Techie IT
×
गृहपृष्ठबिचारओलीको तुरुप : खनाल–नेपालको अग्नि परिक्षा

ओलीको तुरुप : खनाल–नेपालको अग्नि परिक्षा


टिप्पणी

नेकपा एमाले ओली गुटका अध्यक्ष केपी शर्मा ओलीले एक विज्ञप्ति सार्वजनिक गर्दै एमालेको पुनःएकता गर्ने तुरुप फालेर एमाले पङ्क्तिलाई इन्तु न चिन्तु बनाइ दिएका छन् । ओलीको फर्मान अनुसारको बुँदा नं १ र ४ लाई शिरोधार्य गरे खनाल–नेपाल समूहको पतन त्यही दिन हुनेछ । बुँदा नं १ मा एकताको पक्षमा उभिएकालाई आधार मानेर जाने भनेको ओलीले पुनर्गठन गरेको फागुन २८ गतेको निर्णयले पूर्व माओवादीसहितलाई यथास्थानमा राख्ने र नवौं महाधिवेशनबाट चुनिएका पदाधिकारीको विघटनलाई स्वीकार गर्दछ । अर्थात ०७७ फागुन २८ गतेलाई प्रस्थान विन्दु बनाएर ०७४ जेठ २ गतेमा पुग्ने उल्टो यात्रा गर्न उनले अपिल गरेका छन् । यो अपिल भनेको सारमा जेठ २ गते नफर्किने भन्ने नै हो ।

अर्को फर्मान चौथो बुँदामा छ । यसमा ओलीलाई प्रधानमन्त्री स्विकार्नु पर्ने र शेरबहादुर देउवालाई गरेको समर्थन फिर्ता लिनुपर्ने ओलीको परमादेश छ । सर्बाेच्च अदालतमा दिएको रिट निवेदनको हस्ताक्षर फिर्ता लिनुपर्ने ओलीको आदेश खनाल–नेपाल समूहले कार्यान्वयन गर्नु पर्नेछ । यति भए ओलीले इतर समूहलाई आममाफी दिने, कुनै होलो होचो नगर्ने ललीपप बाँडेका छन । यस्तो ललिपपमा नेपाल समूहका ‘होनहार’ युवा नेता योगेश भट्टराई र ठाकुर गैरेले स्वागत गरिसकेका छन । तर, रामकुमारी झाँक्रीहरुले ओलीको अर्को फण्डा भन्दै तात्तातो बहस ल्याएकी छिन ।

ओली इतर समूहले नयाँ आधारमा पार्टी पुनर्गठन गर्न जति ढिलाइ गर्छन, त्यति नै तुरुपहरु राजनीतिक हाटमा ल्याउनेछन । संसद पुनस्र्थापना हुने लगभग तय भएपछि ओलीले ल्याएको पछिल्लो ‘खड्गास्त्र’ हो । यो खड्गास्त्र पनि निस्तेज बनाए भने इतर समूहको भविष्य निश्चित हुन्छ । यो अग्नि परिक्षामा जति चाँडो खनाल–नेपाल समूह उतिर्ण हुन्छन त्यति नै छिटो राजनैतिक पाठ्यक्रम अगाडि बढ्छ । उतिर्ण हुन सकेनन् भने ओली केम्पमा आत्मदाह गर्नुको विकल्प रहने छैन ।

जेठ ३ गते पूर्वको स्थितिमा पुग्न ओली तयार


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार