Techie IT
  • २९ वैशाख २०८२, सोमबार
Jhilko

महन्थ ठाकुरलाई तोकेको ठाउँमा बाबुराम भट्टराई


काठमाडौँ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई जनता समाजवादी पार्टीको संघीय परिषद् अध्यक्ष चयन भएका छन् । जसपाको मंगलबारको केन्द्रीय कार्यकारिणीको बैठकले उनलाई संघीय परिषद् अध्यक्ष बनाउने निर्णय गरेको हो ।

पार्टी एकता गर्ने बेलामा यो पदमा महन्थ ठाकुरलाई लैजाने तय भएको थियो । महन्थ ठाकुरलाई संयोजक र बाबुराम भट्टराईलाई सहसंयोजक बनाउने योजना थियो ।

महन्थ ठाकुरले सेरेमोनियल होइन कार्यकारी पदमा नै रहने बताएपछि विवाद भएको थियो । पछि बाबुराम भट्टराईलाई महन्थ र उपेन्द्र यादवपछिको तेस्रो वरियतामा राखेपछि भट्टराईले निर्वाचन आयोगमा दल दर्ता गर्ने बेलामा अशोक राईपछि चौथोमा आफूलाई राखेका थिए ।

बैठकले संघीय परिषद्सँगै आठ सय एक सदस्यीय केन्द्रीय समितिसमेत गठन गरेको छ । त्यस्तै समग्र पार्टीको समायोजनका लागि समायोजन कार्यदल पनि गठन गरिएको छ ।

जसपाको अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहेका छन् । अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतोलाई वरिष्ठ नेता बनाइएको थियो ।

कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी लामो समयदेखि जेलमा रहेकाले उनको रिहाइ र पार्टीका अन्य नेता कार्यकर्ताहरू समेत विभिन्न झुठा मुद्दामा थुनामा रहेकोले रिहाइको माग गर्दै देशभर कार्यक्रम गर्ने निर्णयसमेत राजपाले गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट