Techie IT
×
गृहपृष्ठबिचारकोरोनाभाइरस किन नयाँ होइन ?

कोरोनाभाइरस किन नयाँ होइन ?


पहिलो, यो भाइरस नयाँ भएको दावी गर्नु गलत थियो । दोस्रो, अझ बढी गलत कुरो यो भाइरस विरूद्ध मानिसहरूमा प्रतिरक्षा क्षमता नरहेको दावी गर्नु थियो । तेस्रो, झन मुख्र्याईँको ताज पहिरिएर कोभिड–१९ को कुनै लक्षण केही व्यक्तिमा नहुन सक्छन् र अन्य अरुमा यो रोग विना लक्षण सार्न सक्ने दावी गर्नु थियो ।

अब हामी एक एक गरी यसलाई हेरौं ।

पहिलो, यो एक नयाँ भाइरस हो र ?

सन् २०१९को अन्त्यतिर नयाँ भनिएको एक कोरोनाभाइरस चीनमा फेला प-यो । जतिखेर यसको प्रजनन कोशिकामा रहने जिन नामक तत्वको शृङ्खला (जिन सिक्वेन्स) वा यो भाइरसको खाकाको बारेमा पहिचान गरियो त्यतिखेर यसलाई सन् २००२ मा पहिचान गरिएको सार्स भाइरस जस्तो नाम दिइयो सार्स कोभ–२, अनि हामी आफैलाई सोध्नुपर्छ यो अन्य कोरोनाभाइरस भन्दा कति सम्बन्धित जसले मानिहरुलाई विरामी बनाउन सक्छ । तर होइन हामीले त्यस्तो गर्नुको साटो चिनियाँ खाने सूचीमा रहेका कुन जनावरबाट यो भाइरस उफ्रेर आएको विषयमा छलफल अगाडि बढायौं । ठीक यही बेला धेरै मानिसहरुले विश्वास गर्न थाल्छन कि चिनियाँहरूले आफ्नै देशमा यो भाइरसलाई खुल्ला छाड्ने मुख्र्याइँ गर्छन् । अब हामीहरुले भाइरस विरूद्धको कुनै खोपको विकास गरिरहेको कुरा गरिरहेका छौं । हामी अकस्मात अध्ययनहरु हेर्छौ जसले यो कथित नयाँ भाइरस भनेको सार्स–१ सँग धेरै बलियो सम्बन्ध राख्छ । यो अन्य बेटा कोरोनाभाइरी जस्तै छ जसले हरेक वर्ष चिसोको मौसममा हामीलाई दुःख दिने गर्छ । रोगी बनाउन सक्ने विभिन्न भाइरसहरुको शृङ्खलाहरुमा शुद्ध सजातीयपन वाहेक वैज्ञानिकहरुले अहिले मानिसहरुको प्रतिरोधी कोशिका (सेल) हरुले भाइरसले पहिचान गर्ने विधिहरुमा भाइरसले गर्ने गतिविधिको पहिचान गर्ने काम गरिरहेका छन् । यो अनुवांशिक सम्बन्ध (जेनेटिक रिलेसनसीप)को विषय होइन तर हाम्रो प्रतिरोधी प्रणालीले यो भाइरसलाई कसरी हेर्छ वा अन्य कोरोनाभाइरीको प्रयोग भ्याक्सिनमा कसरी प्रयोग गर्न सकिन्छ त्यसबारेको अध्ययन हो ।

त्यसैले सार्स कोभ–२ समग्रमा नयाँ भाइरस होइन् तर यो चिसो मौसमको भाइरस हो त्यतिखेर रूप परिवर्तन गर्छ र चिसो मौसमका भाइरसहरूले गर्मीको मौसममा हराए जस्तै हराउँछ जुन विषय अहिले विश्वव्यापी रूपमा हामीले हेरिरहेका छौं । फ्लु भाइरसहरुले महत्वपूर्ण रुपमा कसो गरी रूप परिवर्तन गर्छन् तर कसैले पनि यो पूर्ण रूपमा नयाँ फ्लु भाइरस भएको कहिल्यै दावी गर्ने छैन् । धेरै पशु चिकित्सकहरूले यो भाइरसको नयाँपनको दावीप्रति असन्तुष्ट रही आएका छन् । उनीहरुले विरालो, कुकुर, सुँगुर र गाईहरुलाई वर्षौदेखि कोरानाभाइरी विरूद्धको खोप दिइआएका छन् ।

दोस्रो, प्रतिरोधी क्षमता नभएको काल्पनिक कथा

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का भाइरस विज्ञ भाइरोलजिस्ट हरेकले फेसबुकमा यो भाइरस नयाँ भएको र यस विरूद्ध प्रतिरोधी क्षमता नभएकोले यो खतरनाक भएको दाबी गरे । झन् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका सर्वाधिक महत्वपूर्ण सल्लाहकार एन्थनी फाउसीले पनि शुरुमा यो भाइरस विरूद्ध कुनै प्रतिरोधी क्षमता नभएकाले यो भाइरस खतरनाक भएको सार्वजनिक रूपमा भने ।

टोनी (एन्थनी फाउसी) र म अमेरिकाको बेथेस्डास्थित नेसनल इन्स्टिच्युट अफ हेल्थमा हुने प्रतिरोधी क्षमताको अध्ययन गर्ने विज्ञान इम्मुनोलजि विषयका संगोष्ठीहरूमा प्रायः जसो एक अर्काको निकट नै बस्ने गर्दथ्यौं किनभने त्यसअघि हामी सम्बन्धित क्षेत्रमा सँगै काम गरेका थियौं । साथै फाउसी मेरो एक सम्मानित सहकर्मी भएकाले उहाँको अभिव्यक्तिहरूको आलोचक बन्न खोजिन ।

व्यापारिकरुपमा सार्स कोभ–२ को एन्टीबडी टेस्ट उपलब्ध हुने र यसलाई कुनै पुरानो एन्टीबडीसँग मिलाउने गरी गरिने परीक्षणको कुरो बाहिर आयो त्यसको अर्थ यो सार्स–१ को पत्ता लगाउन खोज्न लागिएको मलाई महसुस भयो । यस किसिमको परीक्षण कसैको रगतमा एन्टीबडी रहेको पत्ता लगाउन र त्यो भाइरस विरूद्ध पहिले लडिसकेर आएको हुने कुरोको पत्ता लगाउन हुन्छ । अझ वैज्ञानिकहरूले त कुनै लामाबाट एन्टीबडी निकाले जसले सार्स–१, सार्स कोभ –२ र झन मर्स भाइरसको पत्ता लगाउने भनेर निकालिएको थियो । पहिले सार्स–१ बाट प्रभावित भइसकेको चिनियाँ क्षेत्रमा सार्स कोभ–२ को कम प्रभाव देखिएको कुरो पनि बुझिनमा आयो । हाम्रो प्रतिरोधी क्षमताले सार्स–१ र सार्स कोभ–२ जुन आंशिक रुपमा सार्ससँग मिल्दोजुल्दो रहेको त्यसलाई चिनेको छ र एक भाइरसले सम्भवतः अर्कोबाट हामीलाई सुरक्षित गर्छ भन्ने विषयको यो स्पस्ट प्रमाण हो ।

सारा विश्वले प्रतिरोधी क्षमता छैन भन्ने विषयको समान्यरुपले दावी गरे तर वास्तवमा कसैले यो भनाइको पुष्टि गर्न कुनै परीक्षण नगरेको मलाई महसुस भयो । यो विज्ञान होइन । यो सुगा रटाइले निर्माण भएको अनुभवको बलियो बुझाइका आधारमा शुद्धरुपमा देखिएको विषय हो । अहिलेसम्म कुनै पनि एन्टीबडी टेस्टले सम्भव हुने सबै इम्मुनोलोजिकल शर्तहरुको व्याख्या गर्न सक्दैन । जस्तो मानौ कि कसै रोग प्रतिरोधी क्षमता छ, त्यो कहिलेदेखि छ, समाप्त पार्ने एन्टीबडीहरु कसलाई निशाना बनाइरहेका हुन्छन् र अन्य कोरोनाभाइरीमा कस्तो संरचना विद्यमान हुन्छ जसले समान रुपले रोग प्रतिरोधी क्षमताको विकास गराउन सक्छ ।

