Techie IT
×
गृहपृष्ठबिचारप्रधानमन्त्रीसँगै हालका गृहमन्त्रीको प्रहरी महानिरीक्षक नियुक्तिमा स्वार्थ देखिएन

प्रधानमन्त्रीसँगै हालका गृहमन्त्रीको प्रहरी महानिरीक्षक नियुक्तिमा स्वार्थ देखिएन


आजको मन्त्रिपरिषद बैठकले पहिलो वरियताका एआईजीपी शैलेश थापालाई प्रहरी महानिरीक्षक नियुक्त गरेको छ ।

बि. सं. २०७३ मा प्रधानमन्त्री रहनुभएका प्रचण्डले सत्ता सारथि नेपाली काग्रेसका नेता शेरबहादुर देउवासँगको परामर्श मा ३ नं वरियताका जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरी महानिरीक्षकका दावेदार पहिलो वरियताका डीआईजी नवराज सिलवाललाई अपमानित मात्र गरेनन् जेल हाल्नका लागि पक्राउ गर्ने तयारी नै गरेका थिए ।

पहिलो वरियताका डीआईजीलाई महानिरीक्षक नियुक्त गर भनी सुझाव दिने प्रधान न्यायाधीश सुशीला कार्कीलाई संसदमा महाभियोग दर्ता गराए ।

बि सं २०४८ को गिरिजाप्रसाद कोइरालाको क्याविनेटमा गृहमन्त्री रहेका शेरबहादुर देउवाले सुदूरपश्चिमका मोतिलाल बोहरालाई नेपाल प्रहरीको महानिरीक्षक बनाउन नयाँ ३० बर्षे ऐन ल्याएर रत्नशमशेर जबरालाई हठात पदबाट हटाएका थिए ।

बि स २०५३/५४ तिर गृहमन्त्री रहेका वामदेव गौतमले प्रहरी महानिरीक्षक रहेका अच्युतकृष्ण खरेललाई हटाएर ध्रुबबहादुर प्रधानलाई प्रहरी महानिरीक्षक बनाएका थिए ।

प्रचण्ड प्रधानमन्त्रीत्वमा गृहमन्त्री रहेका वामदेव गौतमले ०६५ मा पहिलो वरियताका रवीन्द्रप्रताप शाहलाई अपमानित गरेर दोस्रो वरियताका रमेशचन्द ठकुरीलाई महानिरीक्षक बनाएका थिए ।

रमेशचन्द ठकुरी भ्रष्टाचार आरोपमा जेल गएपछि रवीन्द्रप्रताप शाह केही समय महानिरीक्षक बन्न सफल भए ।

वर्तमान प्रधानमन्त्री ओलीले दुई वा तीन नम्बरमा रहेका प्रहरी अधिकारीलाई महानिरीक्षक नियुक्त नगरेर उनको राजीनामा माग्ने प्रचण्ड र वामदेवका परिभाषामा नराम्रो काम गरेका छन् ।

नेपाल प्रहरीमा वरियतालाई धज्जी उडाएर बेथिति विकृति र विसङ्गति लाद्ने काम ओलीले गरेनन् ।

प्रमुख प्रतिपक्ष दलका नेता र सभापतिका नजरमा पनि ओलीले ठीक काम गरेनन् ।

ओलीको काम गराइ प्रचण्ड वामदेव शेरबहादुर देउवाको भन्दा यो मामलामा फरक पाइयो ।

ओलीले निवर्तमान हुन लागेका प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीलाई नियुक्त गर्दा पनि पहिलो वरियतालाई मान्यता दिएका थिए ।

आज मनमा लाग्यो कि प्रचण्ड, वामदेव, शेरबहादुर देउवासँग ओलीको स्वभाव नमिल्नु स्वाभाविक रहेछ ।

शेरबहादुर, प्रचण्ड, वामदेव, माधव नेपाल, झलनाथ आदिले उनको राजीनामा माग्नु उनीहरुका नजरमा ठीक रहेछ । यस्तो नियमसंगत काम गरेर हामीहरुले बसालेको विकृतिको परम्परालाई भत्काउने हो भन्दै ।

आज उनीहरु पक्कै पनि मनमनै यो कुरा भनिरहेका होलान ।

प्रहरी महानिरीक्षक नियुक्तिमा गृहमन्त्रीहरुको स्वार्थ सदा बदनाम भई आएको छ । तर, वर्तमान प्रधानमन्त्रीसँगै हालका गृहमन्त्री रामबहादुर थापाले प्रहरी महानिरीक्षक नियुक्तिमा स्वार्थ राखेको पाइएन । देखिएन । यसर्थ गृहमन्त्री रामबहादुर थापा विशेष धन्यवादका पात्र हुनुहुन्छ ।

हो, सतीले सराप दिएको देश नेपाल भनेको सुनेको हो । साँच्चै असल र राम्रो काम गर्ने शासकको यो देशमा भलो भएको थाहा छैन ।

ओलीका सत्ता सारथि र दलका निकटकाले उनलाई हठात हटाउनु अब कुनै नौलो कुरा होइन ।

नेपाल प्रहरीको महानिरीक्षकमा शैलेश थापा नियुक्त


क्याटेगोरी : बिचार
ट्याग : #breaking


प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार