Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारअसंलग्नताको टेको लिएर नेपालको विकास खोज्नुपर्ने आवश्यकता

असंलग्नताको टेको लिएर नेपालको विकास खोज्नुपर्ने आवश्यकता


धकुक

नेपाल भएर चीन घेर्ने र पश्चिमाहरूको साम्राज्य विस्तार गर्ने पाँच सय वर्ष अघिको योजनालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भाजपा सरकारले सघाउन लागेकै हो भन्ने चर्चा चल्न थालेको छ ।

दुई सय वर्ष अघि बेलायती उपनिवेशवादीहरूले चीनको तिब्बत हड्प्न खोजेको थियो । नेपाल विरूद्धको आक्रमणमा बेलायती उपनिवेशवादीहरू असफल भएपछि त्यो अभियान छोडेका थिए । तर अमेरिकाले त्यो अभियानलाई त्याग्न सकेन । अहिले इन्डो प्यासिफिक स्ट्रेटजीमा नेपाललाई सामेल हुन बाध्य पार्न भारतको बलियो सहयोग अमेरिकाले खोजेको हो । भारतको सहयोगमा अमेरिकाले क्वाड बनाएको छ । नेपाल भएर चीनमा प्रवेश गर्ने र वर्चस्व कायम गर्न सक्ने बेलायती उपनिवेशको उद्देश्य पुरा हुने थियो । अग्रेजले नेपाल विरूद्ध आक्रमण ग¥यो । नेपाल अंग्रेज युद्ध १८१४–१६मा पराजित भएपछि दक्षिण तर्फको ठूलो भूमि गुमाउनु परेको थियो ।

यो युद्ध बेलायतले भारतलाई नियन्त्रणमा लिएपछि साम्राज्य विस्तार गर्ने महत्वाकांक्षा पूरा गर्न खोजेको बेला गरेको थियो । यो युद्धको पछाडि बेलायतको विशाल रणनीतिक लक्ष्य थियो । चीनको तिब्बतसम्मको बाटो बनाएर त्यस अगाडि रहेको रूसको भूमि कब्जामा लिने रणनीतिक लक्ष्य बेलायतले बनाएको थियो ।

त्यतिबेला तिब्बत आक्रमण गरी जित्न खोज्दा बेलायती सेनालाई सशक्त प्रतिरोधको सामना गर्नु परेको थियो । तिब्बतलाई सहयोग गर्न चीनको केन्द्रिय सत्तामा रहेको किङ वंशले सहयोग गरेको थियो । यो वंश १६४४–१९११नेतृत्वमा रहेको थियो । त्यसैले बेलायती रणनीति यो बाटो भएर पूरा भएन ।

प्रथम विश्व सन् १९१८मा समाप्त हुँदा बेलायती प्रभुत्वमा ह्रास आयो । सत्ताको वर्चस्व अमेरिका तर्फ गयो । ठिक यही बेला बेलायतले नेपालसँग सन् १९२३मा गरेको सन्धीका आधारमा नेपाल एक स्वतन्त्र राज्यको रूपमा मान्यता पाएको थियो । यी ऐतिहासिक तथ्यहरूबाट नेपालको रणनीतिक स्थान विज्ञहरूको आँखामा पर्नु स्वाभाविक हो । आज विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रूपमा उदीयमान शक्ति चीनको निकटतम छिमेकी नेपाल हो । त्यसैले शक्तिशाली देशहरूका लागि विशेष गरी साम्राज्यवादी शक्तिको साम्राज्य विस्तारमा सहयोग गर्ने नीति निर्माताहरूको आँखाबाट नेपालको यो स्थान ओझेलमा पर्नु स्वाभाविक हुन्छ ।

हिन्द प्रशान्त क्षेत्रका देशहरू बीच बृहत एवं गहिरो रणनीतिक सहयोग गर्न तयार पारिएको एक अमेरिकी अभिप्रेरणा हिन्द प्रशान्त रणनीति (इन्डो प्यासिफिक स्टेटजी ) हो । यस क्षेत्रमा वर्चस्व कायम गर्न अमेरिकाले नेपालमाथि विशेष ध्यान केन्द्रित गर्न खोजेको हो । नेपालमा अमेरिकाले सहज वर्चस्व कायम गर्न नदेखे पछि अर्को बाटो अपनाएको हो ।

जुनबाटो बाट कुनै बेला बेलायती साम्राज्यवाद चीन र रूसमा आधिपत्य जमाउन खोजेको थियो त्यही क्षेत्रमा सीमा विवाद एक पछि अर्को गरी हुन पुगेको हो । चीनसँगको युद्धका बेला भारतीय पल्टनलाई बस्न दिएको कालापनी लिम्यिाधुरालाई भारतले आफ्नो भूमि बनाउने पहल ग¥यो भने अर्को तर्फ चीनसँगको सीमा विवादलाई चर्काउन उद्देश्यले जम्मु काश्मिरलाई दुई प्रान्तमा विभाजन ग¥यो । भारत र चीनबीचको गलवान उपत्यकामा भइरहेको सैनिक भिडन्तलाई फगत भिडन्तको रूपमा बुझ्नु गलती हुने कतिपयको बुझाइ रहेको छ । यसको खुलासा अमेरिकी उक्साहटमा यस्तो भइरहेको बुझ्न सकिन्छ । परिणाम भारतले अमेरिकासँग नयाँ रक्षा सम्झौता गरेबाट पनि यसको पुष्टि हुन्छ ।

अमेरिकाको इन्डो प्यासिफिक स्टेटजीमा चीनलाई समावेश गराउने लक्ष्य राखिएको छैन । यो क्षेत्रको आर्थिक वृद्धिका लागि तयार पारिएको योजना बारे केही बताएको छैन । त्यसैले यो रणनीति यथार्थपरक नभएको र यस अन्तर्गतका देशहरुमा अमेरिकी सैन्यशक्ति बढाइरहने उद्देश्य लुकेको प्रस्ट हुन्छ ।

चीन र भारत दुई ठूला शक्तिशाली देशहरुको सीमासँग जोडिएर रहेको भूपरिवेष्ठित नेपालको चाहनाबारे अमेरिकाका रणनीतिकारहरू पूर्ण रूपमा जानकार हुन्छन ।

सिमित शक्ति भएको नेपाललाई भूमण्डलीकरणको आजको गतिसँग तालमेल मिलाएर अगाडि बढ्न कठिनाइ हुनु स्वाभाविक हुन्छ । तर यसका लागि नेपालले आफ्नो असंलग्न परराष्ट्रनीतिको अवलम्बन ठोसरूपमा गर्नुपर्ने आवश्यकता रहेको छ ।प्रमुख शक्ति राष्ट्रहरूबीचको सन्तुलन बनाउन यो बाटो उत्तम हुन्छ ।

यसो भनिरहँदा नेपालका लागि सर्वाधिक महत्वपूर्ण आवश्यकता पूरा गर्न मात्र छनोटको विषय हुन सक्छ ।
भारतले बुझेको विषय भनेको सबै भन्दा महत्वपूर्ण विषय चिनियाँ प्रभावलाई नेपालमा चुनौती दिन खोज्ने कुनै शक्तिका लागि सहज हुने छैन । चीनले नेपालमा यस्तो विकास गरि दिएको छ । भारतमाथिको निर्भरता चुनौतीपूर्ण भएपनि चीनको बाटो भएर कम हुन पुगेको छ ।

सम्भावित मुनाफामा हिस्सा दिने गरी चीनले नेपालमा विकासको अवसर दिएको छ । विश्व सँग जोड्नेगरी अभूतपूर्व अवसर नेपालको सामु बेल्ट एन्ड रोड इन्सिएटिभ प्रस्तुत गरेको छ । भारत भएर मात्र समुद्रसम्मको पहुँचको वैकल्पिक बाटो चीनले खुला गरिदिएको छ ।

नेपालले अब आफूलाई पूर्व, दक्षिण र मध्य एसिया जोड्ने अति आवश्यक धुरीको रूपमा विकास गर्नुपर्ने अवसर प्राप्त गरेको छ । नेपालले अब बन्दी र गरिब रहनुपर्ने विवशताको बेडी तोड्नुपर्छ । आफ्नो भूराजनीतिक अवस्थितिको ठिकठक पहिचान गर्नुपर्छ ।

यो अवसरका बारेमा नेपालका नीति निर्मार्ताहरूले ठिकसँग विकास, कार्यान्वयन र परिचालनमा तदारूकता देखाएको पाइदैन । सत्तारूढ पार्टी आफ्नै अन्तःकलहमा रूमलिरहेको छ ।

भारतीय गुप्तचरसंस्था रअका प्रमुखसँग प्रधानमन्त्री केपी शर्मा ओलीको मध्यरातमा भएको भेटले नेपाली राजनीतिमा तरङ्ग ल्याएको छ । विश्वका विकसित र विकासशील देशहरू सबै विश्व इतिहासको सर्वाधिक आर्थिक , सामाजिक र राजनीतिक संकटबाट गुज्रिरहेको बेला जुनसुकै सन्देश बोकेर रअ प्रमुख नेपाल आएको भएपनि राजनीतिक नेतृत्वले देशहितमा अवसरको सदुपयोग गरी जाने बाटो कोर्नुपर्ने दायित्व पूरा गर्नुपर्ने देखिन्छ ।

आगामी दिनमा अमेरिका र चीनबीचको द्वन्द्व बढेसँगै भारत र चीनबीचको द्वन्द्व बढ्नु भारत अमेरिकाबीचको रक्षा सम्झौताले संकेत गरिरहेको छ । यस्तोमा सन्तुलन कायम गर्नुपर्ने चुनौती नेपाल समक्ष हुनेछ ।

कतिपयले असंलग्न आन्दोलनको समय समाप्त भएको टिप्पणी गरिहेको सहजै पाइन्छ ।

तर प्रधानमन्त्रीका पूर्व सल्लाहकार मध्येका एक हिराबहादुर थापाले जनाए अनुसार नेपालका लागि यो बाटो प्रभावकारी रणनीतिक उपकरण हुनेछ ।

थापाले भनेका छन“ भारत र चीनबीचको दुई पक्षीय सम्बन्धहरूलाई कुशलतापूर्वक सन्तुलनमा ल्याउने बाटो असंलग्नतासँगको बलियो संलग्नता हो ”

त्यो बाटो भनेको कुनै सैन्य पक्षधरताबाट आफूलाई असंलग्न गराउनु नै हुनेछ ।


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित समाचार

error: Content is protected !!