Techie IT
×
गृहपृष्ठबिचारकाँग्रेस र सामान्य प्रशासन मन्त्रीले बखेडा झिक्दा निजामती सेवा विधेयक अलपत्र

काँग्रेस र सामान्य प्रशासन मन्त्रीले बखेडा झिक्दा निजामती सेवा विधेयक अलपत्र


काठमाडौं । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन प्रणालीका विषयमा काँग्रेस सांसद विगतको निर्णयबाट पछि हट्दा निजामती सेवा विधेयकमा समस्या देखिएको छ । सांसदहरुबीच आधिकारिक ट्रेड युनियनको निर्वाचन बहुमतीय निर्वाचन प्रणालीमा हुने सहमति थियो ।

तर, नेपाली काँग्रेसका सांसदहरु सो सहमतिबाट पछि हटेपछि निजामती सेवा विधेयक नै पास गर्न समस्या आएको छ । विगतमा भएको समहतिकै आधारमा निर्वाचन हुनुपर्ने नेकपा आवद्ध सांसदहरु एकमत देखिएका छन् ।

तर, नेपाली काँग्रेसका सांसदहरु भने पूर्णसमानुपातिक प्रणालीमा जानु पर्नेमा जोड दिइरहेका छन् । त्यसो त निजामती सेवा विधेयक लामो समयदेखि राज्यब्यवस्था समितिमा अड्किएको छ । वर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीका कारण पनि समस्या आएको छ ।

राज्य व्यवस्था समितिको बैठकमा सत्तापक्षकै सांसद पनि विभाजित हुन थालेका छन् । केही सांसदले समितिका बहुमत सदस्यले गरेको निर्णयलाई नमान्ने धम्की दिएका थिए ।

विधेयक पेस गर्ने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले समितिले गरेका सबै निर्णय हुबहु मान्नुपर्छ भन्ने विश्वव्यापी मान्यता नरहेको बताएपछि विवादको खाडल अझ बढ्ने अवस्था देखिएको छ । यो विषयमा बिहिवार पुनः बैठक बसेको थियो । वैठकमा मन्त्री त्रिपाठी भने उपस्थित भएनन् । मन्त्रीले बिवाद बढाउने तर्क पेश गरेपछि मन्त्री बिनानै निर्णय गर्न लागिएको छ । तर, बैठकमा काँग्रेस आवद्ध सांसदले पुनः बखेडा झिकेका छन् ।

बुधवारको बैठक विधेयकमा प्रावधान टुंग्याउने उद्देश्यले राखेको बैठकमा समितिले तयार पारको प्रतिवेदन पढेलगत्तै मन्त्री त्रिपाठीले सरकारको अडान बताएपछि सांसदहरुबीच ध्रुवीकरण भयो ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस