Techie IT
×
गृहपृष्ठबिचारएकातिर उज्यालो बालेर अर्कोतिरबाट बन्दुक ताक्दै ओली

एकातिर उज्यालो बालेर अर्कोतिरबाट बन्दुक ताक्दै ओली


अब नेकपा एमालेभित्र माधव नेपालहरुले ओली विरुद्ध वारपारको राजनीतिक लडाई नगर्ने हो भने केपी ओलीको बाँकी कार्यकालमा नेपालको संविधान, संसद र लोकतन्त्र नै पुनः समाप्तिको दिशातिर जाने निश्चित छ । ओलीलाई नेपालमा यो संविधान नसिध्याएसम्म भारतीय ‘रअ’को साथ र समर्थन रहने पक्का छ । यसविरुद्ध ओलीलाई जगैदेखि कमजोर बनाउने प्रमुख जिम्मेवारी अब एमालेहरुकै हो, माधव नेपालहरुकै हो । उनीहरुले ओलीमुक्त एमाले बनाउन सकेनन् भने देशले ओलीको प्रतिगामी कित्ताको यो अस्ताउँदो सत्ताबाट उन्मुक्ति पाउन निकै समय र शक्ति खर्च गर्नुपर्नेछ । त्यसैले एमालेको इतिहासको सम्मान, एमालेप्रतिको जनताको भरोसाको सम्मान वा एकता र सहकार्यको युगीन कार्यभार पूरा गर्न पनि अब माधव नेपालहरुले ओलीरहित एमाले बनाउने पहिलो काम सम्पन्न गर्न भोलि होइन, आज, आज होइन, अहिले नै वारपारको युद्ध गर्न तत्पर हुनुको विकल्प छैन ।

नेपालको सत्ता राजनीति अहिले पनि सामन्त गोयलको रोडम्यापकै आधारमा नै चलिरहेको देखिएको छ । गएको पुस ५ मा गरिएको संसद विघटन भारतीय सत्ताले नेपालको वाम एकता भङ्ग गर्न खनेको जग थियो । त्यही जगमा टेकेर अहिले पनि केपी ओली पुनस्र्थापित प्रतिनिधिसभालाई पङ्गु बनाउने र भारतीय चाहना पूरा गर्ने अनेकन कलाविहीन राजनीतिक नाटकहरु गरिरहेका छन् । त्यसैको उपज हो कि सर्वोच्च अदालतले बदर गरिसकेको संसद विघटन र जनताको आन्दोलनले नै परास्त गरिसकेको ओली प्रतिगमनका बाबजुद पनि अहिलेसम्म ओली सरकार निर्लज्ज रुपमा सत्तामा छ ।

पछिल्लो आम निर्वाचनले नेपालमा दुई तिहाई वहुमतको वामपन्थी सरकार स्थापना गरेपछि भारतीय सत्ता हस्तक्षेपबाट नेपाल मुक्त हुने आमअपेक्षा थियो । भारतीय सरकारका केही समय नेपालका माइक्रो म्यानेजमेन्ट गर्ने सनातनी अभ्यासमा केही अलमलमा परेर बेरोजगार पनि हुँदै थियो । वामपन्थी दलको वहुमतको सरकारले राष्ट्रवादी धारमा उभिएर देश र जनताका पक्षमा काम गर्ने आम अपेक्षा थियो । जनादेश नेपालमा राजनीतिक स्थायित्व, विकास र समृद्धिको सपना पूरा गर्नका लागि थियो ।

तर, नेकपाका एकता र जनादेशको तागतमा हल्लिएको भारतले नेपालको वामपन्थी सरकारलाई टिक्न र पपुलर हुने जनपक्षीय काम गर्नबाट बरालिदियो । पार्टी एकता पूरा नहुँदै भंग गर्न दृश्य/अदृश्य अनेकन स्वदेशी र विदेशी प्रपञ्चहरु भए । अफसोचको कुरा, त्यसको सिखण्डी अरु कोही बनेनन्, बनिदिए उनै तत्कालीन एकीकृत नेकपाका एक अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली । केपी ओलीलाई नै शासकीय महत्वको धुरीमा चढाएर नेकपाको एकता र वाम सरकारको तागत धुलोमा मिलाउन स्वयं केपी ओली नै मोहोरा बनाइए । शहीदहरुको वलिदान र जनताको मतादेशको जगमा कार्यकारी सत्ता प्रमुख बनेका ओलीले आफूलाई मत दिने जनता, पार्टी एकतामा ऐतिहासिक साथ दिने प्रचण्ड नेतृत्वको माओवादी र लाखौं जनताको भावनालाई आफ्नो शासकीय हठ र दम्भका सामु बेकार सावित गरिदिए ।

फलतः अहिले विदेशीको र सारमा भारतीय जासुसी एजेन्सी ‘रअ’को प्यादा बनेर केपी ओली राजनीतिक तमाशा देखाउने शिखर यात्रामा निरन्तर अघि बढिरहेका छन् । उनले नेकपाको युगीन एकता भंग गरे । संसद सिध्याए पनि हारे । अहिले प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रमा ओलीको भुतको प्रभाव कम छ, तर नेकपा एमाले ओलीको सत्ता भुतमा उल्झिरहेको छ ।

अब नेकपा एमालेभित्र माधव नेपालहरुले ओली विरुद्ध वारपारको राजनीतिक लडाई नगर्ने हो भने केपी ओलीको बाँकी कार्यकालमा नेपालको संविधान, संसद र लोकतन्त्र नै पुनः समाप्तिको दिशातिर जाने निश्चित छ । ओलीलाई नेपालमा यो संविधान नसिध्याएसम्म भारतीय ‘रअ’को साथ र समर्थन रहने पक्का छ । यसविरुद्ध ओलीलाई जगैदेखि कमजोर बनाउने प्रमुख जिम्मेवारी अब एमालेहरुकै हो, माधव नेपालहरुकै हो । उनीहरुले ओलीमुक्त एमाले बनाउन सकेनन् भने देशले ओलीको प्रतिगामी कित्ताको यो अस्ताउँदो सत्ताबाट उन्मुक्ति पाउन निकै समय र शक्ति खर्च गर्नुपर्नेछ । त्यसैले एमालेको इतिहासको सम्मान, एमालेप्रतिको जनताको भरोसाको सम्मान वा एकता र सहकार्यको युगीन कार्यभार पूरा गर्न पनि अब माधव नेपालहरुले ओलीरहित एमाले बनाउने पहिलो काम सम्पन्न गर्न भोलि होइन, आज, आज होइन, अहिले नै वारपारको युद्ध गर्न तत्पर हुनुको विकल्प छैन ।

तमाम तथ्यहरुले पुष्टि गरिसकेको छ कि ओलीले यो प्रतिगमनको यात्राबाट यो जीवनकालभरि विश्राम लिने छैनन् । उनले मुखमा चुनावको जप गरेर सारमा चुनाव गर्न नसक्ने बहानामा सैन्य शासन र राष्ट्रपति शासनका लागि आधार तयार गरिरहेका छन् । ओली आफनो रोडम्याप बहुत स्पष्ट र सिधा अघि बढिरहेका छन् । त्यसको पहिलो प्रतिवाद माधव नेपालहरुको एमालेले पार्टीभित्रै, संसदीय दल र संसदमार्फत गर्न ढिला गरे भने ओलीको अरु आत्मघाती दुष्कर्मको भुमरीमा नेकपा एमाले, देश, संसद र संविधान पुनः फँस्ने खतरा मुखैमा छ । एमाले हाँकेर डेढ दशक महासचिव बनेका माधव नेपाल, अध्यक्ष भइसकेका झलनाथ खनालदेखि भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालदेखि योगेश भट्टराईहरुले अब ओलीका गुलिया कुरामा भुलिएर एमाले सिध्याउने र ओली प्रतिगमन मार्फत देशलाई थप अँध्यारो सुरुङमा फँसाउने खतराबाट जोगाउन सक्नै पर्छ । यसमा कोही कसैले पनि नयाँ पुस्तामा नेतृत्व आउने वा अरु धेरै क्रान्तिकारी रोमान्सका गुलिया आश्वासनका ओली भुलभुलैयाँमा फँस्न हुँदैन । त्यो भनेको एकातिर उज्यालो बालेर अर्कोतिरबाट बाघलाई बन्दुक सोझ्याउने ओली षडयन्त्र मात्र हो । यो तथ्य सबै एमालेहरुलाई भइसकेको हुनुपर्ने हो ।

संसद हत्यालाई अदालतले बदर गरे पनि ओलीले अहिले संसदलाई विजनेसविहीन बनाएर यसको गरिमा, औचित्यमाथि नै बहुकोणीय नकारात्मक कुप्रचार गराइरहेका छन् । यो संसद असफल पार्ने अर्को ओली षडयन्त्र नै हो । ओलीले प्रि–बजेट अधिवेशन आव्हानको नाउँमा जारी संसद अधिवेशन अन्त्य गरेर पुनः अविश्वास प्रस्तावबाट जोगिने र संसद सिध्याउने प्रपञ्च गरिरहेका छन् । त्यसको मतियार हुन एमालेका माधव नेपाल समूह, माओवादी केन्द्र, कांग्रेस र जनता समाजवादी दल हुनु हुँदैन । त्यसो भएमा यो संविधान र लोकतन्त्रका लागि अन्य दलको आत्मघाती गोल हुनेछ । यसविरुद्ध पनि ओली इतर एमालेदेखि कांग्रेस, जसपा, माओवादी केन्द्र र अन्य लोकतान्त्रिक पक्षधर व्यक्ति/संस्था सबै एकाकार र सहकार्यमा जान आवश्यक छ । समयबद्ध साप्ताहिकबाट


क्याटेगोरी : बिचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)