Techie IT
×
गृहपृष्ठबिचारठोके पण्डितले : ‘वेद पढ्नु पाप हो’

ठोके पण्डितले : ‘वेद पढ्नु पाप हो’


कान्तिपुर दैनिकमा बबिता शर्माले उल्लेख गरेको प्रम ओलीको तलको यो उद्धरण पढेपछि मलाई पनि एउटा धार्मिक प्रवचनका क्रममा रमेशभाइ ओझाको भागवतको प्रवचनको याद आयो ।

प्रम ओली भन्छन्,

‘…प्रधानमन्त्रीले विघटन गर्ने संविधानमा कतै उल्लेख छैन भन्दैछन् । धारा ७६ को उपधारा ७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी नयाँ प्रतिनिधि सभाको निर्वाचनका लागि मिति तोक्नेछ भन्ने उल्लेख छ, संविधानमा अनि किन छैन ?“

रमेशभाइः

“… वेदमै लेखेको छ, ‘वेद पढ्नु पाप हो’ भनेर पण्डितजीले सारा गाउँले भेला गराएर वेदको पुस्तक नै देखाइदिए । गाउँलेहरू चकित पनि भए र कतिले जोडजोडसंग पण्डितको समर्थनमा ताली बजाए । हा हा र हु हु गरे । वास्तब मै लेखिएकै थियो कि ‘वेद पढ्नु पाप हो’ । कति भक्त त थकथक भए –यत्रो वर्ष पढियो वेद, पाप पो गरिएछ भन्ने विस्मतमा परे । यतिकैमा कुरो धार्मिक अदालतमा पुग्यो । धर्मका न्यायाधीशहरुले देखे –साँच्चै वेद मै लेखिएको त्यो वाक्यका कारण अब वेद पढ्न छोड्नुपर्ने राय दिए । निर्णय हुनै लागेको थियो, अकस्मात अर्का एकजना वकील कुर्लिए, ‘त्यो चौथो पेजको सुरुमा छापिएको ‘वेद पढ्नु पाप हो’ मात्र हेरेर फैसला नदिनुस, कृपया अघिल्लो पेजको अन्तिम हरफ पनि पढ्नुस् । आधा वाक्य मात्र पढेर फैसला हुदैन ।’

सबै छक्क परे । न्यायालयमा खैला बैला भो । अघिल्लो पेज पल्टाइयो । त्यसमा उक्त वाक्यांशको सुरु अंश रहेछ, ‘शौच गर्न बसेका बेला वा खाना खाँदै जुठो मुखले ।’ र, पूर्ण वाक्य त यस्तो पो रहेछ – ‘शौच गर्न बसेका बेला वा खाना खाँदै जुठो मुखले वेद पढ्नु पाप हो ।’
आधा मात्र बक्नेहरुले भनेका कुरा आफ्नै आँखाले र विवेकले नखुट्याई निर्णय गर्दा धोका हुने हो कि ? कम से कम सोच्नसक्नेले त सोच्नैपर्ला ।


क्याटेगोरी : बिचार
ट्याग : #hot, #वेद


तपाईको प्रतिक्रिया दिनुहोस