मध्य अप्रिलमा च्यारिटे बर्लिनस्थित एन्ड्रेस थिएल समूहको कार्य प्रकाशित भयो । यो अध्ययन समूहमा ३० जना थिए । तिनमा भाइरोलोजिस्ट क्रिस्टियन ड्रोसटेन पनि हुनु हुन्थ्यो । यो अध्ययनले सार्स कोभ–२ को सम्पर्कमा कहिल्यै नआएकाहरूमध्ये बर्लिनका ३४ प्रतिशत मानिसमा यो विरूद्ध टी सेल इम्युनिटी देखियो । टी सेल इम्युनिटी एक फरक खालको इम्युन रिएक्सन हो । यसको अर्थ हाम्रो टी सेल्स वा सेतो रगत कोशिकाहरुले सार्स कोभ–२ मा देखापर्ने सामान्य संरचनालाई पत्ता लगाउँछ र नियमितरुपमा चिसो मौसमको भाइरस वा कोल्ड भाइरीलाई पनि पहिचान गर्छ र त्यसपछि दुबैसँग लडाइँ गर्छ ।

स्ट्रान्डफोर्ड युनिभर्सिटीका जोन पी ए लोननिडिसको अध्ययन छ । बर्लिनस्थित आइन्स्टिन फाउन्डेसनका अनुसार विश्वका सर्वाधिक ख्यातिप्राप्त १० मध्येका एक वैज्ञानिक यो फाउन्डेशनमा हुन्छन् । त्यो अध्ययनले एन्टीबडीहरुबाट सार्स कोभ–२ विरूद्धको प्रतिरोधी क्षमता वा इम्युनिटीको मापन पहिलेको भन्दा धेरै उच्च रहेको पाइएको दर्शायो । लोननिडिस निसन्देह कुनै षडयन्त्रकारी सिद्धान्त निकाल्ने हुनुहुन्न उहाँ धाराको विरूद्ध पौडिन चाहनुहुन्छ । उहाँको अहिले आलोचना भइरहेको छ । एन्टीबडीका परीक्षणहरु अति ठोसरुपमा गरिएको थिएन । तर उहाँका आलोचकहरुले स्वीकार गर्छन कि उनीहरुले यस्तो परीक्षण गरेका छैनन् । यसका अतिरिक्त जोन पी ए लोननिडिस जर्मनका सबै भाइरोलोजिस्टहरुमध्ये एक वजनदार वैज्ञानिक हुन । उहाँको तुलनामा अन्य हलुका देखिन्छन् ।

तेस्रो मोडलरहरुको असफलता

महामारीविज्ञ वा इपिडिमियोलोजिस्ट पनि मानिसमा इम्युनिटी हुँदैन भन्ने काल्पनिक बुझाइ मिथमा फस्न पुगे । उनीहरुले पनि कोरोनाभाइरीहरु चिसो मौसमको भाइरस हो र यो गर्मीमा हराएर जान्छ भन्ने विश्वास गर्न चाहेनन् । नभए तिनका बक्ररेखाका मोडलहरु फरक खाले देखिन्थे होलान । सुरुवातका सबैभन्दा खराब दृश्यहरु कतै पनि सत्य रहेन । केहीले अझ दोस्रो तरंगको मोडलको पूर्वानुमानमा टाँसिरहेका छन् । उनीहरुले गरेको विश्वासमा उनीहरुलाई छोडौं । मैले कहिल्यै कुनै वैज्ञानिक शाखा यसरी चलाखीपूर्ण तवरले अन्यत्र मोडिएको देखेको छैन । मैले अझसम्म बुझ्न सकेको छैन किन इपिडिमियोलोजिस्टहरुले बाँचेकाहरूको संख्यामा ध्यान दिनु भन्दा बढी मरेकाहरूको संख्यामा ध्यान दिइरहेका छन् ?

चौथो सामान्य ज्ञानको इमुनोलोजीको बुझाइ

एक इम्मुनोलोजिस्टको रुपमा म जैविक मोडलमा विश्वास गर्छु । मानव अंगको रुपमा बुझिने मोडेल परीक्षण गरिएको हुन्छ जसलाई इम्युन सिस्टमको रूपमा अंगीकार गरिन्छ । फेब्रुअरीको अन्त्यमा मैले घर बसी स्विस टिभीको एक राजनीतिक बहसको रेकर्डिङ खोले । सार्वजनिक स्वास्थ्यको संघीय कार्यालमा सरुवा रोगको संघीय सेक्सनका पूर्व प्रमुख डेनियल कोचको उल्लेख गरे । मैले अनुमान गरे सार्स कोभ–२ विरूद्ध मानिसमा कुनै सामान्य इम्युनिटी हुन्छ । उहाँले मेरो विचारको विरोधमा तर्क प्रस्तुत गर्नु भयो ।

पछि मैले उहाँको तर्कबाट आफ्नो बचाउ गरे जब उहाँले बालबालिकाहरु वैश्विक महामारी फैलाउन चालक तत्व होइनन् भन्नुभयो । उहाँको अनुमानमा बालबालिकाहरू भाइरसका ग्रहणकर्ता हुँदैन थियो जुन अनुमान निसन्देह बकबास छ । अझ, हामीलाई उहाँका पर्यवेक्षणहरुलाई सही भनेर स्वीकार गर्नुपरेको थियो । तर तथ्य के पनि हो भने हरेक वैज्ञानिकले त्यसपछि उहाँको आलोचना गरे र उहाँका विषयहरुलाई अध्ययनहरुबाट प्रमाणित गर्न भने । कसैले पनि मर्ने जोखिममा रहेका मानिसहरुको विषयमा प्रमाणित गर्न भनेन । जब चीनबाट पहिलो तथ्यांक आयो र त्यसपछि विश्वभर सोही प्रवृति देखियो । जसले भन्छ १० वर्ष मुनिका बालबालिकाहरु करिब करिब कोही बिरामी हुँदैन । हरेकले तर्क प्रस्तुत गर्नुपर्ने थियो कि बालबालिकालाई इम्युन गरिनुपर्नेछ । अन्य कुनै रोग कुनै निश्चित समूहमा लाग्दैन त्यतिखेर हामी त्यो समूह सुरक्षित वा इम्युनमा छ भन्ने निष्कर्षमा पुग्ने गर्छौ । जब मानिसहरु सेवानिवृत भर घरमा मर्न थाल्छन र त्यही ठाउँमा अन्य सेवानिवृत भएकाहरु समग्ररुपमा सुरक्षित हुन्छन् भने हामी निष्कर्षमा पुग्नुपर्छ कि उनीहरु इम्युन छन् । तर यो सामान्य ज्ञानले धेरैलाई पन्छाएको देखिन्छ । जसलाई हामी मजाका लागि इम्युनिटी अस्वीकार गर्नेहरु वा इम्युनिटी डिनायर भनौं । यो अस्वीकार गर्नेहरुको नयाँ समूहले भाइरस पोजिटिभ भएको परीक्षण गरिएको अधिकांशमा भाइरस तिनको घाँटीमा थियो तर उनीहरु विरामी परेनन् । यसका लागि कुनै जादुगरले टोपीबाट वस्तु निकाल्ने गरेझै यसलाई ‘साइलेन्ट किलर’ भनियो र यो दावी गरियो कि विना कुनै लक्षण नदेखिए पनि मानिस विरामी हुन सक्छ । यो चकित गर्ने विषय होइन । यदि यो सिद्धान्त अबदेखि सामान्य रुपमा औषधिको क्षेत्रमा आउने हो भने स्वास्थ्य बिमकहरुलाई वास्तवमै समस्या हुनेछ साथै शिक्षकहरुलाई पनि समस्या उत्पन्न हुनसक्छ, तिनका विद्यार्थीहरु कुनै रोग भएको भनेर स्कूलबाट निस्कन सक्छन् किनभने बिरामी हुन कुनै लक्षण देखापर्नु आवश्यक हुने छैन ।

अर्को हाँसोको विषय भनेको केही भाइरोलजिस्टले यतिसम्म भनिहाले कि लक्षण नभएका बिरामीले अन्य व्यक्तिहरुमा भाइरस फैलाउन सक्छन् । स्वस्थ बिरामीहरुको घाँटीमा भाइरस धेरै हुन्छन् र दुई मानिसबीच हुने सामान्य वार्तालाप माध्यमबाट अर्को स्वास्थ्य मानिसमा यो भाइरस सार्नेछन् । यो बिन्दुमा आएर हामीले जे भइरहेको छ त्यसको शल्यक्रिया गर्नुपर्छ, कुनै भाइरस मानिसको शरीरमा चाहे घाँटीमै किन नहोस यसको अर्थ मानिसको कोशहरु मर्दै जानु हुन्छ । जब मानिसका कोशहरु मर्न थाल्छ त्यत्तिकै बेला प्रतिरोध प्रणाली वा इम्युन सिस्टम तत्काल सतर्क हुन्छ र संक्रमणको कारण खोज्छ । संक्रमणका प्रमुख पाँच लक्षणमा एक दुखाइ हो । यो बुझ्नुपर्ने विषय हो कि कोभिड–१९ संक्रमितहरुले सुरुमा घाँटी खसखस भएको स्मृति गर्न सकेनन अनि दावी गरिन्छ कि केही दिन अघिसम्म उनीहरुमा कुनै लक्षण देखिएन । डाक्टर र भाइरोलोजिस्टहरुलाई स्वस्थ मानिस बिरामी हुनसक्ने कथालाई बंग्याउन अवसर मिल्यो जसले आतंक सिर्जना ग-यो र कठोर मापदण्डसहितको लकडाउन निम्त्याइयो जसले वास्तवमा कस्तो खराब मजाक यो थियो भने दर्शाउँछ । कम्तिमा डब्लुएचआले लक्षण नदेखिने दावीलाई स्वीकार गरेन र आफ्नो वेबसाइटमा यसलाई चुनौती दिन्छ ।

मानिसहरुमा जर्मले कसरी हमला गर्छ र हामी त्यसमा कसरी प्रतिक्रिया जनाउँछौ त्यसबारे इम्युनिटी डिनायरहरुका लागि विशेषगरी एक संक्षेपीकरण प्रस्तुत गरिन्छ, रोग सार्ने भाइरस हाम्रो वातावरणमा छन् भने प्रतिरोधी क्षमताले सुरक्षित वा प्रतिरोधी क्षमता कमजोर भएका सबै किसिमका मानिसलाई ती भाइरसले हमला गर्छन् । कोही सुरक्षित छ भने भाइरससँगको लडाइँ सुरु हुन्छ । पहिले हामीले एन्टीबडीको मद्दतले हाम्रो कोशिकालाई भाइरसको बन्धनमा आउनबाट रोक्छौं । यो समान्यरुपमा आंशिकरुपले हुन्छ अनि सबै भाइरसलाई रोक्न नसकेपछि केही भाइरसले उसका लागि उपयुक्त कोशिकामा जोडिने गर्छ । यसले कुनै लक्षण दर्शाउन आवश्यक हुँदैन तर यो आफैमा कुनै रोग होइन । किनभने प्रतिरक्षा प्रणालीको दोस्रो समूहका रक्षकहरुलाई हर्कतमा आउन भनिन्छ । जुन माथि टी सेलको रुपमा उल्लेख गरिएको छ वा सेतो रगत कोश वा ह्वाइट ब्लड सेलले बाहिरबाट निक्र्यौल गर्छ कि भाइरस लुकेर कसरी आफूलाई गुणात्मक रुपमा बढाउँछ । अब भाइरसको अण्डा दिने सेनाको रुपमा विकास गरिसकेका यी कोशहरुलाई शरीरभर खोज्ने काम गरिन्छ र मार्ने काम गरिन्छ । टी सेलले अन्तिम भाइरसलाई नमारेसम्म यो काम चलिरहन्छ ।

त्यसैले कुनै इम्युन व्यक्तिमा पीसीआर कोरोना परीक्षण गरिन्छ भने त्यहाँ कुनै भाइरस फेला पर्दैन तर भाइरस उत्पन्न हुने वातावरण वा भाइरल जीनोम टुक्रा भएको देखिन्छ । यसरी भाइरसको कुनै सानो टुक्रा बाँकी रहन्छ भने फेरि गरिने परीक्षणमा पोजिटिभ देखिन्छ । सही, संक्रमित भाइरस लामो समय मृत हुन्छ र कोरोना परीक्षणले फेरि पोजिटिभ देखाउँछ किनभने पीसीआर विधिले भाइरस उत्पन्न हुने वस्तुको सानो टुक्रालाई पनि गुणात्मकरुपमा दर्शाउँछ । वस्तवमा कुरो के भयो भने विश्वभर समाचार फैलियो डब्लुएचओले पनि साझा ग-यो कि दुई सय कोरियाली कोभिड–१९बाट दोस्रो पटक संक्रमित भए र त्यसैले यो भाइरस विरूद्ध कुनै इम्युनिटी नभएको भनियो । के भयो त्यसको व्याख्या पछि आयो र क्षमा मागियो कि इम्युन कोरियालीहरु तन्दुरुस्त छन र भाइरससँगको सानो लडाइँ भएको थियो । यसको चुरो कुरो भनेको भाइरसको फोहर (डेबरिस) समवेदनशील परीक्षणमा दर्ता गरियो र फेरि यो पोजिटिभ भएर आयो । दैनिक रुपमा संक्रमितहरुको ठूलो संख्या देखिनुमा शुद्ध रुपमा भाइरस डेबरिसका कारण रहेको देखिन्छ ।

पीसीआर परीक्षण सुरुमा भाइरस लुकेको पत्ता लगाउन ठोस समवेदनशील विधि थियो । तर यो परीक्षणले भाइरस अझ जिउँदै रहेको छ भने पत्ता लगाउन सक्दैन । दुर्भाग्यले यसले केही भाइरोलोजिस्टलाई कति परिमाणमा भाइरस मानिसले बाहिर फाल्नसक्छ । त्यसको तुलना गर्ने शक्ति यो परीक्षणबाट प्राप्त गरे । भाग्यले हाम्रा उपचार केन्द्रहरु खुला रहे । जर्मनका भाइरोलोजिस्ट यो विषय भुलेर गए किनकि सिद्धान्त बाहिर गए उनीहरुले अन्य देशहरुले के गरिरहेका छन् त्यो हेर्दैनन् यद्यपि अन्य देशको संख्या द्रुत गतिमा झरिरहेको छ ।

