Techie IT
×
गृहपृष्ठबिचारबुद्ध र श्रीराम

बुद्ध र श्रीराम


भारतको इतिहासमा ३२२ बिसं. भन्दा अघि मगध देश (हालको विहार) जसको राजधानी पाटलीपुत्र (हालको पटना) मा नन्द बंशको शासन थियो । नन्द बंशका अन्तिम राजा धनन्जय थिए । नन्द बंशको पतनपछि मौर्य बंशको शासन चल्यो । मौर्य बंशका प्रथम राजा चन्द्रगुप्त मौर्य थिए । चन्द्र गुप्त मौर्यपछि क्रमश बिन्दसार, अशोक, दशरथ, समप्रति, शलिशुका, देबबर्मा, शतधन्बान र बृथद्रथले राज्य गरे । यो बंशको शासनमा बिशाल भारतको साम्राज्यको उदय भएको थियो ।

यिनै मौर्य बंशी तेस्रो पुस्ताका राजा अशोक युद्धबाट आजित भएर कपिलबस्तु आएर बुद्ध धर्मलाई अपनाए आफ्नो पूरै देशमा बुद्ध दर्शनको प्रचार गरे । थुपै बौद्ध विहारको निर्माण गर्न लगाए । थुप्रै बौद्ध विहार, स्तुप, चैत्य, बिश्वविद्यालय आदिको निर्माण गरे । यो कार्यलाई उनका पछिल्ला उत्तराधिकारीहरुले निरन्तरता दिए । धेरै विहारहरुको निर्माणको कारणले गर्दा यो देशको नाम नै पछि विहार रहन गयो । यो कार्यले देशका ब्राह्मणहरुको भूमिका र स्थान उच्च र महत्वपूर्ण रहेन । यही देशमा बनेको अर्को दर्शन थियो “मनु स्मृति“ । देशका ब्राह्मणहरु बौद्ध दर्शनको स्थानमा “मनु स्मृति“ लाई स्थापित गर्न चाहन्थे । यही अन्तरविरोध गहिरिदै जादै गर्दा मौर्य बंंश सम्राट अशोकका ६ पुस्ता पछाडिका राजाका सेनापती एक ब्राह्मण पुष्य मित्र सुंग भए । यिनै ब्राह्मण सेनापती पुष्य मित्र सुंगले षड्यन्त्रपूर्ण ढंगले मौर्य बंशी राजाको हत्या गरी आफैलाई राजा घोषणा गरे । त्यसपस्चात बौद्ध भिक्षुहरुको कत्लेआम गरियो । बौद्ध भिक्षुको एक टाउको काटेर ल्याउनेलाई एक सय सुनका मुद्रा दिने घोषणा गरियो । त्यसपछि पैसाको लालचमा थुप्रै बौद्ध भिक्षुको शिर काट्ने काम भयो । केही ठगहरुले पैसाको लोभले उही टाउकोलाई दोहो¥याइ तेहे¥याइ लगी राजासँग पैसा माग्न थाले । पछि राजाले ल्याइ सकिएको शिरलाइ पुनः ल्याउन नसकुन भन्नाको खातिर ल्याइएको टाउकोलाई ठूलो ढुंगामा राखी ढुङ्गैले किचेर घाघडा नदीमा फाल्न थालियो । हाम्रो कर्णाली नदीलाई भारतमा घाघडा नदी भन्दछन ।

घाघडा नदीमा बौद्ध भिक्षुहरुको शिर किचेर फाल्ने परम्परा स्थापित भएपछि यो नदीको नाम नै सर्यु नदी बन्न पुग्यो । दरबारभित्रकै एक ब्राह्मण (बाल्मिकी )कविलाई राजाको गुणगानले भरिपूर्ण कविता रचना गर्न लगाइयो, यो काल्पनिक काव्य नै रामायण हो । काव्यमा पुष्य मित्र सुंगलाइ रामको रुपमा मौर्य सम्राटलाई रावणको रुपमा चित्रित गरिएको हो भन्ने पनि तर्क छ । रित्तिएका देशभरका विहारमा हिन्दु धर्मका देवी देवताका मूर्ति र चित्रको स्थापना गरियो । छेदित शिरलाइ ढुंगाले किचेको सम्झना र निरन्तरताको रुपमा मन्दिरमा नरिवल फोड्ने चलन चलाइयो । बैशाख पूर्णिमाको दिनलाइ बौद्ध दर्शनका अनुयायीहरुले गौतम बुद्धको जन्म भएको दिन भएकोले यस दिनलाई विशेष महत्वका साथ स्मरण गर्ने गर्दछन् । यसै दिनलाइ बौद्ध भिक्षुहरुको शिर छेदनको स्मृतिमा बैशाख पूर्णिमाको दिन ब्राह्मणहरुले कुल पूजाको नाममा बोका काटेर “हेर हेर भन्दै“ बौद्ध दर्शनका अनुयायीलाई तर्साउने सँस्कृति स्थापित गरियो । जुन अध्यावधि हिन्दु परम्पराभित्र विशेषतः ब्राह्मणहरुबीच रहदै आएको पाइन्छ ।

