Techie IT
×
गृहपृष्ठबिचारप्रेसको घाँटी निमोठेको दिन

प्रेसको घाँटी निमोठेको दिन


जुन दिन प्रेसले प्रतिक्रियावादीमाथि आक्रमण गर्छ त्यसै दिन प्रेसको घाँटी निमोठिन्छ । साइनबोर्डमा प्रजातन्त्रवादी राज्यव्यवस्था लेखिएको भए पनि ०५५ पुष २१ गते अर्थात् आजकै दिन जनादेश साप्ताहिकमा ‘भट्टेडाँडामा साहसिक आक्रमण’ शिर्षकमा लेखिएको समाचारलाई लिएर गरिएको आक्रमण अन्ततः त्यो जनादेशमथि गरिएको आक्रमणमात्र थिएन । त्यो आक्रमणपछि नेपालको जनपक्षीय राजनीतिमाथि थप आक्रमण सुरु हुन थाल्यो र अन्ततः ज्ञानेन्द्रको कु पछि पूरै प्रेसमाथि अंकुश लाग्यो । विचार अभिव्यक्तिको स्वतन्त्रतामाथि बन्देज लाग्यो ।

यतिबेला पनि संसदको विघटनको अर्थमा, नयाँ निर्वाचन गर्ने घोषणाको रुपमा मात्र बुझियो भने त्यो अर्को महाभूल हुनेछ । नेपाली प्रेसले ओलीपथको यो कुकृत्य, राष्ट्रघात, जनघात तथा नेपालको स्वाधीनता र जनताको सार्वभौमसत्ताको बर्खिलापको रुपमा बुझ्न जरुरी छ ।
नेपाली राजनीतिक भाष्यमा पुष महिनालाई पुष फासफुस भन्ने चलन छ । नेपाली राजनीतिलाई पनि पुष महिनाले धेरै फासफुस पारेको उदाहरण छ ।

अहिलेको राजनैतिक घटनाक्रमहरुले पनि त्यसै दिशातर्फ संकेत गरेको छ । जतिबेला जनादेश साप्ताहिकमाथि हमला हुँदै थियो त्यसै बखत बूढी मरीभन्दा पनि काल पल्किएको अर्थमा त्यसबेलाको प्रेसले गम्भीरतापूर्वक बुझिदिएको भए मकरतन्त्रको चपेटामा परिने थिएन । यतिबेला पनि संसदको विघटनको अर्थमा, नयाँ निर्वाचन गर्ने घोषणाको रुपमा मात्र बुझियो भने त्यो अर्को महाभूल हुनेछ । नेपाली प्रेसले ओलीपथको यो कुकृत्य, राष्ट्रघात, जनघात तथा नेपालको स्वाधीनता र जनताको सार्वभौमसत्ताको बर्खिलापको रुपमा बुझ्न जरुरी छ ।
नेपाली राजनीतिक भाष्यमा पुष महिनालाई पुष फासफुस भन्ने चलन छ । नेपाली राजनीतिलाई पनि पुष महिनाले धेरै फासफुस पारेको उदाहरण छ ।

विस २०१७ साल पुष १ गते संसद विघटन गरेको दिन । पञ्चायतकालमा पुष १४ गते तत्कालीन राजा वीरेन्द्रको जन्मोत्सब । पुष २७ गते तथाकथित राष्ट्रिय एकता दिवस । २०३३ साल पुष १६ गते राष्ट्रिय मेलमिलापको नारासहित वीपी कोइराला नेपाल आएको दिन । वीपीले सशस्त्र संघर्षलाई तिलाञ्जली दिएको दिन । राजा र मेरो घाँटी जोडिएको भन्दै राजतन्त्रलाई बलियो बन्न मैदान खाली गरिदिएको दिन । भर्खरै पुष ५ गते केपी शर्मा ओलीले धर्म निरपेक्षता र संघीयतालाई खारेज गर्ने योजनासहित प्रतिनिधिसभाको विघटन गरेका छन् ।

वैशाखमा हुनै नसक्ने चुनावको ललिपप देखाएर ओली सत्ताको आयु लम्ब्याउने परिपञ्च गरेको दिन । यस्तैमा प्रेसमाथि हमला बोलेको दिन पनि पुषमै पर्नु संजोग मान्न सकिन्न । ओलीले पनि पुष महिनालाई संसद विघटनको असंवैधानिक कदम चाल्ने दिन रोज्नुपछिको संकेत पनि प्रतिगमनतर्फकै यात्रा हो । उनले त अझ पुष महिनालाई छानेर राजतन्त्र पक्षधरहरुलाई मैदान खालि गरिदिएको अर्थमा लिन सकिन्छ । संसद विघटनको घटना लगत्तै राजावादीहरुको जुलुस निस्केको अर्थमा पनि यो कुरा बुझ्न सहज हुन्छ ।

नेपाली प्रेसले बेलैमा बुझ्नु पर्ने कुरा अबका केही समयपछि नै प्रेसमा अंकुश लाग्ने सम्भावना सतप्रतिशत छ । इतिहासमा २००७ सालपछि प्रेस स्वतन्त्रता विषयमा नेपाली प्रेस गम्भीर नहुँदा २०१७ सालको घटना भएको विर्सनु हुन्न । यसपछिका घटनापछि पनि मकरतन्त्र आएको विषयमा गम्भीर बन्न ढिला गर्नु हुन्न । प्रेससम्बद्ध संघ, संस्था र संगठनहरु सचेत हुन जरुरी छ । इतिहासबाट सिकिएन भने कुनै पनि दिन प्रेस स्वतन्त्रमको घाँटी निमोठिने छ । सम्पादकीय. समयबद्ध साप्ताहिकबाट

 


क्याटेगोरी : बिचार
ट्याग : #breaking, #hot


तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार