Techie IT
×
गृहपृष्ठबिचारनेकपा विवाद : स्थायी कमिटिबाटै समाधान खोज्ने कि केन्द्रीय कमिटिमा झार्ने ?

नेकपा विवाद : स्थायी कमिटिबाटै समाधान खोज्ने कि केन्द्रीय कमिटिमा झार्ने ?


काठमाडौं, ३ साउन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटरमा बस्दैछ । पार्टी भित्रको विवाद मिलाउनका लागि सचिवालय बैठक बस्न लागेको हो । केही दिन अघिदेखि जारी स्थायी कमिटि बैठक देशमा बाढी पहिरोले जन धनको क्षती गरेपछि नेता तथा कार्यकर्ताहरु पिडित जनताको उद्धारमा खटिनु पर्ने भन्दै स्थागित भएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्बाट कोभिड–१९ को कहरबीच दल बिभाजन गर्न सहज हुनेगरी राष्ट्रपतिमार्फत अध्यादेश जारी गरेपछि त्यसको पार्टी भित्रैबाट तिब्र विवाद र आलोचना भएपछि फिर्ता भएको थियो ।

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओली स्वेच्छाचारी ढंगले पार्टीको बिधी, पद्दती र प्रकृया मिचेर अगाडि बढेको भन्दै सचिवालयको बहुमत सदस्यबाटै पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग गरिएको छ भने ओली दुबै पदबाट राजीनामा नदिने अडानमा छन् ।

पार्टी भित्र देखिएको समस्या स्थायी कमिटि बैठकले पनि समाधान गर्न नसक्ने भन्दै केन्द्रीय कमिटिको बैठक बोलाउने सम्मको तयारी भइरहेको छ । तर आज बस्ने सचिवालय बैठकले केन्द्रीय कमिटीको बैठक डाक्न नसक्ने नेकपाकै नेताहरु बताउँछन् । कोरोनाको महामारी अझै कायमै रहेको, देशमा बाढी पहिरोको कहरले जनता आक्रान्त बनेको र बर्तमान नेकपाको सम्पूर्ण संरचना नैं महाधिवेशनबाट निर्वाचित नभएको हुँदा केन्द्रीय कमिटिको बैठक डाक्नुको कुनै औचित्य नभएको बताइन्छ ।

नेकपाको निर्माण सहमतीको आधारमै भएको हुँदा पार्टीमा देखिएका जस्तासुकै समस्याको सधामान सचिवालय र स्थायी कमिटिबाटै खोज्नुपर्ने राजनीतिक विश्लेषकहरुको तर्क छ ।


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking, #nekapa, #नेकपा


प्रतिक्रिया दिनुहोस