Techie IT
  • २०८१ जेष्ठ ७, सोमबार

जुनार, सुन्तला कृषकको समस्या बुझ


देशको पहाडी भेगका किसानले खेत बारीमा लगाएको सुन्तला र जुनार बोटमा पाकेर पहेंलपुर भएका छन् । तर किसाले उचित बजार भाउ पाउन सकेका छैनन् । काठमाडौं लगायतका सहर बजारमा सुन्तलाको भाउ अहिले महंगो छ । तर किसानले सस्तो मूल्यमै आफ्नो उत्पादन बिक्री गरिरहनु परेको छ । किसानले भनेको बेलामा जुनार, सुन्तला बिक्री पनि हुन सकेको छैन ।

धेरै किसानले लगाएको नगदे फल ढुवानी गर्न समस्या हुँदा बोटमै रहेको गुनासो गरेका छन् । देशको पूर्वी, मध्ये र पश्चिमी पहाडी भेगमा सुन्तला र जुनार खेती हुने गरेको छ । किसानले बोटबाट टिपेका फल समेत यातायातको साधन पर्याप्त नहुँदा अलपत्र परेका छन् । कतिपय ग्रामिण भेगमा सडक सञ्जाल नहुँदा किसानले समयमै समान ढुवानी गर्न सकेका छैनन् । कतिपय स्थानमा भरीयाबाट सामान ढुवानी गर्नुपर्दा सुन्तला र जुनारको भाउ महंगो हुने गरेको र समयमै सामान बिक्री हुन सक्दा आफूहरुको मिहेनत खेर गएको किसानहरुको गुनासो छ ।

देशमा संघीयता लागू भएपछि स्थानीय तहलाई अधिकारसम्पन्न बनाइएको छ । सरकारले सडक लगायतका भौतिक संरचनाको निर्माण एवं स्तरोन्नतीका लागि बजेट बिनियोजन गरेको भएतापनि समयमै काम सम्पन्न नहुँदा कृषि प्रधान देशका जनता सरकारप्रति पटक–पटक आक्रोशित बन्दै आएका छन् । बनेका भौतिक संरचना पनि चाँडै भत्किने, बिग्रने र सममै मर्मत सम्भारका काम नहुँदा ग्रामिण भेगका जनता यसको प्रत्यक्ष मारमा परेका छन् । दुःख, अभाव र पिडा खेपिरहेका कृषक आफ्नो उत्पादन सडकमा लगेर पोख्न बाध्य छन् । 

जव समस्याले उच्च रुप लिन्छ तव मात्र सरकारको आँखा खुल्ने प्रबृत्ति अन्त्य हुन जरुरी छ । किसानले उत्पादन गरेका मौसमी फलफूल, धान, मकै, गहुँ, कोदो, उखु, दलहन लगायतका खाद्य सामाग्री भण्डारका लागि देशका हरेक पालिकामा शीतभण्डार निर्माण गर्न सक्ने हो भने पनि किसानले केही राहत पाउने थिए । यसका लागि सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

खडेरी, रासायनीक मल, बिउ बिजन आदिको अभाव खेपेर कृषकले उत्पादन गरेका बस्तुको सरकारले उचित मूल्य निर्धारण गरेर बजारको सुविधा दिनु लोककल्याणकारी राज्यको दायीत्व हो । देशको हरेक क्षेत्रमा देखिएका बिचौलियाप्रथा, डनगिरी आदि नियन्त्रण गर्न सक्ने हो भने पनि किसानले राहतको महसुश गर्ने थिए ।

हरेक राजनीतिक पार्टीको चुनावी अवधारणा पत्रमा कृषिलाई प्राथमिकता दिएको पाइन्छ । तर तिनै पार्टीका नेता सत्तामा पुगेपछि कृषकका समस्या अनदेखा गर्दा कृषि पेशाप्रति युवा पुस्ताको मोह हराउँदै गएको छ । घाम, पानी, झरी, हुरी आदिको प्रवाह नगरी कृषि पेशामा लागेका नागरिकलाई हौसला प्रदान गर्न पनि राज्यले भौतिक पूर्वाधार निर्माणमा विशेष चासो दिनुपर्छ । यदि यसो नगर्ने हो भने देशका अधिकाँश खेतीयोग्य भू–भाग अझै बाँझो हुने जाने निश्चित छ । युवाशक्ति विदेश पलायन हुने क्रम अझै बढ्दै जाने छ । 
 

 

 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट