Techie IT
×
गृहपृष्ठबिचारउँटको कथा र एमसीसी

उँटको कथा र एमसीसी


कुनै बेला एक ठाउँमा दुईवटा उँट थिए। उनीहरु एक आपसमा भाइ भनद थिए । उनीहरु दुई भए पनि बस्नलाई एउटा मात्र अट्ने टहरो थियो । पानी पर्यो भने एउटा बाहिर भिज्नु पर्ने र अर्को टहरा भित्र । कुनै हिउँदमा लगातार पानी पर्यो र चिसो बढ्यो। अनि बाहिर भएको उँटले भन्यो, भाइ चिसो भो एउटा खुट्टा राख्न देन। अर्कोले ल ल राख्न त एउटा खुट्टा भन्यो र राख्न दियो।

कसैसंग ऋण लिँदा ब्याजको हक साहुको र ऋणको हक असमिको हुन्छ र यो साहु र असामिको बिचको सहमति र सर्त हुन भने एमसीसी केही बुँदाहरु नेपालको सार्बभौमिकता र संविधानसंग बाझिएका छन् । ।

एकछिन पछि फेरि अर्को पनि राख्न देन है अलि अप्ठ्यारो पर्यो भन्यो । अनि अर्कोले भन्यो, ल हुन्छ यत्ति हो नि अब भन्दै अर्को खुट्टा राख्ने अनुमानि दियो।अलि पछि फेरि भन्यो, भाइ हेरन दुई बाहिर दुई खुट्टा भित्र हुँदा निकै कठिन भयो एउटा अर्को खुट्टा पनि राख्न देन। भित्रको उँटले पनि चाल नबुझि भावमा बग्दै भन्यो ल हुन्छ अब यत्ति होनि । त्यसपछि ३ वटै खुट्टा भित्र घुसायो अनि भन्यो, भाइ तेरो पालो सकियो मेरो पालो आयो । भित्रको उँटलाई बाहिर हुत्याई आफु भित्र पस्यो।

सन्दर्भ हो एमसीसी अर्थात, सहस्राब्दी चुनौति कर्पोरेशनको। अमेरिकी साइलेन्ट क्याप्चर को रणनीतिसंग गासिएको यो कार्यक्रम नेपालमा केही बर्ष पहिले प्रवेश गराई आज बहसको शिखरमा पुगेको छ। यो कार्यक्रम बारे मुख्य रुपले तीन दृष्टिकोण आएका छन् । लागू गर्नु पर्छ, लागू गर्नु हुँदैन र सच्याएर लागू गर्नु पर्छ भन्ने । लागू गर्नु हुँदैन भनेर दैनिक आन्दोलन पनि चर्किदै छ। मेरो कुरा एमसीसीको व्याख्या होईन बरु यो कार्यक्रमको आवश्यकता भन्दा बढि जोड गर्दै यसमा खतरा कहाँ लेख्या छ र ? अमेरिकी सेना आउँने कहाँ लेख्या छ हँ ? र एमसीसी नपढेर बिरोध गर्छन, कम्तिमा पढेर आउनु भन्ने विद्वान साथीहरुलाई प्रष्ट्याउन उँटको कथाको सहारा लिएको हुँ।

यो थाङ्निएको दिमागमा इतिहास धेरै प्रमाण संचित रहेन । यत्ति याद छ कि, दोश्रो विश्वयुद्धपछि अमेरिकाले अगाडि सारेको ‘कोल्ड वार’ को नीतिले सोभियत संघ र कम्युनिस्ट सत्ता विघटन भयो । अफगानिस्तान, इराक युद्ध भए र आफु अनुकुल सत्ता निर्माण गर्यो। दक्षिण कोरियादेखि विश्वासका थुप्रै मुलुकमा अमेरिकी सेना अखडा छ। तर ती मुलुकहरूमा कहिँ पनि अमेरिकी सेना आउँने उल्लेख थिएन। त्यसकारण यस बारे आवश्यक्ता भन्दा वकालत गर्नु ठिक छैन।

दोश्रो विश्वयुद्धपछि अमेरिकाले अगाडि सारेको ‘कोल्ड वार’ को नीतिले सोभियत संघ र कम्युनिस्ट सत्ता विघटन भयो । अफगानिस्तान, इराक युद्ध भए र आफु अनुकुल सत्ता निर्माण गर्यो। दक्षिण कोरियादेखि विश्वासका थुप्रै मुलुकमा अमेरिकी सेना अखडा छ। तर ती मुलुकहरूमा कहिँ पनि अमेरिकी सेना आउँने उल्लेख थिएन। त्यसकारण यस बारे आवश्यक्ता भन्दा वकालत गर्नु ठिक छैन।

नेपाल तत्काल गरिव अवश्य छ तर विपन्न छैन । यहाँको अथाह सम्पत्तिलाई प्रयोगमा ल्याउँ सुखि नेपाली र समृद्ध नेपालको आधार त्यहि हो। बाटोमा बसेकालाई दुई रुपियाँ दिनले पनि स्वर्ग जाने बाटोको लक्ष्य राख्छ भने नेपाललाई केही अरब रुपियाँ सित्तैमा भन्नू गलत हो। कसैसंग ऋण लिँदा ब्याजको हक साहुको र ऋणको हक असमिको हुन्छ र यो साहु र असामिको बिचको सहमति र सर्त हुन भने एमसीसी केही बुँदाहरु नेपालको सार्बभौमिकता र संविधानसंग बाझिएका छन । त्यो सहयोग हो रे । सहयोगमा सर्त भन्ने हुदैन। हो नेपाल जस्तो देशलाई सहयोग र ऋण चाहिन्छ त्यसको निश्चित मापदण्ड र सर्त हुन्छन् जाे स्वाभाविक होउन्।

नेपाललाई सहयोग पनि चाहिने र राष्ट्रिय स्वाधीनता र सार्बभौमिकताको रक्षा पनि प्रथम महत्त्वको भएकाले माघमा बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठकले ३ सदस्यीय सुझाव समिति गठनको निर्णय गर्यो। समितिको सुझावको आधारमा जनतालाई विस्वस्त तुल्याउनु पर्छ। विडम्बना, यो विषयलाई लिएर कसैले सेना आउँने कहाँ लेख्याछ ? भन्ने कसैले एमसीसी नपढि विरोध त कसैले एमसीसीको फुल फर्म (पुर्ण रुप) नजान्नेले विरोध गर्छन् भने बौद्धिक जगतको हुर्मत लिनु हो। याद रहोस, अमेरिका कथाको उँटको शैलीमा पहिला एक खुट्टा टहरा भित्र घुसाउन खोज्दैछ अलि अगाडि बढेर तीनवटै खुट्टा घुसाएर हुत्याउने बेला समय गैसकेको हुनेछ भन्दा फरक पर्छ कि ?


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस