Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारनेपाली राजनीतिको नियती : मण्डले प्रबृत्ति

नेपाली राजनीतिको नियती : मण्डले प्रबृत्ति


मण्डलेको परम्परागत परिभाषा :

दलको प्रमुख नेता, कुनै जमात वा दलमा सकृय भूमिका खेल्ने व्यक्ति । हिन्दू धार्मिक पन्थमा यो शब्द आजपनि उत्तिकै सम्मानित परिभाषा अन्तर्गत छ । यसैले हिन्दू धार्मिक पन्थका कतिपय अगुवालाई महामण्डले, महामण्डलेश्वर आदि उपािध दिने गरिएको छ । तर यो परिभाषा अन्य क्षेत्रमा खण्डित भैसकेको छ, खासगरी नेपाली राजनीतिमा ।

पार्टीका राजनीति यिनै विद्यार्थी संगठनमार्फत जनतामा पुर्याउँथे । पञ्चायतले पनि तिनैको सिको गरेर ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’ नामको संगठन बनायो । पञ्चायती राजनीतिलाई भरथेग गर्न संगठन दरबारले बनाएको थियो । यही संगठनमार्फत मण्डलेहरुले पञ्चायत विरोधीमाथि उत्पात मच्चाउँथे । वास्तवमा पञ्चायत विरोधी विचारलाई दमन गर्नका लागि संगठित गरिएको भिजिलान्तेहरुको युवा जमात थियो ।

मण्डलेको आधुनिक परिभाषा :

नेपाली वृहत् शब्द कोसका अनुसार, ‘छुल्याहा, बद्नाम, उद्धत (उच्छृङ्ल) अरुको अहित चिताउने र उपद्रवी’ मण्डले हुन् ।
स्वर्गीय रुपचन्द्र विष्टका अनुसार, ‘आफ्नो मण्डलको हित र स्वार्थमात्रै हेर्ने व्यक्तिलाई मण्डले’ भनिन्छ ।
साहित्यकार इश्वर बरालका अनुसार, ‘प्रश्नहीन बफादारीका लागि राजतन्त्रले बनाएको हुल्लड संगठन’ मण्डले हो ।
पत्रकार राजेन्द्र महर्जनका अनुसार, ‘आफ्नो वर्ग समुदाय तप्काका समस्यालाइ राजनीतिकरण नगर्ने, संगठन र राजनीतिलाइ निजीकरण गर्ने, प्रभुत्व जमाउन मोलमलाइ गर्ने समूह’लाई मण्डले भनी बुझिन्छ ।

अन्तराष्ट्रिय परिभाषा :

कानुनी वा गैरकानुनी ढंगबाट कानुनलाई आफूले सञ्चालन गर्न खोज्ने एक व्यक्ति वा समूहलाई भिजिलान्ते भनिन्छ । यो परिभााषा अन्तर्गत मण्डलेलाइ भिजिलान्ते सरह मानिन्छ ।

मण्डलेको उद्गम तथा ऐतिहासिक पृष्ठभूमी :

पञ्चायतकालीन कुरा हो । कम्युनिष्ट, कांग्रेस पार्टी प्रतिबन्धित थिए । आफ्नो राजनैतिक कार्यक्रमलाई जनतासमक्ष लैजान कांग्रेस कम्युनिष्टले विद्यार्थी संगठन बनाएका थिए । कम्युनिष्टले विद्यार्थी फेडेरेसन, अनेरास्ववियु (पाँचौ, छैटौं, जनवादी) र कांग्रेसले नेविसंघ नामको विद्यार्थी संगठन निर्माण गरेका थिए । पार्टीका राजनीति यिनै विद्यार्थी संगठनमार्फत जनतामा पुर्याउँथे । पञ्चायतले पनि तिनैको सिको गरेर ‘राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डल’ नामको संगठन बनायो । पञ्चायती राजनीतिलाई भरथेग गर्न संगठन दरबारले बनाएको थियो । यही संगठनमार्फत मण्डलेहरुले पञ्चायत विरोधीमाथि उत्पात मच्चाउँथे । वास्तवमा पञ्चायत विरोधी विचारलाई दमन गर्नका लागि संगठित गरिएको भिजिलान्तेहरुको युवा जमात थियो । यो संगठनको दोस्रो कार्यकालको नेतृत्व कमल थापामा आइपुग्दा मण्डलेहरुको जमात हिंस्रक भैसकेको थियो । कालान्तरमा यसका संस्थापक अध्यक्ष पदम ठकुराठी तिनै हिंस्रक मण्डले जमातको कोपभाजनमा परे ।

०३६ सालको विद्यार्थी आन्दोलनकोकारण मण्डले संगठनलाई सरकारले खारेज गर्नु पर्ने नौबत आयो । त्यतिखेर राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलसंगै पञ्चायतको राजनैतिक समिति गाउँफर्क राष्ट्रिय अभियान पनि खारेजीमा पर्यो । प्रांगारिक मण्डलेको उद्गम, विकास र पतनको रुपरेखा यति नै होे । तर, मण्डले प्रवृत्तिको भने अवसान हुन सकेन । अन्ततः यो प्रबृत्ति सत्तासीनका युवा भातृ संगठनमा सर्दै गएको छ । र यसको उत्पात प्रबृत्ति बेलाबखत देखिँदै आएको छ । त्यसको एउटा साक्षी विद्युत प्राधिकरणको भित्तो अझै ठिंग छ । रातो घरमात्र मासिएको हो ।

रंग अनुसार मण्डलेका प्रकार विभिन्न कालखण्डमा :

१. काला मण्डले : राणाकालीन समयका नाती जर्नेलहरु सहभागि मण्डले ।

२. पहेँला मण्डले : पञ्चायतकालमा संगठित राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा आवद्ध मण्डलेहरु ।

३. निला मण्डले : बहुदलीय व्यवस्थाको स्थापना पछि प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले पालितपोषित तरुण मण्डलेहरु ।

४. राता मण्डले : कम्युनिष्ट पार्टीका भातृ संगठनका रुपमा उदाउँदै गरेका मण्डलेहरु वा गणतान्त्रिक मण्डलेहरु (चितवन, पर्सा घटनाको संकेतबाट)

अन्त्यमा, रुपचन्द्र विष्टको कविताबाट मण्डले महिमाको विट मारिन्छ ।

‘मण्डले होसियार !’

पापीलाई लाभले
लोभीलाई आशले
डराउनेलाई त्रासले

मुर्खलाई भ्रमले
अधिन गरेर
संगठन गरेर
अपराध गर्न छुट पाएका
गरिबमारा मण्डले ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking, #nepali politics

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!