Techie IT
×
गृहपृष्ठबिचारभूतपूर्व माओवादीको विजोक बैठक

भूतपूर्व माओवादीको विजोक बैठक


अस्ती शुक्रबारको कुरो हो । मुफट टोपबहादुर रायमाझी हल्लिदै नयाँ वानेश्वर ओरालो झर्दै थिए । एभरेस्ट होटलको अगाडि पुगेर टक्क अडिए अनि फोन घुमाउन थाले । पहिलो फोन रामबहादुर थापालाई लगाए । उताबाट फोन रिसिभ भएपछि टोपुले भने, ‘बादल दाई, वर्तमान परिस्थितिमा भेटाघाटा गर्ने होइन भन्या ?’ बादलको त आदत केही बोलेनन् । फेरी टोपुले भने, ‘भोली शनिवार यतै एभरेस्ट होटलमा भेटौं ।’

बादलले नाइनुई केही गरेनन् केवल एकपटक नाक बजाए, ‘उँच्छ ।’ बादलको आदत बुझेका टोपुले अरु भूतपूर्व माओवादीलाई पनि क्रमसः फोन घुमाउँदै गए । लेखु, मणु, प्रभु सबैले फोन रिसिभ गरे दावुले बादल दाइ आए आउने कुरा गरे । प्रभुले रौतहटमा जीवन संगिनीमाथि भएको माके ‘कु’को कारण आउन नसक्ने जनाए । भोलीपल्ट शनिबार अंग्रेजी टाइममा सबै होटल एभरेस्टमा भेला भए । भेला हुनासाथ कुराकानी सुरु भयो ।

टोपु : ‘बादल दाइ त म भन्दा माओवादीमा सिनियर नेता भएपनि म उप–प्रधान मन्त्रीसम्म भएँ । दाइ उपप्रधानसम्म नभै विदावारी भएकोले मै पहिले कुरा जोत्छु ।’

बादल : ‘उच्छ ।’

टोपु : अरुको जुँगा चलेपछि कुरा बुझिन्छ । बादल दाइको जुँगा छैन । नाक बजिसक्यो अब छलफल सुरु हुन्छ । साथीहरुलाई फ्लोर खुल्ला छ ।
एकछिन चकमन्न भयो । होटलको सेवा ऐन मौकैमा आयो । सबै चुस्की लिन थाले । यतिकैमा भूतपूर्व माओवादीका प्रवक्ता टोपुले नै सन्नाटा चिरे ।

टोपु : ‘लेखु तिम्रो त ज्यान पनि गज्जपको छ । धन पनि मनग्गे । ज्यान हेर्दा दूइटा भालुले पनि खाइ नसक्ने छ । जिउडाल हेर्दा राष्ट्रपति हुने खालको । कपाल हेर्दा बलिउडको भिलेन जस्तो । तर, के गर्नु यस्तै भै हाल्यो । अब उता कैलालीको जग्गा बेचेर यतै ‘काँठ’ तिर जग्गा लिउँ । अनि बोका फारम खोलुँ । बोयर भन्ने बोका पाइन्छ रे । त्यो बोकाले बाख्री मात्रै खोज्छ रे । पाठापाठी त कति हो कति ? त्यो लोकु विष्ट लाटो मगर रैछ कता ड्राइगन रोपी राखेको । बोका पालेर राजकानी नखाएर ।’

लेखु : ‘मलाई पनि राजनीतिदेखि वाक्क लागिसक्यो । बोयर बोका नै पालुँपालुँ लागि सक्यो । झन तम्रा कुराले बोकाको राजकानी सम्झाए पछि मुखै रसायो बाई ।’

मणु : ‘लु बोका पालुँ यो सबभन्दा राम्रो तत्कालीक कार्यनीति हो । म गीत गाउँदै बोका चराउँछु । राजकानी खाँदै गीत गाएर तम्रालाई मस्त मनोरञ्जन गराउँछुु । हामी सिरी ५ मिलौं । मैले गीत पनि रचिसक्या चु ।

माओवादी भएर फेरी बेकार केप्ली गुटमा गएर
बिलखबन्दमा प¥यौं है आयाराम–गयाराम भएर
बोका पालेर फेरी बोयर दाएर
पानी पक्कै पार्छो बादल पाएर ।

वाह…वाह…. वाह….वाह…सबैजनाले एकै स्वरमा भने । बादलले भृकुटी खुम्च्याएर चस्माको माथिल्लो डिलबाट आँखाले चियाउँदै फेरी तीनपटक नाक बजाए ‘उँच्छ’..‘उँच्छ’…‘उँच्छ’ ।

टोपु : ‘मान्छेलाई बोकेर हैरान भइएको थियो । बाबुरामलाई बोकेँ वाक्कलाग्दो गरी काँधै छेरी पठायो । त्यसपछि प्रचन्नलाई बोकियो काँधै थाक्यो । अलिक सजिलो होला की भनेर केप्लीलाई बोकेको गुणमा पसिसकेको चरोलाई सिकारीले फेला परेजस्तो एकै छाक पा¥यो । खाली अर्काको किट्नी कलेजो खान पल्केको के छोड्थ्यो । प्रचन्नको जुँगाभन्दा नरम होला भनेको त केप्लीको जुँगा त सुँगुरको जगर जस्तै जब्बरे पो रैछ । बादल दाइले त भाउजुलाई १३ दिने मन्त्री बनाए । तर, कस्तो काजक्रिया गर्न बसेको जस्तो भएन भन्या ? अब बोयर बोका मात्रै बोक्ने हो ।’

एतिकैमा एमालेका भूतपूर्व माओवादीको विजोक बैठक तुरीयो । सबै आ–आफ्नो दर्गदीशा लागे । इतिसम्बत अषाढ मासे पहिलो सप्ताह अन्त्ये भूतपूर्व माओवादी विजोक बैठके तुरीनाम ।


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस