Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारअखण्ड पुरुषको विघटीत जवानी

अखण्ड पुरुषको विघटीत जवानी


पूर्व–पश्चिम राजमार्गको इटहरी खण्डमा कोशी राजमार्ग भेटिन्छ । त्यहाँदेखि करिव १५/१६ किलो मिटर उत्तर चारकोशे जंगल छिचोलेर धरान प्रवेश गर्ने मुखैमा पुग्दा ‘शनि मन्दिर’ बाटैमा देख्न सकिन्छ । पूर्वी पहाडबाट झर्दा कोशी राजमार्गको बाटो भएर धरान सहर छिचोलेपछि दक्षिण चारकोशेको मुखैमा शनि मन्दिर छ ।

यो राजमार्गको यहि ठाउँ दूर्घटनाग्रस्त क्षेत्रको रुपमा रहेकोमा त्यहाँ केही हिन्दू धर्मतन्त्रका अनुयायीले शनि मन्दिर स्थापना गरे । शनिवारको दिन गाडी धनी/व्यवसायीले शनि दशा भगाउन त्यहाँ आराधना गर्छन । लकडाउन यता भने यो मन्दिर पनि सुनसान छ । त्यही मन्दिरका प्रमुख पण्डा हुन ‘काक बाबा’ उर्फ विश्वदेव पोखरेल ।

काकाकुल भएको शहरमा मूख्य खानेपानी सहित २५ सूत्रीय माग राखि तत्कालीन धरान नगर पञ्चायत कार्यालयको सिकुवामा भोक हडताल सुरु गरे । त्यस समयमा कम्युनिष्ट पार्टीका तर्फबाट विजय भएका गोविन्द मोक्तान जनपक्षीय प्रधानपञ्च थिए । मोक्तानले उनको मागलाई सिफारिस गर्ने सहमति गरे ।

अखण्ड पुरुष

काक बाबाको नामले परिचित पोखरेल चरित्र विशेषताले अखण्ड पुरुष हुन । भर्नाकुलर नेपालीमा अखण्डको अर्थ नटुक्रिएको, अटुट, सिङ्गो, बाधाविरोध नभएको भन्ने लाग्छ । कतिपय सन्दर्भमा उनको जिन्दगानीले यी विशेषता समेटेको पाइन्छ । उनलाई नजिकबाट चियाउँदा यस्तै लाग्छ । यी विभाजित नभएका सिङ्गासिङ्गै प्राणी हुन । सुनिजान्ने देखिजान्नेहरुले यिनको किस्सा गरेर दिनभर मनोरञ्जन पाउन सक्छन । यो भनेको अलग पाटो हो ।

शनि ग्रह 

काक बाबाले शनिको उपासना गरेको धेरै हिउँद बर्खा विति सकेको छ । शनिका भुक्तभोगीहरुले शनिको उपासना गरेको पनि वर्षौं वित्यो । तर शनिको खोजमा निस्कने अथ्र्याउने फुर्सद कस्को होला र ? यद्धपी शनि दशा र शनिग्रहको अन्तरसम्बन्धबाटै यसको जन्म भयो ।
सूर्य र सूर्यको वरिपरी घुम्ने सौर्य परिवारकै आकाशीय पिण्डहरु सूर्य, चन्द्र, मंगल, बुध, गुरु, शुक्र, शनि, राहु र केतु नौ ग्रह हुन्छन । फलित ज्योतिषअनुसार अशुभ तथा अनिष्टकारक मानिने नौ ग्रहमध्येको सातौं ग्रह शनि हो । साताको आखिरी दिन सन्सरबार पनि यसैसंग सम्बन्धित मानिन्छ । शनि ग्रहको दृष्टि प¥यो भने अनेकान आपत आइलाग्ने तान्त्रिक मान्यता छ । यस्तै शनि दशा हटाउन शनिको उपासना गरिन्छ । यस्तै उपासना गर्ने स्थान शनि मन्दिर हो ।

हिन्दु धर्मतन्त्रमा शनि उत्पात ग्रह हो । शनिग्रहको शनिबारसंग के सम्बन्ध छ ? धर्म तान्त्रिकहरुले व्याख्या गर्ने कुरा हो । तर आधुनिक युगमा पनि शनि त्यत्तिकै आतंकपूर्ण छ । चलनचल्तिको भाकामा शनि ग्रह लागेको त्यत्तिकै चर्को हुन्छ जत्तिको असाध्य रोग लागेको होस । शनि दृष्टि यस्तै डरलाग्दो शब्द हो । शनिदृष्टि प¥यो भने अमंगल गर्ने दृष्टि या कुदृष्टि पर्छ पुरै विच्छुकी हुन्छ भन्ने तान्त्रिक सार हो ।


जीवनको पाटो :

काक बाबा ७९ वर्ष कटिसकेका छन् । शनि दशा आफ्नै जिवनमा कुँडुलेर अरुका उद्धारकर्ता भएका छन् । तत्कालीन समयमा धरान सहरमा बाहुन पण्डितहरु थिए । त्यसमध्येका पण्डित शालिग्राम पोखरेलका अनगिन्ती सन्तान मध्येका एक सन्तान काक बाबा हुन ।

हरिद्वारमा दीक्षीत काक बाबाले मेट्रिकसम्मको पढाइ गरे । पिण्डेश्वर विद्यापीठको निर्माणमा सुपरभाइजरबाट खाइजिविका सुरु गरेका यिनको जन्म धरानको ऐतिहासिक स्थल विजयपुरमा भयो । यसपछि उनले नेपालको प्रहरी सेवा गरे । विसं २०१८ सालमा अराष्ट्रिय तत्व (अत) को खोजी गर्ने सुलसुले (आजको भाषामा राष्ट्रिय अनुसन्धान) को भूमिकामा काम गरे ।

प्रहरीको जागीर गएपछि काक बाबा फुक्काफाल भए । धरान नगरको एक कुनामा रहेको खत्री धारा नामको मसान घाटमा अघोर साधनामा लिन हुन थाले । उनको सन्दर्भमा लाससंग अनेक ‘क्रिडा’ गर्ने गरेको काल्पनिक प्रसंगहरु बनाइए । यस्तो त्यस्तो अनेक क्रिडा गर्ने अभक्ष खाने काक बाबाको प्रशिद्धि त्यसै बखतबाट सुरु भयो ।

कति अ.त. (कांग्रेसी) लाई यिनले जेलको हावा खुलाउन बाध्य बनाए ? त्यसको लेखाजोखा छैन । तर यसैकामको फलस्वरुप विसं २०२३ सालमा नेपाल प्रहरीमा भर्ति हुन पाए ।

प्रहरीको भूमिकामा पनि उनी टिकेनन् । प्रहरी सेवाबाट अवकास पाउनुमा रमाइलो किस्सा छ । प्रहरीको रुपमा भोजपुरमा रहँदै काक बाबाले भोजपुरमा खुबै नाम चलेका नरोत्तम राई (गायक/गीतकार तथा संगीतकार गणेश रसिकका बाबु, जस्को राजा महेन्द्रसंग अत्यन्त राम्रो सम्बन्ध थियो भनिन्छ ) को चिहान खोतलेर राईको खोपडी निकालेर अघोर साधनामा लिन भएछन् । यस्तो उपद्रो गरेबापत उनलाई पक्रेर हिरासतमा राखियो । हिरासतमै उनले फेरी अघोरतान्त्रिक साधना सुरु गरे । उनको त्यो साधनाबाट अत्तालिएका तत्कालीन भोजपुरका सिडिओ नन्दकुमार कार्कीले काक बाबालाई अवकास दिँदै अरुण नदी कटाउन लगाएछन् ।

फुक्काफाल काक

प्रहरीको जागीर गएपछि काक बाबा फुक्काफाल भए । धरान नगरको एक कुनामा रहेको खत्री धारा नामको मसान घाटमा अघोर साधनामा लिन हुन थाले । उनको सन्दर्भमा लाससंग अनेक ‘क्रिडा’ गर्ने गरेको काल्पनिक प्रसंगहरु बनाइए । यस्तो त्यस्तो अनेक क्रिडा गर्ने अभक्ष खाने काक बाबाको प्रशिद्धि त्यसै बखतबाट सुरु भयो । उनको दर्शन गर्नेको ताँती लाग्न थाल्यो ।

पानी आन्दोलनमा भोक हडताल

उनको यात्रा अघोरपन्थको साधनामा मात्र सिमित भएन । त्यसबखत पनि धरानमा पानीको हाहाकार थियो । जस्तो कि अहिले पनि छ । काकाकुल भएको शहरमा मूख्य खानेपानी सहित २५ सूत्रीय माग राखि तत्कालीन धरान नगर पञ्चायत कार्यालयको सिकुवामा भोक हडताल सुरु गरे । त्यस समयमा कम्युनिष्ट पार्टीका तर्फबाट विजय भएका गोविन्द मोक्तान जनपक्षीय प्रधानपञ्च थिए । मोक्तानले उनको मागलाई सिफारिस गर्ने सहमति गरे । पञ्चायतको अधिकार क्षेत्रभित्र नपरेका कतिपय मागलाई सरकार समक्ष सिफारिस गरिदिने सर्तमा काकले भोक हडताल समापन गरे ।

राजधानी दौडाहा

यहि सिफारिस सहितको माग पत्र लिएर उनी सिंहदरबार गए । उनको यो यात्रा र काठमाण्डौको बन्दोबस्त धरानबाटै प्रतिनिधित्व गर्ने रापंस सूर्यप्रसाद उपाध्यायले गरिदिएका थिए । तत्कालिन प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजाललाई स्मरण पत्र बुझाए । तर सिंहदरबारले पनि उनको मागको सुनुवाइ गरेन । अनि सिंहदरबारको पटाङगिनीमा पुन भोक हडताल सुरु गरे । भोक हडताल गरिरहेकै बेला आधारातमै उनलाइ प्रहरीले झ्यनाकुल्टुङ पार्दै हनुमान ढोका हिरासतमा लगे । त्यहाँ उनलाई पानी माग्नेलाइ पानी मै डुबाउनु पर्छ भन्दै जाडो महिनामा ड्रमको पानीमा डुबाए । जाडोले अधमरो भएपछि चारभन्ज्याङ कटाएर छोडिदिए । तत्कालिन प्रधानमन्त्री रिजालको आदेशमा यी सब भएका थिए ।

दैनिक जीवनमा फर्किए काक

खालीखुट्टा वीरगञ्ज छोडिएका काक सिंहदरबारको असफल भोक हडताल पछि पुनः धरान आइपुगे । काकको यस्तै हर्कतबाट आजित तत्कालिन कोशी अञ्चल मोटर सिण्डिकेटका अध्यक्ष जगदिश नेपालीले उनलाई टाइपिस्ट क्लर्कमा नियुक्त गरे । त्यसबखत पनि उनले काकपथीय शास्त्रीय तन्त्रलाई निरन्तरता दिँदै रहे । यो विसं ०३५ साल तिरको घटना हुन । सिण्डिकेटमा कार्यरत रहँदाका बखत पनि उनका अनेक किस्सा प्रचलित छन ।

