Techie IT
×
गृहपृष्ठबिचारमुलभूतरुपमा नेपाल–ओली वार्ता

मुलभूतरुपमा नेपाल–ओली वार्ता


गएको शुक्रबार केपी शर्मा ओलीले एमालेका अर्का नेता माधवकुमार नेपाललाई फोन घुमाउन विष्णु रिमाललाई आदेश दिए । रिमालले फोन घुमाउन आँटेकामात्र थिए के सम्झेर हो (सम्भवतः उनलाई ओलीको राजनैतिक सल्लाहकार भएको हेक्का भयो होला) र टक्क अडिए । र, सूर्य थापालाई काम लगाए ।

थापाले भेटघाटको निम्तो दिन गणेश बस्नेतलाई जिम्मेवारी दिने रिमाललाई बताए । राजाले सामन्तलाई अह्राए, सामान्तले नोकरलाई अह्राए, नोकरले कुकुरलाई अह्रायो, कुकुरले पुच्छर हल्लायो भनेजस्तै भयो । तर बस्नेतले काम फत्ते गरि छाडे । उता नेपालले भेटघाटलाई ठाडै इन्कार गरे । तर, ओलीले छोड्दै न छाडेपछि अन्तिम पटक भेट्ने अश्वासन दिए ।

‘मूलतः अंकबाट झगडा तिमीले सुरु गरेका हौ । गए साल पुष ५ गतेबाट अंकको झगडा सुरु गर्यौ । त्यसपछि फागुन २३ गते अदालतको सेटिङबाट, फागुन २८ गते मिटिङबाट सुरु गर्यौ । यस्तै अस्ति जेठ ७ गते संसद विघटनबाट ग¥यौ । यस्तो लोदर अंक त तिमीले कति झिक्यौ कति ?’

दुई नेताको फोन सम्बाद :

ओली : ‘लु आउ त बालुवाटार ।’
नेपाल : ‘आउँदिन ।’
ओली : ‘किन नी ?’
नेपाल : ‘वर्तमान परिप्रेक्षमा बालुवा पेलेर तेल निस्कदैन तेसैले ।’
ओली : ‘हुने बेलामा गोरु ब्याउँछ भन्ने था’छैन ।’
नेपाल : ‘मुलतः गोरु ब्याउँदैन, साँढेको झर्दैन ।’
ओली : ‘उसो भा समिट होटलमा भेटौं त ।’
नेपाल : ‘भेटौं तर विना शर्त ।’

तय भए अनुसार दुबैले समिट होटलमा भेटे । त्यो भेटमा भएको सारसंक्षेप वार्तालाप :

नेपाल : ‘जेठ २ गतेमा जाने की नजाने ।’
ओली : ‘मुलभूत रुपमा जेठ २ गतेमा जान जेठ ३ गतेलाई हेरेर फागुन २८ गतेलाई ख्याल गर्नु पर्छ । मैले फेरी अस्ति भर्खर जेठ ७ गते फायर खोलेको छु । त्यसपछि तिमेर्ले ठकुरीको पक्षमा हस्ताक्षर गरेका छौ । त्यो पनि त फिर्ता भएको छैन । केहि तर, किन्तु, परन्तु मुलभूतरुपमा मिलाउनु पर्छ ।’

नेपाल : ‘वर्तमान परिप्रेक्षमा कुरो मिलेन ।’
ओली : ‘तेसो भा के गर्दा मिल्छ त ?’
नेपाल : ‘जेठ २ गतेमा गए मिल्छ नगए मिल्दैन ।’
ओली : ‘२ अंक मै अड्किएको हो ?’
नेपाल : ‘वर्तमान परिप्रेक्षमा हो ।’ (लामो हो)
ओली : ‘उसो भा तिमीलाई २ नम्बरको अध्यक्ष दिन्छु ।’
नेपाल : ‘वर्तमान परिप्रेक्षमा चाहिएन ।’ (लामो चाहिएन)
ओली : ‘एमालेको एकता अंकले नमिलेको हो ?’
नेपाल : ‘मूलतः अंकबाट झगडा तिमीले सुरु गरेका हौ । गए साल पुष ५ गतेबाट अंकको झगडा सुरु गर्यौ । त्यसपछि फागुन २३ गते अदालतको सेटिङबाट, फागुन २८ गते मिटिङबाट सुरु गर्यौ । यस्तै अस्ति जेठ ७ गते संसद विघटनबाट ग¥यौ । यस्तो लोदर अंक त तिमीले कति झिक्यौ कति ?’

ओली : ‘तिमीले पनि त बुढाखाडा जम्मा पारेर अस्ति चैत ४÷५ गते काठमाण्डुमा हटिया लगायौ नी ।’
नेपाल : ‘हामीले त अगाडिका सबै अंक भुलेर जेठ २ मात्र भनेका छौं । त्यसमा पनि तिम्रो त जेठ ३, जेठ ७, पुष ५, फागुन २८ लगायत थुप्रै अंक झिकी राखेका छौ । त्यसमा पनि मुलभूतरुपमा भन्ने झगडे शब्द घुसाका छौ । अब भएपनि, तर, किन्तु, परन्तु, मुलभूतरुपमा केहि चल्ने वाला छैन । आए जेठ २ मा आउ । नत्र म बुढानिलकण्ठ र खुमलटार तिर फर्किएँ ।’

यतिकैमा नेपथ्यमा चिया–चिया भन्ने आवाज आयो । नेपाल पत्नी गायत्री आचार्य नेपालको सयन कक्षमा छिरिन र आवाज दिँदै नेपाललाई उठाउँदै भनिन, ‘हैन आज अबेलासम्म सुत्नु भयो त ?’ माधव नेपाल झल्याँस ब्युझिए र भने, ‘हैन गायत्री मैले त यस्तो सपना पो देखेछु ।’

 


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस