कुनै गाउँमा एकबेला मुखियाकी छोरीको विवाह भयो । मुखिया बाजेले आफ्नी छोरीको विवाह धुमधामसंग गरेर घर पठाए । विवाहको केही महिना पछि छोरी माईत आईन् । र केही दिन बसिन् । घर जाने दिन आउँदै थियो । छोरीले भनिन् ‘बुबा मैले दाईजोमा केही पाईन किन हो ?’ बाबुले जवाफ दिँदै भने, ‘हेर छोरी विवाहमा ज्वाइँको खर्च अनुसार दिएको छु, बाँकी दाईजो (सम्पत्ति) तिम्रो जायो जन्म भयो भने दिउँला ।’ अनि यो पंक्तिकारले मुखियालाई सोध्यो, ‘होईन, छोरीलाई दाईजो दिन पनि त्यति समय किन ?’ जवाफमा मुखियाले भने, ‘अहिले भएको त विवाह मात्रै हो, घरजम होईन । जब एक दुई वटा बच्चा जन्मिन्छन् अनि बल्ल घरजम बस्छ । दिएको सम्पत्ति काम लाग्छ । कथंकदाचित घरजम हुनसकेन छोरी अन्तै गई वा ज्वाइँले अर्की ल्याए भने सम्पत्ति चौपट भएन ?’ कुरो बल्ल बुझियो ।
सन्दर्भ हो आजको विषय नागरिकता । सिद्धान्तत : नागरिकता भनेको प्रत्येक देशका नागरिकले आफु त्यो देशको नागरिक भएको प्रष्ट खुल्ने राष्ट्रिय परिचय पत्र हो ।
सिद्धान्तत : नागरिकता भनेको प्रत्येक देशका नागरिकले आफु त्यो देशको नागरिक भएको प्रष्ट खुल्ने राष्ट्रिय परिचय पत्र हो ।नागरिक त्यो हो जो त्यो देशको भुगोल, भावना, भाषा, संस्कृति, आर्थिक उत्पादनसंग जोडिएको हुन्छ । र त्यसले संविधान, कानुन प्रचलित परम्परा अनुसार निश्चित उमेर अवधिमा परिचय पत्र पाउँछ ।
नागरिक त्यो हो जो त्यो देशको भुगोल, भावना, भाषा, संस्कृति, आर्थिक उत्पादनसंग जोडिएको हुन्छ । र त्यसले संविधान, कानुन प्रचलित परम्परा अनुसार निश्चित उमेर अवधिमा परिचय पत्र पाउँछ ।
यति हुँदाहुँदै पनि कतिपय देशहरुमा सामाजिक, साँस्कृतिक समानता छ र त्यसले वैवाहिक सम्बन्धलाई पनि जोड्न पुग्छ । अर्को कुरा आजको दुनियाँमा एक देशका नागरिक अर्को देशमा बसोबास गर्ने अधिकार पनि सुरक्षित छ । त्यसैले नेपालको सन्दर्भमा वंशज, अंगिकृत र मानार्थ नागरिकता चल्तिमा छन् । पञ्चायतकालीन संविधान र ऐन बमोजिम हालसम्म नागरिकता दिने गरिएकामा गणतन्त्र स्थापना र नयाँ संविधान जारी भएको अवस्थामा नागरिकता ऐन पनि समय अनुकूल बनाउनु आवश्यक थियो । लामो समयदेखि छलफलमा रहेको नागरिकता विधेयक प्रकृयामा अगाडि बढेको छ ।
ठिक यही परिप्रेक्ष्यमा समय निर्धारणले केही बहस सृजना गरेको छ । वास्तवमा मधेसी समुदाय भएर हेर्दा समस्या छन् । खुला सिमाना र समान साँस्कृतिक हुनुको नाताले छिमेकी मुलुक भारतमा वैवाहिक सम्बन्ध इतिहासदेखि चल्दै आएको छ । यो कुरा स्वाभाविक हो कि भारतीय महिला बुहारी बनेर नेपाल आउँदा अवस्था अनुसार कामको कुरा वा नेपाली नागरि ले पाउने सुविधा पाउनु पर्छ । अपशब्दको अर्थ नलागोस्, नेपाली ंग विवाह गरेकी महिलाबाट बच्चा जन्मियो तर महिलाले नागरिकता नपाउँदै पतिको निधन भयो भने के हुन्छ ? यस्तै थुप्रै समस्या झेल्दै मधेसी समुदाय आएकाले यस विषयमा आवाज उठाउनु मनाशिव हो ।
बिषयको अर्को पक्ष पनि त्यत्तिकै गम्भीर छ । यदि विवाह भयो, ६ महिना पछि पारपाचुके भयो । नागरिकता पाई सकेको छ भने के हुन्छ ? कोहि भिन्न उद्देश्य लिएर विवाह गरेका रहेछन र राष्ट्रलाई नै आघात पुग्ने स्थिति आई सकेपछि के गर्ने ? जस्तो कि नेपालको नयाँ नक्सा पास गर्दाको स्थिती देखा परे के गर्ने ? यस्तै राष्ट्रियतासंग जोडिएका विषय छन् यसलाई पनि नजरअन्दाज गर्न हुँदैन ।
सामान्यतया एउटा कर्मचारीले लोकसेवा पास गरे पनि केही महिना परीक्षणकाल हुन्छ भने नेपाली नागरिकता पाउने विदेशी नागरिकले पनि परीक्षणकाल काट्दा बिग्रिदैन । दोस्रो कुरा, विवाह हुने भनेको सुरुमा श्रीमानसंग भावना मात्रै हुन्छ भुगोल, समाज, संस्कारसंग अन्तरघुलन भैसकेको हुँदैन । केही बर्षसम्म जन्मभूमि कै वरिपरि मन मस्तिष्क घुमी रहन्छ ।
वंशजको आधारमा नागरिकता पाउने नेपालीले पनि निश्चित समय कुरेर मात्रै पाउँछ । जन्मिने बित्तिकै पाउँदैन । सामान्यतया एउटा कर्मचारीले लोकसेवा पास गरे पनि केही महिना परीक्षणकाल हुन्छ भने नेपाली नागरिकता पाउने विदेशी नागरिकले पनि परीक्षणकाल काट्दा बिग्रिदैन । दोस्रो कुरा, विवाह हुने भनेको सुरुमा श्रीमानसंग भावना मात्रै हुन्छ भुगोल, समाज, संस्कारसंग अन्तरघुलन भैसकेको हुँदैन । केही बर्षसम्म जन्मभूमि कै वरिपरि मन मस्तिष्क घुमी रहन्छ । किनभने बर्षौँको स्कुलको शिक्षा दिमागबाट हट्न समय लाग्छ ।
नेपाल आउने पर्यटकले पनि ‘नेपाल इज ब्यूटिफुल कन्ट्री’ भन्छन् तर देश आफ्नै प्यारो हुन्छ । त्यसकारण नागरिकता जस्तो बिषयमा सबै गम्भीर हुन जरुरी छ । यो आज भावनामा बगेर भोलिको संकट नबर्षाउँ । सामान्यत : एउटा छोरीको घरजम पक्का नभई दाइजो पुरै दिनु हुन्न भन्ने परिपक्व बाबुको उदाहरण आत्मसाथ गर्दा बिग्रेलार ?
क्याटेगोरी :
बिचार
ट्याग : #breaking