त्यसबखत धरान–धनकुटा मोटरबाटो वेलायत सरकारको सहयोग नियोग इरोम परियोजनामार्फत निर्माण हुँदै थियो । धनकुटाको मुलघाटस्थित तमोर नदीमा आयोजनाले अस्थाइ पुल हालेको थियो । त्यहि अस्थाइ पुलबाट गाडि तार्न इरोमलाई सिफारिस निवेदन टाइप गर्दा काक बाबाले जताततै काक शब्द पनि घुसाएछन । र, अन्त्यमा अध्यक्ष नेपालीको नाम अगाडि ‘काक अध्यक्ष जगदीश नेपाली’ भनेर लेखिदिएछन । यस्तो देखेपछि रिसले चुर हुँदै नेपालीले काक बाबालाई त्यही दिन जागिर गएको सूचना दिएर निकाली दिए ।

जागिर गएको झोंकमा राती अध्यक्ष नेपालीको विजयपुरस्थित टिनको छानो भएको घरमाथि चढेर ‘काग काग’ भन्दै कराउन थालेछन् । पुरै होहल्ला भएपछि र कुनै सुरतमा पनि काक बाबा छानाबाट झर्न नमानेपछि उनलाई पुन जागिर थमौती गर्ने सहमति पछि मात्र उनी उत्रेर सिधै कार्यालय गए । यो हो हल्ला मध्यरातमा सुरु भएर विहान हुँदासम्म चलेको थियो । यसरी पुनः ड्युटी ज्वाइन गरेर लामो समयसम्म त्यहि सिण्डिकेटमा काम गरे ।

राजनीतिमा काक

जनमत संग्रहताका काक निर्दल वा बहुदल कतापट्टी थिए त्यति नखुले पनि त्यस यताको चुनावी राजनीति पनि यिनले चाखे । पञ्चायत व्यवस्थाको अन्तिम स्थानीय चुनाउमा धरान नगर पञ्चायतको प्रधान पञ्चमा उम्मेदवारी दिए । अहिलेको जस्तो पार्टीगत चुनाउ चिनो त्यतिखेर हुन्न थियो । त्यसबखतका अन्य प्रतिष्पर्धी उम्मेदवारको चिनो हलो, कोदालो, छाता, घर, घडी, मादल यस्तै निर्जिव बस्तुहरुको प्रतिक चिनो थिए । चुनाउ प्रचारको दौरान उनी यस्ता निर्जिब वस्तुको पछि जिवित मान्छेहरु लाग्नु हुन्न भन्थे ।

मान्छेले मान्छे चिनौं

उनको चुनाउ चिनो भने ‘मान्छे’ थियो । ‘मान्छे भएपछि मान्छेलाई चिनेर मान्छेहरुले मान्छेमा भोट हालौं’ उनको चुनावी नारा थियो । खाली खुट्टा हिँड्दै टिनलाई काटेर बनाएको माइकमार्फत टोलटोलमा प्रवचन दिँदै हिँड्थे । चुनाव प्रचार ताकाको घतलाग्दा प्रसंग त्यतिकै छन् । त्यस बखत कम्युनिष्ट पार्टी (नेकपा मालेसहितको बाम मोर्चा) ले बम देवानलाई निर्वाचनमा उठाएर जितायो । काक बाबा पराजित भए । मान्छे भएपछि मान्छेहरुले मान्छेलाइ भोट हालौँ भन्ने उनको लोकप्रिय नाराले नराम्रो हावा खायो । उनी त मान्छेको जंगलमा बनमान्छे ठहरिए होलान र भोट हालेनन् जस्तो कि अहिले उनी छन् ।

बहुदलीय व्यवस्थाको पुनस्थापना पछि यिनी कांग्रेसमा लागे । उतिबेलाका अराष्ट्रिय तत्व (कांग्रेस)लाई सिध्याउन खेल खेलेका काक बाबाको कांग्रेस आरोहण नौलो कुरा त भएन । नेपालको राजनीतिमा अक्सर यस्तो हुनुलाई संयोगमात्र मान्नु पर्छ । कुनै प्रायश्चित विना नेपालको राजनैतिक पार्टीमा जोकोहीलाई जाने सुविधा नेपालमा छ । तर केही वर्षपछि काक बाबाले कांग्रेसलाई पनि अंगालो मार्न छोडिदिए ।

खालीखुट्टा काक

यिनी खालीखुट्टा छन् । खराउसम्म पनि लगाउँदैनन । यो पन्थमा लागेदेखि अन्य प्रकारका जुत्ताचप्पल लगाउने त कुरै भएन । गजवको कुरो चैं के छ भने खुट्टाको बुढी औंलामाथि छेउको अर्को औला चढाएका छन् । यसमा उनको सांकेतिक अर्थ छ, ठूलाबडालाई सानाले शासन गर्नु पर्छ ।

दृश्य संभोगमा काक 

हिन्दु धर्मको तान्त्रिक पद्धती अनुसार मद्य (जाँड रक्सी), मास (मासु), मत्स्य (माछा), मुद्रा (मुख, हाउभाउ), मैथुन (समागम, सेक्स) यी पाँच प्रकारका साधनद्वारा शक्तिको उपासना गर्ने सम्प्रदायलाई बामाचार भनिन्छ । यिनले बामाचार पद्धतिबाट पनि उपासना गरिसकेको भेउ पाइन्छ । सम्भोग (सेक्स) भरसक मानव समुदायले लुकाएर गर्छ । तर यिनले दृश्य सम्भोग गरेर रमिता देखाएको किस्सा पनि प्रचलित छ ।
अर्को यो बाममार्ग तन्त्रमन्त्र, अभिचार आदि कामको साथ मद्य, मास आदिको सेवन गर्ने विधान भएको धार्मिक पथ हो । यो धार्मिक पथको पनि उनी उपासक हुन ।

सन्तान उत्पादनका धनी

भारतीय नेता लालु यादव विपक्षमा रहँदा भारतमा परिवार नियोजनको कार्यक्रम सरकारले ल्यायो । भनिन्छ, विपक्षको धर्म पुरा गर्न, परिवार नियोजनको कार्यक्रम विफल बनाउन कै लागि उनले व्यवहार मै सन्तान उत्पादनलाई आफैँमा लागु गरे । उनका ९ सन्तान छन् । त्यहि स्तरमा त काक बाबाले सोचेर गरे होलान नहोलान तर उनका पनि यादवका भन्दा कम सन्तान छैनन । यिनका सन्तानले डाँडाकाँडा ढाकेपनि अहिले यिनी एक्लै छन् । चारकोशे जंगलको मुखमा दिनचर्या जय मंगल गर्छन ।

 

उनको चुनाउ चिनो भने ‘मान्छे’ थियो । ‘मान्छे भएपछि मान्छेलाई चिनेर मान्छेहरुले मान्छेमा भोट हालौं’ उनको चुनावी नारा थियो । खाली खुट्टा हिँड्दै टिनलाई काटेर बनाएको माइकमार्फत टोलटोलमा प्रवचन दिँदै हिँड्थे । चुनाव प्रचार ताकाको घतलाग्दा प्रसंग त्यतिकै छन् । त्यस बखत कम्युनिष्ट पार्टी (नेकपा मालेसहितको बाम मोर्चा) ले बम देवानलाई निर्वाचनमा उठाएर जितायो । काक बाबा पराजित भए । मान्छे भएपछि मान्छेहरुले मान्छेलाइ भोट हालौँ भन्ने उनको लोकप्रिय नाराले नराम्रो हावा खायो ।

 

काकको अर्थ ?

उनी ठूलोठूलो स्वरमा ‘का’ उच्चारण गर्दै हिँड्छन् । उनका अनुसार ‘का’ एकाक्षरी शब्द हो । उनलाई नजिकबाट चिन्नेहरु ‘काक बाबा’ भन्छन । अलि परबाट परख गर्नेहरु ‘काग बाबा’ वा ‘शनि बाबा’ भन्छन । भनिन्छ यस्तो उपासकहरु दक्षिण भारतमा पनि छन् । उनी नमस्ते, सेवा, अभिवादन भन्दा भेटघाटमा काक शब्द उच्चारण गरेको निको ठान्छन ।

आधुनिक राज्य वा सरकारको जल, थल, वायु सेना र यन्त्र भएजस्तै शनिका पनि ९ वटा जल, थल र वायु वाहन थिए भनिन्छ । यसमध्ये काग शनिको वायु वाहन हो । शनिकै वायु वाहन कौवा वा काग भएकोले हिन्दु धर्मतन्त्रमा पुजिन्छ ।

अर्को यिनी क वा का एकाक्षरीबाट सुरु हुने खाद्यान्न ग्रहण गर्दैनन । केरा, काँक्रो, करेला, कटहर, काजु, किसमिस, कन्दमुल आदि वर्जित गर्छन । कबाट उठेको स्थान पनि भ्रमण नगर्ने हो भने यिनी धेरै ठाउँमा जान पनि वर्जित हुने थिए ।

अघोरपन्थ

नेपाली शब्दकोस मुताविक अघोर भनेको ज्यादै डरलाग्दो भन्ने अर्थ छ । अघोर–मतालम्बीहरुको सम्प्रदाय, अघोर सम्प्रदाय हो । यो गुरु गोरखनाथले जागृत गरेको समुदाय हो ।

हिन्दु धर्मतन्त्रमा साधनाका दुई मार्ग छन् । एउटा बाममार्ग र अर्को दक्षिणमार्ग । बाममार्ग अघोरमार्ग हो । जहाँबाट सबै कुरा खत्तम हुन्छ त्यहीँबाट अघोरमार्ग सुरु हुन्छ । संसारको अन्तिम निवास मसानघाट हो । यसर्थ यिनको साधनाको पाठशाला पनि त्यही हो ।

कालो छ कपडा कालै छ थोपडा 

अघोरपन्थी भएकैले हो बस्त्र पनि यिनको कालै छ । संयोग नै मान्नु पर्छ यिनको थोपडा पनि कालै छ । यहि कालो वस्त्र र वर्ण देखाएर काक बाबाले शनिको शक्तिलाई सन्तुलन गरेको भक्तहरुमा विश्वास छ ।

रहलपहल

हिन्दु धर्मको वर्णाश्रम व्यवस्था अनुसार ब्राम्हण, क्षेत्री, वैश्य र शुद्र चारै वर्णले पालन गर्नु पर्ने सनातन धर्म अनुसारका ब्रम्हचर्य, गृहस्थ, बानप्रस्थ र सन्यास आदि चार आश्रम हुन । तर चारै आश्रममा यिनको विचरण घालमेल छ । अघिल्ला दूइ आश्रम भन्दा पनि बानप्रस्थ र सन्यासमा यिनको यात्रा रुचिकर छ । यिनले अपूर्वी जस्तो महामारी शशरीर खेपे अहिले कोरोनाको कहर हेर्दैछन ।

जे होस काक बाबा उर्फ विश्वदेव पोखरेलले पूर्वको नामूद चारकोशे जंगल गुल्जार गरेर शनि दशाको मनोवैज्ञानिक तथा धार्मिक उपचार गरिहेका छन् । तर यसैमा पनि धरानका केहि सुकिला–मुकिलाको आँखी परेको छ । उनीहरुले कानूनको डण्डा लगाएर काक बाबालाइ तर्साइ रहेका छन् । बानप्रस्थको बाटो एको¥याइ सकेको वृद्ध अघोरीलाई खेदो खन्नु त्यति निको अबश्य होइन । अरु ‘युटुबे अघोरी’ जस्तो हल्काफुल्का होइनन् । यिनसँग कुरा गर्दामात्र पनि जिन्दगीको नागबेली थाहा हुन्छ । आफ्नै बाटो पनि पछाडि फर्केर हेर्दा ।


क्याटेगोरी : बिचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस