तिलक न्यौपाने
इतिहासमा कहिल्यै पनि गुलाम नरहेको, अर्काको अधिनस्थ नरहेको स्वतन्त्र सार्वभौम मुलुक नेपाल, विश्वकै अग्लो शिखर हिमाल सगरमाथाबाट चिनिएको, विश्वमै ज्ञान, तप, ध्यानबाट शान्ति प्राप्त गर्न सकिन्छ भनी प्रचारित भएका गौतम बुद्ध जन्मेको देश, विश्वमै सोझा इमान्दार तथा आवश्यक पर्ने श्वाभिमान रक्षार्थ खुकुरी नचाउने क्षमता भएका बहादुरहरुको देशको रुपमा सुपरिचित राष्ट्रको एउटै नाम हो नेपाल । तीनतिर पूर्व दक्षिण पश्चिम भारतले र उत्तरतिर चिनले घेरेको भूपरिवेष्टित मुलुक हो नेपाल । जसमा सीमानाहरु कुनै हिमाल, कुनै पहाड कुनै जंगल, कुनै नदि, कुनै खोल्साव्दारा निर्धारित छन् ।
चीनमा छिमेकी भए पनि भिसा, पासपोर्ट प्रणाली अन्य तेस्रो मुलुकमासरह छ भने भारतमा धेरै खुल्ला नाकाहरु (१८८० कि.मि.क्षेत्रफल) जहाँबाट मानिस तथा सर–सामान खुल्ला रुपमा आवत–जावत, आयात–निर्यात हुने गर्छ । भारतीयसंग संस्कृत लिपी प्रयोगका हिसावले हिन्दी भाषा नेपाली भाषाको लिपि संस्कृतकै प्रभावमा प्रचलनमा आउनु, वैदिक सनातन धर्मअन्तर्गत हिन्दू धर्म अपनाउनु, आर्थिक कारोवार लेनदेन, विवाह सम्वन्ध कायम राख्नु, भाइचाराको सम्बन्ध राख्नु ऐतिहासिक कालदेखि हालसम्म राख्नु सदाशयता थियो र छ ।
भारतमा अंगे्रजले लामो समयसम्म शासन सत्ता आफ्नो मुठीमा लिँदा नेपालीले समेत भारत छोडो आन्दोलनमा अग्रपंक्तिमासाथ दिंदा र भारतलाई आवश्यक पर्दा गोरखा पल्टनले साथ दिंदा भारतको विशेष अनुरोधमा वेलायती सेनामा नेपाली नागरिकले त्यहाँको सेनाको रुपमा जिम्मेवारी वहन गर्दा, अन्तर्राष्ट्रिय शान्ति मिसनमा नेपाली सेनाको वहादुरी देखाउँदा, भारतलाई अधिन गरिरहेको बेलामा छड्के नजर लगाई नेपाली माटो र नेपाली नागरिकप्रति आन्दोलनमा नेपालीले देखाएको वहादुरी विरता देख्दा देख्दै नेपालीको आर्थिक अवस्था कमजोर रहेको अवस्थामा परिस्थितिको नाजायज फाइदा उठाउँदै कहिले लिजमा केही समयका लागि भन्दै जग्गा लिने, फिर्ता गर्ने मानसिकता नदेखाउने, कहिले वगेको नदीको पानीमा आँखा गाड्ने कहिले पिलर (सीमानाको) सार्नेजस्ता वल मिच्चाई गरेको नेपाली शासकले भन्दा पनि नेपाली जनताले राम्रोसंग महशुस गरेकाछन् । बुझेका छन् ।
त्यसैक्रममा नेपालको पश्चिमी दार्चुला जिल्लाको ३७,००० हेक्टर जमिन भारतको दार्चुला जिल्लामा अतिक्रमण गरिएको छ । नवलपरासी जिल्लाको सुस्ताको १४६७० हेक्टर, कन्चनपुर जिल्लाको १६११ हेक्टर, कैलाली जिल्लाको २५६ हेक्टर, वर्दिया जिल्लाको ३१ हेक्टर, बाँके जिल्लाको ३१ हेक्टर, दांग जिल्लाको ३० हेक्टर, रुपन्देही जिल्लाको ५५ हेक्टर, कपिलवस्तु जिल्लाको १ हेक्टर, चितवन जिल्लाको ४ हेक्टर, पर्सा जिल्लाको २२७ हेक्टर, बारा जिल्लाको ३६ हेक्टर, महोत्तरी जिल्लाको १४ हेक्टर, सिराहा जिल्लाको ११ हेक्टर, सप्तरी जिल्लाको १४५ हेक्टर, झापा जिल्लाको १७४ हेक्टर मोरंग जिल्लाको ८२ हेक्टर, झापा जिल्लाको ४११४ र ताप्लेजुंग जिल्लाको २०३० हेक्टर गरी कुल ६०,६२७ हेक्टर जमिन भारतले अतिक्रमण गरेको छ । जवकि खोला–खोल्सालाई त्यस्तै रुपमा अर्को वनाउने कुनै निहुंमा पानी जाने बाटो अर्को वनाइदिने, पुरानो जीर्ण भएको पिलरलाई मर्मत गर्ने नाममा नामोनिसाना मेटाइदिने गर्दै सीमा मिच्दै आएको छ । नेपाल र भारतको सीमानामा पर्ने २३ जिल्लामा सीमा अतिक्रमित भएको छ जव कि अघिल्लो राति नेपाली नागरिक नेपाली लालपूर्जा सहित सुतेका निदाएका छन् भोलिपल्ट विहान उठ्दा कागजको खोष्टोरुपी लालपूर्जा र नागरिकता काम नलाग्ने हुन्छ । उनीहरुलाई भारतीय रासन कार्ड र भारतीय नापको त्यही भूमिको भोग चलनको कागजात वन्दछ । अनि विचरा ती निरिह नेपाली ट्वाल्ल पर्नु वाहेक अर्को विकल्प नै केही देख्दैनन् ।
साम्राज्यवादीको नीति अवलम्वन गरी वसेको साम्राज्यवादी वेलायत सरकारले भारत राष्ट्रलाई पूरै कव्जा गरी नेपालमा पनि आंखा गाडेको थियो । उनीहरु अत्याधुनिक हतियारसहित तालिम प्राप्त लडाकुको हुलसंग नेपालीले ढुंगा, मुडा, गुलेली र तालिमरहितका लडाकुले लामो समयसम्म लडाई लडिरहे, पहाडका डाँडामा बसेर ढुंगा पल्ट्याउँदा ती बैरीहरु भाग्नु परेको, मौरी र अरिंगालका पोकामा गुलेलीले नेपालीले हानिदिएर ती दुस्मनलाई टोकेपछि नेपालीको राष्ट्रियताको भावनाको व्याख्यासंगै बेलायती जनरल कर्णेलले आफ्नो व्रिफिङ्ग गर्दा नेपाली मानिसमात्र होइन कि नेपाली किरा (अरिंगाल), मौरीको टोकाइलाई सम्झदै किरामा पनि राष्ट्रियताको भावना प्रवल हुँदोरहेछ भनेका थिए । मुख नाकमा, आंखाको आंखीभौँमा फुलेको डल्ला देखाएका रहेछन् । पटक पटकको लडाईको क्रममा पूर्वको टिष्टा नदीबाट मेची नदीसम्म र पश्चिमको सतलजबाट महाकाली नदीसम्म नेपाल सन् १८१६ को सन्धिमा साँगुरिनु परेको थियो ।
नेपाल र वेलायतबीच सम्झौता गरिएको सो भूमि हाल भारतको अधिनस्थ छ । जब कि बेलायतले भारतमा उपनिवेश गर्न उहिल्यै छोडि सक्यो । उपनिवेश खारेज भएपछि सम्बन्धित भू–भाग सवै त्यससंग सम्वन्धित राष्ट्रहरुलाई फिर्ता दिनु पर्दथ्यो तर फिर्ता नगरी बेलायती बेलायत गए । उनीहरुले भारतीय भूमि पनि छोडर गए, आपैm लगेनन् नेपाली भूमि नेपालकै जिम्मा लगाएर छोड्नु पर्दथ्यो त्यसो गरेनन् ।
तर, पनि नेपाल–भारत, नेपाल–वेलायतबीच दुवैले सहीछाप गरी सन्धि रद्द पनि गरे जब कि सन्धि रद्द भनेको उनीहरु भारत छोडी बेलायत जानु र नेपाली पुरानो भूमि नेपालकै हुनुपर्ने हो ती अहिले कालापानी, लिपुलेक र लिम्पिया हुनुपर्ने हो । ती अहिले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई मात्रै समावेश गरी नक्सा निकालिएको छ । जुन सुगौली सन्धिमै उल्लेख थियो । त्यसैमा पनि राजा महेन्द्रले आफ्नो सत्तामा वनाउनुका लागि भारतलाई केही वर्षकालागि लिजको रुपमा दिइएको रहेछ । राजा महेन्द्रले आफ्नै कार्यकालमा खोज्नु पर्दथ्यो ।
उत्तराधिकारीले खोज्नु पर्दथ्यो । खोज नभएको रहेछ । २०७६ सालको कार्तिकमा भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नक्सा सार्वजनिक गर्यो । हालसालै भिडिओ कन्फेरेन्सव्दारा सडक पिच निर्माणमा उद्घाटन गरी नेपालीलाई जिस्क्याउने काम पनि गर्यो । यस्तो अमवस्थामा नेपाल र नेपाली शान्त रहन सक्ने अवस्था भएन । फलस्वरुप नेपाल सरकारले ती स्थानलाई समेटेर नक्सा प्रचलनमा ल्याउन मन्त्रिपरिषदले निर्णय र निर्देशन गर्यो ।
सुगौली सन्धिमा नेपालले धेरै क्षेत्रफल गुमाउनु परेको पिडा यथावत नै छ । सन् १८७१ मा सौगा जातिका मानिसहरु सो ठाउँमा बस्दै गरेको इतिहासविदहरु बताउँछन् । लिम्पियाधुरा कालापानी लिपुलेकमा बस्ने नागरिकहरुमा नेपाली नागरिता, तिरो तिरेको रसिद, नेपाली भूमिको लालपूर्जा र २०१५ वि.सं. मा मतदानमा भएको सहभागिताको प्रमाणहरुले सो भूमि नेपालकै हो भन्ने पुष्टी गर्दछ ।
पृथ्वीनारायण शाहको एकीकरण अभियानमा बुहारी राजेन्द्रलक्ष्मी, कान्छा छोरा बहादुर शाह भिमसेन थापा, कालु पाण्डे, लखन थापालगायतका विर योद्धाहरुको पहलमा वाइसे चौविसे राज्यको विजयसंगसंगै पूर्वमा टिष्टा, पश्चिममा कांगडा सतलज, उत्तरमा हिमाल र दक्षिणमा तराइका सम्म फाँटसम्मको नेपाली चौकिल्ला भएकोमा वेलायतीले अनेकौं जालफेल र प्रपञ्चव्दार मेची महाकालीमा सीमित गराएता पनि आफू भारतवाट फर्की पलायन भई आफ्नो राष्ट्रमा जाने वेलामा नेपाली भूमि सहि सलामत फिर्ता दिनु पर्नेमा ठोस पहल गरेनन् । बरु नेपाली शासकले आफ्नो भूमि लिन चाहेमा आओमात्रै भने । तर ठोस पहल नभएपछि वेलायत गएपछि त्यो मेची टिष्टा र महाकाली सतलज भूमि नेपालको हो ।
नेपाली शासकले लिन सक्नेछन् मात्रै भने । तत्कालिक नेपाली शासकले पनि अथक पहल गरेनन् । सो भूमि माग गम्भीर रुपमा कुरो नउठाइएकोले हाम्रो नभएको हो, सो भूमि नेपालकै हो । नेपालले सुगौली सन्धि वेलायतसंग गरेको थियो । यसलाई आधार मानी अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर गरी खुट्टा नकमाइकन दह्रोसंग टेकेर भारतीय शासकसंग आंखामा आँखा जुधाएर तर्क सहित कुरा गर्ने हो भने नेपालले गे्रटर नेपाल नै आफ्नो हात पार्दछ । लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई समावेश गराई नक्सा सार्वजनिककरण गर्दा यत्रो प्रशांसा पाएको सरकारले साँच्चै पूर्वमा टिष्टा र पश्चिममा सतलाजसम्मको भू–भाग समेटर नक्सा वनाओस्, सार्वजनिककरण गरोस् सोझो औंलाले घिउ नआए औंला अलिकति बंग्याउनु पर्ला ।
क्याटेगोरी :
बिचार
ट्याग : #breaking