Techie IT
×
गृहपृष्ठबिचारनेकपामा फुटको जोखिम

नेकपामा फुटको जोखिम


नारानकुमार उपाध्याय

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) आन्तरिक विवाद मिलाउन पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुस्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर छलफलमा भए पनि निश्कर्ष झन् टाढा बन्दै गएको छ ।

केपी शर्मा ओलीको पक्षमा र उनको विपक्षमा रहेका पार्टीका नेताका विरुद्ध दिनहुँ सडक आन्दोलन भइरहेको छ । केपी ओलीलाई दुवै पदबाट हटाउने र केपीको अधिकारमा कतै कटौती गर्नु नहुने दुवै पक्ष घनश्याम भुसालको नेतृत्वमा ११ स्थायी सदस्यको अनौठो खालको गठजोड बनेको छ । आफ्नो भावी राजनीति, अस्तित्वको चिन्ताका साथ उमेर र भावनात्मक कुरालाई प्राथमिकतामा राखेर भुसाल नेतृत्वको समूह सक्रिय रहेको छ ।

उता केन्द्रीय समितिको एउटा टिम केन्द्रीय कार्यालय धुम्बाराहीमा पुगेर केन्द्रीय समितिको वैठकको माग राखेर निरन्तर धर्नामा छ ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस फैलदों क्रममा छ । यो समुदायमा प्रवेश गरेको वा गर्नसक्ने जोखिमका बारेमा विज्ञहरुले चिन्ता जाहेर गरिरहेका छन् । मानौं यो अहिले नेकपाको कुनै चिन्ताको विषय होइन । त्यसैले योसँग कसरी सतर्क हुने र यसले पार्ने सामाजिक, आर्थिक लगायतको प्रभावका बारेमा कतै गम्भीर छलफल भएको छैन । कतै जुलुश, कतै छलफलका नाममा नेकपाका नेता तथा कार्यकर्ताहरुको सक्रियता दिनहुँ बढिरहेको छ । समस्या र विवाद पनि दिन लम्बिदैं जाँदा बढेको छ ।

उल्टो यात्रामा अध्यक्षद्वय

चलिरहेको स्थायी समितिको वैठकमा सबैको कुरा सुनिसकेपछि पार्टीका दुई अध्यक्षले वरिस्ठ नेताहरुसँग गम्भीर छलफल गरेर संश्लेषण गर्नुपथ्र्याे । स्थायी समितिको जारी वैठकलाई स्थगित गरेर दुई अध्यक्षले वान अन वान छलफल थाले । दुवै अध्यक्षले आआफ्ना निकटका नेताहरुलाई सडक र कोठे वैठकमा सक्रिय बनाए । दुवै अध्यक्षको पार्टी निर्माण, समाजवादको यात्रामा देशलाई कसरी लैजाने भन्दा पनि आआफ्नो गुटको सुदृढीकरणमा लागेको अनुभूत धेरैले गरे । दुई अध्यक्षमा आफ्ना निकट दुई/दुई जना नेतालाई अनौपचारिक टिममा राखेर पार्टीभित्रको अरु मनोविज्ञानको उपेक्षा गरियो । केपीले त आफ्ना विपक्षमा रहेकालाई नसम्झनु स्वाभाविक हो तर आफ्ना मोर्चामा रहेका विभिन्न प्रवृत्ति र मनोविज्ञानलाई प्रचण्डले पनि सम्झेनन् । आफ्ना निकट दुई जना जनार्दन शर्मा र वर्षमान पुनलाई टिममा राख्दा एक जना माधव नेपाल निकट नेतालाई नराख्दा आशंका जन्मियो । पूर्व माओवादीबाट पनि धेरै वरिस्ठलाई पाखा लगाएर कनिस्ठहरुलाई प्राथमिकता दिंदा तरङ्ग आयो । केपी र प्रचण्डबीच सहमति भइसकेको र यसलाई खाका कोर्न विश्वासिला पात्रहरुलाई जिम्मा दिएको चर्चा व्यापक बन्यो । आफ्नो गुटको सुदृढीकरणका लागि केपी र प्रचण्डले अरुलाई उपयोग गरेको धेरैलाई महसुस भयो ।

इतर पक्षमा फुट पार्ने खेल

प्रचण्डको सदैवमा काखमा बसेर राजनीति यात्राको शिखरमा रहदैं आएका र पछिल्लो अनौपचारिक टिममा राखिएका वर्षमान पुनले केपी ओलीको विपक्षमा रहेकाहरुमा फरकफरक धार रहेको भन्दै अन्तर्वार्ता दिएर विपक्षीहरु फुटेको आशयको अन्तर्वार्ता दिए । यसले दुई अध्यक्षबीचमा कुरा मिलिसकेको आशंका गर्नेहरुलाई बल दियो । उनले प्रचण्डले एउटामात्र पदको दावी गरेको तर माधव नेपाल पक्षले दुवै पद छाड्नुपर्छ भन्ने माग राखेको बताए ।

प्रचण्ड निकटका मानिएका जनार्दन शर्मा एकातिर र वर्षमान पुन अर्काेतिर फरकफरक धार बनाएर सक्रिय भएपछि अध्यक्ष प्रचण्डको नै दाहोरो चाल रहेको भन्दै धेरैमा भ्रम पैदा भयो । यसपछि सबैतिर स्वतन्त्र ‘मुभ’हरु भए । केपीको विपक्षी लडाईंको नेतृत्व गरेका विभिन्न मनोविज्ञानहरुले प्रचण्डले सबैलाई समेट्लान त भनेर प्रश्न गर्न थाले ।

विपक्षीहरुबीचमा भ्रम र फुटले उनको मनोबल ह्वात्तै बढ्यो । जुन कुराले प्रधानमन्त्री केपी ओलीलाई बल दियो ।

केपी झन आक्रामक

पटकपटक स्थायी समितिको वैठक सारेर कहिले आफ्ना निटक सहयोगी कहिले एक्लै वैठक बस्दै आएका दुई अध्यक्षको बुधवारको वार्ता तिक्त रहेको वाहिर आयो । केपीले अब दुवै पद नछाड्ने स्पष्ट अडानमात्र राखेनन् प्रचण्डसहितका नेताका विरुद्ध सडकमा निस्किएका केपी निकट कार्यकर्ताहरुको जुलुश नरोकिने संकेत समेत दिए । यसले अब दुई अध्यक्ष बसेर समस्याको समाधान नहुने स्पष्ट भएको छ ।

अब के गर्ने ?

पार्टीमा वैचारिक बहस होइन । मुख्यतः कार्यविभाजनको बहस हो । दुई अध्यक्षको मात्र व्यवस्थापनको विषयले अब निकास निस्कदैंन । आफ्नो गुटको सुदृढीकरणका लागि अरु पक्ष, मनोविज्ञानलाई उपयोग गर्ने तरिका रोक्नुपर्छ ।
पार्टी एकता बचाउने, पार्टीलाई संस्थागत गर्ने र शान्तिपूर्ण रुपमा समाजवादको आधार निर्माण गर्ने गरी मध्यमार्गको बाटो पकड्ने गरी जानुपर्छ ।

दुई अध्यक्षको मात्र कार्यविभाजन, गुटको सुदृढीकरणको मनसायले जाने अहिलेको तरिकाले पार्टी बन्दैन, विभाजन हुन्छ । अहिलेको रवैयाले पार्टी फुट्ने जोखिम बढेको छ । यसलाई रोक्नैपर्छ ।

यी पनि पढ्नुहोस

प्रचण्डलाई के त्यस्तो बाध्यता छ, वर्षमान पुनलाई सधैं काखमा राख्नैपर्ने ?


क्याटेगोरी : बिचार
ट्याग : #breaking


तपाईको प्रतिक्रिया दिनुहोस