Techie IT
  • २०८१ जेष्ठ ५, शनिबार

मेयर बालेनको सिंहदरबार जलाउने धम्कीले सिर्जना गरेको प्रश्न


सामाजिक सञ्जालको अति दुरुपयोग गर्ने एउटा कसिलो झुण्ड छ, जसलाई बेलाबेला काठमाडौं महानगरका मेयर बालेन साह स्वयंले नेतृत्व गर्ने गर्दछन् । संघर्षमय विगत बोकेका परिवर्तनकारी दलहरू र तिनका कयौं नेताप्रति कटाक्ष गर्ने त्यो झुण्ड दक्षिणपन्थ र प्रतिक्रियावादी ‘स्कुलिङ’मा हुर्किरहेको अराजक जमात हो ।

हो, दलहरू र तिनको नेतृत्वका सरकारहरूले सामाजिक न्यायमा आधारित गुणात्मक आर्थिक सामाजिक विकासको जनअपेक्षा पूरा गर्न उचित भूमिका निर्वाह गरेका छैनन् । कयौं त्यो भूमिकाको प्रयास गरिरहेका छन् भने कयौं त आफैं भ्रष्ट र विवादित समेत बनेका छन् । तर, अपेक्षित भूमिका गर्न नसकेको आक्रोस–आवरणमा समाज सुधारको सस्तो रटान गर्दै अन्तर्यमा पुरानै राजाशाही र हिन्दुधार्मिक ढोंगलाई आदर्श मान्ने यस्तो झुण्डलाई बेलैमा नियन्त्रण गर्न नसक्ने हो भने देश अझ पछाडि धकेलिने र छ दशक लामो संघर्षबाट प्राप्त लोकतन्त्र धरापमा पर्ने निश्चित छ ।

जस्तो कि शनिबार राति ट्राफिक प्रहरीले आफ्नी श्रीमती बोकेको काठमाडौं महानगरको गाडीको सामान्य चेकजाँच गर्दा मेयर बालेनले सरकारलाई चोर भनेर सिंहदरबारमा आगो लगाइदिने सार्वजनिक उद्घोष गरे । त्यसलाई देशविदेशमा रहेका सामाजिक संजालका समाज आतंकी झुण्डले यति बढाइचढाइ गरे कि बालेनमा उत्साहै उत्साह भरियो । सिंहदरबार जलाइ दिन्छु भन्ने बालेनलाई सरकारले सामान्य स्पष्टीकरण लिनेसम्म हिम्मत गरेन । यद्यपि सामाजिक सञ्जालमा देखिने यस्ता बचकना अतिरञ्जना सतही हुन्, यिनको सामाजिक प्रभाव पानीफोका जस्तै गरी बिलाउँछ । बालेनले दुईदिन नबित्दै सिंहदरबार जलाउने आफ्नो ‘फेसबुक स्टाटस’ हटाएजस्तै ।

तर, लेख्नेले लेखेर र आम भ्रम निर्माण गरेर अन्तिममा लाजगाजका कारण ‘स्टाटस’ हटाउँदैमा त्यसको दिमागबाट अराजक नियत हटेको हुँदैन । यस प्रकरणमा पनि आफ्ना भनाइका प्रति बालेनले सार्वजनिक माफी माग्नुपर्दछ । माफी मागेनन् भने प्रशासनले नियमित कानुन आकर्षित गरेर उनलाई आवश्यक कार्वाही गर्नुपर्दछ ।
सामान्य र नियमित प्रक्रियाका काममा समेत महानगर नेतृत्वबाट सरकारका प्रशासनिक अङ्गमाथि आक्रमण भएको यो सन्दर्भ कुनै हालतमा क्षम्य हुन सक्दैन । महानगर मेयर भन्दैमा वा उनलाई समाज आतंकी साइबर समूहको समर्थन छ भन्दैमा सरकार निरीह बन्न मिल्दैन ।

ट्राफिक र स्थानीय स्रोतहरूका अनुसार शनिबार के भएको थियो भने– बेलुका ८:४७ बजे एउटा सरकारी गाडी बालकुमारीबाट कोटेश्वरतर्फ आउँदा प्रहरी चेकिङमा पर्यो । शनिबारको दिन सरकारी गाडी चलाउन पास आवश्यक पर्थ्यो , त्यसैले प्रहरीले चालकसङ्ग सोधे– ‘तपाईंसङ्ग पास छ ?’ चालकले भने ’यो महानगरको गाडी हो, किन चाहियो पास र?’ प्रहरीले पुनः सोधे– ‘महानगर त धेरै छन, कुन महानगर र?’  चालकले फुर्तिसाथ जवाफ फर्काए– ‘काठमाडौ महानगर, बालेन सरले चढ्ने गाडी हो यो !’

जसले चढे पनि बिदाको दिन पास लिएर मात्र सरकारी गाडी प्रयोग गर्नुपर्छ भन्दै गाडीको पछिल्तिर बस्ने ब्यक्तिलाई ट्राफिकले नियालेर हेरे । प्रहरीले त्यसरी हेरेपछि  चालकले भने– ‘महारानी’ होइबक्सन्छ ।
त्यसपछि ‘अबदेखि पास लिएर मात्र गाडी चलाउने’ भन्दै प्रहरीले छोडिदिए । लगत्तै चोर सरकार भन्दै अबदेखि महानगरको गाडी रोकिए भोलि नै सिंहदरबार जलाइदिने धमास मेयर बालेनले दिए ।

बालेन पक्षका प्रचार आतंकीहरूले उनकी श्रीमती सुत्केरी बेथामा थिइन् भनेका छन् भने कयौंले दर खाएर फर्किएकी भनेका छन् । अराजक मेयरको स्टाटसले अचम्मै लाइक, कमेन्ट, शेयर पायो भन्दैमा कोही तरंगित हुनु भने जरुरी छैन । उनकी श्रीमती बालकुमारीबाट आइन कि भक्तपुरबाट, तीज मानेर आइन कि पेटमा वा काखमा बच्चा बोकेर, यो कुनै म्याटर नै होइन । सत्य के त्यो सरकारी गाडी हो, एम्बुलेन्स होइन । त्यो तीन मिनेटको ट्राफिक ‘चेक’ मापर्यो । यत्ति कारणले सिंहदरबार जलाउँछु भन्नेलाई सरकारले कार्वाही गर्न नसक्ने हो भने यस्तो सस्तो र गरिबमारा अराजकता धेरैधेरै मौलाउने छ ।

पत्रकार बिमल नेपालले आफ्नो फेसबुक स्टाटसमा चार गम्भीर सवाल उठाएका छन्–

१) बालेनलाई हार्ट अट्याक नै भएर अस्पताल लैजाँदै गरेको भए पनि ट्राफिक प्रहरीले शनिबार गुडेको सरकारी गाडी चेक गर्न पाउँछ । पाउँछ मात्रै होइन, गर्नैपर्छ ।

२) नेतालाई चोर भन्नु चाहिँ असभ्य र अराजक भाषा मात्रै होला तर देशको प्रमुख प्रशासनिक केन्द्रमा खुलेयाम आगो लगाउँछु भन्नु अपराध हो । उनले त्यति धेरै धम्की दिँदा पनि चुपचाप बस्नु राज्यको निरीहता हो ।

३) मेयरकी श्रीमती सुत्केरी भएकी हुन् कि होइनन्, छोरा जन्माइन् कि छोरी रु कहिले जन्माइन् भन्ने कुरा बेग्लै हो । मेयरले देशको प्रशासनिक केन्द्र जलाउँछु भनेर धम्की दिनु बेग्लै कुरा हो ।

४) बालेनले शनिबार जे लेखे पनि, बोले पनि, गरे पनि छुट हुने व्यवस्था भए बेग्लै कुरा, नत्र किन यतिन्जेल उनी पक्राउ परेको समाचार आउँदैन? समयबद्ध साप्ताहिकबाट



तपाईको प्रतिक्रिया दिनुहोस



Techie IT
प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode
ताजा अपडेट