Techie IT
×
गृहपृष्ठबिचारकोभिड–१९ का यी नायकहरुलाई सलाम !

कोभिड–१९ का यी नायकहरुलाई सलाम !


क्याप्टेन रवीन्द्रबहादुर बस्नेत, हेलिकप्टर पाइलट

सोचौं त ! कोभिड महामारीका विरुद्ध जो–जो खटिएका छन्, उनीहरुको पनि परिवार छ, निजी जीवन छ । संसारलाई नै आतङ्कित बनाइरहेको कोभिडको भय उनीहरुलाई पनि छ । तर पनि निजी जीवन र परिवारको पर्वाह नगरी कोभिड सङ्क्रमितको उद्धारका लागि उनीहरु दिनरात खटिरहेका छन् ।

दोस्रो भेरियन्टसहित फैलिरहेको कोभिड–१९ (कोरोना भाइरस) का कारण जनजीवन असामान्य बनेको छ । अघिल्लो बर्षभन्दा तीब्र गतिमा फैलिन सक्ने कोभिड–१९ को दोस्रो भेरियन्टका कारण अकाल जीवन विताउन बाध्य नागरिकको सङ्ख्यामा पनि बृद्धि भइरहेको छ । सङ्क्रमण नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञाका कारण हवाईलगायत यातायात व्यवस्था पूर्णतः ठप्प छ ।

यस्तो असहज परिस्थितिमा पनि सङ्क्रमण नियन्त्रण र सङ्क्रमितको उपचारका लागि सडकदेखि अस्पतालसम्म, शब बाहनदेखि दाहसंस्कार स्थलसम्म सुरक्षाकर्मी अहोरात्र खटिरहेका छन् । घाम, पानी, हावा हुरीको कुनै पर्वाह नगरी ट्राफिक, जनपद र सशस्त्र प्रहरीले जोखिम मोलेरै रखवारी गरिरहेका छन् । कोरोना सङ्क्रमणका कारण निधन भएकाहरुको शव व्यवस्थापनजस्तो जोखिमपूर्ण कार्यमा नेपाली सेना सक्रिय छ । आफन्त गुमाएर भावविव्हलको अवस्थामा रहेका परिवारलाई आड भरोसा दिने, आत्मियता प्रकट गर्ने बलियो सहयोगी पनि सेना बनेको छ ।

डाक्टर–नर्स,  प्रयोगशालामा काम गर्ने,  स्वाब सङ्कलनकर्ता,  क्वारेन्टिन केन्द्रहरूमा अहोरात्र खटिने,  फार्मेसीमा रहेर सेवा गर्ने,  एम्बुलेन्सका चालक,  अत्यावश्यक वस्तुहरूको सेवा उपलब्ध गराउने,  सरसफाइकर्मीहरू आफ्नै जीवनको जोखिम मोलेर कोभिडविरुद्ध भूमिका निर्वाह गरिरहेका छन् । मानव सभ्यतामाथि नै ठूलो सङ्कट आइलागेको यो घडीमा कोभिड– १९ विरुद्ध आ–आफ्नो क्षेत्रमा डटेर खट्नेहरू नै यतिबेला राष्ट्रका नायक हुन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीमध्ये अधिकांशले त आफ्नो घर र परिवारसँग टाढा बसेर जोखिमपूर्ण काम गरिरहनु परेको स्थिति छ । कोभिडका कारण तिनीहरुले दशैंसहित आफ्ना सांस्कृतिकपर्वहरु समेत परिवारसँगै बसेर मनाउन पाएनन् । कोभिडविरुद्ध परिवार र आफन्त त्यागेर तथा आफै सङ्क्रमित हुने जोखिमसमेत मोलेर खटिएकाहरुलाई सरकारले जोखिम भत्ता दिए वा नदिए पनि उनीहरु आफ्नो कर्तव्यबाट च्यूत भएका छैनन् ।

सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरुको मात्र प्रयासले कोरोना महामारीको नियन्त्रण सम्भव छैन । यसका लागि आमनागरिक, नेपाल सरकार तथा समाजका तमाम तह, वर्गबीच समन्वयको आवश्यकता पर्छ । बलियो र एकीकृत राष्ट्रिय एकताबाट मात्रै यस्ता महामारीमाथि विजय हासिल गर्न सकिन्छ । यतातिर सबैले ध्यान पु-याउन अब ढिला गर्ने समय छैन । यो अहिलेको सबैभन्दा ज्वलन्त आवश्यकता हो ।

फराकिलो छाती र फराकिलो सोंचाइले मात्र कोभिडविरुद्धको लडाइँलाई सफलतामा पु-याउन सकिन्छ भन्ने कतिपय देशले यो महामारीमाथि हासिल गरेको विजयलाई हामीले अनुशरणमात्र गर्न सके पनि पर्याप्त हुन्छ । कता कता हामी कतै चुकेका त छैनौं ? कसैलाई स्यानेटाइजर, मास्क, केही पैसा, खाद्यान्न र लत्ताकपडा वितरण गरेर अथवा केही छाक खाना खुवाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने कार्यले कोभिडविरुद्धको लडाइँमा विना कुनै व्यक्तिगत स्वार्थ काम गरिरहेका नायकहरुमाथि हामीले अन्याय त गरिरहेका छैनौं ? झट्ट हेर्दा सामान्य देखिए पनि यी सोचनीय विषय हुन् ।

कोभिडको त्रास सबैलाई छ । सङ्क्रमणको डरले मान्छे देखेर मान्छे नै भाग्नु पर्ने अवस्थामा झन् कोभिड सङ्क्रमितको उद्धारमा खट्न हामीलाई पनि डर नलाग्ने होइन । तर, उपचारको अपेक्षा गर्दै उकुसमुकुस पीडामा रहेका सङ्क्रमित र उनीहरुका आफन्तको स्थानमा आफूलाई उभ्याएर हेर्दा आफूले सकेको गर्दा थोरै भए पनि उनीहरुको पीडामा मल्हम लाग्थ्यो कि भन्ने संवेदनाले कोभिड सङ्क्रमणको डरबाट मुक्त हुन मजस्तालाई प्रेरित गर्छ ।

सोचौं त ! कोभिड महामारीका विरुद्ध जो–जो खटिएका छन्, उनीहरुको पनि परिवार छ, निजी जीवन छ । संसारलाई नै आतङ्कित बनाइरहेको कोभिडको भय उनीहरुलाई पनि छ । तर पनि निजी जीवन र परिवारको पर्वाह नगरी कोभिड सङ्क्रमितको उद्धारका लागि उनीहरु दिनरात खटिरहेका छन् ।

नेपाली सेना, ट्राफिक, जनपद, सशस्त्र प्रहरी, स्वास्थ्य क्षेत्रका प्राविधिकलगायत सरसफाइकर्मीहरुलाई उनीहरुले गरेको कामका लागि सरकारमात्र होइन, हरेक नागरिकले प्रोत्साहित गर्न सक्नुपर्छ । सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि उनीहरुले देखाएको सक्रियता र समर्पण धेरै उच्च कोटीको छ भन्ने आभाष दिलाउन सकियो भने उनीहरुलाई पनि आफ्नो कामप्रति हौसला मिल्छ । सङ्क्रमण फैलन नदिनु, सङ्क्रमितलाई उपचार र हौसला दिनु तथा नियन्त्रण, उपचार र उद्धार कार्यमा संलग्नहरुलाई प्रोत्साहित गर्न सकियो भने कोभिडरिुद्धको लडाइँ जितिन्छ ।

आफ्नै कुरा

सैन्य जीवन त्यसै पनि एउटा अनुशासनमा निर्देशित हुन्छ । सैन्य क्षेत्रमा मैले हेलिकप्टर पाइलट भएर काम गरें । हजारौं जनालाई उद्धार (रेस्क्यु) गरें । हाम्रो जस्तो विकट देश, जहाँ यातायात सबैतिर नपुगेको अवस्था, मा स्वास्थ्य जोखिममा पर्दा आकस्मिक रुपमा उद्धारका लागि हवाइ सेवा निकै छिट्टो, भरपर्दो र प्रभावकारी हुन्छ । मेरो विवेक र वुद्धिले भ्याएसम्म कोभिडविरुद्धको लडाइँमा सकेको गर्ने प्रयास गरिरहेको पनि छु । कोरोना संक्रमणमा प्रभावकारी तवरबाट हेलिकप्टर र हवाइजहाजलाई पनि सञ्चालन गर्न सकिन्छ । हामीले त्यस्तो पहल गरेका छौं र गरिरहने छौं ।

कोभिडको त्रास सबैलाई छ । सङ्क्रमणको डरले मान्छे देखेर मान्छे नै भाग्नु पर्ने अवस्थामा झन् कोभिड सङ्क्रमितको उद्धारमा खट्न हामीलाई पनि डर नलाग्ने होइन । तर, उपचारको अपेक्षा गर्दै उकुसमुकुस पीडामा रहेका सङ्क्रमित र उनीहरुका आफन्तको स्थानमा आफूलाई उभ्याएर हेर्दा आफूले सकेको गर्दा थोरै भए पनि उनीहरुको पीडामा मल्हम लाग्थ्यो कि भन्ने संवेदनाले कोभिड सङ्क्रमणको डरबाट मुक्त हुन मजस्तालाई प्रेरित गर्छ ।

कोभिड– १९ को नयाँ भेरियन्टसहितको दोस्रो लहरपछि यतिबेला करीव देशैभर निशेधाज्ञा जारी गरिएको छ । यस्तो कठिन समयमा पनि नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनासहित सुरक्षाकर्मी दिनरात नभनी निकै अनुशासित र संयमित भएर निष्ठाका साथ खटिएका छन् । अस्पताल तथा स्वास्थ्य क्षेत्रमा खटिएका डाक्टर, नर्सलगायतका स्वास्थ्यकर्मीले सबै जोखिम मोलेर कोभिडविरुद्धको अग्रभागमा रहेर गरेको कार्यले त सङ्क्रमितको उद्धार कार्यमा लाग्न झनै प्रेरित गरेको मलाई अनुभूति हुन्छ ।

गत वर्षदेखि विभिन्न समयमा लकडाउन तथा निषेधाज्ञाका कारण कयौंको दैनिकी नै धरासायी बनेको छ । निश्चित रुपमा आफूसँग स्रोतसाधन भएका र सक्नेले अरुलाई सहयोग गर्नु राम्रो हो । यस्तो विषम परिस्थितिमा नेपालका प्रतिष्ठित घराना तथा व्यापारीहरुबाट खुलेर सहयोगको अपेक्षा राखेको छु । यस महामारीमा निकै जोखिम मोलेर सीमित, स्रोत र साधनका बीचमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले देखाएको कर्तव्यनिस्ठ व्यवहार मेरो लागि थप प्रेरणादायी बनेको छ । यी सबै नायक, नायिकाप्रति मेरो सलाम !

विविधतापूर्ण भौगोलिक विकटताले यस्ता महामारीका बेला उद्धारका लागि हवाई सेवा सबैभन्दा छरितो र भरपर्दो साधन हो । विकट र दुर्गम क्षेत्रमा विपन्नहरुको बस्ती छ । यस्तो बेलामा हवाई सेवालाई सर्वसुलभ र सस्तो बनाउन सकिएमात्र स्वास्थ्यका हिसावले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकलाई बचाउन सकिन्छ । यस्तै महामारीमा उद्धारका लागि प्रभावकारी पुष्टि भएको हवाई (हेलिकप्टर, हवाइजहाज) सेवालाई तैनाथी हालतमा राख्नुपर्ने टड्कारो आवश्यकता देखिएको छ । यसलाई प्रदेशस्तरीय योजनामा पनि समेट्न सकिन्छ र प्रयत्न भइरहेको छ । यस घडीमा नागरिक उड्डयन प्राधिकरणले लिएको पहल तथा समन्वय पनि स-हानीय छ । (लेखक नेपाली सेनाको अ.प्रा. पाइलट प्रमुख सेनानी हुन )


क्याटेगोरी : बिचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार