Techie IT
×
गृहपृष्ठबिचारपत्रकार महासंघको महाधिवेशन : प्रतिगमनको मलामी जाने कि अग्रगमनको जन्ती ?

पत्रकार महासंघको महाधिवेशन : प्रतिगमनको मलामी जाने कि अग्रगमनको जन्ती ?


प्रत्येक तीन–तीन वर्षमा हुने नेपाल पत्रकार महासंघको महाधिवेशन यस वर्ष कोभिड–१९का कारण अलि ढिला हुने भयो । ढिलो गरी तोकिएको मिति अनुसार यही चैत २५ गते महासंघ अन्तर्गतका ७७ वटै जिल्ला शाखा, उपत्यकासहित आठ प्रदेश, प्रतिष्ठान र एसोशिएट र केन्द्रीय समितिको प्रत्यक्ष निर्वाचन प्रणालीका आधारमा मतदान हुँदै छ । यसपट देशैभरीबाट करिव १५ हजार पत्रकार मतदानमा सहभागी हुँदैछन् ।

पछिल्लो समय सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, सामाजिक सञ्जाल निर्देशिका (अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका (संघ, प्रदेश र स्थानीय समेत) सरकारले अघि बढाएका विधेयक फिर्ता गराउन पनि प्रतिगामी सरकार विरुद्ध आन्दोलन गर्नैपर्ने छ ।

महासंघको चुनावी प्रकृया सुरु भइसकेको छ । केन्द्रीय समितिमा उम्मेदवारी दर्ता भएको छ भने जिल्ला, प्रदेश, प्रतिष्ठान र एसोशियटहरुमा उम्मेदवारी दिने क्रम भोलिबाट सुरु हुँदैछ । उम्मेदवारी दर्ता प्रकृया सुरु हुनु एक दिन अघि महासंघको साझा गरिमा र महत्वलाई कायम राख्दै महासंघलाई अझ प्रजातान्त्रिक र समानुपातिक एवम् समावेशी चरित्रको बनाउन र यसलाई कुनै पनि सरकारको ‘रबर स्ट्याम्प’ बन्न नदिन पत्रकारका बिभिन्न संगठनहरुबीच चुनावी तालमेल (एलायन्स) पनि बनेको छ । खासगरी नेपालको पछिल्लो राजनीतिक परिघटनासँगै प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक, पश्चगामी र अलोकतान्त्रिक कदमकाविरुद्ध नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले पहिलो पटक बिज्ञप्ति नै प्रकाशित गरि यो रवैयाको बिरोध जनाई सकेको छ ।

पत्रकारिता राज्यको ‘चौथो अंग’ हो भन्ने मान्यतालाई भुल्दै सत्ताको तावेदारी गरेर सरकारी नियुक्ति ताक्ने प्रबृत्ति पत्रकारिता क्षेत्रमा ब्याप्त छ । देशको अर्थतन्त्र कोरोना कहरले थिलथिलो बनाइसक्दा पनि कोरोना संक्रमण रोकथाम गर्ने बहानामा कोरोनामाथि नै भ्रष्टाचार गर्ने र एकतर्फी रुपमा दल फुटाउने अध्यादेश ल्याएको सरकार पछिल्लो समय श्रमजीवि पत्रकारहरुमाथि मिडिया मालिकहरुले श्रमशोषण गर्दा, पारिश्रमिक नदिँदा, पारिश्रमिक आधा दिएर कामबाट निकाल्दा, थाहै नदिई श्रमजीवि पत्रकारलाई सेवाबाट हटाउँदा, सूचना तथा सञ्चार प्रविधि मन्त्रालय, न्यूनतम पारिश्रमिक निर्धारण समिति आदि निकाय कानमा तेल हालेर बसिरहे । किनकी ती निकायमा पश्चगामी सरकारका पत्रकार, पछौटे र झोलेहरु झिँगा मारेर झुलिरहेका छन् । सरकारले तोकेको काम गर्नु भन्दा गुट चलाउनु उनीहरुको नुनको जोहो बनेको छ ।

पछिल्लो समय सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयक, सार्वजनिक सेवा प्रसारण विधेयक, सामाजिक सञ्जाल निर्देशिका (अनलाइन) लगायतका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिरोधी, नागरिक अधिकार कुण्ठित गर्ने किसिमका (संघ, प्रदेश र स्थानीय समेत) सरकारले अघि बढाएका विधेयक फिर्ता गराउन पनि प्रतिगामी सरकार विरुद्ध आन्दोलन गर्नैपर्ने छ ।

पत्रकार महासंघको निर्वाचनलाई ‘मिनी पार्लियामेन्ट’को निर्वाचनका रुपमा पनि आमजनताले हेर्ने र बुझ्ने गर्छन् । त्यसैले यो एउटा आन्दोलनको मोर्चा हो । यो मोर्चामा पत्रकारहरुले कस्तो मुद्धा बोकेर हिँडेका छन् भन्ने जान्न जनता उत्सुक र ईच्छुक हुनु स्वभाविक हो । आन्दोलनको दौरानमा ब्यक्ति गौण हुन्छ, र संगठनहरु प्रमुख हुन्छन् ।

को हुन् पश्चगामी ?

हरेक राजनीतिक दलका भातृ संगठनहरु छन् र हुन्छन् । नेपालका हरेक राजनीतिक दलका भातृ संस्थाका रुपमा पत्रकारका संगठनहरु पनि छन् । यस पटकको नेपाल पत्रकार महासंघको निर्वाचनमा दुई प्यानलहरु निर्माण भई चुनावी मैदानमा होमिएका छन् ।

एउटा अग्रगमनकारी प्यानल छ भने अर्को पश्चगामी प्यानल निर्माण भएको छ । वर्तमान सरकारलाई साथ दिने र उसको भातृ संस्थाको रुपमा रहेको गणेश बस्नेत नेतृत्वको प्रेस चौतारी यतिबेला पश्चगामी प्यानलका रुपमा खडा भएको छ ।

बजारमा यसलाई ‘सरकारी चौतारी’ भनेर पनि बुझ्ने गरिन्छ । यसको नेतृत्व गरेको प्यानलमा विप्लव समूहका पत्रकार, केही राजावादी पत्रकार, र जनता समाजवादी पार्टी निकटका पत्रकारहरुको गठजोड छ ।

पत्रकार महासंघको निर्वाचनले घुर्मैलो भएपनि आगामी राजनीतिक रेखा तयार पारेको छ । नेता र नेतृत्व तहलाई पनि केही सोच्न बाध्य बनाएको छ । पछिल्लो समय नेपाली राजनीतिक भिडमा खुला भएका विप्लव भोलिका दिनमा कसरी अगाडि बढ्लान् भन्ने संकेत पत्रकारहरुको चुनावका बेला सरकारी चौतारीसँग गरेको एलायन्सले अधुरो र मधुरो बाटो भने देखाएको छ । त्यसैगरी आगामी दिनमा राजावादीहरु र मधेशी दलले पनि संसद विघटनसम्मको अलोकतान्त्रिक र पश्चगामी कदम चाल्ने वर्तमान ओली सरकारलाई कसरी हेरिरहेको छ भन्ने प्रस्ट्याउ मद्दत गरेको छ ।

यी हुन् अग्रगामी

यस पटकको महासंघको निर्वाचनमा काँग्रेस निकट नेपाल प्रेस युनियन, माओवादी निकट प्रेस संगठन नेपाल, नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारी नेपाल, मसाल निकट प्रगतिशील पत्रकार संघ नेपाल, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी निकट क्रान्तिकारी पत्रकार महासंघ, सीपी मैनाली नेतृत्व माले निकट देशभक्त पत्रकार संघसहित १० पत्रकार संघ/संगठनले मिलेर महासंघको चुनावमा साझा उम्मेदवारी घोषणा गरेका छन् ।

त्यसैले पत्रकार महासंघको निर्वाचनले घुर्मैलो भएपनि आगामी राजनीतिक रेखा तयार पारेको छ । नेता र नेतृत्व तहलाई पनि केही सोच्न बाध्य बनाएको छ । पछिल्लो समय नेपाली राजनीतिक भिडमा खुला भएका विप्लव भोलिका दिनमा कसरी अगाडि बढ्लान् भन्ने संकेत पत्रकारहरुको चुनावका बेला सरकारी चौतारीसँग गरेको एलायन्सले अधुरो र मधुरो बाटो भने देखाएको छ । त्यसैगरी आगामी दिनमा राजावादीहरु र मधेशी दलले पनि संसद विघटनसम्मको अलोकतान्त्रिक र पश्चगामी कदम चाल्ने वर्तमान ओली सरकारलाई कसरी हेरिरहेको छ भन्ने प्रस्ट्याउन मद्दत गरेको छ ।

त्यसैले केही क्षणको न्यानोका लागि ओछ्यानमा पिसाव गरेर त्यसैमा लुटपुटिने कि टिकाउ हुने खालको आगोको भुङ्ग्रो बाल्नपटि लाग्ने ? प्रतिगमनको मलामी जाने कि अग्रगमनको जन्ती ? यसको जिम्मा ‘चौथो अंग’मा आवद्ध आमपत्रकारहरुलाई । समयबद्ध साप्ताहिकबाट

 


क्याटेगोरी : बिचार
ट्याग : #breaking, #fnj, #hot, #jwala, #phadindra phuyal

तपाईको प्रतिक्रिया दिनुहोस


जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)