मूर्खको सुन बेसार :
यतिखेर सिङ्गो मुलुक पहेँलपुर भएको छ । सामाजिक सञ्जालको भित्तोमा बेसारे पृष्ठभूमिसहित आफ्नो फोटो सजाउने लहर नै चलेको छ । कोरोनाको कहरबाट मुक्त हुन सत्तारुढ पार्टीका अध्यक्ष तथा प्रधानमन्त्रीले बेसार खाने र हाँच्छ्युसाँच्छ्र्यु गर्ने ओखती प्रस्ताव गरे लगत्तै पहेँलपुर हुने क्रम बढ्यो । कोरोनाको कहरबाट मुक्त हुन बेसार सञ्जिवनी बुटी हो कि हैन त्यस्तो वैज्ञानिक परीक्षण छैन । तर, बेसारमाथि यसअघि भएका अन्तराष्ट्रिय अध्ययन अनुसन्धानमा सञ्जिवनीको काम गर्छ भन्ने देखाएको छैन । बरु पहेँलो बेसारलाई ‘मूर्खको सुन’ भन्ने निश्कर्ष निकालेको छ ।
पहेँलपुर हुने क्रममा एक प्रकारको अघोषित राष्ट्रिय सहमति जस्तै छ । बेसार प्रस्तावको विपक्षमा सुरु भएको बेसारे फोटो प्रकाशन अभियान बेसार प्रस्तावका पक्षपातिहरुको पनि आदर्श आवरण बनेको छ ।
‘हलेदो भनेर थाहा पाएपछि किन कोट्याउनु ? ‘ भन्ने त नेपाली उखान नै छ । यो प्रसंग त्यत्तिकै रोचक छ । ‘बेसार’को अर्को अर्थ हो कुनै सार नभएको, फोस्रो, काम नलाग्ने, बेकामे । ‘बेसारे’को अर्थ त झनै विरक्तलाग्दो छ । चिप्लो कुरा गरेर रिझाउन सिपालु, लोलोपोतो गर्न जान्ने, चेप्र्याँइ पार्न सक्ने चाप्लुसलाइ बेसारे भनिन्छ ।
बेसार/हर्दि/ हलेदोको अर्थ :
बेसारको अर्को नाम हलेदो हो । बेसार हर्दि नामले पनि प्रचलित छ । राई मातृभाषीहरुले ‘द’ को साटो ‘ड’ अक्षर उच्चारण गर्छन । र, ‘हर्दि’लाई ‘हर्डि’ भन्छन । नेपाली शब्दकोसहरुमा बेसार/हर्दि/हलेदोलाई अदुवा आकारको, तितो टर्रो भावको पहेँलो कन्द, एक जातको बोट, सुकाएर बेसार बनाइने त्यसैको कन्द वा अदुवाको ढाँचाको बोट हुने र जमिनमुनी त्यसै छाँटले फल्ने एक कन्द, दाल, तरकारीमा त्यसैको धूलो हाल्ने चिज बेसार/हर्दि/हलेदो भनी अर्थ लगाएको छ ।

‘हलेदो भनेर थाहा पाएपछि किन कोट्याउनु ?‘ भन्ने त नेपाली उखान नै छ । यो प्रसंग त्यत्तिकै रोचक छ । ‘बेसार’को अर्को अर्थ हो कुनै सार नभएको, फोस्रो, काम नलाग्ने, बेकामे । ‘बेसारे’को अर्थ त झनै विरक्तलाग्दो छ । चिप्लो कुरा गरेर रिझाउन सिपालु, लोलोपोतो गर्न जान्ने, चेप्र्याँइ पार्न सक्ने चाप्लुसलाइ बेसारे भनिन्छ ।
नेपाली भान्सामा बेसारको प्रयोग उच्चतम छ । प्राथमिक उपचारमा बेसारको प्रयोग नेपालमा नौलो सम्झाइरहने विषय होइन । एण्टिबायोटीकको रुपमा पनि प्रयोग हुँदै आएको हो । माछा, मासु रंगाउने लगायतका काममा बेसारको प्रयोग हुन्छ । बेसारको बैज्ञानिक परीक्षण पनि नभइसकेकोले बेसार सबै रोगको अचुक ओखतीको रुपमा स्थापित छ । यहाँ पहेँलो बेसारे रंगले राजनीतिक दूनियाँमा प्रवेश गरेको चर्चा आउने हरफमा हुनेछन् ।
जनमत र सडक कविता :
जनमत संग्रह (विसं ०३६/०३७) ताकाको कुरो हो । उतिबेला धरानमा बहुदलवादीहरुले ‘सडक कविता क्रान्ति’ नामको सार्वजनिक साहित्य गोष्ठी गर्थे । जनतालाई, बहुदलीय व्यवस्थाको आवश्यकता बोध गराउन यस्तो कार्यक्रम आयोजित गरिन्थे । खुला सडक पेटीमा गरिने भएकाले यसको नाम पनि स्वतः ‘सडक कविता क्रान्ति’ रहन गयो । पञ्चायती व्यवस्थाको निरंकुशताको विरुद्ध जनचेतना फैैलाउने साँच्चिकै यो साहित्यिक क्रान्ति थियो । विस्तारै यो साहित्यको माध्यमबाट राजनीतिको सेवा गर्ने लोकप्रिय कार्यक्रम भयो । यो कार्यक्रमले अन्यत्र पनि व्यापकता पायो । रंगको राजनीति यहाँ पनि आएकाले मात्र यो प्रसंग सम्झनाको लागि ल्याइएको हो ।
केही बाम घटकले पाँच पूर्वसहित जनमतमा भाग लिने निर्णय गर्नासाथ मूलपार्टीका भातृ संगठनहरुले राजनैतिक मुद्धाहरुमा अनेक कार्यक्रम गरे । हुनतः त्यसबखत नेपालका कम्युनिस्टहरुलाई जनमतको बहिष्कार गरेर निर्दललाई जिताएको आरोप लाग्दै आएको छ । तर यो आरोपमा कुनै दम छैन ।
पञ्चायत पहेँलो, बहुदल निलो :
जनमत संग्रहमा पञ्चायती व्यवस्था रोज्न (मत दिन) का लागि पहेँलो र बहुदलीय व्यवस्था रोज्न निर्वाचन आयोगले निलो रंग चुनाउ चिनो कायम गरिदिएको थियो । बहुदलीय व्यवस्था रोज्नको लागि त धेरै राजनैतिक मुद्धाहरु थिए । तर पञ्चायत रोज्नको लागि कुनै नौलो नौतुन मुद्धा थिएन ।
पुरानो विरासत कायम गर्ने अनेक हथकण्डा अपनाउनुको विकल्प थिएन । यता बहुदलीय व्यवस्था पक्षधरका लागि भने मुद्धैमुद्धा थिए । परिवर्तनकामी पार्टीहरुले जनतालाई जगाउने अनेक साहित्यिक/सांगीतिक कार्यक्रमहरु गर्दथे । केही बाम घटकले पाँच पूर्वसहित जनमतमा भाग लिने निर्णय गर्नासाथ मूलपार्टीका भातृ संगठनहरुले राजनैतिक मुद्धाहरुमा अनेक कार्यक्रम गरे । हुनतः त्यसबखत नेपालका कम्युनिस्टहरुलाई जनमतको बहिष्कार गरेर निर्दललाई जिताएको आरोप लाग्दै आएको छ । तर यो आरोपमा कुनै दम छैन । मुलपार्टी भूमिगत भएकाले बाहिर निस्कने अवस्था नरहे पनि सहायक संगठनहरु बहुदललाई जिताउन मैदान मै थिए । त्यसबखत नेकपा मालेसम्बद्ध संकल्प परिवारले प्रचार गरेको यो गीतबाट पनि प्रस्ट हुन्छ ।
गल्ती गर्नु हुन्न
अब आउने निर्वाचनमा
निर्दल चुन्नु हुन्न ।
पञ्चेहरुले खाए हाम्रा रगत र मासु
जनताका गहभरी हेर ताता आँसु ।
धोतीबाजे र सडक कविता :
त्यस बखतको सडक कविता क्रान्तिमा ‘धोतीबाजे’ नामका एक जना कांग्रेसी पण्डित खुबै चर्चित थिए । धोतीमात्र लाउने हुँदा धोतीबाजे उनको नाम रहन गयो । बहुदलीय व्यवस्थाको स्थापनार्थ रातो दिन खट्ने भएकोले ‘बहुदलबाजे’ नाम पनि थपियो । उनका हरेक कविता बहुदलको पक्षमा चोटिलो आउँथ्यो ।
धोतीबाजे सहभागी नभएको सडक कविता क्रान्ति त्यति जम्दैन थियो । उनले कथेका अनेक कविता यतिखेर सम्झनाको नेपथ्यमा धकेलि सकेको छ । तर एउटा कविताको प्रसंग भने यो लेखनदासको सम्झनामा आइरहन्छ । धोतीबाजेले त्यसबखत बहुदलवादी नेताहरु देशभरी कहाँ–कहाँ पक्राउ परे, कहाँ चुटाइ खाए, कहाँ भागे सबै फेहरिस्त भएको कविता सुनाउँथे । कविताको अन्तिम हरफमा उनी राजालाई विवादमा नल्याउन आग्रह गर्थे, ‘खबरदार महापञ्चे हो राजालाइ नमुछ ।’
धोतीबाजे सहभागी नभएको सडक कविता क्रान्ति त्यति जम्दैन थियो । उनले कथेका अनेक कविता यतिखेर सम्झनाको नेपथ्यमा धकेलि सकेको छ । तर एउटा कविताको प्रसंग भने यो लेखनदासको सम्झनामा आइरहन्छ । धोतीबाजेले त्यसबखत बहुदलवादी नेताहरु देशभरी कहाँ–कहाँ पक्राउ परे, कहाँ चुटाइ खाए, कहाँ भागे सबै फेहरिस्त भएको कविता सुनाउँथे । कविताको अन्तिम हरफमा उनी राजालाई विवादमा नल्याउन आग्रह गर्थे, ‘खबरदार महापञ्चे हो राजालाइ नमुछ ।’ त्यो लामो कविताको सानो अंश अझै मलाई ताजै छ :
कविताको अंश :
धनकुटामा आनन्द राई
झापामा श्री सिके परसाँइ
आँखीसल्लामा कवि बम देवान
हेटौँडामा लौह पुरुष गणेशमाान ।
खबरदार महापञ्चे हो राजालाई नमुछ ।
यसरी देशभरका बहुदल पक्षीय नेता कार्यकर्ताहरु गिरफ्तारीमा परेको, लखेटिएको लम्बेचौडे अभिलेख उनको सडक कवितामा हुन्थ्यो तर सुन्दा नारा हैन मिठो लाग्ने शैलीमा ।
पहेँलपुर पञ्चायत :
पञ्चायतलाई जिताउनै पर्ने कुनै खास मुद्धा त छँदै थिएन । मुद्धा नभएपछि पञ्चायतको चुनाउ चिनो रंग रोकनको पछि लाग्नुको विकल्प थिएन । यसर्थ पञ्चे महिलाहरुले पहेँलो गुन्यु चोलोको फेसन गरे ।
पञ्चायती पर्चा, पम्पलेट, व्यानर पहेँलो रंगमा सजिए । यतिमात्र होइन पहँलो रंगको महिमा स्तोत्रहरु लेखिए । कविता, गीत पहेँलो रंगलाई उजिल्याउन लेखिए । बहुदलको चुनाउ चिनो निलो रंगको उछितो काढियो । धेरै कुराहरु त अहिले पन्यालो सम्झनामात्र छ । तर घतलाग्दो घटना चै एउटा छ पहेँलो रंगको सडक कविता अभियानमा ।
घटना विवरण धरान कै हो । यसै मेसोमा बहुदलवादीहरुको प्रतिष्पर्धा गर्न निर्दलवादीहरुले पनि सडक कविता गोष्ठी गर्ने भए । स्व. कवि बद्रि पालिखे उसबखत पञ्चायतमा लागेका थिए । सडक कविता गोष्ठीका मूख्य हर्ताकर्ता उनै थिए । छोटा कविता र मुक्तक लेखेर कवि हुन पुगेका मूख्य आकर्षक पनि उनै थिए । एउटा सडक गोष्ठीमा उनले पञ्चायतको रंग बखान गर्दै महिमा गाउन थाले :
यति हरफ कवितामात्र बाचन गरेका थिए, दर्शक दीर्घामा उभिएका एक हुल बहुदलवादी युवाहरुले ठूलो तर एकै श्वरमा भने ‘गुहुको रंग पनि पहेँलै हुन्छ ।’ यति भनि सकेपछि त्यहाँ हुलहुज्जत सुरु भयो । पञ्चहरुको सडक कविता कार्यक्रम स्थगित भयो ।
पाकेको आँपको रंग पहेँलो हुन्छ
केरा, मेवाको रंग पनि पहेँलो हुन्छ
फलको राजा सुन्तलाको रंग पहेँलो हुन्छ
सयपत्री फुलको रंग पनि पहेँलो हुन्छ
यति मात्र कहाँ हो र ?
बहुमूल्य धातु सुनको रंग पनि पहेँलै हुन्छ ।
यति हरफ कवितामात्र बाचन गरेका थिए, दर्शक दीर्घामा उभिएका एक हुल बहुदलवादी युवाहरुले ठूलो तर एकै श्वरमा भने ‘गुहुको रंग पनि पहेँलै हुन्छ ।’ यति भनि सकेपछि त्यहाँ हुलहुज्जत सुरु भयो । पञ्चहरुको सडक कविता कार्यक्रम स्थगित भयो ।
रहलपहल :
पत्रकारिता जगतमा पहेँलो (पीत) पत्रकारितालाई राम्रो मानिन्न । प्रख्यात पत्रकार जोसेफ पुलित्जरले राम्रो उद्वेश्यकासाथ सुरु गरेको पत्रकारितामा उनका प्रतिष्पर्धीले भ्रष्टीकरण गरे । र, पीत पत्रकारिता र पत्रकारको जन्म भयो । यो प्रवृत्तिले आजसम्म पीडा दिइरहेको छ । नेपाली राजनीतिमा पनि पहेँलो रंग पीत नै हो । कोरोनाको कहरमा पनि सिङ्गै नेपाली समुदायमा पहेँलो बेसारे रंगले भ्रम छरेको छ । त्यतिले मात्र नपुगेर कोरोना भगाउने ‘जन्तरमन्तर’ पनि आएको छ । यसपछि भ्रम छर्न बाँकी के होला र कठै ???
bhawanibaral@gmail.com
क्याटेगोरी :
बिचार
ट्याग : #breaking