पछि एक चिनियाँ व्यापारी हुयन सांग नेपाल भारतको भ्रमण गर्ने क्रममा लुम्बिनी पनि पुगे । त्यहाँबाट बुद्ध दर्शनको जानकारी हासिल गरी यो दर्शनको चर्चा चीनमा गरे । यसले गर्दा चीन, जापान लगायत पूर्वी एशियामा बौद्ध दर्शनका अनुयायी भए ।

बुद्ध धर्मभित्रको शान्ति, भातृत्व, मानवता, ईश्वरबादको सट्टा भौतिक दुनियाँलाई मात्र स्विकार्ने कुरा, पञ्चशीलको सिद्धान्त जस्ता कुरा आजको विश्व मानव जातिको लागि अति महत्वपूर्ण र आवश्यक दर्शन बनेको कुरा विश्वभरका शान्ति र सहअस्तित्व प्रिय मानिसहरुका मार्गनिर्देशक सिद्धान्त नै बनेको छ ।

इतिहासमा बौद्ध धर्मलाई नष्ट गर्नका लागि तत्कालीन शासकका प्रचारकहरुले स्थापना गरेका हिंसात्मक ब्यक्तित्वको काल्पनिक पात्र जो श्रीरामको नाममा स्थापित गरिएको थियो भन्ने कुरा ऐतिहासिक तथ्यहरुले विशेषत राम जन्मभूमि भनिएको भारतको अयोध्याको उत्खनन गर्ने क्रममा बौद्ध दर्शनसँग सम्बन्धित सामग्री र मौर्य शासनकालका सामग्री भेटिनु र रामसँग सम्बन्धित कुनै पनि सामग्री नभेटिनुले पनि पुष्टि गर्दछ । इतिहासको यो तथ्य स्पष्ट हुँदाहँुदै सामन्ती राजा महाराजाका आदर्श पात्रलाई आजको संघीय गणतन्त्र नेपालमा राजा श्रीराम नेपालका थिए, अयोध्या नेपालमा थियो भन्नुले एकै चोटी धेरै आशंकाहरु उत्पन्न गर्दछ । नेपाल मात्र यस्तो देश हो जहाँ इतिहासमा राजाविना गणहरुले नै राज्य ब्यबस्था चलाउने परम्परा भएको देश । अर्थात गणतन्त्रको अभ्यास नेपालको निम्ति नौलो विषय होइन ।

कतिले कुरो बुझेर वा नबुझेर सिद्धार्थ गौतम बुद्धलाई राजा रामसँग तुलना गर्ने मूर्खता गरेको पनि पाइयो । भारतले बुद्ध भारत जन्मेको हो भन्ने जवाफमा प्रधानमन्त्रीले राम नेपालमा जन्मेको तर्क दिदा के बिग्रियो र भन्ने हल्का रुपमा लिइएको पनि पाइन्छ । यस्ता खालका अभिव्यक्ति सामान्य हैनन, यसले विचार, दृष्टिकोण र पक्षधरतालाई स्पष्ट पार्दछ । अझ नेपालको वर्तमान अवस्थामा प्रतिगामी, प्रतिक्रियावादी र नेपालको हित नचाहने विदेशी शक्तिको क्रियाशीलता बढी रहेको बेला राष्ट्रवादी, जनवादी जनसमुदाय गम्भीर बन्नुपर्ने अवस्था सिर्जना भएको छ ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस