Techie IT
×
गृहपृष्ठबिचारराष्टपति विद्या र प्रधानमन्त्री केपीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ

राष्टपति विद्या र प्रधानमन्त्री केपीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ


झिल्को टिप्पणी

प्रतिनिधि सभा भंग गर्ने सरकार र राष्टपतिको कदम सर्वोच्च अदालतले फागुन ११ गते मंगलवार बदर गरेपछि जितेको छ देशले, संविधान, गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता लगायतले । यो नैतिक, कानुनी र राजनीतिक पराजय हो कामचलाउ प्रधानमन्त्री केपी ओलीको । आफ्नो ७० औं जन्मदिन सरकारी निवासमा धुमधामका साथ मनाउदै गर्दाको सन्ध्यामा ओलीलाई मिलेको यो सबैभन्दा महंगो वर्थ डे गिफ्ट हो, जसले उनलाई सत्ताको शिखरबाट सडकमा ओरालेको छ ।

कानुनी रुपमा ओलीको कदम पराजीत भइसकेपछि अब ओलीलाई एक मिनेट पनि सत्तामा बस्ने नैतिक अधिकार छैन । ओलीले पाँच वर्षे आयु पाएको संसदको हत्या गर्ने कोशिश गरेकै हुन । तर, अदालतले ओलीको संसद हत्या बदर गरेपछि आफ्नै कदम ओलीलाई आत्मघाती प्रमाणित भएको छ ।

अब राजनीतिक रुपमा ओलीको दम्भ पराजीत भइसकेको हो । कानुनी र संवैधानिक रुपमा ओलीले सर्वोच्च अदालतबाटै सर्मनाक हार व्यहोरी सके । पाँच जनाको संवैधानिक इजलासमा राय नबाझिइकन सर्वसम्मत फैसला हुनुले ओलीको कदमप्रति न्यायलय पनि एकमत रहेको स्पष्ट भएको छ । अब ओलीले नैतिकताका आधारमा राजीनामा दिनुको विकल्प नै छैन ।

उनले सम्मानित राष्टपति संस्थालाई पनि चरम विवाद र संकटमा धकेलेका छन । पुस ५ गते ओलीले संसद बिघटनका लागि गरेको सिफारिस सदर गरेर राष्टपति भण्डारी ठूलो विवादमा मात्र परिनन, उनले राष्टपति संस्थालाई पनि चरम विवादित बनाइन । अब उनले पनि सर्वोच्चको फैसलाको बलमा नैतिकताका आधारमा राजीनामा दिनैपर्छ । राजनीतिमा नैतिकताको परीक्षामा अब खरो उत्रने अन्तिम चुनौती प्रधानमन्त्री ओली र राष्टपति भण्डारी सामु आइ लागेको छ ।

राजनीतिमा मुद्दा र विचार सही बोकेमा सत्तामा नबसे पनि जनविश्वास र समर्थन पाउन सकिन्छ भन्ने उदाहरण सत्तारुढ नेकपाको प्रचण्ड पक्षीय बहुमत खेमाले सिद्ध गरेको छ । संविधान, गणतन्त्र र संसदीय लोकतन्त्रको रक्षाका खातिर सडकमा ओर्लेका र जनतासँगै लडेका प्रचण्डले शान्तिपूर्ण युद्धकै बलमा, न्यायालयको साथले ओली प्रवृत्तिलाई समुल पराजित गर्न ऐतिहासिक सफलता पाएका छन । अब ओलीले राजीनामा नदिए उनलाई संवैधानिक विधि र प्रक्रियाबाट पदमुक्त गर्नु नै अहिले गैर ओली कित्ताको प्राथमिक काम हो ।

राष्टपति भण्डारीले अब कुनै नैतिक आधार छैन, जहाँ उनले त्यो पदमा रहिरहन मिलोस । केपी ओलीको रबरस्टाम्प र प्यादा बनेर उनले संविधानमाथिको ओली बलात्कार र व्यवस्था सिध्याउने देशी विदेशी षडयन्त्रको जुन स्तरमा अन्ध समर्थन गरिन, त्यही जगमा उभिएर राष्टपति भण्डारीले अब राजीनामा गनुपर्छ । उनले अब त्यो पदको ओज, बोझ र गरिमालाई थप दुर्गन्धित बनाउन मिल्दैन, पाउदिनन् पनि ।

 


क्याटेगोरी : बिचार
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)