Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठबिचारनेपाली कांग्रेसको दावीमा तथ्य छैन : विष्णु लामा, अध्यक्ष, नाम्खा गाउँपालिका, हुम्ला

नेपाली कांग्रेसको दावीमा तथ्य छैन : विष्णु लामा, अध्यक्ष, नाम्खा गाउँपालिका, हुम्ला


हुम्लास्थित लिमीको ललोङजोङ र हिल्सामा नेपाली कांग्रेस सुनियोजित षडयन्त्रमा लागेको छ । भारतसँगको पछिल्लो सीमा विवादलाई मत्थर गर्नका लागि नै उसले चीनसँग पनि विवाद छ भन्ने कुरालाई स्थापित गर्न दिलोज्यानले लागेको छ । कम्युनिस्ट र चीनको विरोध तथा भारत र उसको पक्षको राजनीतिमा नै उसले आफ्नो भविस्य सुनिश्चित देखेको छ । उसलाई यतिवेला कुनै सत्यतथ्यको सहारा लिनु परेको छैन । ऊ जवर्जस्त चीनसँग सीमा विवाद उछालेर कुनै अन्तर्राष्टिय शक्ति केन्द्रको मतियार बनिरहेको छ ।

भारतले लिपुलेक, लिम्पिायाधुरा मिचेको छ । यो जमिन समेटेर सरकारले नक्सा पनि जारी गरेको छ । यसलाई प्राप्त गर्नका लागि सबै राजनीतिक दल, सबै पक्षले सशक्त र एकीकृत आवाज उठाउने बेलामा नेपाली कांग्रेसले चीनसँग हुँदै नभएको विवाद सिर्जना गरेर मुद्धालाई फिक्का बनाउनका लागि चीनतिर निशाना जवर्जस्त सोझ्याएको देखिएको छ ।

कांग्रसको ज्ञापनपत्र

नेपाल–चीन सीमास्थित लिमीको ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएको भन्दै कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएकोमा स्थानीय जनताले आश्चर्य प्रकट गरेका छन् । दुई देशबीचको सीमा जस्तो सम्वेदनशील विषयमा सत्यतथ्यका आधारमा भन्दा पनि नेपाली कांग्रेसले अनावश्यक राजनीति गरेको उनीहरुको ठहर रहेको छ ।

तत्काल विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद हल गर्न माग गर्दै कांग्रेस केन्द्रीय सदस्य शाही नेतृत्वको टोलीले हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । उनीहरुले सीमा मिचिएको दावी गरेको छ ।

‘सीमा विज्ञसहित परराष्ट्रविद् र सुरक्षाकर्मीको टोलीलाई हिल्सा र लिमी पठाएर स्थानीय बासिन्दाको उपस्थितिमा नक्सा भिडाएर बास्तविकता बाहिर ल्याउन जरुरी छ,’ कांग्रेसले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,–‘सीमास्तम्भका पुन सिमांकन गरी दुई देशबीचको विवादलाइ कूटनीतिक माध्यमबाट स्थायी समाधान गर्न आवश्यक छ ।’

यता चीनले फेरि तिब्बतको बुराङ काउन्टीमा संरचना बनाएको स्पष्ट पारेको छ ।

‘नेपाली कांग्रेसको झुट्टो दावी’

नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले नेपाली कांग्रेसले सीमा मिचिएको दावीमा कुनै सत्यता नभएको जनाएका छन् । उनी भन्छन, ‘नेपाली कांग्रेसले सीमा मिचिएको भनेको ठाउँ यो गाउँपालिकाको वडा नम्बर ६ स्थित ललुङमा पर्छ । यस क्षेत्रको स्थलगत भ्रमणमा म तीन पटक पुगें । प्रत्यक्ष हेरें । स्थानीयवासीहरुसँग पनि छलफल भइरहेको छ । तथ्य, प्रमाणका आधारमा बोल्नुपर्यो । हचुवामा बोल्नुभएन । नक्सा हेर्दा पनि यो त चीनकै देखियो । १९८२ मा नेपाल र चीनबीचमा सीमामा हस्ताक्षर भएको छ । यो भन्दा अहिले जारी गरेको नक्सा त होइन नि ।’

यतिखेर नेपाली कांग्रेसले यो कुरा किन उठाएका होला भन्ने प्रश्न गर्दा अध्यक्ष लामा भन्छन, ‘पहिला कसैलाई वास्ता भएन । २०६७ सालमा मानसरोवर जाने सडक बनाइयो । कैलाश मानसरोबरमा जाने बाटो भएपछि मान्छेको चहलपहल बढ्यो अनि चीनले निगरानी बढायो । उसले आफ्नो भूमिमा संरचना बनायो । तर, नेपालतिर भने अझै सुनसान छ ।’

यो कुराबारेमा तपाईले नेकाका नेताहरुलाई भन्नुभएन ? भनी सोध्दा उनले भने, ‘सिमिकोटमा यसबारेमा सर्वदलीय वैठक बस्यो । नेपाली कांग्रेसका साथीहरुले नक्सा ल्याउनुभयो । मैले त्योबारेमा भने, नक्सा यता यसरी जान्छ । उहाँहरुले भनेको जमिन स्पष्ट चीनतिर छ । यो देख्दादेख्दै उहाँहरुले किन यो विषयलाई अनावश्यक उछाल्नुभएको हो मैले बुझेको छैन । हो, नक्सा सिधा छैन । कतै हामीले उपभोग गरेको जमिन चीनतिर र चीनले उपभोग गरेको जमिन हामीतिर छ । अहिले यसको महत्व बढेकाले खोजी भएको हो । यो पठार जमिन हो । हिजो व्यापार, वस्तु विनिमय गर्ने स्थल हो यो । उपभोग दुवै पक्षबाट भएको हो । त्यसैले तथ्यका आधारमा, नक्सा हामीतिर छैन । नेपाल र भारतबीच सीमा सम्झौताका आधारमा उनीहरुले आफ्ना भौतिक संरचना बनाएका छन् । नेपाल सरकारको अध्ययन टोलीले पनि त्यसलाई हेरेको छ । स्थानीयवासीको राय पनि त्यही छ । तर, नेकाको अहिले जवर्जस्त सीमा विवाद उछाल्नुको कारण हामीले बुझ्न सकेका छैनौं ।’


क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #breaking, #hot

तपाईको प्रतिक्रिया दिनुहोस