पाँचौ विषय कोरोना इम्युनिटीको समस्या

यो सबै वास्तविक जीवनमा के अर्थ राख्छ त ? चरमरुपमा भाइरसले अण्डा सेना तयार गर्ने समय २ देखि १४ को हुने र रिपोर्ट गर्ने समय २२ देखि २७ को हुने विषयले कुनै पनि इमुनोलोजिस्टलाई जगाउने नै छ । दावी गरिए जस्तो अधिकांश बिरामीमा पाँच दिनपछि कुनै भाइरस निस्कदैन । दुवै दावीहरुले वास्तवमा इम्युनिटीको आधारमा हुने एक किसिमको निष्कर्षतिर डो-याउँछ । जसले भाइरस चक्रको कुनै अपेक्षित स्थितिको तुलनामा स्थितिलाई बंग्याउँछ वा भनौ अण्डा दिने लामो समय र छिट्टै इम्युनिटी ल्याउने जस्तो कुरा । इम्युनिटी पनि गम्भीर रोगको बेला बिरामीका लागि समस्या हुने गरेको देखिन्छ । हाम्रो एन्टीबडी मापक वा हाम्रो प्रतिरक्षा प्रणालीको शुद्धता घटेर पुरानो अवस्थामा गएको हामी पाउँछौ । तर यस्तो हुनुमा मानिसहरुमा खराब भोजन खाँदा वा कुपोषणले गर्दा इम्युन सिस्टम कमजोर हुन सक्छ । कुनै देशको चिकित्सा समस्यालाई मात्रै यो भाइरस प्रणालीले खुलाएको छैन बरु त्यस देशको समाजिक विषयहरुको खुलासा पनि गरेको छ ।

कुनै संक्रमित मानिसमा पर्याप्त एन्टीबडी छैन वा कमजोर प्रतिक्रिया जनाउने प्रतिरोधी प्रणाली छ भने भाइरसले समग्र शरीरमा विस्तारै फैलिन्छ । अब पर्याप्त एन्टीबडी छैन त्यहाँ दोस्रो मात्र जसले बाँकी इम्युन प्रतिक्रिया जनाउन सहयोग गर्छ । त्यतिखेर टी सेलले शरीरमा फैलिएको भाइरसमाथि हमला गर्न सुरु गर्छ । यसले एक बृहत प्रतिरोधी प्रतिक्रिया निर्माण गर्छ । आधारभूतरुपमा आम संहारको प्रतिक्रिया हो यसलाई ‘साइटोकिन स्ट्रोम’ भनिन्छ । यो बालबालिकामा धेरै दुर्लभ प्रक्रिया हो तर बालबालिकामा हुँदा यसलाई ‘कावासाकी सिन्ड्रोम’ भनिन्छ । बालबालिकमा हुने यो धेरै दुर्लभ प्रतिक्रिया हाम्रो देशमा भय निर्माण गर्न प्रयोग गरिन्छ । चाख लाग्दो विषय भनेको यो सिन्ड्रोम धेरै सजिलै निको पारिन्छ । संक्रमित बालबालिकाले स्वस्थ्य रक्तदाताबाट एन्टीबडी प्राप्त गर्छन् वा चिसोको मौसममा कोरोनाभाइरस भएका व्यक्तिबाट एन्टीबडी प्राप्त गर्छन् । यसको अर्थ भनेको मानिसमा नभएको भनिएको इम्युनिटीलाई लुकाउन खोजिएको छ जुन इम्युनिटी चिकित्सा उपचारमा प्रयोग गरिन्छ ।

त्यसो भए अब के ?

भाइरस अहिलेका लागि गयो । यो फेरि सम्भवतः चिसो मौसममा फर्किनेछ तर यो दोस्रो तरंग हुने छैन् । यो कुनै चिसोको मौसम जस्तो हुनेछ । ती युवा र स्वास्थ्य मानिसहरु जो अहिले हिड्दा मास्क लगाएर हिड्छन । उनीहरुले कुनै हेलमेट लगाएर हिड्दा हुने हो किनभने कोभिड–१९को गम्भीर स्थिति भन्दा उनीहरुको टाउकोमा केही ठूलो खस्ने जोखिम हुनेछ ।

स्विसमा लकडाउनमा खुकुलो गरे यता यदि १४ दिनमा हुने संक्रमणको हामीले पर्यवेक्षण गर्छौ भने हामीले सबैभन्दा बढी फलदायी मापदण्डबारे जान्न चाहेका छौं । यसका अतिरिक्त मैले जोन पीए लोननिडिसको नयाँ अध्ययन प्रतिवेदन पढ्न सल्लाह दिन्छु । १ मे २०२० को आँकडाहरुको अध्ययन गरी वैश्विक अवस्थाको बारेमा उनले व्याख्या गरेका छन् । कोभिड–१९को प्राणघाती अवस्था ६५ वर्ष मुनिका मानिसमा ०.६ देखि २.६ प्रतिशत मात्र रह्यो । महामारीको शीर्षमा हामीले एक रणनीति बनाउनुपर्ने आवश्यकता छ । ६५ वर्षमाथिका मानिसहरुको सुरक्षाका लागि विशेष सुरक्षा रणनीति बनाउन ध्यान दिनुपर्छ । शीर्ष विज्ञहरुको यस्तो विचार छ भने दोस्रो लकडाउन समान्य रुपले हुँदैन ।

हामी हाम्रो सामान्य अवस्थामा फर्किदा यसले हाम्रा नागरिकका लागि राम्रो हुनेछ यदि केही भय निर्माण गर्नेहरुले माफी माग्छन् । यस्ता केही डाक्टरहरु छन् जसले ८० वर्ष नाघेका कोभिड–१९का रोगीलाई भेन्टिलेटिङ रोक्न चाहन्छन् साथै मिडियाले इटालियन अस्पतालमा हुँदै नभएको भय सिर्जना गर्ने खालका भिडियो देखाउन बन्द गरी माफी माग्नु पर्छ । परीक्षणले वास्तवमा कस्तो मापन गर्छ, जान्दै नजानी परीक्षण, परीक्षण, परीक्षण गर भनी सबै राजनीतिज्ञहरूले गरिरहेको माग रोक्नु पर्छ । अनि संघीय सरकारले काम नगर्ने एप ल्याएर म नजिक कतै कोही पोजिटिभ हुँदै नभएको व्यक्तिका बारेमा पोजिटिभ छ भनेर तर्साउन बन्द गर्नुपर्छ ।

चिसो मौसममा जब फ्लु लगायत चिसोका अन्य विषय वरिपरि फेरि आउँछ हामी ढिला नगरी हरेकलाई चुम्बन लिन जान्नुपर्छ अनि हामीले भाइरस नभए पनि हाम्रा हात धुनुपर्छ । जुन मानिस विरामी पर्छन उनीहरुले मास्क लगाएर यो महामारीबाट सिकेको दर्शाउनु हुँदैन । अनि यदि हामीले हाम्रा जोखिममा रहेका समूहको सुरक्षा गर्न जानेका छैनौ भने हामी कुनै भ्याक्सिन नआएसम्म पर्खिनुपर्ने हुनेछ, भ्याक्सिन आएपछि त्यो जोखिममा रहेका लागि प्रभावशाली हुने आशा गरी बस्नु पर्ने हुन्छ ।

(डा. बेदा एम स्टाडलर युनिभर्सिटी अफ बर्नमा इन्स्टिच्युट फर इम्मुनोलोजिका पूर्व निर्देशक हुन् । स्विस म्याग्जिन वल्र्ड विकमा एक महिनाअघि छापिएको थियो । त्यसको अनौपचारिक अनुवाद सान्दर्भिक लागेर यहाँ प्रस्तुत गरिएको छ । स्विटजरल्यान्डमा स्टाडलर एक महत्वपूर्ण चिकित्साकर्मी पनि हुन् । यो आलेख स्विटजरल्यान्डको आधारमा लेखिएको छ । स्टाडलरले यो भाइरसबारे सार्वजनिक रुपमा दिइएका गलत अभिव्यक्तिका बारेमा गर्नुपर्ने समीक्षामा यो आलोचनात्मक लेख लेखेको बताएका छन् । साथै कतिपय भाइरोलोजिस्ट र इपिडिमियोलोजिस्टहरु कोभिड–१९को विषयमा हुनुपर्ने बहसबाट भागिरहेकोमा आफूलाई दिक्क लागेको पनि उनले बताएका छन् ।) समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस