Techie IT
×
गृहपृष्ठबिचारके पी ओलीको पतन : टारेर टर्दैन त्यो

के पी ओलीको पतन : टारेर टर्दैन त्यो


अङ्ग पतन

राजनीतिक विज्ञानले राज्यका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई अनिवार्य शर्त मान्दछ । शक्ति पृथकीकरणको सिद्धान्त बमोजिम शक्ति सन्तुलन भएन भने राज्य लंगडो हुन्छ । यी तीन अंगमध्ये व्यवस्थापिकामाथि केपी ओलीले बारम्बार आक्रमण गरेर थङ्थिलो बनाएका छन् ।

ओली अहंकार, दम्भ र घमण्डको सिद्धान्त बोकेर हिँडेका छन् । उनको यात्रा टाइटेनिक जहाजको निरन्तरतामा छ । टाइटेनिक जहाज एटलाण्टिक महासागरमा दूर्घटनाग्रस्त भयो । करिव पन्द्रसयको जीवन समाप्त भएपनि सात सय यात्रीको उद्धार भयो । तर ओलीको जहाज बर्मुडा त्रिभुजतर्फ बढेको छ ।

एकपटक पुनस्र्थापित भएको व्यवस्थापिकालाई पुनः अर्को पटक विघटन गरेर कोमामा पुर्याए । न्यायपालिकाले पुनस्थापित गरेन भने यो अंगको पुनर्गठन अनिश्चित बन्नेछ । अर्को कार्यपालिकाको तेजोबध गर्न पनि ओलीले कुनै कसर बाँकी राखेनन् । कुनै नीति नियम, संविधानको मूल्य मान्यता विपरित पाँडे नियुक्ति गरेर निरंकुशताको हदम्याद नघाएका छन् । अदालतले ओलीको पाँडे नियुक्तिमा बन्देज लगाउने फैसला गरेको भएपनि यसले अन्ततः कार्यपालिकालाई नै कमजोर बनाउँछ ।

ओलीले कार्यपालिकालाई खेलौना बनाउनैको लागि यो सब गरेका थिए । कार्यपालिकालाई कमजोर बनाउने नियतबस ओलीले जथाभावी सरकार गठन, पुनर्गठन गरे । अदालतले संविधानतः फैसला गरेको जस्तो देखिएपनि यसको अन्तर्यमा शक्ति पृथकीकरणको सिद्धान्तलाई धोती लगाई दिएको छ । सबै कुरा न्यायपालिकाको आशिर्वादमा भर पर्नु पर्ने अवस्थामा पु¥याएको छ । न्यायपालिकाले हरेक राजनैतिक मुद्धाको भारबहन गर्नु पर्ने स्थितिले न्यायपालिकालाई पनि कमजोर बनाउँछ । यो शक्ति पृथकीकरण अन्तर्गत पर्दैन । यसरी राज्यका तीनै अंग पतन हुँदै जाने निश्चित छ । अहिले दुई अङ्ग अपाङ्ग भैसकेका छन् । तेस्रो अङ्ग प्रदुषित भैसकेको छ । खबरदारी गर्ने चौथो अङ्ग बजार भाउबाट प्रभावित छ ।

नार्सिस्जमले ग्रस्त ओली :

युनानी पौराणिक कथा अनुसार ओली नार्सिसस् झैं आत्मरतीमा रमाईरहेका छन् । नार्सिसस्ले नदीमा आफ्नै प्रति छायाँ देखेर प्रेममा पागल भएर मृत्युवरण गर्न पुगेका थिए । नार्सिसस्को मृत्यु भएपछि त्यहाँ एउटा फूल उम्रियो र त्यो फूलको नाम ‘मृत्युको फूल’ राखियो । मनोविश्लेषक सिग्मेण्ड फ्रायडले आत्मरतीमा रमाउँदै अहंकारी बन्ने प्रक्रियालाई नार्सिस्जम, र त्यसको अनुशरण गर्नेलाई नार्सिसिस्ट भनेका छन् । उग्र महत्वाकांक्षाले जिवनको पल्लो छेउसम्म पु¥याउँदै पतन गराउँछ भन्ने सन्देश यो कथाले दिन्छ । यतिखेर ओली नार्सिस्जमले ग्रस्त छन । नार्सिसिस्ट कै भूमिकामा छन् । उनी घोर आत्मरतीमा रमाई रहेका छन् । जता भत्कियो त्यतै दैलो देखिरहेका छन् । ओलीको पतनले नेपाली राजनीतिलाई ‘मृत्युको फूल’ मात्र उपहार दिनेछ ।

रहलपहल :

ओली अहंकार, दम्भ र घमण्डको सिद्धान्त बोकेर हिँडेका छन् । उनको यात्रा टाइटेनिक जहाजको निरन्तरतामा छ । टाइटेनिक जहाज एटलाण्टिक महासागरमा दूर्घटनाग्रस्त भयो । करिव पन्द्रसयको जीवन समाप्त भएपनि सात सय यात्रीको उद्धार भयो । तर ओलीको जहाज बर्मुडा त्रिभुजतर्फ बढेको छ । नेपालको राष्ट्रिय राजनीतिलाई बर्मुडा खाडीमा लैजाने उनी देशी विदेशी शक्ति केन्द्रद्वार प्रायोजित चरित्र अभिनेता हुन् ।

बर्मुडा त्रिभुज मृत्युको सागर हो, जहाँबाट फर्किएर आउने कुनै आसार हुनेछैन । कथाले मागे अनुसार केपी ओलीको पतन एउटा दुःखान्त शिविरमा गएर हुँदैछ । यो कथा सुन्नलाई अब धेरै समय पर्खनु पनि पर्दैन । केपी ओलीको पतन टारेर टर्दैन त्यो ।

 


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस