Techie IT
  • २०८० असोज १७, बुधबार

गल्लीको हल्लामा रप्फु भर्दै उपेन्द्र यादवका सहयोगीहरू


काठमाडौं, २१ भदौ । गल्लीका चिया पसलदेखि रेस्टुरेण्टका मेचहरूमा हुने कानेखुशी र चर्चा प्रधानमन्त्री प्रचण्डले एक अभिव्यक्तिबाट जवाफ दिन खोजेको देखिन्छ । सरकार ढल्छ कि रहन्छ त्यसबारे आफूलाई कुनै चिन्ता छैन तर भ्रष्टाचार विरुद्धको कारबाहीबाट सरकार पछि हट्दैन ।

प्रचण्डको यस्तो भनाइ सत्ता गठबन्धनमै रहेका जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र नेपाल कांग्रेसकी नेतृ आरजु राणा भारतको भ्रमणमा रहेका बेला राजधानीमा सरकार ढल्ने चर्चा÷परिचर्चा सुरु भएकै बेला आएको छ । 

जसपा नेता उपेन्द्र यादव निकटकाहरूको भनाइ अनुसार पछिल्लो सरकार बनाउने खेलका खेलाडी यादव हुन । र, अहिले फेरि सरकार फेर्न देश बाहिर गएका हुन् ।

एक साता बढी समयदेखि जसपा अध्यक्ष यादव भारतमा छन् । केरलामा आयोजित एक  बिहेको कार्यक्रममा सहभागी हुन गएका यादवले उता १० दिनजति बिताइसकेका छन् । उनका निकटका अनुसार राजनीतिक आवश्यकतामा उनको उपस्थिति आवश्यक भए जुनसुकै बेला आउन सक्छन्, नभए व्यक्तिगत कामले अझ उतै बस्न सक्छन् ।

सुनकाण्ड र ललिता निवासजस्ता भ्रष्टाचारसम्बन्धी फौजदारी अभियोगमा सत्ताधारी र प्रतिपक्षी दलका ठूला नेताहरू समातिएका बेला गौर हत्याकाण्डका पीडितहरूसँग सरकारले गरेको सम्झौताबाट सो घटनामा आरोपित जसपा अध्यक्ष यादव तर्सिएका हुन् कि भन्ने चर्चा चलिरहेको छ । 

जसपा नेता उपेन्द्र यादव निकटकाहरूको भनाइ अनुसार पछिल्लो सरकार बनाउने खेलका खेलाडी यादव हुन । र, अहिले फेरि सरकार फेर्न देश बाहिर गएका हुन् ।

बिहेमा सहभागी हुन गएका अध्यक्ष यादव यति लामो समय बसेको विषयमा उनका पार्टीका सहयोगीहरूले रप्फु भर्न थालेको देखिएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले एक बिहेको कार्यक्रममा सहभागी हुन भारत गएका अध्यक्ष यादवको केही राजनीतिक भेटघाटको कार्यक्रम पनि रहेको जानकारी सार्वजनिक गरेका छन् ।

यादवको  भारत भ्रमण राजनीतिक, धार्मिक या पारिवारिक हो भन्ने समेत कतै नखुलाइएको तथा उनका सहयोगीहरूले यसबारे विवरण सार्वजनिक गर्न पन्छिन खोजेबाट उनी कुनै गम्भीर मन्थनमा रहेको अड्कल सही देखिन्छ ।

गौर घटनाको फाइल सरकारले खोलेका कारण उनी भूमिगत भएको, आफू प्रधानमन्त्री बन्न वा प्रचण्डलाई पदबाट हटाउन राजनीतिक माहौल बनाउन भारत गएको चर्चासम्म भइरहेका छन् । तर, बस्नेतले अहिले बजारमा आएका चर्चा र हल्लामा कुनै सत्यता नरहेको तथा गौर घटनाका कारण अध्यक्ष यादव भाग्ने कुनै कारण नरहेको धारणा सार्वजनिक गरेका हुन् ।

जुन समय गौर घटना भएको थियो त्यति बेला माओवादीले उपेन्द्र यादवलाई जिउँदो वा मुर्दा खोजेर ल्याउन पार्टी पंक्तिमा निर्देशन दिँदासमेत नभाग्ने उपेन्द्र यादव १७ वर्ष पुरानो फाइल खोल्दा त्यसको डरले भारत लुक्न जाने अवस्था कल्पना पनि गर्न नसकिने पनि उनको भनाइ छ ।

तर, गौर घटनालाई लिएर गृह मन्त्रालयले पीडित पक्षसँग पाँच बुँदे सम्झौता गरेपछि प्रधानमन्त्री प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको दुरी बढेको हो । जसपाले छानबिनका लागि उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग गरेको र  यसअघि भएका विभिन्न छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारलाई दबाब दिइरहेको छ ।
१७ वर्षअघि रौतहटको गौर राइस मिलमा भएको सो घटनाका क्रममा उपेन्द्र यादव त्यहाँ उपस्थित नरहे पनि उनको नाममा समेत प्रहरीमाथि जाहेरी हालेको भन्दै जसपाका नेताहरुको आपत्ति छ । उपेन्द्र यादवलाई राजनीतिक रुपमा समाप्त पार्न षड्यन्त्र भइरहेको जसपाका नेताहरुको दाबी छ ।

जसपा अध्यक्ष यादवका निजी सचिव महेश चौरसियाले पनि उनको भ्रमण नितान्त व्यक्तिगत भएको धारणा सार्वजनिक गरेका छन् ।

तर, बस्नेतको भन्दा चौरसियाको भनाइ केही फरक देखिए पनि आसय राजनीतिक भेटघाट पनि रहेको बुझिन्छ । त्यसै पनि राजनीतिक नेतृत्वको कुनै व्यक्तिगत भेटघाट हुँदैन । व्यक्तिगत भेटघाटमा राजनीतिक व्यक्तिगत सामेल भएपछि नै राजनीतिक भेटघाट हुने हो । चौरसियाका अनुसार यादवले केरला जान दिल्लीलाई ट्रान्जिट बनाएका छन् । फर्कदा दिल्ली भएर फर्किने छन् ।

चौरसियाले यादवको यो भेटघाटलाई व्यक्तिगत भेटघाट भएको भनी जति रप्फु भर्न खोजे पनि वाहिर चलेको चर्चामा सत्यलाई बोध भने गराउँछ ।

राजनीतिमा प्रधानमन्त्री र मन्त्रीका पदहरू आतेजाते पदहरू हुन्छन् । कोही ढिलो कोही चाँडो पदबाट हट्नु पर्ने हुन्छ । त्यसैले होला प्रधानमन्त्री प्रचण्डले सरकार ढल्छ वा रहन्छ भन्ने विषयमा आफू चिन्तित नभएको बताएको बुझ्न सकिन्छ । 

गौर घटनामा प्रचण्ड सरकारले पीडितसँग सम्झौता गर्न नहुने, गौर घटना घटाउने तत्कालीन स्थानीय माओवादी नेता प्रभु साहको भनाइमा लागेर यस्तो गरेको जसपा पक्षीय नेताहरूको भनाइ छ ।

हालका जसपा अध्यक्ष यादव र आमजनता पार्टीका अध्यक्ष प्रभु साह दुवै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा रहेरै काम गरेका नेताहरू हुन् । अध्यक्ष प्रचण्डले उनीहरूको विषयमा जानकार नहुने कुरो भएन ।

राजनीतिमा आन्तरिक र बाह्य स्थितिको महत्व हुन्छ । आसन्न छिमेकीहरूको गतिविधि मात्रै होइन टाढाको राजनीतिक गतिविधिको अर्थ हुन्छ ।

भारतमा राजनीतिकरूपमा उपेन्द्र यादवको सम्बन्ध त्यहाँको राष्ट्रिय स्वयं सेवक संघ आरएसएससँग रहेको  देखिन्छ । आरएसएस भारतको मौजुदा सत्ताधारी दल भारतीय जनता पार्टीको माउ संगठन हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मौजुदा सरकारको व्यवहारबाट आरएसएस र भाजपामा पनि विवादको अवस्था छ । भारतमा भाजपा विरोधी प्रतिपक्षी गठबन्धन एकीकृत भइरहेको बेला मोदीले समयपूर्व लोकसभाको चुनाव गराउने हुन कि भन्ने राजनीतिक अड्कलबाजी तीव्र छ । भारतमा हुन लागेको जी ट्वेन्टीको शिखर सम्मेलनमा पनि मोदी सरकारले चीन र रूसका राष्ट्रपतिको प्रत्यक्ष सहभागिता गराउन नसकिरहेको देखिएबाट त्यहाँको राजनीतिक अवस्था प्रधानमन्त्री प्रचण्डलाई हटाउन अनुकूल हुने, नहुने दुविधा बढेर गएको नयाँ दिल्ली स्रोतको भनाइ रहेको छ  ।

जसपा नेता यादव र नेपाली कांग्रेस नेतृ आरजु राणाले विगतमा पाएको आश्वासन अनुरूप तत्काल बाह्य सहयोग, समर्थन प्राप्त हुनेमा आशंका रहेको स्रोतको भनाइ छ ।
यादवका लागि नेपालमा राजनीतिक वातावरण अनुकूल छैन । प्रचण्ड नेतृत्वमै उपेन्द्र यादवलाई माओवादी शक्तिलाई ताछ्न उतिखेर मधेश आन्दोलन चर्काउन सहयोग गर्नेहरू मौजुदा सरकारमा सामेल रहेका छन् । हालै मात्र जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले भारत भ्रमण गरी राजनीतिक भेटघाट गरेका थिए ।  

सन् २०२४ मा हुने भनिएको लोकसभाको चुनाव सन् २०२३ को अन्त्यतिर हुने भए प्रचण्डलाई प्रधानमन्त्री पदबाट हटाउन तम्सेका सत्ता गठबन्धन र गठबन्धन बाहिरका नेताहरूको तात्कालिक योजना सफल हुन नसक्ने नयाँ दिल्ली स्रोतको भनाइ रहेको छ ।

यादवले पनि गौर घटनाका पीडितहरूसँग भएको सम्झौतापछिको राजनीतिबाट आफू सुरक्षित हुन खोजेकोमा शंका छैन । यो सुनिश्चित वातावरण बनाउन वा अर्को राजनीतिक समीकरण बनाउनसम्मका लागि उनका  सहयोगीहरूले रप्फु भरिरहेको भनाइ राजनीतिक विश्लेषकहरूबीच चर्चा चलिरहेको छ । समयबद्ध साप्ताहिकबाट 
 



तपाईको प्रतिक्रिया दिनुहोस



सम्बन्धित खवर

Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट