Techie IT
×
गृहपृष्ठबिचारकोरोना विरुद्धको योजनाविहीन लडाँइ

कोरोना विरुद्धको योजनाविहीन लडाँइ


सन् २०१९ को डिसेम्त्रर महिनामा चिनको बुहान शहरबाट कोरोना भाइरस उत्पत्ति भैरहँदा नेपाल बेखबर थियो । हुनत अमेरिका जस्तो विकसित देशले पनि यो महामारीलाइ नजरअन्दाज नै गरिरहेको थियो । बुहान शहरमा चिकित्सा विज्ञानलगायतका विषय अध्ययन गर्ने नेपाली नागरिकलाइ नेपाल ल्याउने कुरामा सरकारको कानमा बताससम्म लाग्यो । तर, कोरोनाको वैज्ञानिक अनुसन्धान गर्ने, रोकथामका उपाय तथा नमूना तय गर्ने कुरामा सरकार गम्भीर भएन ।

जब दक्षिण एसियासहित विश्वका कैयन मुलुकमा कोरोनाले महामारीको रुप लियो त्यतिखेर योजना ल्याउन ढीला भैसकेको थियो । कोरोन विरुद्धको योजना पनि नेपाली समाजको वर्तमान जिवनचर्यासंग सम्बन्धित हुनु पर्दथ्यौ । तर, त्यसो नभएर कपिपेस्ट गरियो । लकडाउनलाइ अचुक उपायजस्तो ठानियो । लकडाउन अगाडि योजना बनेन । लकडाउन गरेपछि योजना ल्याइयो तर योजनाको सारसंक्षेप आउन सकेन । यही सारसंक्षेप योजना नहुँदा कोरोनाको कहर के हुन्छ यसै भन्न सकिने स्थिति रहेन ।

कोरोना कहरको विश्वरंग मञ्जमा संक्रमितहरुकै संख्या सवा करोडको हाराहारीमा छ । यसमध्ये आधा बढी संख्या निको भएको र करिव ५ लाखको मृत्यु भएको अभिलेख छ । नेपालको सन्दर्भमा करिव १५ हजार बढी संक्रमित करिव ६ हजारको हाराहारीमा निको भएको र ३४ जनाको संक्रमणकै कारण मृत्यु भएको सरकारी अभिलेख छ । यो अभिलेख हेर्दा कोरोनाको कहर भयाभय नरहेको संकेत गर्दछ । तर यति नै अभिलेखले यो महामारीको कहर मापन गर्न सकिन्न ।

पहिलो त नेपाल बाहिर रहेको लाखौ नेपाली जन नेपाल आएका छैनन । दोस्रो देश भित्रै पनि कोरोना संक्रमणको पहिचान १० प्रतिशत जनसंख्यामा पनि हुन सकेको छैन । यस्तो परिदृश्यमा कोरोना महामारीको आयतन कति हुन्छ के भन्न सकिन्छ ? जबसम्म कोरोनाको खास प्रभाव थाहा हुन्न तबसम्म यसले ल्याउने महामारीको आंकलन गर्न मुस्किल पर्छ । यस विषयको ठोस जबाफ नआएसम्म यसै भन्न सकिने स्थिति छैन । कोरोनाको संक्रमण समुदायमा पुगेको खबरहरु प्राप्त हुन थालेका छन् । यस्तो संक्रमणको लक्षणले मात्र पनि यसको आयतन अरु बढ्ने निश्चित छ ।

कोरोना महामारीको सन्दर्भ र यसको रोकथामको विषयमा विश्वका अनेक देशबाट नेपालले सिक्न जरुरी छ । बुहान जस्तो बन्द समाजको लकडाउनबाट पनि नेपालले सिकेन । न्युजिलेण्डले कोरोना मुक्त देश घोषणा गरिसकेको छ । नजिकैको भारतको केरला राज्यबाट सिकेर नेपाली समाज अनुकुल योजना बनाएको भए यो महामारी रोक्न धेरै हद सहयोगी हुन्थ्यो, जहाँ भारतभर कोरोना महामारीले अक्रान्त बनाइरहँदा त्यहाँ यी हरफ तयार गर्दासम्म २५ जनाको मात्र कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

एसियाकै अन्य देशका उदाहरणहरुबाट पनि नेपालले सिक्न नसकेकोले पनि कोरोनाको कहर कृतिम रुपले बढेको ठहर गर्न सकिन्छ । यस संगसंगै कोरोना विरुद्धको अभियानकै समयमा राजनैतिक उठापटक ल्याएर मूख्य समस्या ओझेलमा पर्दै गएको छ । कोरोना महामारीलाइ हैसियत अनुसारको राजनैतिक उपचार गर्नु पर्नेमा स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य सेवा विभागको कार्यक्रम जस्तो बनाइएको छ । लकडाउन गर्ने काम प्रहरी प्रशासनको कर्तव्य जस्तो र स्वास्थ्य सेवा ‘भगवान भरोसे’ बनाइएको छ । यसरी समस्याको समाधान हुने कुनै लक्षण परसम्म देखिन्न ।


क्याटेगोरी : बिचार, स्वास्थ्य
ट्याग : #breaking, #Corona


तपाईको प्रतिक्रिया दिनुहोस