Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

महान् शहीद ‘इच्छुक’प्रति हार्दिक श्रद्धासुमन !


प्रेस सेन्टर नेपालको १९औँ वार्षिक साधारणसभा तथा २१औँ कृष्णसेन ‘इच्छुक’ स्मृति दिवस यही जेठ १३ र १४ गते काठमाडौंको साँखुमा भव्यताकासाथ सम्पन्न भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेको कार्यक्रममा देशभरका छ सय भन्दा धेरै क्रान्तिकारी पत्रकार, प्रगतिशील लेखक एवम् माओवादी केन्द्र सम्बद्ध बिभिन्न नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । अघिल्ला वर्षहरुमा ‘इच्छुक’ दिवस ¥याली, भेला तथा गोष्ठी आयोजना गरेर मनाउने गरिएकोमा यस वर्ष प्रेस सेन्टरले ‘इच्छुक’ दिवस मनाउने शैलीमा क्रमभंग गरेको छ । दुई दिनसम्म आयोजना गरिएको सधारणसभा तथा ‘इच्छुक’ दिवसका अवसरमा पत्रकारहरुलाई जनपक्षीय पत्रकारिताको आवश्यकताकासाथै डिजिटल एवम् प्राविधिक विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । ‘इच्छुक’ले देखाएको मार्गमा हिँड्ने, संगठनप्रति प्रतिबद्ध रही पत्रकारिता कर्ममा क्रियाशील श्रमजीवी पत्रकारहरु पनि सो अवसरमा सम्मानित भए ।

मूलतः सेन नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नो स्थान निर्माण गर्न सफल रहे । परिणामतः उनको काव्यव्यक्तित्व खुम्चिएन । त्यो अझ फराकिलो र उर्वर हुँदै गयो । आफ्नो अढाई दशक लामो काव्ययात्रामा ‘इच्छुक’ले नेपाली प्रगतिवादी काव्य फाँटलाई समृद्ध गर्न उल्लेखनीय योगदान दिएका छन् । शब्द र कर्मबीचको एकत्व उनको जीवनको एक महत्वपूर्ण र अनुकरणीय पक्ष थियो । उनले आफूले आत्मसात गरेको आदर्शका निम्ति आफ्नो जीवनको बलिदान दिन कुनै हिच्किचाहट पनि गरेनन् ।
‘इच्छुक’लाई तत्कालीन सरकारका सुरक्षाफौजले ‘माओवादी आतंककारी’का नाममा गिरफ्तार गरेर २०५९ जेठ १३ गते काठमाडौंको भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लबमा निर्ममतापुर्वक यातना दिई हत्या गरेको थियो । ‘इच्छुक’लाई महेन्द्र पुलिस क्लबका तत्कालीन डीआईजी अमरसिंह शाह, तत्कालीन नगर प्रहरी प्रमुख बिक्रम सिंह थापालगायतको टोलीले हिरासतमै चरम यातना दिएर हत्या गरेका थिए । सेन हत्याको २१ बर्ष पुगिसक्दा पनि घटनाको सत्यतथ्य छानबिन हुन सकिरहेको छैन । हत्यारालाई कार्वाही हुन सकेको छैन । निष्ठा र आदर्शका लागि राजनीति, पत्रकारिता एवम् साहित्यमार्गमा लागेका सेन आज राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमै जनवादी आस्थाका केन्द्र बन्न पुगेका छन् । पटक–पटक प्रतिक्रियावादीका जेल र हिरासतमा बसेका सेन सादा जीवन जिउने गर्थे । वि.सं. २०१३ मा भारतको देहरादुनमा जन्मिएका ‘इच्छुक’ तत्कालीन जनादेश साप्ताहिक, जनदिशा दैनिकका लगायतका जनपक्षीय पत्रपत्रिकामा प्रधान सम्पादक थिए । अर्घाखाँचीको सामान्य लाहुरे परिवारमा जन्मिएका ‘इच्छुक’ले आफ्नो काव्य यात्राको थालनी दाङबाट प्रकाशित हुने ‘युगबोध’ समाचारपत्रबाट गरेका थिए । उनको व्यक्तित्व बहुआयामिक थियो । उनी पत्रकार र साहित्यकार मात्र नभएर कुशल शिक्षक र सचेत राजनीतिकर्मी पनि थिए । उनी एउटा जनपत्रकार र जुझारु क्रान्तिकारी योद्धाको रुपमा समेत चिनिन्छन् । मूलतः सेन नेपाली प्रगतिवादी काव्य फाँटमा आफ्नोस्थान निर्माण गर्न सफल रहे । परिणामतः उनको काव्यव्यक्तित्व खुम्चिएन । त्यो अझ फराकिलो र उर्वर हुँदै गयो । आफ्नो अढाई दशक लामो काव्ययात्रामा ‘इच्छुक’ले नेपाली प्रगतिवादी काव्य फाँटलाई समृद्ध गर्न उल्लेखनीय योगदान दिएका छन् । शब्द र कर्मबीचको एकत्व उनको जीवनको एक महत्वपूर्ण र अनुकरणीय पक्ष थियो । उनले आफूले आत्मसात गरेको आदर्शका निम्ति आफ्नो जीवनको बलिदान दिन कुनै हिच्किचाहट पनि गरेनन् । सानैदेखि भावुक, गम्भीर, संवेदनशील र कल्पनाशील ‘इच्छुक’ले वाल्य परिवेशमै समाजमा ठालु, शोषक, फटाहा, धनीमानीका धाकधम्की र रवाफकासाथै उनीहरूले गरिबमाथि गर्ने अन्याय, अत्याचार र शोषणलाई नजिकैबाट हेर्ने र झेल्ने मौका पाए । जसले गर्दा उनको बाल मस्तिष्कमा विद्रोह र न्यायको पक्षमा आवाज उठाउने चेतनाको जरा गाडिन पुग्यो । महान सहिद कृष्णसेन ‘इच्छुक’ आम जनपक्षीय पत्रकारिताको मार्गदर्शक हुन् । राष्ट्रियता, जनतन्त्र र जनजीविका, भ्रष्टाचारलगायतका समस्याहरु विकराल बनेको आजको स्थितिमा ‘इच्छुक’ले जनपक्षीय पत्रकारिताको क्षेत्रमा निर्वाह गरेको ऐतिहासिक भुमिका र देखाएको बाटोलाई आज पनि जनपक्षीय तथा क्रान्तिकारी पत्रकारहरुले अनुशरण गर्नुपर्छ । शब्द र कर्मको तादाम्यता, उच्च आदर्शयुक्त जनपक्षीय मूल्यबोध र सर्वहारा श्रमजीवी वर्गको मुक्तिको पक्षधरता, आस्था र निष्ठाप्रति समर्पित जीवन मुल्यबोध ‘इच्छुक’बाट जनपक्षीय पत्रकारहरुले सिक्नुपर्ने विषयवस्तु हुन् । ‘इच्छुक’ले देश र जनताको पक्षमा कमल चलाउँदा जिन्दगीभर दुःखकष्ट सहनु प¥यो । जेल, नेल र हत्कडी हुँदै अन्ततः अमूल्य जीवन नै बलिदान गर्नुप¥यो । सेनको जीवन र कर्मबाट नवोदित पत्रकारहरुले यी कुरा सिक्न सकियो भने ‘इच्छुक’प्रति सही सम्मान हुनेछ । ‘इच्छुक’को शब्द र कर्मको इतिहासको अध्ययन गर्न आजको नयाँ पिढीले पनि समय खर्चिनु पर्छ । महान् शहीद ‘इच्छुक’प्रति हार्दिक श्रद्धासुमन !  


तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट