Techie IT
×
गृहपृष्ठबिचारनेकपामा विवादको बिउ : सिद्धान्त कि पद ?

नेकपामा विवादको बिउ : सिद्धान्त कि पद ?


कम्युनिष्टहरु सिद्धान्तप्रति प्रतिबद्ध हुन्छन् । कम्युनिष्ट पार्टीका नेताहरुमा पद भन्दा पनि सिद्धान्त प्रमुख हुने गर्छ । तर नेपालका कम्युष्टिहरुको ईतिहास केलाउने हो भने सिद्धान्तमा विमति हुँदा, राजनीतिक कार्यदिशा फरक हुँदा वा राजनीतिक कोर्सको सिफ्ट गर्ने र नगर्ने विचारबीच सहमति नहुँदा पार्टी विभाजन भएको घटना थोरै र पार्टीको अध्यक्ष वा महासचिव पदबीच भागबण्डा नमिल्दा, सरकारको नेतृत्व कसले गर्ने र राजदूत लगायतका राजनीतिक नियुक्तिहरुमा क–कसलाई पठाउने भन्ने कुरा नमिल्दा पार्टी गुट र फुटमा पुगेका घटनाहरु धेरै छन् ।

सत्तारुढ नेकपाभित्र अहिले देखिएको विवाद सिद्धान्त नमिलेर भएको होइन । अहिलेको नेकपा र यसको शीर्षस्थ तहमा रहेका नेता कुनै पनि महाधिवेशनबाट पार्टीका इमान्दार कार्यकर्ताले मतदान गरेर चुनिएका होइनन् । उनीहरु सहमतिका आधारमा बिभिन्न राजनीतिक दल त्यागेर विचार र कार्यदिशा मिल्नेहरुबीच भएको एकता हो । अहिले नेकपामा विवाद देखिनुको खास कारण पनि नेताहरुबीच एकता हुँदा गरिएका भद्र सहमतीहरु सत्तामा पुगेपछि अहंकारी शैलीमा लत्याउँदै गर्दाका परिणामहरु हुन् ।

जव समान हैसियत भएका दुई वा दुई भन्दा दलका नेता र पार्टीहरुबीच सहकार्य र एकताको सहमति हुन्छ भने त्यसको अक्षरसः पालना गर्नु पार्टीका शीर्ष तहका नेताहरुमा मात्र होइन तल्लो तहका कार्यकर्ताहरुमा पनि अनिवार्य हुन्छ । तर वर्तमान सन्दर्भमा सत्तारुढ नेकपा भित्र प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको दम्भले नै बढि घर गरेको देखिन्छ । पार्टी एकता हुँदा ‘पावर सेयरिङ’का आधारमा प्रधानमन्त्रीको कार्यकाल आधा आधा रुपमा सञ्चालन गर्ने, दुवै पार्टी अध्यक्षले समान रुपमा अधिकार पयोग गर्ने, एउटा अध्यक्षले सरकार र अर्कोले पार्टी सञ्चालनको जिम्मेवारी लिने भनिएतापनि केपी शर्मा ओलीले सो अधिकार आफुमै निहित गरेकाले प्रचण्डले करिव दुई वर्षसम्म पार्टीभित्र ‘हेपिएर’ बस्न बाध्य हुनु परेको तीतो यथार्थ घाम जत्तिकै छर्लङ्ग छ ।

पार्टी एक भएको भनिएको छ । तर पार्टीमा छलफल छैन । नियुक्तिहरुमा तँछाड र मछाड छ । एउटा बिधी, पद्दती र प्रकृयाको निर्माण भएको छैन । अराजकता मौलाएको छ । हिजोका पञ्चे र आजको सुधारिएका पञ्चे (काँग्रेस) जस्तै बनेको छ नेकपा । सत्तामा पैसा हुनेहरुको हालिमुहाली छ भने सिद्धान्त हुनेहरु पाखा लागेका छन् । कम्युष्टि नाम मात्र छ, चरित्र उही पञ्चेकै !

पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना कहरबीच राजनीतिक दल फुटाउन मिल्ने गरी अध्यादेश जारी गर्दा पार्टी भित्रैबाट ब्यापक बिरोध भएपछि पुनः फिर्ता गराउनु, राष्ट्रपति जस्तो सम्मानित पदलाई विवादमा ल्याउने दुस्प्रयास गर्नु, कालापानी, लिपुलेक र लिम्पियाधुरा भूभाग समेटिएको नेपालको नयाँ नक्सा जारी गरेपछि आफुलाई भारतले प्रधामन्त्री पदबाट हटाउन खाजेको भन्दै विवादास्पद र केटाकेटीपना जस्ता अभिब्यक्ति दिनु, सभामुख सांसद र सिंगो सदनलाई सुईँको नदिइ राातारात बजेट अधिवेशन अन्त्य गराउनु प्रधानमन्त्री ओलीका विवादास्पद कदमहरु हुन् । एमसीसी जसरी पनि पास गराएर लागू गर्ने पक्षमा रहेका प्रधानमन्त्री ओलीको पछिल्लो प्रयास पनि नेकपा भित्रका केही दूरगामी र बौद्धिक नेताले पास हुन नदिने भएपछि ओलीमा त्यो अहंकारले घर गरेको राजनीतिक विश्लेषकहरुको भनाई छ ।

पार्टीभित्र छलफल नै नगरी एकलौटी तरिकाले आफुखुसि निर्णयहरु गर्नु र त्यसको सिकार भने सिंगो पार्टी र सरकार हुनु, बिभिन्न संवैधानिक निकायहरुमा पार्टीको एउटा गुटको मात्र भेला गराएर आसेपासेहरुलाई नियुक्ति गर्नु ओली सरकारको गलत हर्कत भएको स्वयम् नेकपाका शीर्ष तहका नेताहरुले नैं आरोप लगाउने गरेका छन् । अहिले सत्ताधारी दल नेकपाको काम जनताको सेवा गर्न, कोरोनाले थिलो थिलो बनाएको अर्थतन्त्र र मानव स्वास्थ्यप्रति केन्द्रीत हुन, मुलुकलाई आत्मनिर्भर बनाउन, वर्ग पक्षधरतामा उभिन, पार्टी आन्दोलनलाई नयाँ दिशा दिन, नेता–कार्यकर्ताबीचमा नयाँ संस्कृतिको निर्माण गर्ने जस्ता राजनीतिका मुल विषयमा नेकपाका दुवै पक्ष केन्द्रित छैनन् । पार्टीका सचिवालय सदस्यहरुबीच नै आफ्नो हित हुने गरी सहमती र एकताका बुँदा बनेका छन् कि छैनन् ? आफु भोलिको प्रधानमन्त्री वा राष्ट्रपति बन्नेमा बाटो खुला छ कि बन्द छ ? भन्नेमै आत्मकेन्द्रीत भएका छन् ।

अहिलेको नेकपा र यसको शीर्षस्थ तहमा रहेका नेता कुनै पनि महाधिवेशनबाट पार्टीका इमान्दार कार्यकर्ताले मतदान गरेर चुनिएका होइनन् । उनीहरु सहमतिका आधारमा बिभिन्न राजनीतिक दल त्यागेर विचार र कार्यदिशा मिल्नेहरुबीच भएको एकता हो । अहिले नेकपामा विवाद देखिनुको खास कारण पनि नेताहरुबीच एकता हुँदा गरिएका भद्र सहमतीहरु सत्तामा पुगेपछि अहंकारी शैलीमा लत्याउँदै गर्दाका परिणामहरु हुन् ।

पार्टी एक भएको भनिएको छ । तर पार्टीमा छलफल छैन । नियुक्तिहरुमा तँछाड र मछाड छ । एउटा बिधी, पद्दती र प्रकृयाको निर्माण भएको छैन । अराजकता मौलाएको छ । हिजोका पञ्चे र आजको सुधारिएका पञ्चे (काँग्रेस) जस्तै बनेको छ नेकपा । सत्तामा पैसा हुनेहरुको हालिमुहाली छ भने सिद्धान्त हुनेहरु पाखा लागेका छन् । कम्युष्टि नाम मात्र छ, चरित्र उही पञ्चेकै ! त्यसले नेकपा भित्र अहिले देखिएको मूल समस्या नै पद, पैसा, प्रतिष्ठा, दम्भ, अहंकार र हठले गर्दा निम्त्याएको हो । यदि सैैद्धान्तिक रुपमा समास्या देखा परेको भए नेपालका बौद्धिक कम्युनिष्टहरुले सस्याको समाधान केही दिनको बसाइ र बैठकबाट निकालिसक्ने थिए । यो त, पदको लडाई हो, त्यसैले आज कथंकदाचित मिलिहाले पनि यो पदको लडाई आगामी दिनमा पुनः बल्झिने छ र त्यसले जनतालाई निराशा दिने पक्का छ ।

नेपालको कम्युनिष्ट आन्दोलन यतिबेला एकतृत हुन सकेको छैन । यो छिरोलिएको छ । समाजवादको बाटोमा हिँड्ने भनिएका आजका कम्युनिष्टहरु हिजोका संसदवादी दलहरु सत्तामा पुगेपछि कस्तो फोहोरी खेल खेल्थे उदाहरण बनेर देखाइदिएका छन् । जनताले अमूल्य मत दिएर सरकारको नेतृत्व गर्न पठाएको नेकपा यतिबेला सगरमाथाको चुचुरोमा त पुगेको छ तर कति समय यो त्यहाँ टिक्ने हो ? यसको ‘काउन्टडाउन’ पनि अव सुरु भइसकेको छ । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking

प्रतिक्रिया दिनुहोस