चियाको कपको बाफमा तुफान देख्नेहरुका नाममा

मैंले हिजो मेरो नेतृत्वबारे सार्वजनिक संचार माध्यममा आएको एउटा समाचारबारे यस्तो नहोस र हुनुहुँदैन भनेर टिप्पणी लेखेँ। मैंले यो लेखेको कुरामा म प्रतिबद्ध छु र मैंले जनतादेखि नेतासम्म सबैको सम्मान गर्न र सार्वर्जनिक प्रतिष्ठा निर्माण गर्न वा जोगाउन तीस वर्ष लामो सहयात्रा गरेको छु।
मेरो फेसबुक स्ट्याटसको टिप्पणीमा हाम्रो नेतृत्व कसैले पनि व्यक्तिगत र सस्थागत रुपमा गुनासो गर्नु भएको छैन। सेतोपाटीको समाचारमा आए जस्तै र सो समाचारमा आधारित भएर “तपाइले गरेको चिन्ता” जस्तै परिस्थिति त्यो बेला नभएको भनेर जानकारी भने गराउनु भएको थियो।
तर केहि मेरा मित्र, सुभचिन्तक र राजनैतिक विचारधारासंग निकट मानिने कमरेडहरुलाई मैंले नेतृत्व र आन्दोलनबिरुद्द पो अभियक्ति दिएँ भन्ने लागेछ। तपाईलाई जस्तै मलाई पनि हाम्रो नेतृत्व कसैले आलोचना नगरोस जस्तो लाग्छ। र म जति बेला हाम्रो नेतृत्वको कमजोरी हुन र देखिन सक्ने अवस्था अनुभूत हुन्छ, म मेरो चेतनाले पहिचान गरेको सुझाव र समालोचना सार्वर्जनिक वा व्यक्तिगत रुपमा दिने गर्छु। यो गर्दा मेरो नेतृत्वसँग कहिले पनि सम्बन्ध बिग्रेको पनि छैन र नेतृत्वले नोक्सानी व्यहोरेको पनि छैन। हिजोको मेरो स्ट्याटस पछि आकाश ज्यूकात्युँ त्यहिँ छ र जमिनमा हामी सहयात्रा र सहभोज गरिरहेका छौँ।
चियाको कपमा तुफान उडेको नदेख्न मेरा सुभचिन्तक र हाम्रो आन्दोलनका सहयोद्धा मित्रहरुमा निवेदन गर्दछु। हामी सहयोद्धाहरु तीस वर्ष आसपासदेखि संगै छौँ । युद्ध ,आन्दोलन, शान्तिप्रक्रिया, प्रबास , सरकार संचालन जस्ता कठिन र जोखिमका दिनमा संगै छौँ र रहने छौँ। चिन्ता र संकाको तुवाँलो हटाइदिनुस्।
जहाँसम्म हिजोको ताल्चा बिमानस्थलमा चिकित्शक रोकिएको प्रसङ्ग थियो, त्यसमा मैंले प्रस्टै भनेको छु, यो स्थानीय व्यवस्थाको कमजोरी थियो। स्थानीय यात्रा व्यवस्थाक जहाज कम्पनिले आफ्ना यात्रुबीच संका र बिवाद पैदा हुने स्थिति सृजना गराउँनु हुँदैनथ्यो। आफ्नो दुई-दुई उडान हुने भएपपछि कुन उडानबाट कुन यात्रु जाने त्यो आफ्ना यात्रुलाई प्रस्ट पार्नु पर्थ्यो। आखिर सबैलाई आ-आफ्नो तालिकामा पुग्न अनिश्चयको स्थानबाट छिट्टो निस्कनु नै पर्ने हुन्छ। कर्णालीमा हवाई वा जमिनी दुवै यात्रा अनिश्चयको छ भन्ने कुराको भुक्तभोगी हामी सबै छौँ नैं।
यो प्रसंग अब समाप्त भएको छ। सबै आफ्नो गन्तब्यमा पुगिसकेका छन् र आ–आफ्नो जिम्मेवारी सम्महालीसकेका छन्। यसमा कुनै लम्बेतान संका, षड्यन्त्र र व्यक्तिगत रिसइबीको कुरा छैन र कसैलाई त्यो गर्ने फुर्सद पनि छैन। यहानेर डाक्टर, नेता वा पत्रकार कसैलाई कुनै दोषारोपणको आवश्यकता पनि छैन।
यी तीनै थरीले सृजना गरेको समस्या त्यो थिएन , स्थानीय व्यवस्थापकको कमजोरीले भएको परिस्थितिजन्य घटना थियो। पक्का कुरा चाहिँ के हो भने अहिले राजनीतिक नेतृत्व सबैको “फ्रस्टेसनको तारो” बनेको छ, यो अन्य कुनै कारण नभएर अरु भन्दा निक्कै बढी नैतिक मूल्यको अपेक्षा भएर हो। यो अपेक्षालाई नेतृत्वले पुरा गर्ने आट र उपाए त खोज्नु नै पर्छ। (सामाजिक सञ्जालबाट साभार)
तपाईको प्रतिक्रिया दिनुहोस