Techie IT
  • २०८० असोज ७, आइतबार

जनयुद्धका शहीदहरु सुरेश वाग्ले, विशाल र कुमारप्रति श्रद्धाञ्जली


तत्कालिन नेकपा (माओवादी)ले थालनी गरेको १० वर्षे महान जनयुद्धका क्रममा हजारौँ नेपाली आमाका सपुतहरुको बलिदान भयो । मुलतः जनयुद्धकै शहीदहरुको बलिदानबाट आज देशको शासन व्यवस्था परिवर्तन भएको हो । देशले नयाँ संविधान प्राप्त गरेको छ । यो संविधानमा देश ‘समाजवादउन्मुख’ उल्लेख गरिएको छ । संविधानमा संघीयता, समावेशीता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली, शिक्षा, स्वस्थ्य, रोजगारी, आर्थिक रुपान्तरण, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता आदि प्रमुखताकासाथ उल्लेख गरिएका छन् । यी सबै उपलव्धिहरु बिभिन्न कालखण्डमा भएका क्रान्ति र परिवर्तनका खातिर भएका आन्दोलन, संघर्ष र बलिनाकै देन हुन् । यसका हकदार स्वयम् शहीदहरु हुन् । यसको श्रेय जनयुद्धका सम्पूर्ण शहीद, बेपत्ता र घाइते योद्धाहरुलाई नै जान्छ ।

नेपालीहरुलाई नक्कली अमेरिकी शरणार्थी बनाएर रकम असुली गर्ने र गैरकानुनी तबरले सुन तस्करी गर्ने केही पूर्वमाओवादी र वर्तमान माओवादीका नेता तथा उनीहरुका आफन्तहरुनै धमाधम अनुसन्धानको दायरामा तानिएका छन् । केही त पक्राउ परेर कारागार चलानसमेत भइसकेका छन् । बर्तमान सरकारले थालनी गरेको सुशासनको यात्राले कतिपय माओवादीहरुकै निद्रा विथोलिदिएको छ । 

जनयुद्धका क्रममा शाहदत प्राप्त शहीदहरुमध्ये गोरखाका सुरेश वाग्ले, सिन्धुलीका मोहनचन्द्र गौतम (कुमार) र शेरमान कुँवर (विशाल)को स्मृति दिवस यसै हप्ता बिभिन्न कार्यक्रमकासाथ नेकपा (माओवादी केन्द्र)ले मनाएको छ । वि.सं. २०५५ मा तत्कालीन नेकपा (माओवादी)को वैकल्पिक पोलिट्व्युरो सदस्य बनेका वाग्लेलाई २०५६ साल भदौ २३ गते गोरखाको गाँखुमा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेको थियो ।

त्यसैगरी सिरहा जिल्लाको धनछावरमा मोहनचन्द्र गौतम र शेरमान कुँवरको तत्कालीन आततायी सरकारका सेनाले घर घेरा हाली नियन्त्रणमा लिएकै अवस्थामा निर्ममतापूर्वक २०६१ भदौ २० गते हत्या गरेको थियो । रोल्पामा माओवादीको केन्द्रीय समितीको बैठक सकेर कार्यक्षेत्र फर्केको समयमा विशाल, कुमार सहित अन्य तीन जना शहीद भएका थिए । शेरमान कुँबर (विशाल) तात्कालिन सयममा माओवादीका केन्द्रीय समिती सदस्य थिए भने मोहनचन्द्र गौतम (कुमार) तात्कालिन समय माओवादीका वैपल्पिक केन्द्रीय सदस्य थिए ।

अहिले सरकार र पार्टीको नेतृत्व त्यही जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरिरहेका छन् । शहीदका सपना पुरा गर्न प्रचण्ड नेतृत्वको सरकार प्रतिबद्ध छ । देशमा व्याप्त भ्रष्टाचार, अनियमितता, ठगी, कालोबजारी र संविधानविरुद्धका कृयाकपालको अन्त्य गर्नका लागि सरकारले राम्रा कामहरु गरिरहेको छ । नेपालीहरुलाई नक्कली अमेरिकी शरणार्थी बनाएर रकम असुली गर्ने र गैरकानुनी तबरले सुन तस्करी गर्ने केही पूर्वमाओवादी र वर्तमान माओवादीका नेता तथा उनीहरुका आफन्तहरुनै धमाधम अनुसन्धानको दायरामा तानिएका छन् । केही त पक्राउ परेर कारागार चलानसमेत भइसकेका छन् । बर्तमान सरकारले थालनी गरेको सुशासनको यात्राले कतिपय माओवादीहरुकै निद्रा विथोलिदिएको छ । यो कार्यले पनि शहीदहरुले बुनेको योजना र देखेको सपना केही मात्रामा भएपनि साकार भएको भान जनतामा परेको छ ।

अतः जनयुद्धका हजारौँ शहीदहरुले एक कालखण्डमा इमान्दारीपूर्वक योगदान गरे । उनीहरुले बाँचेकाहरुलागि यो देश सुम्पिएर गएका छन् । शहीदहरुका सपना साकार पार्नका लागि वर्षको एक दिन उनीहरुको स्मृति दिवसमा शालिक र तस्बिरमा फूल, माला र अबिर पहिरिएर आँखा रसिला पार्नुभन्दा देश र जनताप्रति दृढ संकल्प बोकेर प्राप्त उपलब्धिहरुको रक्षा गर्दै शान्ति प्रकृयाका थप कार्यभारहरु उपलव्धिपूर्ण तरिकाले पुरा गर्नु नैं शहीदहरुप्रति सच्चा सम्मान हुनेछ । महान जनयुद्धमा शहादत प्राप्त गर्ने सुरेश वाग्ले, मोहनचन्द्र गौतम, शेरमान कुँवर लगायत सम्पूर्ण शहीदहरुप्रति हार्दिक श्रद्धासुमन ! समयबद्ध साप्ताहिकबाट 
 



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट