स्वतन्त्रताका साथ समृद्धि पश्कन सफल भए । जसका कारण उनी अमर बन्न सफल भएको दृष्टान्त विश्व जगतको लागि प्रेरणाको स्रोत बनिरहेको छ । मण्डेलाको उक्त मार्गदेशको अनुशरण र कार्य सम्पादनको कौशलताबाट हाम्रो मूलुकको बागडोर हाँक्ने पार्टीहरु तथा सरकारका नेतृत्वहरु एवम् सम्वद्ध सबै पक्षले शिक्षा लिन जरुरी छ । किनकि कोही पनि मानिस दुःखभागि नहुन् भन्ने भावको समाजवाद र समवाद सर्वकल्याणकारी समाज र राष्ट्र निर्माणको ध्यय उचित मार्गदेश र दृढ संकल्प विना पूरा गर्न सकिँदैन ।

सिङ्गो व्रहमाण्ड जसरी गतिशील हुन्छ त्यसलाई बुझ्ने वदल्ने विज्ञान मार्क्सवादी विचार तथा राष्ट्रिय अन्तराष्ट्रिय राजनीति पनि विकसीत तथा गतिशील नभईरहन सक्दैन । त्यसैले वाम संक्रिणतावाद, मनोगतवाद, आत्म केन्द्रीत अवसरवाद, वर्गीय आत्मसमर्पणवाद, राष्ट्रिय आत्मसमर्पणवाद जस्ता कलुसित धन्दाबाट मुक्त भई पार्टी र राष्ट्रको लागि उचित एजेण्डा आत्मसाथ गर्न नेकपा (नेकपा) नेतृत्व तथा सरकार थप जिम्मेवार र जवाफदेही बन्नु पर्छ ।

यो समवादी र समाजवादी समृद्ध नेपाल निर्माणको ध्यय तथा कार्यभार त्यति वेला मात्र पुरा गर्न सकिन्छ जतिवेला राष्ट्रिय एजेण्डाको जगमा साम्राज्यवाद तथा एकाधिकार दलाल पुँजीवादको घेरा तोड्न सकिन्छ । साम्राज्यवादरुपी घेरा त्यति वेला मात्र तोड्न सकिन्छ जतिवेला साम्राज्यवादी समुन्द्रको आकार ,त्यस भित्रका तरङ्ग हिमशीला तथा चट्टान र वायुको दिशा तथा गति एवं आरोह अवरोहलाई वश्तुगत ढङ्गबाट बुझ्न सकिन्छ ।

२. विषय विस्तार :

अगुल्टो नठोसी आगो बोल्दैन भने झैँ वाद विवाद तथा वहश छलफलको श्रृङ्खलाबाटै वस्तुगत ,आत्मगत जगतका साथै सत्ता तथा पार्टीमा नयाँ आयाम विचार कार्यदिशा संस्लेसित हुँदै जीवन र जगत एवम् यसका अवयव पार्टी संगठित रुपमा झन नयाँ समृद्ध हुँदै रुपान्त्रणको दिशामा अघि वढ्छ । यो विज्ञानको सार्वभौम नियम हो । यसै सम्वन्धमा एङ्गेल्स भन्नु हुन्छ, सबै सामाजिक परिवर्तनहरु र राजनीतिक क्रान्तिहरुको अन्तिम कारण मानिसहरुको दिमागमा वा सार्वकालिक सत्य र न्यायबारे मान्छेको श्रेष्ठतर अन्तरदृष्टिमा खोज्ने होइन, परन्तु उत्पादन र वितरणको प्रणालीमा आएको परिवर्तनमा खोज्नु पर्दछ । तिनीहरुलाई प्रत्येक युगको दर्शनमा होइन परन्तु अर्थशास्त्रमा खोज्नु पर्दछ (एङ्गेल्स १९७६) । राष्ट्र र जनताको हितार्थ राज्यको तथा दलको नेतृत्व तहमा रहेका खास गरेर शिर्ष नेतृत्व यी सबै घटना परिघटनाहरुमा जिम्मेदार र जवाफदेहीताका साथ क्रियाशील हुनु समयको माग हो ।

नेतृत्व पंतिमा कुनै पनि विषयलाइ बुझ्ने बुझाउने सवालमा निरपेक्ष दृष्टिकोण निर्माण किंचित गरिनु हुँदैन । कठोपनिषद्को एउटा मन्त्र छ । सहना भवतु सह नौ थुनक्तु तेजस्विनावधीतमस्तु सहवीर्यं करवाहै । सँगै मिलेर बसौँ । सबै मिलेर खाऔँ । सँगै मिली ठुला पराक्रमी काम गरौँ सबै मिली ओजस्वीपूर्ण अध्ययन गरौँ । यसै मन्त्र अनुसार सरकार र पार्टी नेतृत्वहरु सहकार्य र सहचार्यको मार्गमा अविचलित रुपमा चल्ने हो भने एकता र समृद्धि र राष्ट्रिय शक्ति सन्तुलन दुर दराजको विषय होइन ।

अफसोच आज हाम्रा नेतृत्व पङ्ति विधि विधान नीति कानून आत्मसाथीकरण गर्न चुक्न पुग्नुको परिणाम सत्ता आशक्तिको चित्त वेहोसी एवम् मुर्छित मुद्रामा लम्पसारवाद लुटतन्त्र ,कमिसनखोर प्रवृतका साथ कलुसित मनोगतवाद हावी भएको छ । यो सत्य हो कि आशक्तिले भरिएको आँखाले सत्य कदापी देख्दैन।

यसै सन्दर्भमा राजनीतिक दल तथा राज्य ब्यवस्था र सुशासनको सवालमा नेकपाका संस्थापक क. पुष्पलाल भन्नु हुन्छ ‘पार्टी तथा राज्य नीति प्रधान हुनु पर्छ नकि ब्यक्ति प्रधान ‘। यस गुढ विचारबाट के बुझ्न सकिन्छ भने राज्य तथा पार्टी निसन्देह नीति र विधिमा चल्ने हो भने सबै खालका समस्या सहजै समाधान भइ लोक कल्याणको ढोका खुल्न पुग्दछ । यसबाट समाजमा हार्दिकता, सद्भाव र शहिष्णुताको पार्दुभाव भइ राष्ट्रिय आदर्शको क्षयीकरण हुनबाट जोगिन्छ । अफसोच आज हाम्रा नेतृत्व पङ्ति विधि विधान नीति कानून आत्मसाथीकरण गर्न चुक्न पुग्नुको परिणाम सत्ता आशक्तिको चित्त वेहोसी एवम् मुर्छित मुद्रामा लम्पसारवाद लुटतन्त्र, कमिसनखोर प्रवृतका साथ कलुसित मनोगतवाद हावी भएको छ । यो सत्य हो कि आशक्तिले भरिएको आँखाले सत्य कदापी देख्दैन।

यस्तै मनोविकारबाट उन्मुक्तिको लागि संस्कृत साहित्यमा भनिएको छ ‘कुर्वन्नेवेह कर्माणि जिजिविषेच्छतं सभास् ।’ असल काम गरेर अमर हुने दिर्घायु हुने ईच्छा मानवले राख्नु पर्छ । पद प्रतिष्ठा भन्ने कुरा अस्थायी हुन यी कुराबाट ढिलो चाँडो भुतपूर्व हुनै पर्छ । यो वैज्ञानिक मर्म सबैले र खास गरेर अझ राज्यको बागडोर हाँक्ने संवद्धले विशेष रुपमा आत्मसाथ गर्न सक्नु पर्छ । समाजिक न्याय र रुपान्त्रणको दिशामा अभिप्रेरित हुन प्रेरणा प्रदान गर्न दार्शनिक भि.आई लेनिन भन्नु हुन्छ ‘आफैलाई रक्षा गर्न नसक्ने क्रान्तिको कुनै महत्व हुँदैन ।’ परन्तु क्रान्तिले आफूलाई रक्षा गर्ने कुरा एकैचोटी सिक्न पनि सक्दैन । यसको अर्थ राष्ट्रको सर्वोपरी हितको लागि सरकार, दल एवं संवद्ध पक्ष सबै सबै रुपान्तरणको दिशामा संकेन्द्रित हुनुको विकल्प छैन ।

सिङ्गो व्रहमाण्ड जसरी गतिशील हुन्छ त्यसलाई बुझ्ने वदल्ने विज्ञान मार्क्सवादी विचार तथा राष्ट्रिय अन्तराष्ट्रिय राजनीति पनि विकसीत तथा गतिशील नभईरहन सक्दैन । त्यसैले वाम संक्रिणतावाद, मनोगतवाद, आत्म केन्द्रीत अवसरवाद, वर्गीय आत्मसमर्पणवाद, राष्ट्रिय आत्मसमर्पणवाद जस्ता कलुसित धन्दाबाट मुक्त भई पार्टी र राष्ट्रको लागि उचित एजेण्डा आत्मसाथ गर्न नेकपा (नेकपा) नेतृत्व तथा सरकार थप जिम्मेवार र जवाफदेही बन्नु पर्छ । अन्यथा जनता राहुल सांस्कृत्यायनको भनाई जस्तै “मागो नही दुनियाँको बदलो”को भावमा उधारो आश्वासन खारेज गर्दै विकल्पको खोजिमा नलाग्लान भन्न सकिन्न ।

३. निष्कर्ष :

संस्कृत साहित्यमा भनिएको छ (आशमयं जीवनम्) । मानव जीवन निरासा होईन आशावादी बनाउनु पर्छ । तसर्थ आफुतिर फर्केर हेर्न सक्नु पर्छ । मन र हृदयलाई शान्त स्थिर बनाई सत्य र निष्ठाको राजनीति पश्कन सके मात्र समृद्धि एवं समुन्नत समाज निर्र्माण संभव छ । हो राज्य तथा राजनीतिक दलहरुलाई गलत विचार चिन्तन, सिद्धान्तको वन्धक बनाउनु हुँदैन । निगेल काल्डर भन्छन् (जव, प्राधिकार) को नियन्त्रणमा पुग्छ तव विज्ञानको मृत्यु हुन्छ । आफ्ना गुरुहरुको खण्डन गर्न तयार रहने यूवा ब्यक्तित्वहरुको निरन्तर प्रवाहले मात्र यसलाई जीवित राख्छ ।

राम्रा कामको प्रचार गरेर जस लिने र नराम्रा कामहरुको समिक्षा गरेर सुधारेर सुध्रिएर, सुद्धिकरण गरेर अघि वढ्न सकिन्छ । मार्क्सवादले जीवन र जगतमा लागु हुने विपरित्वको एकत्वको नियमलाई बुझ्ने र त्यसबाट उत्पन्न हुने अन्तरविरोधहरुलाई एकता, सङ्घर्ष र रुपान्तरणको श्रृङखलाद्वारा उचित मार्गमा दिशा निर्देश गरी सिङ्गो मानव जातिलाई समृद्ध गराउछ भन्ने मान्यता राख्दछ ।

‘सरकार होस या पार्टी प्रणालीलाई, ब्यक्तिगत वा सार्वजनिक जीवनलाई सार्थक र ब्यवस्थित एवं खुला र पारदर्शी बनाउन सक्नै पर्छ । पार्टी र सरकारका काम कार्वाहीलाई गुण र दोसका आधारमा समर्थन र रचनात्मक आलोचनाको संस्कार बसाल्नु युक्ति संगत नै हुन्छ । जहाँ समस्या त्यहाँ समाधान गतिशील पार्टीको प्राण हो । कुनै पनि कमी कजोरी उपर वेलैमा निर्मम समिक्षाका साथ कमी कमजोरी हटाउने कार्य गर्न कुनै कसर वाँकी राख्नु हुँदैन । राम्रा कामको प्रचार गरेर जस लिने र नराम्रा कामहरुको समिक्षा गरेर सुधारेर सुध्रिएर, सुद्धिकरण गरेर अघि वढ्न सकिन्छ । मार्क्सवादले जीवन र जगतमा लागु हुने विपरित्वको एकत्वको नियमलाई बुझ्ने र त्यसबाट उत्पन्न हुने अन्तरविरोधहरुलाई एकता, सङ्घर्ष र रुपान्तरणको श्रृङखलाद्वारा उचित मार्गमा दिशा निर्देश गरी सिङ्गो मानव जातिलाई समृद्ध गराउछ भन्ने मान्यता राख्दछ ।

जीवन्त पार्टी एकता सङ्घर्ष रुपान्त्रण यिनै आयामहरुको भूमरी, छाल, भङगलाहरु पार गर्दै अघि वढ्छ । इतिहाँस असल कर्मले निर्माण गर्ने हो । त्यसैले पार्टी तथा सरकारलाई नीति विधिमा चलाऔँ नकि ब्यक्तिवादको आत्म केन्द्रित अवसरवादको चक्रब्युहमा । इतिहाँस असल कर्मले निर्माण गर्ने हो । मरे पछि पनि बाँच्ने अमर त्यही हुन्छ जसले नीति ,विधि मूल्य मान्यता आदर्श दरोसँग पक्डिन्छ ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking


Leave a Reply

Your email address will not be published. Required fields are marked *